खोजी गर्नुहोस् › विषयहरू › दफन र चिहान
दैनिक जीवन
बाइबलमा दफन र चिहान
पवित्र बाइबल (ULB) का 42 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- मृतकलाई छिट्टै, प्रायः सोही दिन गाडिन्थ्योव्यवस्था 21:23, प्रेरित 5:6, प्रेरित 5:10
पदहरू
व्यवस्था 21:23त्यसको लाश रातभरि रुखमा नरहोस्। बरु, त्यसलाई त्यही दिनमा नै गाडिदिनू। किनकि जो झुण्ड्याइन्छ त्यो परमप्रभुबाट श्रापित हुन्छ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने देशलाई तिमीहरूले बिटुलो नपार भनेर यो आज्ञा पालन गर।
प्रेरित 5:6जवान मानिसहरू अगाडि आए र उनलाई कपडाले बेह्रे र तिनीहरूले उनलाई बोकेर बाहिर लगे र गाडे।
प्रेरित 5:10तिनी तुरुन्तै उनको पाउमा लडिन् र तिनको मृत्यु भयो र ती जवान मानिसहरू भित्र आए र तिनलाई मृत भेट्टाए; तिनीहरूले तिनलाई बोकेर बाहिर लगे र तिनलाई तिनको पतिको नजिकै गाडिदिए।
- मरेका राजाहरूको सम्मानमा सुगन्धित मसला बालिन्थ्योयर्मिया 34:5
पदहरू
यर्मिया 34:5तँ शान्तिमा मर्नेछस्। तेरा पुर्खाहरू अर्थात् तँभन्दा अगिका राजाहरूको मृत्यु संस्कारमा भएजस्तै तिनीहरूले तेरो लाश जलाउनेछन्। तिनीहरूले भन्नेछन्, 'हाय मालिक!' तिनीहरूले तेरो निम्ति विलाप गर्नेछन्। मैल यो कुरा भनेको छु, यो परमप्रभुको घोषणा हो।”
- राजा दाऊद अबनेरको खटियाको पछि हिँड्छन् र चिहानमा रुन्छन्२ शमूएल 3:31–32
पदहरू
२ शमूएल 3:31–32दाऊदले योआब र तिनीसँग भएका सबै मानिसलाई यसो भने, “आफ्नो लुगा च्यात, भाङ्ग्रा लगाओ र अबनेरको मृत शरीको सामु विलाप गर।” दाऊद राजा मृत्यु संस्कारको लस्करमा लासको पछि-पछि हिंडे। तिनीहरूले अबनेरलाई हेब्रोनमा गाडे। अबनेरको चिहानमा राजा ठुलो धुरु-धुरु रोए र सबै मानिसहरू पनि रोए।
- नाइनमा ठूलो भीड एउटी विधवाको एक मात्र छोराको मलामी जान्छलुका 7:12
पदहरू
लुका 7:12जब उहाँ सहरको मूल ढोकानजिक पुग्नुभयो, त्यहाँ एउटा मृत मानिसलाई बोकेर ल्याइएको थियो। त्यो उसकी आमाको एक मात्र छोरो थियो। तिनी एउटी विधवा थिइन् र सहरबाट आएको एउटा भिड तिनीसँगै थियो।
मलामी
- याकूबलाई गाड्न फारोका धर्म-गुरु, रथ र घोडचढीहरू उक्लिन्छन्उत्पत्ति 50:7–9
पदहरू
उत्पत्ति 50:7–9योसेफ आफ्ना बुबालाई गाड्न गए। तिनका साथमा फारोका सारा अधिकारीहरू, उनका भारदारहरू र मिश्रका सबै मुख्य मानिसहरू, साथै योसेफका परिवारका सबै र तिनका दाजुभाइहरू र तिनका बुबाका परिवारका सबै गए। तर तिनीहरूका बालबच्चा, तिनीहरूका बगाल र बथानहरू गोशेन प्रदेशमा नै छोडिए। तिनका साथमा रथहरू र घोडचढीहरू पनि गए। त्यो एउटा ठुलो मानिसहरूको समूह थियो।
- इसहाक र इश्माएल अब्राहामलाई गाड्छन्; एसाव र याकूब इसहाकलाई गाड्छन्उत्पत्ति 25:9, उत्पत्ति 35:29
पदहरू
उत्पत्ति 25:9तिनका छोराहरू इसहाक र इश्माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा भएको मम्रेनजिकको मक्पेलाको ओडारमा गाडे।
उत्पत्ति 35:29इसहाकले आफ्नो अन्तिम सास फेरे र तिनको मृत्यु भयो अनि तिनी आफ्ना पुर्खाहरूसित मिल्न गए। तिनी पुरा बुढेसकालसम्म बाँचेका थिए। तिनका छोराहरू एसाव र याकूबले तिनलाई गाडे।
- सारा इस्राएल शमूएलका निम्ति शोक गर्छ र रामामा उनकै घरमा गाड्छ१ शमूएल 25:1, १ शमूएल 28:3
पदहरू
१ शमूएल 25:1शमूएल मरे। सबै इस्राएल भेला भए र तिनको निम्ति विलाप गरे र तिनलाई आफ्नै घर रामामा दफन गरे। त्यसपछि दाऊद उठे र पारानको उजाड-स्थानमा तल झरे।
१ शमूएल 28:3यति बेला शमूएल मरिसकेका थिए, र सारा इस्राएलले तिनको निम्ति विलाप गरेका र तिनलाई आफ्नै सहर रामामा दफन गरेका थिए। शाऊलले मृतक र आत्माहरूसँग कुरा गर्नेहरूलाई देशमा निषेध गरेका थिए।
- शाऊलको शव ल्याउन याबेशका मानिसहरू रातभरि हिँड्छन्१ शमूएल 31:11–13
पदहरू
१ शमूएल 31:11–13जब याबेश-गिलादका बासिन्दाहरूले पलिश्तीहरूले शाऊललाई गरेका कुरा सुने, तब सबै लडाकु मानिसहरू उठे र रातभरि यात्रा गरेर गए अनि शाऊल र तिनका छोराहरूको शरीर बेथ-शानको पर्खालबाट ल्याए। तिनीहरू याबेशमा गए र तिनीहरूलाई जलाए। त्यसपछि तिनीहरूले उनीहरूका हड्डीहरू लिए र तिनलाई याबेशको झ्याउको रूखमुनि गाडे अनि तिनीहरू सात दिनसम्म उपवास बसे।
- दाऊद शाऊल र जोनाथनका हड्डी कीशको चिहानमा सार्छन्२ शमूएल 21:12–14
पदहरू
२ शमूएल 21:12–14त्यसैले दाऊद गए र शाऊल र तिनका छोरा जोनाथनका हाड्डीहरू याबेश-गिलादका मानिसहरूबाट लिएर आए, जसले बेथ-शानको चोकबाट ती चोरेका थिए, जहाँ पलिश्तीहरूले शाऊललाई गिल्बोमा मरेपछि ती पलिश्तीहरूले उनीहरूलाई झुण्ड्याएका थिए। दाऊदले त्यहाँबाट शाऊल र तिनका छोरा जोनाथनका हड्डीहरू लिएर गए र तिनीहरूले झुण्ड्याइएका ती सात जना मानिसका हड्डीहरू पनि जम्मा गरे। तिनीहरूले शाऊल र तिनका छोरा जोनाथनका हड्डीहरू बेन्यामीनको गाउँमा सलामा भएको तिनका बुबा कीशको चिहानमा गाडे। राजाले आज्ञा गरेका सबै कुरा तिनीहरूले गरे। त्यसपछि देशको निम्ति तिनीहरूका प्रार्थनाहरूका जवाफ परमेश्वरले दिनुभयो।
- परमेश्वरको भय मान्ने मानिसहरू स्तिफनसलाई गाड्छन् र उनका निम्ति ठूलो शोक गर्छन्प्रेरित 8:2
पदहरू
प्रेरित 8:2ईश्वरभक्त मानिसहरूले स्तिफनसलाई गाडे र तिनको लागि बेसरी विलाप गरे।
दफनसम्बन्धी इच्छा
- याकूब मिश्रमा होइन, आफ्ना पिता-पुर्खासँग गाडिन चाहन्छन्उत्पत्ति 47:30, उत्पत्ति 49:29–32
पदहरू
उत्पत्ति 47:30म मेरा पिता-पुर्खाहरूसँग सुत्दा मलाई मिश्रबाट बोकेर लगी उनीहरूकै चिहानमा गाडिदे।” योसेफले भने, “तपाईंले भन्नुभएबमोजिम म गर्नेछु।”
उत्पत्ति 49:29–32तब तिनले तिनीहरूलाई यो आज्ञा दिएर यसो भने “म त मेरा मानिसहरूकहाँ मिल्न जान लागेको छु। हित्ती एप्रोनको खेतमा भएको ओडारमा मेरा पिता-पुर्खाहरूका साथमा मलाई गाड, अर्थात् कनान देशमा मम्रेनेरको मक्पेलाको खेतमा भएको ओडार, जुन अब्राहामले हित्ती एप्रोनको हातबाट खेतसमेत चिहान बनाउनलाई किनेका थिए। उनीहरूले अब्राहाम र तिनकी पत्नी सारालाई त्यहीँ गाडे। त्यहीँ नै उनीहरूले इसहाक र तिनकी पत्नी रिबेकालाई पनि गाडे। त्यहीँ नै मैले लेआलाई गाडेँ। त्यो खेत र त्यहाँ भएको ओडार हित्तीहरूको हातबाट किनिएको थियो।”
- योसेफ इस्राएलका छोराहरूलाई आफ्ना हड्डी मिश्रबाट लैजाने शपथ खुवाउँछन्उत्पत्ति 50:25
पदहरू
उत्पत्ति 50:25अनि योसेफले इस्राएलका मानिसहरूलाई शपथ खान लगाए। उनले भने, “परमेश्वर अवश्यनै तिमीहरूकहाँ आउनुहुनेछ। त्यो बेला तिमीहरूले मेरा अस्थिहरू यहाँबाट लैजानू।”
- बर्जिल्लै आफ्ना बुबा र आमाको चिहाननजिक मर्न चाहन्छन्२ शमूएल 19:37
पदहरू
२ शमूएल 19:37कृपया आफ्नो सेवकलाई घर फर्कन दिनुहोस्, ताकि मेरो आफ्नै सहरमा मेरो बुबा र आमाको चिहानको छेउमा म मर्न पाऊँ। तर हेर्नुहोस्, हजुरको सेवक किमहाम छ। मेरो मालिकसँग त्यही नै जाओस् र हजुरलाई जे असल लाग्छ सो त्यसको निम्ति गरिदिनुहोस्।”
- एक वृद्ध अगमवक्ता परमेश्वरका जनको छेउमा गाडिन चाहन्छन्१ राजाहरू 13:30–31
पदहरू
१ राजाहरू 13:30–31तिनले लाशलाई आफ्नै चिहानमा राखे, र तिनीहरूले यसो भन्दै तिनको निम्ति शोक गरे, “धिक्कार, मेरा भाइ!” तिनले लाशलाई गाडिसकेपछि वृद्ध अगमवक्ताले आफ्ना छोराहरूलाई यसो भने, “जब म मर्छु, मलाई परमेश्वरका जन गाडिएकै चिहानमा गाड्नू। मेरा हड्डीहरू तिनका हड्डीहरूको छेउमा रहून्।
चिहान र दफन गर्ने ठाउँ
- अब्राहाम चार सय शेकेल चाँदीमा मक्पेलाको गुफा किन्छन्उत्पत्ति 23:16–20
पदहरू
उत्पत्ति 23:16–20अब्राहामले एप्रोनको कुरा माने र तिनले एप्रोनलाई हेतका छोराहरूका सामुन्ने उनले भने जस्तै व्यापारीहरूमा प्रचलित तौलबमोजिम चाँदीका चार सय सिक्का जोखेर उनलाई दिए। यसरी मक्पेलामा मम्रेनेरको एप्रोनको खेत र त्यसभित्र भएका ओडार र रूखहरूसमेत एप्रोनले त्यस सहरका ढोकाको अगाडि आएकाहरू हेतका छोराहरू सबैका सामु अब्राहामको अधिकारमा दिए। त्यसपछि अब्राहामले आफ्नी पत्नी सारालाई कनान देशमा मम्रेनेरको, अर्थात् हेब्रोनमा भएको मक्पेलाक खेतको ओडारमा गाडे। यसरी त्यो खेत र त्यसमा भएको ओडारसमेत हित्तीहरूका तर्फबाट चिहानको रूपमा अब्राहामको अधिकारमा भयो।
- बेथलेहेम जाने बाटोमा याकूब राहेलको चिहानमा खम्बा खडा गर्छन्उत्पत्ति 35:19–20
पदहरू
उत्पत्ति 35:19–20राहेल मरिन् र एप्राता (अर्थात् बेथलेहेम) जाने बाटोमा उनलाई गाडियो। याकूबले उनको चिहानमा एउटा खामो खडा गरे। आजको दिनसम्म यो राहेलको चिहानको चिन्हको रूपमा खडा छ।
- रूखमुनि गाडिएका: दबोरा फलाँटमुनि, शाऊल झाउमुनिउत्पत्ति 35:8, १ शमूएल 31:13
पदहरू
उत्पत्ति 35:8त्यहाँ रिबेकाकी धाई दबोरा मरी। त्यसलाई बेथेलनेरको फलाँटको रुखमुनि गाडियो। त्यसैले यसको नाउँ अल्लोन-बकुत राखियो।
१ शमूएल 31:13त्यसपछि तिनीहरूले उनीहरूका हड्डीहरू लिए र तिनलाई याबेशको झ्याउको रूखमुनि गाडे अनि तिनीहरू सात दिनसम्म उपवास बसे।
- यहूदाका राजाहरूलाई दाऊदको सहरमा गाडिन्थ्यो१ राजाहरू 2:10, २ इतिहास 32:33
पदहरू
१ राजाहरू 2:10त्यसपछि दाऊद आफ्ना पुर्खाहरूसित सुते, र तिनलाई दाऊदको सहरमा गाडियो।
२ इतिहास 32:33हिजकिया आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले दाऊदका सन्तानहरूका चिहानहरू भएको डाँडामा तिनलाई गाडे। तिनको मृत्युमा सारा यहूदा र यरूशलेमका मानिसहरूले तिनलाई श्रद्धासुमन प्रकट गरे। तिनको ठाउँमा तिनका छोरा मनश्शे राजा भए।
- पुजारी यहोयादालाई राजाहरूसँगै गाडिन्छ२ इतिहास 24:16
पदहरू
२ इतिहास 24:16तिनीहरूले तिनलाई दाऊदको सहरमा राजाहरूकै चिहानमा गाडे, किनभने तिनले इस्राएलमा परमेश्वर र परमेश्वरको मन्दिरको निम्ति असल काम गरेका थिए।
- योआश र यहोरामलाई गाडिन्छ, तर राजाहरूको चिहानमा होइन२ इतिहास 24:25, २ इतिहास 21:20
पदहरू
२ इतिहास 24:25अरामीहरू जाने बेलासम्म योआश गम्भीर रूपले घाइते भएका थिए। पुजारी यहोयादाका छोराहरूका मृत्युको कारणले तिनका आफ्नै सेवकहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे। तिनको ओछ्यानमा तिनीहरूले तिनलाई मारे, र तिनी मरे। तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे, तर राजाहरूका चिहानमा चाहिं होइन।
२ इतिहास 21:20तिनी बत्तिस वर्षको हुँदा तिनले राज्य गर्न सुरु गरेका थिए। तिनले यरूशलेममा आठ वर्ष राज्य गरे, र तिनी मर्दा कसैले पनि शोक गरेन। तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे, तर राजाहरूका चिहानमा होइन।
- कुष्ठरोगी उज्जियाहलाई राजकीय चिहाननजिकको खेतमा गाडिन्छ२ इतिहास 26:23
पदहरू
२ इतिहास 26:23यसरी उज्जियाह आफ्ना पुर्खाहरूसित सुते। तिनीहरूले राजाहरूका चिहानको जमिनमा पुर्खाहरूसित गाडे, किनकि तिनीहरूले भने, “तिनी एक जना कुष्ठरोगी हुन्।” अनि तिनीपछि तिनका छोरा योताम तिनको ठाउँमा राजा भए।
- मनश्शे र अमोनलाई उज्जाको बगैँचामा गाडिन्छ२ राजाहरू 21:18, २ राजाहरू 21:26
पदहरू
२ राजाहरू 21:18मनश्शे आफ्ना पुर्खाहरूसित सुते, र तिनको आफ्नै घरको उज्जाको बगैँचामा तिनलाई गाडियो। तिनको ठाउँमा तिनका छोरा आमोन राजा भए।
२ राजाहरू 21:26मानिसहरूले तिनलाई उज्जाको बगैँचामा तिनकै चिहानमा गाडे, र तिनको ठाउँमा तिनका छोरा योशियाह राजा भए।
- योआबलाई उजाडस्थानमा उनकै घरमा गाडिन्छ१ राजाहरू 2:34
पदहरू
१ राजाहरू 2:34तब यहोयादाका छोरा बनायाह माथि उक्ले अनि योआबलाई प्रहार गरी मारे। तिनलाई उजाड-स्थानमा तिनको आफ्नै जग्गामा गाडियो।
- योशियाह पहाडको भिरालोमा चिहानहरू र एउटामाथि स्मारक देख्छन्२ राजाहरू 23:16–17
पदहरू
२ राजाहरू 23:16–17योशियाहले त्यस क्षेत्रमा नजर लगाए र पहाडी क्षेत्रमा तिनले चिहानहरू देखे। ती चिहानहरूबाट हड्डीहरू ल्याउन तिनले मानिसहरू पठाए। त्यसपछि तिनले ती हड्डीहरूलाई वेदीमाथि राखेर जलाए जसले त्यो अपवित्र पार्यो। परमेश्वरका मानिसले बोलेका परमप्रभुको वचनअनुसार यसो हुन आएको थियो, ती मानिसले यी कुराहरूका बारेमा पहिले नै बोलेका थिए। तब तिनले सोधे, “मैले देखेको त्यो स्मारकचाहिं केको हो?” सहरका मानिसहरूले तिनलाई जवाफ दिए, “त्यो यहूदाबाट आएका परमेश्वरका मानिसको चिहान हो जसले तपाईंले भर्खरै बेथेलको वेदीको विरुद्धमा गर्नुभएको कुराको बारेमा बोलेका थिए।”
- क्रूसको ठाउँनजिकैको बगैँचाको नयाँ चिहानमा येशूलाई राखिन्छयूहन्ना 19:41–42
पदहरू
यूहन्ना 19:41–42अब उहाँलाई क्रुसमा झुण्ड्याइएको ठाउँमा एउटा बगैँचा थियो, र त्यो बगैँचामा एउटा नयाँ चिहान थियो जसमा अहिलेसम्म कुनै व्यक्तिलाई गाडिएको थिएन। यो दिन यहूदीहरूका निम्ति तयारीको दिन भएको र चिहान पनि नजिकै भएको हुनाले तिनीहरूले येशूलाई त्यसैमा राखे।
- चिहानबाट ठूलो ढुङ्गा कसले गुडाउला भनेर स्त्रीहरू सोच्छन्मर्कूस 16:3–4
पदहरू
मर्कूस 16:3–4तिनीहरूले एक आपसमा भन्दै थिए, “चिहानको मुखबाट हाम्रो लागि ढुङ्गा कसले हटाइदिन्छ होला?” जब तिनीहरूले माथि हेरे र उनीहरूले ढुङ्गा हटाइसकेको देखे, किनभने ढुङ्गा धेरै ठुलो थियो।
- परदेशीहरूलाई गाड्ने ठाउँका निम्ति कुमालेको खेत किनिन्छमत्ती 27:7
पदहरू
मत्ती 27:7तिनीहरूले आपसमा यसबारे छलफल गरे र त्यस पैसाले परदेशीहरूलाई दफन गर्न कुमालेको जमिन किने।
- उरियाहको शव साधारण मानिसहरूको चिहानमा फालिन्छयर्मिया 26:23
पदहरू
यर्मिया 26:23तिनीहरूले उरियाहलाई मिश्रबाट ल्याए र तिनलाई राजा यहोयाकीमकहाँ ल्याए। तब यहोयाकीमले तिनलाई तरवारले मारे, र तिनको लाशलाई साधारण मानिसका लाशहरू भएको ठाउँमा पठाए।
- अब्शालोमलाई खाल्डोमा फालेर माथि ढुङ्गाको ठूलो थुप्रो लगाइन्छ२ शमूएल 18:17
पदहरू
२ शमूएल 18:17तिनीहरूले अब्शालोमलाई लिए र तिनलाई जङ्गलको एउटा ठुलो खल्डोमा फालिदिए। सबै इस्राएल हरेक मानिस आफ्नो घरतिर भागरे जाँदा तिनीहरूले अब्शालोमलाई ढुङ्गाको ठुलो थुप्रोमुनि गाडे।
- मोशाको चिहान कहाँ छ, कसैलाई थाहा छैनव्यवस्था 34:6
पदहरू
व्यवस्था 34:6परमप्रभुले तिनलाई बेथ-पोरको सामुन्ने मोआब देशको उपत्यकाको बेँसीमा गाड्नुभयो, तर तिनको चिहान कहाँ छ भनी आजको दिनसम्म कसैलाई थाहा छैन।
- भूत लागेको एक मानिस चिहानहरूका बीचमा बस्छमर्कूस 5:3, लुका 8:27, मत्ती 8:28
पदहरू
मर्कूस 5:3त्यो मानिस चिहानमा बस्थ्यो। कसैले पनि त्यसलाई रोक्न सकेको थिएन; त्यसलाई साङ्लाले बाँधेर राख्न पनि सकेको थिएन।
लुका 8:27जब प्रभु डुङ्गाबाट पाखामा उत्रनुभयो, एउटा सहरबाट आएको एक जना मानिसले उहाँलाई भेट्यो र त्यस मानिसमा दुष्टात्माहरू थिए। किनभने लामो समयदेखि त्यस मानिसले कपडाहरू लगाएको थिएन र घरमा बस्दैनथ्यो, बरु चिहानहरूमा नै बस्दथियो।
मत्ती 8:28जब येशू समुद्रको पारिपट्टि र गदरिनीहरूको देशमा आउनुभएको थियो, दुई जना भूतात्मा लागेका मानिसले उहाँलाई भेटे। तिनीहरू चिहानबाट निस्केर आइरहेका थिए र धेरै हिंसात्मक थिए। त्यसकारण, त्यो बाटो भएर कोही पनि यात्रु जान सक्दैन थियो।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार