Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › चुम्बन

दैनिक जीवन

बाइबलमा चुम्बन

पवित्र बाइबल (ULB) का 32 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

अभिवादन र बिदाइ

  • याकूब इनारमा राहेललाई चुम्बन गर्छन् र ठूलो स्वरले रुन्छन्उत्पत्ति 29:11
    पदहरू
    उत्पत्ति 29:11तब याकूबले राहेललाई चुम्बन गरे र डाको छोडेर रोए।
  • लाबान आफ्ना नातिनातिना र छोरीहरूलाई बिदाइको चुम्बन गर्छन्उत्पत्ति 31:55
    पदहरू
    उत्पत्ति 31:55लाबान बिहान सबेरै उठे। तिनले आफ्ना नातिहरू, आफ्ना छोरीहरूलाई चुम्बन गरी आशिष् दिए। त्यसपछि लाबान बिदा भई घर फर्के।
  • एसाव याकूबतिर दौडन्छन्, अँगालो हाल्छन् र चुम्बन गर्छन्उत्पत्ति 33:4
    पदहरू
    उत्पत्ति 33:4एसाव याकूबलाई भेट्न दौडिए; अङ्गालो हाले; अङ्कमाल गरे र चुम्बन गरे। त्यसपछि तिनीहरू रोए।
  • योसेफ रुँदै आफ्ना हरेक दाजुभाइलाई चुम्बन गर्छन्उत्पत्ति 45:15
    पदहरू
    उत्पत्ति 45:15तिनले आफ्ना सबै दाजुहरूलाई चुम्बन गरे र तिनीहरूसँगै रोए। त्यसपछि तिनका दाजुहरूले तिनीसित कुराकानी गरे।
  • हारून परमेश्‍वरको पर्वतमा मोशालाई भेट्छन् र चुम्बन गर्छन्प्रस्थान 4:27
    पदहरू
    प्रस्थान 4:27परमप्रभुले हारूनलाई भन्‍नुभयो, “उजाड-स्थानमा मोशालाई भेट्न जा।” हारून गए र तिनले मोशालाई परमेश्‍वरको पर्वतमा भेटी चुम्बन गरे।
  • मोशा आफ्ना ससुरालाई झुकेर चुम्बन गर्छन्प्रस्थान 18:7
    पदहरू
    प्रस्थान 18:7मोशा आफ्ना ससुरालाई भेट्न गए अनि ढोगेर तिनलाई चुम्बन गरे। तिनीहरूले एक-अर्काका हालखबर सोधपुछ गरे अनि पालभित्र प्रवेश गरे।
  • नाओमी बुहारीहरूलाई चुम्बन गर्छिन्; ओर्पा बिदाइको चुम्बन गर्छिन्रूथ 1:9, रूथ 1:14
    पदहरू
    रूथ 1:9परमप्रभुले तिमीहरू हरेकलाई अर्को पतिको घरमा विश्राम दिनुभएको होस्,।” त्यसपछि तिनले तिनीहरूलाई चुम्बन गरिन् र तिनीहरू ठुलो स्वरमा रोए।
    रूथ 1:14त्यसपछि तिनका बुहारीहरू ठुलो स्वरमा रोए। ओर्पाले तिनकी सासूलाई बिदाइको चुम्बन गरिन्, तर रूथ तिनीसँगै टाँसिरहिन्।
  • दाऊद र जोनाथन चुम्बन गर्छन् र सँगै रुन्छन्१ शमूएल 20:41
    पदहरू
    १ शमूएल 20:41त्‍यो जवान मानिस जानेबित्तिकै, दाऊद ढिस्कोको पछाडिबाट उठे, जमिनमा घोप्टो परे र शिर झुकाएर तिन पटक दण्डवत गरे। तिनीहरूले एकआपसमा चुम्बन गरे र सँगसँगै रोए, अनि दाऊद झन् धेरै रोए।
  • दाऊद यर्दनमा बर्जिल्लैलाई चुम्बन गर्छन्२ शमूएल 19:39
    पदहरू
    २ शमूएल 19:39त्यसपछि सबै मानिसहरूले यर्दन तरे र राजाले पनि यर्दन तरे, अनि राजाले बर्जिल्लैलाई चुम्बन गरेर तिनलाई आशिष् दिए। तब बर्जिल्लै तिनको आफ्नै घरमा फर्के।
  • एलीशा आफ्ना बुबा र आमालाई बिदाइको चुम्बन गर्ने अनुमति माग्छन्१ राजाहरू 19:20
    पदहरू
    १ राजाहरू 19:20त्यसपछि एलीशाले ती गोरुहरू छाडेर एलियाको पछि लागे। तिनले भने, “मलाई मेरा पिता र मेरी आमालाई चुम्बन गर्न दिनुहोस्, र त्यसपछि म तपाईंको पछि लाग्ने छु।” तब एलियाले भने, “फर्केर जाऊ, तर मैले तिमीलाई भनेको कुराको बारेमा सोचविचार गर।”
  • बुबा फर्किरहेको छोरातिर दौडन्छ र उसलाई चुम्बन गर्छलुका 15:20
    पदहरू
    लुका 15:20यसरी कान्छो छोराले त्यस ठाउँ छाडे र आफ्ना बुबाको घरतर्फ लागे। उनी टाढै छँदा बुबाले उनलाई देखे र दयाले भरिएर दौडे र अँगालो हालेर म्वाँइ खाए।
  • एफिससका एल्डरहरू पावललाई अँगालो हाल्छन् र चुम्बन गर्छन्प्रेरित 20:37
    पदहरू
    प्रेरित 20:37तिनीहरू सबै जना धेरै रोए र उनलाई अँगालो हाले र चुम्बन गरे।

परिवार र माया

  • इसहाक: नजिक आऊ र मलाई चुम्बन गर, मेरो छोराउत्पत्ति 27:26–27
    पदहरू
    उत्पत्ति 27:26–27तब तिनका पिता इसहाकले तिनलाई भने, “मेरो छोरो, मेरो नजिकै आएर मलाई मलाई चुम्बन गर्।” याकूब नजिक गएर आफ्‍ना पितालाई चुम्बन गरे। अनि इसहाकले तिनका लुगाहरूको गन्‍ध सुँघेर यसो भनी आशिष्‌ दिए, “हेर, मेरो छोराको बास्‍ना, परमप्रभुले आशिष्‌ दिनुभएको खेतको बास्‍नाजस्‍तै छ।
  • लगभग अन्धा भएका वृद्ध याकूब योसेफका छोराहरूलाई चुम्बन गर्छन्उत्पत्ति 48:10
    पदहरू
    उत्पत्ति 48:10त्‍यस बेला तिनको उमेरले गर्दा इस्राएलका आँखा धमिला भइसकेका थिए, त्यसैले तिनले देख्‍न सकेनन्। यसकारण योसेफले तिनीहरूलाई तिनको नजिक लगिदिए, अनि तिनले तिनीहरूलाई म्‍वाइँ खाएर अँगालो हाले।
  • योसेफ मरेका बुबामाथि रुन्छन् र चुम्बन गर्छन्उत्पत्ति 50:1
    पदहरू
    उत्पत्ति 50:1तब योसेफ यति व्याकुल भए कि तिनी आफ्‍ना बुबाको अनुहारमाथि घोप्‍टो परेर रोए, र तिनलाई चुम्बन गरे।
  • शमूएल शाऊललाई अभिषेक गर्छन् र चुम्बन गर्छन्१ शमूएल 10:1
    पदहरू
    १ शमूएल 10:1त्यसपछि शमूएलले एक ढुङ्ग्रो तेल लिए, त्‍यो शाऊलको शिरमाथि खन्याए, तिनलाई चुम्‍बन गरे। तिनले भने, “के परमप्रभुले उहाँको उत्तराधिकारको शासक हुनलाई तपाईंलाई अभिषेक गर्नुभएको हैन र?
  • फर्केपछि राजा दाऊद अब्शालोमलाई चुम्बन गर्छन्२ शमूएल 14:33
    पदहरू
    २ शमूएल 14:33त्यसैले योआब राजाकहाँ गए र तिनलाई भने। जब राजाले अब्शालोमलाई बोलाए, तब तिनी राजाकहाँ आए र राजाको सामु भुईंमा निहुरिए र राजाले अब्शालोमलाई चुम्बन गरे।
  • उहाँले मलाई आफ्नो मुखको चुम्बनले चुम्बन गरून्श्रेष्ठगीत 1:2
    पदहरू
    श्रेष्ठगीत 1:2उहाँले मलाई आफ्नो मुखको चुम्बनले चुम्बन गरून्। किनकि तपाईंको प्रेम दाखमद्यभन्दा उत्तम छ।
  • इमानदार जवाफ ओठमा चुम्बनजस्तो होहितोपदेश 24:26
    पदहरू
    हितोपदेश 24:26इमानदार जवाफ दिनेले ओठमा चुम्बन दिन्छ।

धोका दिने चुम्बन

  • शत्रुका चुम्बन छलपूर्ण हुन्छन्हितोपदेश 27:6
    पदहरू
    हितोपदेश 27:6मित्रले दिएको चोट पत्यारलाग्दो हुन्छ, तर शत्रुले तँलाई प्रचुर मात्रामा चुम्बन गर्न सक्छ।
  • अब्शालोम मानिसहरूलाई चुम्बन गरेर आफ्नो पक्षमा पार्छन्२ शमूएल 15:5
    पदहरू
    २ शमूएल 15:5यसैले यस्‍तो भयो, जब कुनै पनि मानिस अब्शालोमलाई आदर गर्न आउँथ्‍यो, तब अब्शालोमले आफ्नो हात काँधमा राख्‍थे र त्यसलाई अङ्गालो हाल्‍थे र त्यसलाई चुम्बन गर्थे।
  • योआब चुम्बन गर्न अमासाको दाह्री समात्छन् र छुरा हान्छन्२ शमूएल 20:9–10
    पदहरू
    २ शमूएल 20:9–10त्यसैले योआबले अमासालाई भने, “हे मेरो भाइ, तिमीलाई ठिकै छ?” योआबले अमासालाई चुम्बन गर्न दाह्रीमा समाते। अमासाले योबको देब्रे हातमा भएको छुरालाई ख्यालै गरेनन्। योआबले अमासाको पेटमा रोपिदिए र तिनको आन्द्राभुँडी जमिनमा झर्‍यो। योआबले तिनलाई अर्को पटक प्रहार गरेनन् र अमासा मरे। यसरी योआब र तिनको भाइ अबीशैले बिक्रीका छोरो शेबालाई पछ्‍याउँदै गए।
  • यहूदा: जसलाई म चुम्बन गर्छु, उही होमत्ती 26:48–49, लुका 22:48
    पदहरू
    मत्ती 26:48–49अब जुन व्यक्‍तिले येशूलाई धोका दिन लागेको थियो, त्यसले तिनीहरूलाई यसो भनी सङ्केत दिएको थियो, “जसलाई म चुम्बन गर्छु, उनी नै हुन्। उनलाई नै पक्रनू।” तुरुन्तै ऊ येशूकहाँ आयो र भन्यो, “रब्बी, अभिवादन!” अनि उसले उहाँलाई चुम्बन गर्‍यो।
    लुका 22:48तर येशूले उसलाई भन्‍नुभयो, “यहूदा, के तिमीले मानिसका पुत्रलाई एउटा चुम्बनले विश्‍वासघात गर्दछौ?”

आराधना र आरम्भिक मण्डली

  • मूर्तिलाई चुम्बन: बाल र बाछाहरू१ राजाहरू 19:18, होशे 13:2
    पदहरू
    १ राजाहरू 19:18तर म इस्राएलमा सात हजार मानिसलाई बचाइराख्ने छु, जसले बालको सामु घुँडा टेकेका छैनन्, र जसका मुखले त्यसलाई चुम्बन गरेका छैनन्।”
    होशे 13:2अब तिनीहरू झन् धेरै पाप गर्छन्। आफ्ना चाँदीलाई ढालेर तिनीहरू मूर्तिहरू बनाउँछन्, सकेसम्‍म राम्रो सिपले ती मूर्तिहरू बनाउँछन्, र ती सबै शिल्पकारका काम हुन्। मानिसहरूले तिनीहरूका बारेमा भन्छन्, ‘बलिदान चढाउने यी मानिसहरूले बाछाहरूलाई चुम्बन गर्छन्।’
  • एउटी स्त्री येशूका पाउ चुम्छे; घरधनीले चुम्बन दिएनन्लुका 7:38, लुका 7:45
    पदहरू
    लुका 7:38तिनी उहाँका पाउको नजिक पछाडिपट्टि उभिइन् र रोइन्। तब तिनले उहाँको पाउ आफ्ना आँसुले भिजाउन थालिन् र टाउकाको कपालले उहाँका पाउ पुछिन्, उहाँका पाउमा म्वाइ खाइन् र पाउमा अत्तर घसिन्।
    लुका 7:45तिमीले मलाई म्वाइँ खाएनौ, तर तिनले म यहाँभित्र पसेको समयदेखि मेरा पाउमा म्वाइँ खान छोडेकी छैनन्।
  • पवित्र चुम्बनले एक-अर्कालाई अभिवादन गररोमी 16:16, १ थेसलोनिकी 5:26, १ पत्रुस 5:14
    पदहरू
    रोमी 16:16एक आपसमा पवित्र चुम्बनले अभिवादन गर। ख्रीष्‍टका सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
    १ थेसलोनिकी 5:26सबै भाइहरूलाई पवित्र चुम्बनले अभिवादन गर।
    १ पत्रुस 5:14प्रेमको पवित्र चुम्बनले एक-अर्कालाई अभिवादन गर। ख्रीष्‍ट येशूमा हुने तिमीहरू सबैलाई शान्ति होस्।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार