खोजी गर्नुहोस् › विषयहरू › व्यापार र व्यापारीहरू
दैनिक जीवन
बाइबलमा व्यापार र व्यापारीहरू
पवित्र बाइबल (ULB) का 37 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- अब्राहाम व्यापारीहरूको चलनअनुसारको चाँदी जोखेर दिन्छन्उत्पत्ति 23:16
पदहरू
उत्पत्ति 23:16अब्राहामले एप्रोनको कुरा माने र तिनले एप्रोनलाई हेतका छोराहरूका सामुन्ने उनले भने जस्तै व्यापारीहरूमा प्रचलित तौलबमोजिम चाँदीका चार सय सिक्का जोखेर उनलाई दिए।
- इश्माएली काफिला मसला, मलहम र मूर्र मिश्र लैजान्छउत्पत्ति 37:25
पदहरू
उत्पत्ति 37:25तिनीहरू भोजन गर्न बसे। तिनीहरूले आफ्ना आँखा उठाएर हेरे, र गिलादबाट ऊँटहरूमा मसलाहरू, लेप र मुर्र लिएर आइरहेको इश्माएलीहरूको एउटा यात्री दललाई देखे। तिनीहरू ती सरसामान लिएर मिश्रतर्फ यात्रा गर्दै थिए।
- योसेफ व्यापारीहरूलाई बीस शेकेल चाँदीमा बेचिन्छन्उत्पत्ति 37:28, उत्पत्ति 37:36
पदहरू
उत्पत्ति 37:28मिद्यानी व्यापारीहरू त्यहाँबाट भएर गए। योसेफका दाजुहरूले उनलाई माथि उठाए र त्यस खाडलबाट बाहिर निकाले। तिनीहरूले योसेफलाई इश्माएलीहरूका हातमा चाँदीका बिस सिक्कामा बेचिदिए। ती इश्माएलीहरूले योसेफलाई मिश्रमा लगे।
उत्पत्ति 37:36मिद्यानीहरूले उनलाई मिश्रमा फारोका एक अधिकृत अर्थात् अङ्गरक्षकहरूका कप्तान पोतीफरका हातमा बेचिदिए।
- हीराम देवदारु र सल्ला पठाउँछन्; सोलोमन गहुँ र जैतूनको तेलमा तिर्छन्१ राजाहरू 5:8–11, २ इतिहास 2:15
पदहरू
१ राजाहरू 5:8–11हीरामले सोलोमनलाई यस्तो वचन पठाए, “तपाईंले मलाई पठाउनुभएको सन्देश मैले सुनेको छु। म तपाईंले चाहना गर्नुभएका सबै देवदारु र सल्लाका काठ जुटाइदिने छु। मेरा दासहरूले लेबनानबाट समुद्रसम्म मूढाहरू ल्याउने छन्, र ती बाँधेर तपाईंले तोक्नुभएको ठाउँमा म बगाएर पठाउन लगाउने छु। म त्यहाँ खोल्न लगाउने छु, र तपाईंले ती लैजान सक्नुहुने छ। मेरो घरानालाई भोजन जुटाइदिएर तपाईंले चाहनुभएको कुरा पुरा गर्नुहोस्।” त्यसैले सोलोमनले चाहेका सबै देवदारु र सल्लाका मूढा हीरामले तिनलाई दिए। सोलोमनले हीरामको घरानालाई भोजनको निम्ति पचास हजार मुरी गहुँ र साढे चार हजार लिटर शुद्ध तेल दिए। सोलोमनले यो वर्षैपिच्छे हीरामलाई दिन्थे।
२ इतिहास 2:15अब मेरा स्वामीले आफ्ना सेवकहरूका निम्ति आफूले प्रतिज्ञा गर्नुभएको गहूँ, जौ, तेल र दाखमद्य पठाइदिनुहोस्।
- सोलोमनको जहाजी बेडा ओपीरबाट 420 तोडा सुन ल्याउँछ१ राजाहरू 9:26–28
पदहरू
१ राजाहरू 9:26–28सोलोमन राजाले लाल समुद्रको किनारमा भएको एदोमको एलात नजिकै एस्योन-गेबेरमा जहाजहरू बनाए। हीरामले आफ्ना सेवकहरू अर्थात् समुद्रको विषयमा जान्ने नाविकहरू सोलोमनका मानिसहरूसित काम गर्न सोलोमनका जहाजहरूमा पठाए। तिनीहरू सोलोमनका सेवकहरूसँगै ओपीरमा गए। त्यहाँबाट तिनीहरूले राजा सोलोमनकहाँ साँढे चौध टन सुन ल्याए।
- सोलोमनले व्यापारी र सौदागरहरूबाट आम्दानी पाउँछन्१ राजाहरू 10:15, २ इतिहास 9:14
पदहरू
१ राजाहरू 10:15यसबाहेक, पैकारीहरू र व्यापारीहरूले पनि सुन ल्याउँथे। अरब देशका सबै राजा र प्रादेशिक राज्यपालहरूले पनि सोलोमनकहाँ सुनचाँदी ल्याउने गर्थे।
२ इतिहास 9:14यो व्यापारीहरू र कारोवारीले ल्याएका सुनबाहेको थियो। अरब देशका सबै राजा र प्रादेशिक गभर्नरहरूले पनि राजाको निम्ति सुन र चाँदी ल्याए।
- नाओमी एलीमेलेकको जमिन बेच्छिन्रूथ 4:3
पदहरू
रूथ 4:3बोअजले नजिकका कुटुम्बलाई भने, “मोआब देशबाट फर्केर आएकी नाओमीले हाम्रो दाज्यू एलीमेलेकको जग्गाको टुक्रा बेच्दैछिन्।
- सुनार र व्यापारीहरू यरूशलेमको पर्खालको एउटा भाग मर्मत गर्छन्नहेम्याह 3:32
पदहरू
नहेम्याह 3:32सुनारहरू र व्यापारीहरूले कुनाको माथिपट्टिको कोठा र भेडा ढोकाको बिच भाग मर्मत गरे।
- टुरोसका मानिसहरू शबाथमा यरूशलेममा माछा बेच्छन्नहेम्याह 13:16
पदहरू
नहेम्याह 13:16यरूशलेममा बस्ने टुरोसका मानिसहरूले माछासाथै सबै किसिमका खानेकुरा ल्याए, अनि शबाथमा तिनीहरूले यहूदा र सहरका मानिसहरूलाई ती चिजहरू बेचे।
- नहेम्याह ढोकाहरू बन्द गर्छन्; व्यापारीहरू सहरबाहिर बास बस्छन्नहेम्याह 13:19–20
पदहरू
नहेम्याह 13:19–20शबाथअगि यरूशलेमका प्रवेश-द्वारहरूमा साँझ पर्नेबित्तिकै ती बन्द गरेर शबाथ नसकिएसम्म नखोलिऊन् भनी मैले आज्ञा दिएँ। शबाथ-दिनमा कुनै भारी भित्र लैजान नसकियोस् भनेर प्रवेश-द्वारहरूमा मैले मेरा केही सेवकहरू नियुक्त गरेँ। सबै किसिमका सामान ल्याउने र बेच्नेहरूले एक-दुई पटक यरूशलेमबाहिरै छाउनी हाले।
- सक्षम पत्नी खेत किन्छे र सुती कपडाका लुगा बेच्छेहितोपदेश 31:16, हितोपदेश 31:24
पदहरू
हितोपदेश 31:16उनले सोचविचार गरेर एउटा खेत किन्छिन्, र आफ्नो हातको कमाइले दाखबारी लगाउँछिन्।
हितोपदेश 31:24उनले सुती कपडाका वस्त्रहरू बनाएर बेच्छिन्, र व्यापारीहरूलाई पटुका उपलब्ध गराउँछिन्।
- पावलको जहाजले टुरोसमा आफ्नो माल झार्छप्रेरित 21:2–3
पदहरू
प्रेरित 21:2–3जब हामीले फोनिकेतिर जाँदै गरेको एउटा जहाज भेट्यौँ, हामी त्यही जहाजमा चढेर यात्रा सुरु गर्यौँ। हामी साइप्रसको टापु नजिक आइपुग्दा, हामीले त्यसलाई बायाँतर्फ पारेर सिरियातर्फ लाग्यौँ, र टुरोस सहरमा उत्र्यौँ, किनभने त्यस जहाजले ल्याएको मालसमान त्यहाँ झार्नु पर्थ्यो।
- थिआटीराकी बैजनी कपडाकी व्यापारी लिडियाप्रेरित 16:14
पदहरू
प्रेरित 16:14त्यहाँ थिआटिरा सहरमा बसोबास गर्ने लिडिया नाउँ गरेकी एउटी स्त्री थिइन् जो वैजनी रङको वस्त्रको व्यापारी थिइन्। जसले परमेश्वरको आराधना गर्थिन् र हाम्रो कुरालाई ध्यान दिएर सुनिन्। पावलले भनेका कुरा तिनले ध्यानपूर्वक सुनून् भनेर परमप्रभुले तिनको हृदय खोलिदिनुभयो।
- मन्दिरका चोकहरूमा पैसा साट्ने र ढुकुर बेच्नेहरूयूहन्ना 2:14
पदहरू
यूहन्ना 2:14उहाँले त्यहाँ गोरुहरू, भेडाहरू र परेवाहरू बेच्नेहरूलाई भेट्टाउनुभयो, र पैसा साट्नेहरू पनि त्यहाँ बसिरहेका थिए।
- एक व्यापारी एउटा बहुमूल्य मोतीका निम्ति आफूसँग भएको सबै बेच्छ (दृष्टान्त)मत्ती 13:45–46
पदहरू
मत्ती 13:45–46फेरि, स्वर्गको राज्य एक जना व्यापारीले मूल्यवान् मोतीहरू खोजेजस्तै हो। जब उसले धेरै मूल्य भएको एउटा मोती भेट्टायो, ऊ गयो र उसँग भएका सबै थोक बेच्यो र त्यो किन्यो।
- नोकरहरूलाई व्यापार गर्न पैसा दिइन्छ (दृष्टान्त)लुका 19:13, मत्ती 25:16
पदहरू
लुका 19:13उनले आफ्ना दस जना नोकरलाई बोलाए र तिनीहरूलाई दस सिक्का दिँदै भने, ‘म फर्की नआउँदासम्म यसलाई व्यापारमा लगाओ।’
मत्ती 25:16पाँच सिक्का पाउने तुरुन्तै गयो र उसले त्यसलाई लगानी गर्यो, र त्यसबाट अर्को पाँच सिक्का कमायो।
- भोलि हामी फलानो सहरमा जानेछौँ र व्यापार गर्नेछौँयाकूब 4:13
पदहरू
याकूब 4:13अब सुन, तिमीहरू जसले, “आज वा भोलि हामी सहरभित्र प्रवेश गर्नेछौँ, र त्यहाँ एक वर्ष बिताउनेछौँ र व्यापार गरेर पैसा कमाउनेछौँ” भनेर भन्छौ।
टुरोससँगको व्यापार (इजकिएल 27)
- तर्शीश: चाँदी, फलाम, जस्ता र सीसाइजकिएल 27:12
पदहरू
इजकिएल 27:12तँसँग बेच्नको निम्ति चाँदी, फलाम, जस्ता र सीसाजस्ता सामानका प्रशस्त धनसम्पत्ति भएको कारणले तर्शीश तेरो व्यापारको साझेदार थियो। तिनीहरूले तेरा मालसामान किने र बेचे।
- यावान, तूबल र मेशेक: कमारा-कमारी र काँसाका भाँडाइजकिएल 27:13
पदहरू
इजकिएल 27:13यावान, तूबल र मेशेकले तँसित कमारा-कमारी र काँसाका भाँडाहरूको व्यापार गरे। तिनीहरूले तेरा सामानका कारोबार गरे।
- बेथ-तोगर्मा: घोडा, युद्धका घोडा र खच्चरइजकिएल 27:14
पदहरू
इजकिएल 27:14बेथ-तोगर्माका मानिसहरूले तेरो व्यापारको सामानको रूपमा घोडाहरू, सुमारेका घोडाहरू र खच्चरहरू दिए।
- ददान: घोडाका जीनपोश; रोडस: हात्तीदाँत र अब्नुसको काठइजकिएल 27:15, इजकिएल 27:20
पदहरू
इजकिएल 27:15तेरा किनारहरूमा रोडसका मानिसहरू तेरा व्यापारीहरू थिए। व्यापारका सामानहरू तेरा हातमा थिए। तिनीहरूले तँलाई सीङ्, हस्ती हाड र अब्नुसको काठ दाम रूपमा दिए।
इजकिएल 27:20ददानले तँसित घोडाका जीनपोशको व्यापार गर्यो।
- अराम: फिरोजा, बैजनी, बुट्टेदार कपडा, मलमल, मूगा र मानिकइजकिएल 27:16
पदहरू
इजकिएल 27:16तेरा धेरै उत्पादनमा अरामले व्यापार गर्यो। तिनीहरूले तँलाई फिरोजा, बैजनी, रङ्ग लगाइएका वस्त्र, मलमलका कपडा, मूगा-मोती र मानिक तेरा व्यापारका सामानको रूपमा उपलव्ध गराए।
- यहूदा र इस्राएल: गहुँ, मह, तेल र लेपइजकिएल 27:17
पदहरू
इजकिएल 27:17यहूदा र इस्राएलको देशले तँसित व्यापार गर्दैथिए। तिनीहरूले तँलाई मिन्नीतको गहूँ, रोटी, मह, तेल र लेप तेरा व्यापारका सामानका रूपमा उपलव्ध गराए।
- दमस्कस: हेलबोनको दाखमद्य र ऊनइजकिएल 27:18
पदहरू
इजकिएल 27:18तेरा सबै उत्पादन, धेरै धन-सम्पत्ति, र हेलबोनको दाखमद्य र जाहारको ऊनको व्यापारी दमस्कस थियो।
- अरब र केदार: थुमा, भेडा र बाख्राइजकिएल 27:21
पदहरू
इजकिएल 27:21अरब देश र केदारका सबै मुखियाहरू तँसँग व्यापार गरे। तिनीहरूले थुमा, भेडा र बाख्रा उपलब्ध गराए।
- शेबा र रामाह: मसला, बहुमूल्य रत्न र सुनइजकिएल 27:22
पदहरू
इजकिएल 27:22हरेक असल मसला र सबै किसिमका बहुमूल्य रत्नहरू बेच्न शेबा र रामाहका व्यापारीहरू तँकहाँ आए। व्यापारका सामानको रूपमा तिनीहरूले तँलाई सुन दिए।
व्यवस्थामा
- इमानदार तराजु, ढक, र नापलेवीहरू 19:35–36, व्यवस्था 25:13–15
पदहरू
लेवीहरू 19:35–36लम्बाइ, तौल र सङ्ख्या नाप्दा छल नगर्नू। तिमीहरूले ठिक-ठिक तराजु र ढक, र ठिक-ठिक नाप र तौलहरू प्रयोग गर्नू। तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
व्यवस्था 25:13–15तिमीहरूले आफ्नो झोलामा एउटै तौलको लागि कम र ज्यादा ओजन भएका ढकहरू नराख्नू। तिमीहरूको घरमा पनि एउटै नापको लागि फरक किसिमका माना-पाथी नहोऊन्। तिमीहरूसित सिद्ध र ठिक तौलका ढकसातै माना-पाथीहरू हुनुपर्छ ताकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूका आयु लामो होस्।
- किन्ने र बेच्नेले एक-अर्कालाई ठग्न हुँदैनलेवीहरू 25:14
पदहरू
लेवीहरू 25:14तिमीहरूले आफ्नो छिमेकीलाई आफ्नो जग्गा बेच्दा वा आफ्नो छिमेकीबाट जग्गा किन्दा तिमीहरूले एक-अर्कालाई धोका नदिनू।
भनाइहरू
- किन्ने बेकम्मा! भन्छ, अनि निस्केपछि घमण्ड गर्छहितोपदेश 20:14
पदहरू
हितोपदेश 20:14“यो खराब छ, यो खराब छ,” ग्राहकले भन्छ, तर पर पुगेपछि त्यसले घमण्ड गर्छ।
- अन्न बेच्न शबाथ सकिने पर्खिने व्यापारीहरूआमोस 8:5
पदहरू
आमोस 8:5तिनीहरू भन्छन्, “औंसी कहिले समाप्त हुन्छ, ताकि हामीहरूले फेरि अन्न बेच्न सकौं? शबाथ दिन कहिले समाप्त हुन्छ, ताकि हामीले गहुँ बेच्न सकौं? हामीले झुटो नापले ठगी गर्दा, हामी मानालाई सानो बनाउनेछौं र मुल्यलाई बढाउनेछौं।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार