Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › दाजुभाइ

दैनिक जीवन

बाइबलमा दाजुभाइ

पवित्र बाइबल (ULB) का 42 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

  • अब्राम आफ्ना भतिजा लोतलाई भन्छन्: हामी भाइ-भाइ हौँउत्पत्ति 12:5, उत्पत्ति 13:8
    पदहरू
    उत्पत्ति 12:5अब्रामले तिनकी पत्‍नी साराई, तिनका भतिजा लोत, तिनीहरूले हारानमा जम्‍मा गरेका सम्पत्ति र प्राप्‍त गरेका मानिसहरू सबै लगे। तिनीहरू कनानको भूमिमा जानलाई हिँडे र कनानको भूमिमा आइपुगे।
    उत्पत्ति 13:8यसैले अब्रामले लोतलाई भने, “तिम्रो र मेरा गोठालाहरूबिच झगडा नहोस्, आखिर हामी त परिवार नै हौँ।
  • कयिनले हाबिललाई मार्छ: के म मेरो भाइको गोठालो हुँ र?उत्पत्ति 4:8–9
    पदहरू
    उत्पत्ति 4:8–9कयिनले आफ्ना भाइ हाबिललाई भने। अनि तिनीहरू खेतमा हुँदा कयिननले आफ्‍ना भाइ हाबिलमाथि आक्रमण गरे र तिनलाई मारे। अनि परमप्रभुले कयिनलाई भन्‍नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले भने, “मलाई थाहा छैन। के म मेरो भाइको गोठालो हुँ र?”
  • एसाव झोलका निम्ति याकूबलाई आफ्नो जेठो-हक बेच्छन्उत्पत्ति 25:29–34
    पदहरू
    उत्पत्ति 25:29–34याकूबले सुरुवा पकाए। एसाव मैदानबाट आए, र उनी भोकले कमजोर भएका थिए। एसावले याकूबलाई भने, “कृपया, मलाई त्‍यो रातो सुरुवा खान देऊ, म थकित छु।” यसैकारण उनलाई एदोम भनियो। याकूबले भने, “पहिले तपाईंको ज्‍येष्‍ठ-अधिकार मलाई बेच्‍नुहोस्‌।” एसावले भने, “हेर, म त मर्नै आँटेको छु। मलाई त्‍यो ज्‍येष्‍ठ-अधिकारको के काम?” याकूबले भने, “पहिले मसँग शपथ खानुहोस्।” तब एसावले शपथ खाए, र यसरी उनले आफ्‍नो ज्‍येष्‍ठ-अधिकार याकूबलाई बेचे। याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए। एसावले खानपान गरे अनि उठेर आफ्‍नो बाटो लागे। यसरी एसावले आफ्‍नो ज्‍येष्‍ठ-अधिकारलाई लत्त्याए।
  • बुबाको मृत्युपछि एसाव याकूबलाई मार्ने योजना बनाउँछन्उत्पत्ति 27:41
    पदहरू
    उत्पत्ति 27:41आफ्‍ना पिताले याकूबलाई दिएको त्‍यस आशिष्‌ले गर्दा एसावले तिनलाई घृणा गर्न लागे। एसावले हृदयमा भने, “मेरा पिताको शोकको बेला नजिकै छ। त्‍यसपछि म मेरो भाइ याकूबलाई मार्नेछु।”
  • याकूब एसाव र उनका चार सय मानिसदेखि डराउँछन्उत्पत्ति 32:6–7
    पदहरू
    उत्पत्ति 32:6–7याकूबकहाँ फर्की सन्देशवाहकहरूले यसो भने, “हामी तपाईंका दाजु एसावकहाँ गयौँ। उहाँ चार सय जना मानिससहित तपाईंलाई भेट्न आउँदै हुनुहुन्छ।” तब याकूब ज्यादै भयभीत भए र आत्तिए। त्यसैले तिनले आफूसित भएका मानिसहरू, बगालहरू, बथानहरू र ऊँटहरूलाई दल-दल गरी दुई भागमा विभाजन गरे।
  • एसाव याकूबलाई अँगालो हाल्न दौडन्छन्, र दुवै रुन्छन्उत्पत्ति 33:4
    पदहरू
    उत्पत्ति 33:4एसाव याकूबलाई भेट्न दौडिए; अङ्गालो हाले; अङ्कमाल गरे र चुम्बन गरे। त्यसपछि तिनीहरू रोए।
  • शिमियोन र लेवी आफ्नी बहिनी दीनाको बदला लिन्छन्उत्पत्ति 34:25, उत्पत्ति 34:31
    पदहरू
    उत्पत्ति 34:25तेस्रो दिनमा तिनीहरू अझै दर्दमा हुँदा याकूबका दुई जना छोरा शिमियोन र लेवी (दीनाका दाजुहरू) ले आ-आफ्नो तरवार लिई आफ्नो सुरक्षामा ढुक्‍क रहेको सहरमाथि आक्रमण गरी सबै पुरुषलाई मारे।
    उत्पत्ति 34:31तर शिमियोन र लेवीले भने, “के शकेमले हाम्री बहिनीलाई वेश्यालाई जस्तै व्यवहार गर्नहुन्छ?”
  • रूबेन योसेफलाई खाडलबाट बचाउन खोज्छन्उत्पत्ति 37:21–22, उत्पत्ति 37:29
    पदहरू
    उत्पत्ति 37:21–22रूबेनले यो सुने र उनलाई तिनीहरूका हातबाट बचाए। उनले भने, “हामी त्यसको प्राण नलिऔँ।” तिनीहरूका हातबाट बचाई आफ्ना बुबाकहाँ ल्याउने योजना राखी रूबेनले तिनीहरूलाई भने, “रगत नबगाऔँ। मरुभूमिको खाडलमा त्यसलाई फ्याँकिदेओ, तर त्यसमाथि हात नउठाओ।”
    उत्पत्ति 37:29पछि रूबेन त्यस खाडलमा फर्केर गए, तर योसेफ भने खाडलमा थिएनन्। उनले आफ्ना लुगाहरू च्याते।
  • यहूदा: उसलाई बेचौँ, किनकि ऊ हाम्रो भाइ होउत्पत्ति 37:26–27
    पदहरू
    उत्पत्ति 37:26–27यहूदाले आफ्ना दाजुभाइहरूलाई भने, “हामीले आफ्नो भाइलाई मारेर त्यसको रगत लुकाएर हामीलाई के फाइदा? आओ, त्यसलाई यी इश्माएलीहरूलाई बेचिदिऔँ र त्यसमाथि हात नउठाऔँ। किनकि त्यो हाम्रै रगत, हाम्रै भाइ हो।” उनका दाजुभाइहरूले उनको कुरा सुने।
  • तपाईंका दासहरू बाह्र दाजुभाइ थियौँ, र एक जना अब रहेनउत्पत्ति 42:13
    पदहरू
    उत्पत्ति 42:13तिनीहरूले भने, “हामी तपाईंका दासहरू बार्‍ह जना दाजुभाइ छौँ र हामी कनान देशका एउटै मानिसका छोराहरू हौँ। हेर्नुहोस्, कान्छोचाहिँ अहिले हाम्रा पितासित छन् र एक जना भाइचाहिँ अब जिउँदो छैनन्।”
  • बेन्यामीनलाई देखेर योसेफ रुन एकान्त कोठामा जान्छन्उत्पत्ति 43:30
    पदहरू
    उत्पत्ति 43:30योसेफ कोठाबाट बाहिर जान हतारिए किनकि तिनी आफ्ना भाइको बारेमा स्‍नेहले भरिएका थिए। तिनले रुने ठाउँ खोजे। तिनी आफ्नो कोठाभित्र पसी रोए।
  • यहूदा बेन्यामीनको सट्टामा दास भएर बस्न तयार हुन्छन्उत्पत्ति 44:33–34
    पदहरू
    उत्पत्ति 44:33–34त्यसकारण ती ठिटाको साटोमा तपाईंका दासलाई नै हजुरको दासको रूपमा बस्‍न दिनुहोस्, र ती ठिटालाई तिनका दाजुहरूसँगै जान दिनुहोस्। किनकि ठिटालाई नलिईकन म कसरी मेरा पिताकहाँ जान सक्छु र? मेरा पितामाथि आइपर्ने खराबी हेर्नदेखि म डराएको छु।”
  • म तिमीहरूको भाइ योसेफ हुँ, जसलाई तिमीहरूले मिश्रमा बेच्यौ!उत्पत्ति 45:3–4
    पदहरू
    उत्पत्ति 45:3–4योसेफले आफ्ना दाजुहरूलाई भने, “म योसेफ हुँ। के मेरा पिता अझै जीवितै हुनुहुन्छ?” तिनका दाजुहरूले तिनलाई जवाफ दिन सकेनन् किनकि तिनीहरू तिनको उपस्थितिमा स्तब्ध भएका थिए। त्यसपछि योसेफले आफ्ना दाजुहरूलाई भने, “बिन्ती छ, मेरो नजिक आओ।” तिनीहरू नजिक आए। तिनले भने, “म तिमीहरूका भाइ योसेफ हुँ जसलाई तिमीहरूले मिश्रमा बेचेका थियौ।
  • योसेफ बेन्यामीनलाई अँगालो हाल्छन् र सबै दाजुभाइलाई चुम्बन गर्छन्उत्पत्ति 45:14–15
    पदहरू
    उत्पत्ति 45:14–15तिनी आफ्ना भाइ बेन्यामीनसित अँगालो हालेर रोए, अनि बेन्यामीन पनि अँगालो हालेर रोए। तिनले आफ्ना सबै दाजुहरूलाई चुम्बन गरे र तिनीहरूसँगै रोए। त्यसपछि तिनका दाजुहरूले तिनीसित कुराकानी गरे।
  • योसेफ: बाटोमा झगडा नगर!उत्पत्ति 45:24
    पदहरू
    उत्पत्ति 45:24तिनले आफ्ना दाजुहरूलाई पठाए र तिनीहरू त्यहाँबाट प्रस्थान गरे। तिनले तिनीहरूलाई भने, “तिमीहरू बाटोमा झगडा नगर।”
  • याकूबको मृत्युपछि योसेफ डराएका दाजुहरूलाई ढाडस दिन्छन्उत्पत्ति 50:15–21
    पदहरू
    उत्पत्ति 50:15–21बुबाको मृत्‍यु भएको देखेर योसेफका दाजुभाइहरूले आपसमा भने, “शायद अब योसेफले हामीसँग दुश्‍मनी गरेर हामीले तिनलाई गरेका सबै खराबीको बदला लिए भने?” यसैकारण उनीहरूले यसो भनेर योसेफकहाँ खबर पठाए, “मर्नुभन्‍दा अगि तपाईंका बुबाले यस्‍तो आज्ञा दिनुभएको थियो ‘तिमीहरूले योसेफलाई यसो भन, कृपा गरी तिम्रा दाजुहरूले तिमीसँग खराबी गरेकामा तिम्रा दाजुहरूका अपराध क्षमा गर’।” “अब बिन्‍ती छ, कृपा गरी तपाईंका बुबाका परमेश्‍वरका दासहरूलाई क्षमा गर्नुहोस्‌।” उनीहरूले यति भनेपछि योसेफ रोए। तिनका दाजुहरू पनि आएर तिनका सामुन्‍ने घोप्‍टो परे। तिनीहरूले भने, “हेर्नुहोस्, हामी तपाईंका दास हौँ।” तर योसेफले उनीहरूलाई भने, “नडराउनुहोस्। के म परमेश्‍वरको स्‍थानमा छु र? तपाईंहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गर्नुभयो, तर परमेश्‍वरले त्यसैद्वारा भलाइ गर्ने विचार गर्नुभयो, धेरै मानिसहरूलाई बचाउनको निम्ति, जुन तपाईंहरूले आज देख्‍नुहुन्छ। यसकारण नडराउनुहोस्, तपाईंहरू र तपाईंहरूका बालबच्‍चालाई चाहिने कुराको बन्दोबस्त म गर्नेछु।” यसरी तिनले उनीहरूलाई ढाडस दिए र तिनीहरूसँग विनम्रतासँग बोले।
  • हारूनले आफ्ना भाइ मोशाका निम्ति मानिसहरूसँग बोल्नुपर्छप्रस्थान 4:14–16
    पदहरू
    प्रस्थान 4:14–16तब परमप्रभु मोशासित रिसाउनुभयो र भन्‍नुभयो, “तेरो दाजु लेवी हारून छैन र? त्यसले राम्ररी बोल्न सक्छ भनी मलाई थाहा छ। यसको अतिरिक्त, त्यो तँलाई भेट्न आउँदै छ र त्यसले तँलाई देख्दा त्यो ह्रदयमा खुसी हुनेछ। तँ त्योसित कुरा गर् र त्यसले भन्‍नुपर्ने कुरा त्यसलाई बताइदे। म तिमीहरू दुवैसित हुनेछु र के गर्ने भनी म तिमीहरू दुवैलाई देखाउनेछु। त्यसले तेरो लागि मानिसहरूसित बोल्नेछ। त्यो तेरो प्रवक्ता हुनेछ र तँ त्यसको लागि मजस्तै परमेश्‍वर हुनेछस्।
  • अबीमेलेक आफ्ना भाइहरूलाई मार्छन्; कान्छा योताम लुक्छन्न्यायकर्ताहरू 9:5
    पदहरू
    न्यायकर्ताहरू 9:5अबीमेलेक ओप्रामा आफ्ना बुबाको घरमा गए, र तिनले एउटा ढुङ्गामा आफ्ना सत्तरी जना दाजुभाइ, यरूब-बालका छोराहरूलाई मारे। यरूब-बालका कान्छा छोरा, योताममात्र बाँकी रहे, किनभने उनी लुकेका थिए।
  • यिप्ताका भाइहरूले उनलाई बुबाको घरबाट निकाल्छन्न्यायकर्ताहरू 11:2–3
    पदहरू
    न्यायकर्ताहरू 11:2–3गिलादकी पत्‍नीले पनि तिनका निम्‍ति अरू छोराहरू जन्माइन्। जब तिनकी पत्‍नीकी छोराहरू हुर्के, तिनीहरूले यिप्‍तालाई घर छोड्न बाध्‍य पारे र तिनलाई भने, “हाम्रो परिवारबाट तैंले केही पनि पैतृक अंश पाउनेछैनस्। तँ अर्कै स्‍त्रीको छोरा होस्।” यसैले यिप्‍ता आफ्ना दाजुभाइबाट भागे र तोब देशमा बसोबास गरे। हुर्दुङ्गे मानिसहरू यिप्‍तासँग मिले र उनीहरू आए र तिनीसँगै गए।
  • यिशैका छोराहरू: दाऊद सातौँ हुन्१ इतिहास 2:13–15
    पदहरू
    १ इतिहास 2:13–15यिशैचाहिं जेठा एलीआब, माहिला अबीनादाब, साहिंला शिमेअ, काहिंला नतनेल, ठाहिंलो राद्दै, अन्‍तरे ओसेम र कान्‍छा दाऊदका पिता बने।
  • जेठा एलीआब आफ्ना भाइ दाऊदलाई हप्काउँछन्१ शमूएल 17:28
    पदहरू
    १ शमूएल 17:28तिनले मानिसहरूसँग कुरा गर्दा तिनका जेठा दाजु एलीआबले सुने। एलीआबको रिस दाऊदमाथि दन्कियो, र तिनले भने, “तँ यहाँ किन आइस्? उजाड-स्‍थानमा भएका ती थोरै भेडाहरूलाई कसको साथमा छोडिस्? तेरो घमण्ड र तेरो हृदयको कुटिलता मलाई थाहा छ। किनकि युद्ध हेर्न भनेर तँ यहाँ तल आएको होस्।”
  • योआब, अबीशै र असाहेल, सरूयाहका तीन छोरा२ शमूएल 2:18
    पदहरू
    २ शमूएल 2:18सरूयाहका छोराहरू योआब, अबीशै र असाहेल थिए। असाहेल हरिण जत्तिकै छिटो दौडन सक्‍ने व्यक्‍ति थिए।
  • बहिनी तामारको इज्जत लुटेकोमा अब्शालोमले अमनोनलाई मार्न लगाउँछन्२ शमूएल 13:22, २ शमूएल 13:28–29
    पदहरू
    २ शमूएल 13:22अब्शालोमले अमनोनलाई केही पनि भनेनन्, किनकि तिनले आफ्नो बहिनीलाई जे गरेका थिए र तिनले जसरी आफ्नो बहिनी तामारलाई अपमान गरेका थिए, त्यसको निम्ति अब्शालोमले तिनलाई घृणा गरे।
    २ शमूएल 13:28–29अब्शालोमले उनका सेवकहरूलाई यसो भनेर आदेश दिए, “ध्यानपूर्वक सुन। जब अमनोनलाई मद्यले असर गर्न थाल्छ र जब म तिमीहरूलाई भन्‍छु, ' अमनोनलाई आक्रमण गर,' तब त्यसलाई मार। नडराऊ। के तिमीहरूलाई मैले आज्ञा गरेको होइन र? साहसी र आँटिलो होओ?” त्यसैले अबशालोमका सेवकहरूले उनले आज्ञा गरेबमोजिम नै अमनोनलाई गरे। तब सबै राजकुमार उठे र सबैले आ-आफ्नो कच्‍चर चढे र भागे।
  • सोलोमन आफ्ना दाजु अदोनियाहलाई मार्न लगाउँछन्१ राजाहरू 2:22–25
    पदहरू
    १ राजाहरू 2:22–25राजा सोलोमनले आफ्नी आमालाई भने, “तपाईं किन शूनम्मी अबीशगलाई अदोनियाहको लागि माग्नुहुन्छ? तपाईं तिनको लागि किन राज्य नै माग्नुहुन्न? किनकि तिनी मेरा दाजु हुन्। किन पुजारी अबियाथार र सरूयाहका छोरा योआबको निम्ति पनि माग्नुहुन्न?” तब राजा सोलोमनले परमप्रभुको नाउँमा यसो भनी शपथ खाए, “यो बिन्तिको निम्ति अदोनियाहले आफ्नो ज्यान गुमाएनन् भने परमेश्वरले मलाई त्योभन्दा कठोर व्यवहार गरून्। त्यसकारण मलाई स्थापित गर्नुहुने, मलाई मेरा पिता दाऊदको सिंहासनमा राख्नुहुने र आफ्नो प्रतिज्ञाअनुसार मेरो वंश खडा गर्नुहुने जीवित परमप्रभुको नाउँमा म भन्दछु, कि आज निश्चय नै अदोनियाह मारिने छन्।” त्यसैले राजा सोलोमनले यहोयादाका छोरा बनायाहलाई पठाए, र बनायाहले अदोनियाहलाई फेला पारी मारे।
  • यहोरामले आफ्ना सबै भाइहरूलाई तरवारले मार्छन्२ इतिहास 21:4
    पदहरू
    २ इतिहास 21:4जब यहोराम आफ्‍ना बुबाको राज्यमा उदाएका र आफैलाई राजाको रूपमा बलियोसँग स्थापित गरेका थिए, तब तिनले आफ्‍ना सबै भाइलाई र इस्राएलका धेरै जना अगुवालाई तरवारले मारे।
  • गालील समुद्रको किनारमा माछा मार्ने दाजुभाइका दुई जोडीमत्ती 4:18, मत्ती 4:21
    पदहरू
    मत्ती 4:18जब उहाँ गालीलको समुद्र छेउमा हिँड्दै हुनुहुन्थ्यो, उहाँले दुई दाजुभाइ पत्रुस भनिने सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेका देख्‍नुभयो, किनकि उनीहरू मछुवाहरू थिए।
    मत्ती 4:21जब येशू त्यहाँबाट जाँदै हुनुहुन्थ्यो उहाँले अर्का दुई दाजुभाइलाई देख्‍नुभयो। उनीहरू जब्दियाका छोरा याकूब र उनका भाइ यूहन्‍ना थिए। उनीहरू आफ्ना पिता जब्दियासँग डुङ्गामा जालहरूको मर्मत गर्दै थिए। उहाँले तिनीहरूलाई बोलाउनुभयो,
  • अन्द्रियास पहिले आफ्ना दाजु सिमोनलाई भेट्टाउँछन् र येशूकहाँ ल्याउँछन्यूहन्ना 1:40–42
    पदहरू
    यूहन्ना 1:40–42यूहन्‍नाले भनेको सुन्‍ने र येशूलाई पछ्याउनेहरू यी दुई जनामध्‍ये एक जना सिमोन पत्रुसका भाइ अन्‍द्रियास थिए। अन्‍द्रियासले आफ्ना भाइ सिमोनलाई भेट्टाएर भने, “हामीले मसीह (जसलाई ख्रीष्‍ट भनिन्छ) लाई भेट्टाएका छौँ।” उनले आफ्ना भाइलाई येशूकहाँ ल्‍याए। अनि येशूले उनलाई हेर्नुभयो र भन्‍नुभयो, “तिमी यूहन्‍नाका छोरा सिमोन हौ। तिमीलाई केफास (जसको अर्थ पत्रुस हो) भनिनेछ।
  • मार्था र मरियम: मेरो भाइ मर्ने थिएनयूहन्ना 11:21, यूहन्ना 11:32
    पदहरू
    यूहन्ना 11:21त्यसपछि मार्थाले येशूलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरा भाइ मर्ने थिएनन्।
    यूहन्ना 11:32त्यसपछि जब मरियम येशू हुनुभएको ठाउँमा आइन् र उहाँलाई देखिन्, तिनी उहाँको पाउमा घोप्‍टो परिन्, र उहाँलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरा भाइ मर्ने थिएनन्।”
  • येशूका भाइहरू याकूब, योसेफ, यहूदा र सिमोनमर्कूस 6:3
    पदहरू
    मर्कूस 6:3“के यिनी सिकर्मी होइनन् र? के यिनी मरियमका पुत्र अनि याकूब, योसेफ, यहूदा र सिमोनका दाजु होइनन् र? के यिनका बहिनीहरू हामीसित छैनन् र?” र तिनीहरू येशूद्वारा क्रुद्ध पारिए।
  • उहाँका भाइहरूले विश्वास गरेनन्, तर पछि चेलाहरूसँग प्रार्थना गरेयूहन्ना 7:5, प्रेरित 1:14
    पदहरू
    यूहन्ना 7:5किनकि उहाँका भाइहरूले पनि उहाँलाई विश्‍वास गर्दैनथे।
    प्रेरित 1:14तिनीहरू एकै मनको भएर प्रार्थनामा यत्‍नपूर्वक लागिरहे। त्यहाँ येशूकी आमा मरियम लगायत अन्य महिलाहरू र उहाँका भाइहरू पनि थिए।

व्यवस्था र भनाइहरूमा

  • आफ्नो भाइप्रति घृणा नराखलेवीहरू 19:17
    पदहरू
    लेवीहरू 19:17आफ्नो हृदयमा आफ्नो भाइको निम्ति घृणा नराख्‍नू। आफ्नो छिमेकीसँगै पाप नगर्नको निम्ति उसलाई इमानदार भएर हप्‍काउनू।
  • भाइको हराएको गोरु वा भेडा फिर्ता गरिदेऊव्यवस्था 22:1–2
    पदहरू
    व्यवस्था 22:1–2आफ्नो इस्राएली छिमेकीको गोरु वा भेडा तर्केर गएको देख्दा त्यसलाई नदेखेको जस्तो नगर्नू। तिमीले त्यसलाई फर्काएर त्यसकहाँ ल्याइदिनू। तिम्रो इस्राएली छिमेकी तिम्रो नजिक छैन भने वा तिमीले त्यसलाई चिन्दैनौ भने तिमीले त्यो पशु आफ्नो घरमा ल्याउनू र छिमेकीले नखोजेसम्म त्यो तिम्रो घरमा हुने छ। तब यो तिमीले त्यसलाई दिनू।
  • दाजुभाइ मिलेर बस्दा कति असल हुन्छभजनसंग्रह 133:1
    पदहरू
    भजनसंग्रह 133:1हेर, दाजुभाइका निम्‍ति एकसाथ मिलेर बस्‍नु कति असल र सुखद कुरा हो।
  • चित्त दुखेको भाइलाई जित्नु किल्लाबन्दी सहर जित्नुभन्दा गाह्रो हुन्छहितोपदेश 18:19
    पदहरू
    हितोपदेश 18:19बलियो सहरमाथि जित हासिल गर्नुभन्दा बरु चोट लागेको भाइलाई जित्‍न कठिन हुन्छ, र झगडा गर्नुचाहिँ किल्लाका बारहरूझैँ हो।
  • पहिले आफ्नो भाइसँग मेल गर, अनि आफ्नो भेटी चढाऊमत्ती 5:23–24
    पदहरू
    मत्ती 5:23–24त्यसकारण, यदि तिमीले वेदीमा आफ्नो भेटी चढाउँदै गर्दा तिम्रो भाइसँग तिम्रो विरुद्धमा केही कुरा छ भन्‍ने कुरा तिमीलाई याद आयो भने, तिम्रो भेटी त्यही वेदीको अगाडि छोड र आफ्नो बाटो लाग। पहिले आफ्नो भाइसँग मिलाप गर, र तब आऊ र आफ्नो भेटी चढाऊ।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार