Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › डाह र ईर्ष्या

दैनिक जीवन

बाइबलमा डाह र ईर्ष्या

पवित्र बाइबल (ULB) का 26 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

  • डाहले पतिलाई क्रोधित तुल्याउँछहितोपदेश 6:34
    पदहरू
    हितोपदेश 6:34किनकि लालचले मानिसलाई क्रोधित तुल्याउँछ। त्यसले बदला लिँदा कृपा देखाउने छैन।
  • रिस बाढीजस्तो हो, तर डाहको सामु को टिक्न सक्छ?हितोपदेश 27:4
    पदहरू
    हितोपदेश 27:4झोँकको क्रोध र रिसको बाढी छ, तर डाहको सामु को खडा हुन सक्छ र?
  • ईर्ष्याले हड्डी सडाउँछहितोपदेश 14:30
    पदहरू
    हितोपदेश 14:30शान्त हृदय शरीरको लागि जीवन हो, तर ईर्ष्याले हड्‍डीहरूलाई सडाउँछ।
  • परिश्रम र सफलता छिमेकीप्रतिको ईर्ष्याबाट जन्मन्छन्उपदेशक 4:4
    पदहरू
    उपदेशक 4:4तब हरेक परिश्रम र हरेक सिपालु काम आफ्नो छिमेकीको ईर्ष्याबाट आउँदोरहेछ भनी मैले देखेँ। यो पनि बाफ नै हो र बतासलाई खेद्‍ने कोसिस मात्र हो।
  • प्रेम मृत्युजस्तै बलियो, यसको डाह चिहानजस्तै कठोरश्रेष्ठगीत 8:6
    पदहरू
    श्रेष्ठगीत 8:6मलाई तपाईंको हृदय र तपाईंको पाखुरामा एउटा छापजस्तै गरी लगाउनुहोस्, किनकि प्रेम मृत्युजत्तिकै प्रबल हुन्छ। जोसिको भक्ति पातालजत्तिकै निष्‍ठुर हुन्छ। यसको ज्वाला दन्कन्छ। यो दन्कने आगो हो। यो कुनै पनि आगोभन्दा तातो हुन्छ।
  • जहाँ डाह हुन्छ, त्यहाँ गडबडी हुन्छयाकूब 3:16
    पदहरू
    याकूब 3:16किनकि जहाँ ईर्ष्‍या र अभिलाषा हुन्छ, त्यहाँ भ्रम र हरेक किसिमको दुष्‍ट काम हुन्छ।
  • डाह गर्ने पतिले शङ्का गरेकी पत्नीका निम्ति व्यवस्थाको जाँचगन्ती 5:12–31
    पदहरू
    गन्ती 5:12–31“इस्राएलका मानिसहरूलाई भन्। 'कुनै मानिसकी पत्‍नी बहकिन्छे र आफ्नो पतिको विरुद्ध पाप गर्छे। त्यसपछि अर्को पुरुष त्यससँग सुत्छे। त्यस अवस्थामा त्यो अशुद्ध हुन्छे। त्यसका पतिले यो नदेखे तापनि वा थाहा नै नपाए तापनि र त्यो कार्य गर्दा कसैले नपक्रे तापनि र त्यसको विरुद्ध कोही नभए तापनि, त्यसकी पत्‍नी अशुद्ध भएकी छे भन्‍ने डाहको आत्माले थाहा देला। तथापि पत्‍नी अशुद्ध नभएको हुँदा पनि डाहको गलत विचार आउन सक्ला। यस अवस्थामा त्यो मानिसले आफ्नी पत्‍नीलाई पुजारीकहाँ ल्याउनुपर्छ। पतिले त्यसको तर्फबाट आवश्यक पर्ने बलिदान अर्थात् आधा पाथी जौको पिठो ल्याउनुपर्छ। उसले यसमा तेल हाल्नुहुँदैन र कुनै सुगन्धित मसला हाल्नुहुँदैन, किनभने यो डाहको अन्‍नबलि अर्थात् अपराध याद दिलाउनेको चढाइएको अन्‍नबलि हो। पुजारीले त्यस स्‍त्रीलाई नजिक ल्याउनुपर्छ र त्यसलाई परमप्रभुको सामु राख्‍नुपर्छ। पुजारीले पवित्र पानीको भाँडो लिनुपर्छ र पवित्र वासस्थानको भुइँबाट धूलो लिनुपर्छ। त्यसले त्यो धूलोलाई त्यो पानीमा हाल्नुपर्छ। पुजारीले त्यो महिलालाई परमप्रभुको सामु खडा गर्नेछ र त्यसले त्यो महिलाका कपाल फुलाइदिनेछ। त्यसले त्यो सम्झनाको अन्‍नबलिलाई त्यसको हातमा राख्‍नेछ, जुन सन्देहको अन्‍नबलि हो। पुजारीले श्राप ल्याउन सक्‍ने तितो पानीलाई त्यसको हातमा राख्‍नेछ। पुजारीले त्यस महिलालाई शपथ खान लगाओस् र त्यसलाई यसो भनोस्, 'यदि अरू कुनै पुरुषले तँसँग यौन सम्बन्ध राखेको छैन भने र यदि तँ बरालिएर गएको छैनस् र अपराध गरेको छैन भने, तँ श्राप ल्याउने यो तितो पानीबाट मुक्‍त हुनेछस्। तर यदि पतिको अधीनमा भएकी तँ बरालिएकी छस्, यदि तँ अशुद्ध भएकी छस् र यदि अरू कुनै पुरुष तँसँग सुतेको छ भने, (पुजारीले त्यो महिलामाथि श्राप ल्याउन सक्‍ने शपथ खान लगाउनुपर्छ र त्यसले महिलालाई भनिरहोस्) 'परमप्रभुले तँलाई श्रापित तुल्याउनुभएको होस् जुन तेरा मानिसहरूलाई देखाइनेछ। यदि परप्रभुले तेरो जाँघ सुक्‍ने तुल्याउनुभयो र तेरो पेट सुनिने तुल्याउनुभयो भने, यसै होस्। श्राप ल्याउने यो पानी तेरो पेटभित्र जानेछ र तेरो पेट सुनिनेछ र तेरो जाँघ सुक्‍ने छ। त्यो महिलाले 'हो, म दोषी छु भने यस्तै होस्' भनी जवाफ दिनुपर्छ। पुजारीले यी श्रापहरूलाई मुट्ठोमा लेख्‍नुपर्छ, र ती लेखिएका श्रापहरूलाई त्यो तितो पानीमा धुनुपर्छ। पुजारीले श्राप ल्याउने त्यो तितो पानी त्यो महिलालाई पिउन लगाउनुपर्छ। त्यो पानी त्यसभित्र जाने छ र तितो तुल्याउनेछ। पुजारीले महिलाको हातबाट डाहको अन्‍नबलि लिनुपर्छ। उसले परप्रभुको सामु अन्‍नबलिलाई डोलाउनुपर्छ र यसलाई वेदीमा ल्याउनुपर्छ। पुजारीले अन्‍नबलिबाट एक मुट्ठी लिएर यसलाई वेदीमा जलाउनुपर्छ। त्यसपछि त्यसले महिलालाई त्यो तितो पानी पिउन दिनुपर्छ। त्यसले त्यसलाई पानी पिउन दिँदा त्यसले आफ्नो पति विरुद्ध पाप गरेकोले यदि त्यो अशुद्ध भएकी छे भने, त्यो श्राप ल्याउने पानी त्यसभित्र जानेछ र तितो तुल्याउनेछ। त्यसको पेट फुलिनेछ र त्यसको जाँघ सुक्‍नेछ। त्यो महिला आफ्ना मानिसहरूबिच श्रापित हुनेछ। तर यदि महिला अशुद्ध भएकी छैन भने र त्यो शुद्ध छे भने, त्यो स्वतन्त्र हुने छे। त्यसले बालक जन्माउन सक्‍ने छे। डाहको नियम यही हो। आफ्नो पतिबाट बरालिने र अशुद्ध हुने महिलाको नियम यही हो। आफ्नी पत्‍नीप्रति डाही हुँदा डाहको आत्मा भएको पुरुषको निम्ति नियम यही हो। उसले महिलालाई परमप्रभुको सामु ल्याउनुपर्छ र पुजारी डाहको व्यवस्थाले वर्णन गरेका सबै थोक गर्नुपर्छ। पुरुष आफ्‍नी पत्‍नीलाई पुजारीकहाँ ल्याएको दोषबाट मुक्‍त हुनेछ। महिलाले त्यसको कुनै पनि दोष भोग्‍नुपर्छ।”

उदाहरणहरू

  • हाबिलको भेटी ग्रहण भएकोमा रिसाएर कयिनले उसलाई मार्छउत्पत्ति 4:4–8
    पदहरू
    उत्पत्ति 4:4–8हाबिलको हकमा तिनले बगालका पहिले जन्मेकाहरू र केही बोसे भागहरू ल्याए। परमप्रभुले हाबिल र तिनका भेटीलाई ग्रहण गर्नुभयो, तर कयिन र तिनका भेटीहरूलाई उहाँले ग्रहण गर्नुभएन। यसैले कयिन साह्रै रिसाए र तिनले रिस देखाए। परमप्रभुले कयिनलाई भन्‍नुभयो, “तँ किन रिसाउँछस् र तैँले किन रिस देखाउँछस्? यदि तैँले जे ठीक छ सो गरिस् भने, के तँलाई ग्रहण गरिनेछैन र? तर यदि तैले जे ठीक छ सो गर्दैनस भने त पाप तेरो ढोकैमा ढुक्छ र तँलाई अधिन गर्न इच्छा गर्छ, तर तैँले अधिन गर्नैपर्छ।” कयिनले आफ्ना भाइ हाबिललाई भने। अनि तिनीहरू खेतमा हुँदा कयिननले आफ्‍ना भाइ हाबिलमाथि आक्रमण गरे र तिनलाई मारे।
  • गर्भवती हागारले सारैलाई हेला गर्छे, र सारैले उसलाई दुःख दिन्छिन्उत्पत्ति 16:4–6
    पदहरू
    उत्पत्ति 16:4–6त्यसैले अब्रामले हागारसँग सम्बन्ध राखे र त्यो गर्भवती भई। जब त्यसले आफू गर्भवती भएको थाहा पाई, त्यसले आफ्नी मालिक्‍नीलाई अपमानको दृष्‍टिले हेर्न थाली। त्यसपछि साराइले अब्रामलाई भनिन्, “ममाथि भएको यो खराबी तपाईंको कारणले हो। मैले मेरी कमारी तपाईंको अँगालोमा दिएँ, अनि जब त्यसले आफू गर्भवती भएको चाल पाई, त्यसको दृष्‍टिमा म तुच्छ भएँ। परमेश्‍वरले तपाईं र मेरो बिचमा इन्साफ गरून्।” तर अब्राहमले साराइलाई भने, “हेर, तिम्री कमारी तिम्रै शक्तिमा छे, तिमीलाई जे उत्तम लाग्छ त्यही गर।” त्यसैले साराईले त्यससँग कठोर व्यवहार गरिन्, अनि त्यो तिनीदेखि भागी।
  • पलिश्तीहरूले इसहाकका भेडाबाख्रा र गाईवस्तुको डाह गर्छन्उत्पत्ति 26:14
    पदहरू
    उत्पत्ति 26:14तिनका धेरै भेडाबाख्रा, गाईवस्तु र ठुलो परिवार भयो। यसैकारण पलिश्‍तीहरूले तिनको डाह गरे।
  • राहेल लेआको डाह गर्छिन्: मलाई सन्तान दिनुहोस्, नत्र म मर्छु!उत्पत्ति 30:1
    पदहरू
    उत्पत्ति 30:1आफूले याकूबबाट कुनै सन्तान नजन्माएको देखेर राहेलले आफ्नी दिदीको डाह गरिन्। उनले याकूबलाई भनिन्, “मलाई सन्तान दिनुहोस्, नत्रभने म मर्नेछु।”
  • योसेफका दाजुहरू उनको डाह गर्छन् र उनलाई बेच्छन्उत्पत्ति 37:4, उत्पत्ति 37:11, उत्पत्ति 37:18–28
    पदहरू
    उत्पत्ति 37:4उनका दाजुहरूले तिनीहरूका बुबाले उनलाई सबै दाजुभाइहरूभन्दा धेरै माया गरेका देखे। तिनीहरूले योसेफलाई घृणा गर्थे र उनीसँग राम्ररी बोल्दैनथे।
    उत्पत्ति 37:11उनका दाजुहरूले उनको ईर्ष्‍या गर्न लागे, तर उनका बुबाले यो विषयलाई आफ्नो मनमा नै राखे।
    उत्पत्ति 37:18–28तिनीहरूले उनलाई टाढैबाट आइरहेको देखे, र उनी तिनीहरूका नजिक आइपुग्‍नअगि नै तिनीहरूले उनलाई मार्ने मतो गरे। उनका दाजुहरूले एक-अर्कासँग भने, “हेर, त्यो स्वप्‍न-दर्शी आउँदै छ। अब, हामी त्यसलाई मारौँ र त्यसलाई यी खाडलहरूमध्ये एउटामा फालिदिऔँ। हामी यस्तो भनिदिउँला, ‘कुनै जङ्गली जनावरले त्यसलाई खाएछ।’ अनि त्यसका सपनाहरू के हुनेछन् भनेर हामी हेर्नेछौँ।” रूबेनले यो सुने र उनलाई तिनीहरूका हातबाट बचाए। उनले भने, “हामी त्यसको प्राण नलिऔँ।” तिनीहरूका हातबाट बचाई आफ्ना बुबाकहाँ ल्याउने योजना राखी रूबेनले तिनीहरूलाई भने, “रगत नबगाऔँ। मरुभूमिको खाडलमा त्यसलाई फ्याँकिदेओ, तर त्यसमाथि हात नउठाओ।” जब योसेफ दाजुहरूकहाँ आइपुगे, तिनीहरूले उनको त्यो सुन्दर वस्‍त्र च्यातिदिए। तिनीहरूले उनलाई पक्रेर खाडलमा फ्याँकिदिए। त्यो खाडलमा पानी थिएन र त्यो सुक्‍खा थियो। तिनीहरू भोजन गर्न बसे। तिनीहरूले आफ्ना आँखा उठाएर हेरे, र गिलादबाट ऊँटहरूमा मसलाहरू, लेप र मुर्र लिएर आइरहेको इश्माएलीहरूको एउटा यात्री दललाई देखे। तिनीहरू ती सरसामान लिएर मिश्रतर्फ यात्रा गर्दै थिए। यहूदाले आफ्ना दाजुभाइहरूलाई भने, “हामीले आफ्नो भाइलाई मारेर त्यसको रगत लुकाएर हामीलाई के फाइदा? आओ, त्यसलाई यी इश्माएलीहरूलाई बेचिदिऔँ र त्यसमाथि हात नउठाऔँ। किनकि त्यो हाम्रै रगत, हाम्रै भाइ हो।” उनका दाजुभाइहरूले उनको कुरा सुने। मिद्यानी व्यापारीहरू त्यहाँबाट भएर गए। योसेफका दाजुहरूले उनलाई माथि उठाए र त्यस खाडलबाट बाहिर निकाले। तिनीहरूले योसेफलाई इश्माएलीहरूका हातमा चाँदीका बिस सिक्‍कामा बेचिदिए। ती इश्माएलीहरूले योसेफलाई मिश्रमा लगे।
  • मोशा यहोशूलाई: के तिमी मेरो खातिर डाह गर्दैछौ?गन्ती 11:28–29
    पदहरू
    गन्ती 11:28–29मोशाका सहायक, तिनका चुनिएका एक जना अर्थात् नूनका छोरा यहोशूले मोशालाई भने, “मालिक, तिनीहरूलाई रोक्‍नुहोस्।” मोशाले तिनलाई भने, “के तिमी मेरो खातिर डाही हुन्छौ? परमप्रभुले उहाँका सबै मानिसमाथि उहाँको आत्मा राखेर तिनीहरू अगमवक्‍ताहरू भए कति राम्रो हुन्थ्यो!”
  • मिरियम र हारून: के परमप्रभु मोशाद्वारा मात्र बोल्नुहुन्छ?गन्ती 12:1–2
    पदहरू
    गन्ती 12:1–2मोशाले विवाह गरेका कूशी महिलाको कारण हारून र मिरियम मोशाको विरुद्धमा बोले। तिनीहरूले भने, “के परमप्रभु मोशासँग मात्र बोल्नुभएको छ र? के उहाँ हामीसँगचाहिँ बोल्नुभएको छैन र?” तिनीहरूले भनेका कुरा परमप्रभुले सुन्‍नुभयो।
  • आफूलाई नबोलाएकोमा एफ्राइमीहरू गिदोन र यिप्ताप्रति रिसाउँछन्न्यायकर्ताहरू 8:1, न्यायकर्ताहरू 12:1
    पदहरू
    न्यायकर्ताहरू 8:1एफ्राइमका मानिसहरूले गिदोनलाई भने, “तपाईंले हामीलाई यो के गर्नुभयो? तपाईं मिद्दानीहरूका विरुद्धमा युद्ध गर्न जानुहुँदा तपाईंले हामीलाई बोलाउनुभएन।” तब उनीहरूले तिनीसँग ठुलो बहस भयो।
    न्यायकर्ताहरू 12:1एफ्राइमका मानिसहरूका निम्ति एउटा बोलावट आयो। तिनीहरू सापोनको बाटो गए र यिप्‍तालाई भने, “अम्मोनका मानिसहरूसँग युद्ध गर्न तिमी किन गयौ र तिमीसँगै जान हामीलाई तिमीले किन बोलाएनौ? हामी तिम्रो घरलाई तिमीसँगै जलाइदिनेछौं।”
  • दाऊदले दसौँ हजार मारे भन्ने गीतमा शाऊल चिढिन्छन्१ शमूएल 18:7–9
    पदहरू
    १ शमूएल 18:7–9ती स्‍त्रीहरूले संगीतका साधनहरू बजाउँदै एकसाथ गीतहरू गाए। तिनीहरूले यसरी गाएः “शाऊलले हजारौंलाई मारेका छन् र दाऊदले दसौं हजारलाई मारेका छन्।” शाऊल रिसले चुर भए र यो गितले तिनलाई अप्रसन्‍न बनायो। तिनलेल भने, “तिनीहरूले दाऊदलाई दसौं हजारको श्रेय दिए, तर तिनीहरूले मलाई भने हजारौं मात्रको श्रेय दिए। राजाको दर्जाबाहेक अब अरू बढी उसले के पाउनु छ र?” शाऊलले त्यस दिनदेखि दाऊदलाई शंकाको दृष्‍टिे हेरे।
  • दाऊदले शान्तिसाथ पठाएका अबनेरलाई योआबले मार्छन्२ शमूएल 3:24–27
    पदहरू
    २ शमूएल 3:24–27तब योआब राजाकहाँ आए र भने, “तपाईंले य के गर्नुभएको छ? हेर्नुहोस्, अबनेर तपाईंकहाँ आए! तपाईंले तिनलाई किन पठाउनुभएको छ र तिनी गएका छन्? नेरका छोरा अबनेर तपाईंलाई छल्न गर्न र तपाईंका योजनाहरू र तपाईंले गरिरहेका हरेक कुरा पत्ता लगाउन आएका होइनन् र?” जब योआब दाऊदकहाँबाट गए, तब तिनले अबनेरको पछि-पछि दूतहरू पठाए र तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काए ल्याए, तर दाऊदलाई यो कुरा थाहा थिएन। जब अबनेर हेब्रोनमा फर्के, तिनीसित गोप्य रूपले कुरा गर्नलाई योआबले तिनलाई बिच ढोकाको एकातिर लिएर गए। त्‍यहाँ योआबले तिनलाई पेटमा घोचे र तिनलाई मारे। यसरी योआबले आफ्‍नो भाइ असाहेलको रगतको बदला लिए।
  • राजालाई कसले फर्काएर ल्यायो भनेर इस्राएल र यहूदा झगडा गर्छन्२ शमूएल 19:41–43
    पदहरू
    २ शमूएल 19:41–43चाँडै इस्राएलका सबै मानिस राजाकहाँ आउन लागे र राजालाई यसो भन्‍न लागे, “हाम्रा दाजुभाइ अर्थात् यहूदाका मानिसहरूले हजुरलाई किन चोरेर लगेका छन्, र महाराजा उहाँका परिवारलाई र दाऊदका सबै मानिसलाई उहाँसँगै यर्दन वारि पुर्‍याएका छन्?” त्यसैले यहूदाका मानिसहरूले इस्राएलका मानिसहरूलाई जवाफ दिए, “किनभने राजा हामीसँग अझ धेरै नजिकबाट सम्बन्धित हुनुहुन्‍छ। तब तिमीहरू यसबारे किन रिसाउँछौ? के महाराजाले तिर्नुपर्ने गरी हामीले कुनै कुरा खाएका छौं र? के उहाँले हामीलाई कुनै उपहार दिनुभएको छ र?” इस्राएलका मानिसहरूले यहूदाका मानिसहरूलाई जवाफ दिए, “हामीसँग महाराजासँग सम्बन्धित दश कुल छन्, त्यसैले दाऊदसँग तिमीहरूको भन्दा धेरै अधिकार हामीसित छ। तब तिमीहरूले हामीलाई किन तुच्‍छ ठान्‍यौ? के हाम्रो राजालाई फिर्ता ल्याउने हाम्रो प्रस्ताव पहिले सुनुवाइ हुनुपर्दैनथ्यौ?” तर यहूदाका मानिसहरूका वचनहरू इस्राएलका मानिसहरूका वचनभन्दा धेरै रुखो थियो।
  • उडन्ते छोराको दाजु भित्र जान मान्दैनलुका 15:25–30
    पदहरू
    लुका 15:25–30अब उनको जेठो छोरा खेतमा थियो, ऊ जब घरको नजिकै आइपुग्यो, उनले नाचगानहरू भैरहेको सुने। उनले सेवकहरूमध्ये एक जनालाई बोलाएर के कुराहरू भइराखेको होला भनेर सोधे। सेवकले उनलाई भने, तपाईंका भाइ आउनुभएको छ, र तपाईंको बुबाले मोटो पशु मार्नुभएको छ, किनकि उहाँ सुरक्षित फर्कनुभयो। जेठो छोरो रिसाएको थियो र भित्र पसेन र उनका बुबा बाहिर आएर उसलाई मनाउन थाले। तर जेठा छोराले जवाफ दिएर उनका बुबालाई भने, ‘हेर्नुहोस्, यति धेरै वर्ष मैले तपाईंको सेवकझैँ काम गरेँ, मैले कहिल्यै तपाईंको एउटा नियम पनि तोडिनँ, तर तपाईंले मलाई कहिल्यै मेरा साथीहरूसँग आनन्द मनाउन एउटा पाठो पनि दिनुभएन, तर जब तपाईंको छोरा आयो, जसले सम्पत्ति वेश्याहरूसँग सखाप पारेको थियो, त्यसको लागि तपाईंले मोटो पशु मार्नुभयो।’
  • तिनीहरूले डाहले येशूलाई सुम्पेका हुन् भनी पिलातसलाई थाहा थियोमत्ती 27:18
    पदहरू
    मत्ती 27:18किनकि उनलाई थाहा थियो, कि तिनीहरूले उहाँलाई तिनीकहाँ ईर्ष्याको कारणले गर्दा सुम्पेका थिए।
  • प्रधान पुजारी र सदुकीहरू डाहले भरिन्छन्प्रेरित 5:17
    पदहरू
    प्रेरित 5:17तर प्रधान पूजाहारी र उनीसँग रहनेहरू सबै जना (जुन सदूकीहरूको सम्प्रदाय हो) उठे र तिनीहरू ईर्ष्याले भरिए।
  • डाह गर्ने भीडहरू एन्टिओखिया र थेसलोनिकेमा पावलको विरोध गर्छन्प्रेरित 13:45, प्रेरित 17:5
    पदहरू
    प्रेरित 13:45जब यहूदीहरूले भिडलाई देखे, तिनीहरू डाहले भरिए, र पावलले भनेका कुराहरूको बिरुद्धमा बोल्न थाले र उनको अपमान गरे।
    प्रेरित 17:5तर अविश्‍वासी यहूदीहरू ईर्ष्याले भरिए र बजारका चोकबाट केही दुष्‍ट मानिसहरूलाई जम्मा गरे र ठुलो भिड बनाएर सहरमा होहल्ला मच्‍चाए। तिनीहरूले यासोनको घरमा आक्रमण गरेर पावल र सिलासलाई मानिसहरूका बिचमा बाहिर ल्याउन चाहन्थे।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार