Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › झगडा

दैनिक जीवन

बाइबलमा झगडा

पवित्र बाइबल (ULB) का 32 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

उदाहरणहरू

  • अब्राम र लोतका गोठालाहरू झगडा गर्छन्, त्यसैले दुवै छुट्टिन्छन्उत्पत्ति 13:7–9
    पदहरू
    उत्पत्ति 13:7–9अब्राम र लोतका गाईवस्‍तुहरू र भेडाबाख्राका गोठालाहरूबिच झगडा भयो। त्यस बेला त्यहाँ कनानीहरू र परिज्‍जीहरू बस्दथे। यसैले अब्रामले लोतलाई भने, “तिम्रो र मेरा गोठालाहरूबिच झगडा नहोस्, आखिर हामी त परिवार नै हौँ। के सारा भूमि तिम्रो सामु नै छैन र? तिमी जाऊ र मबाट अलग होऊ। यदि तिमी बायाँतरि गयौ भने म दायाँतिर जानेछु। वा यदि तिमी दाहिनेतिर गयौ भनौ म देब्रेतिर जानेछु।”
  • अबीमेलेकका सेवकहरूले खोसेको इनारबारे अब्राहाम गुनासो गर्छन्उत्पत्ति 21:25
    पदहरू
    उत्पत्ति 21:25अब्राहामले अबीमेलेकसँग तिनका नोकरहरूले उनीबाट खोसेका पानीको कुवाको विषयमा पनि गुनासो गरे।
  • मोशा दुई हिब्रूलाई लडिरहेको भेट्टाउँछन्प्रस्थान 2:13, प्रेरित 7:26
    पदहरू
    प्रस्थान 2:13अर्को दिन पनि तिनी बाहिर निस्के र दुई जना हिब्रू एक-अर्कामा झगडा गरिरहेका देखे। तिनले गल्ती गर्नेचाहिँलाई भने, “तिमी आफ्नै साथीलाई किन हिर्काउँदै छौ?”
    प्रेरित 7:26अर्को दिन तिनी केही इस्राएलीहरूकहाँ आए जहाँ तिनीहरू एक आपसमा झगडा गरिरहेका थिए। तिनले तिनीहरूको झगडा मिलाउन खोजे र भने, “तपाईंहरू दाजुभाइ हुनुहुन्छ। किन एकअर्काको विरुद्धमा लड्नुहुन्छ?”
  • मोशा मानिसहरूका सबै विवाद एक्लै धान्न सक्दैनन्व्यवस्था 1:12
    पदहरू
    व्यवस्था 1:12तर म आफैले मात्र कसरी तिमीहरूका भार, तिमीहरूका बोझ र तिमीहरूका झगडाहरू बोक्‍न सक्छु?
  • एफ्राइमीहरू यिप्तालाई धम्की दिन्छन्; यर्दनका जँघारमा शिब्बोलेतन्यायकर्ताहरू 12:1–6
    पदहरू
    न्यायकर्ताहरू 12:1–6एफ्राइमका मानिसहरूका निम्ति एउटा बोलावट आयो। तिनीहरू सापोनको बाटो गए र यिप्‍तालाई भने, “अम्मोनका मानिसहरूसँग युद्ध गर्न तिमी किन गयौ र तिमीसँगै जान हामीलाई तिमीले किन बोलाएनौ? हामी तिम्रो घरलाई तिमीसँगै जलाइदिनेछौं।” यिप्‍ताले तिनीहरूलाई भने, “म र मेरा मानिसहरू अम्मोनका मानिहरूसँग ठुलो झगडामा थियौं। जब मैले तिमीहरूलाई बोलाएँ, तिमीहरूले मलाई तिनीहरूबाट बचाएनौ। तिमीहरूले मलाई बचाउन नआएको जब मैले देखें, तब मैले आफ्‍नो प्राणलाई आफ्नै हातमा राखें र आम्मोनका मानिसहरूका विरुद्धमा गएँ, र परमप्रभुले मलाई विजय दिनुभयो। तिमीहरू आज मेरो विरुद्धमा युद्ध लड्न किन आएका छौ?” यिप्‍ताले गिलादका सबै मानिसहरूलाई भेला गराए र एफ्राइमको विरुद्ध युद्ध लडे। गिलादका मानिसहरूले एफ्राइमका मानिसहरूलाई आक्रमण गरे किनभने तिनीहरूले यसो भने, “तिमीहरू, गिलादीहरू एफ्राइम— एफ्राइम र मनश्शेमाबाट भागेर गएकाहरू हौ।” गिलादीहरूले एफ्राइमतर्फ जाने यर्दनका जँघारहरू कब्जा गरे। जब एफ्राइमका बाँचेकाहरूले यसो भने, “मलाई नदीपारि जान दिनुहोस्,” गिलादका मानिसहरूले त्यसलाई यस्तो भन्थे, “के तँ एफ्राइमी होस्?” त्यसले “होइनँ” भन्यो भने, अनि तिनीहरूले त्यसलाई भन्थे, “शिब्बोलेत भन्,” र उसले “सिब्बोलेत” भन्यो भने (किनकि उसले त्यो शब्द सही उच्‍चारण गर्न सक्दैनथियो), तब गिलादीहरूले त्यसलाई समाउँथे र उसलाई यर्दनको जँघारहरूमा मार्थे। त्यस बेला एफ्राइमका बयालिस हजार जना मारिए।
  • तकोकी स्त्रीको कथा: खेतमा दुई छोरा लड्छन्२ शमूएल 14:6
    पदहरू
    २ शमूएल 14:6म तपाईंको दासीका दुई जना छोरा थिए र तिनीहरू खेतमा एक-आपसमा झगडा गरे र तिनीहरूलाई छुट्टाउने त्‍यहाव कोही पनि थिएन। एउटाले अर्कोलाई प्रहार गर्‍यो र त्यसलाई मार्‍यो।
  • हामीमध्ये सबैभन्दा ठूलो को हो भनेर चेलाहरू बहस गर्छन्मर्कूस 9:33–34, लुका 22:24
    पदहरू
    मर्कूस 9:33–34अनि उहाँहरू कफर्नहुममा आइपुग्‍नुभयो। जब उहाँ घरमा हुनुहुन्थ्यो उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूले बाटोमा के छलफल गरिरहेका थियौ?” तर सबै चुपचाप भए। किनभने तिनीहरूले “कोचाहिँ सबैभन्दा ठुलो हो” भनी बहस गरिरहेका थिए।
    लुका 22:24तब तिनीहरूमध्ये को सबैभन्दा ठुलो भन्‍नेबारे तिनीहरूबिच झगडा उब्जियो।
  • खतनाबारे एन्टिओखियामा चर्को बहसप्रेरित 15:1–2
    पदहरू
    प्रेरित 15:1–2यहूदियाबाट केही मानिसहरू आए र भाइहरूलाई यसो भन्दै सिकाए, “जबसम्म तपाईंहरूले मोशाको विधिअनुसार खतना गर्नुहुन्‍न, तबसम्म तपाईंहरू बाँच्‍न सक्‍नुहुन्‍न।” जब पावल र बारनाबासको तिनीहरूसँग विरोध र विवाद भयो तब यस प्रश्‍नलाई लिएर पावल, बारनाबास र अरू केही मानिस यरूशलेममा प्रेरित र एल्डरहरूकहाँ जानुपर्छ भनी भाइहरूले निर्णय गरे।
  • मर्कूसको कारण पावल र बारनाबास छुट्टिन्छन्प्रेरित 15:37–39
    पदहरू
    प्रेरित 15:37–39बारनाबासले मर्कूस भनिने यूहन्‍नालाई पनि तिनीहरूसँगै लैजान चाहन्थे। तर पावलले मर्कूसलाई लिएर जान ठिक छैन भनी विचार गरे। किनभने पाम्फिलियामा हुँदा उनी तिनीहरूबाट छुट्टिएर उनीहरूसँग काममा अगाडि गएनन्। तब त्यहाँ कडा असहमति उत्पन्‍न भयो। त्यसैकारण उनीहरू एकअर्काबाट छुट्टिए। अनि बारनाबासले मर्कूसलाई आफूसँगै लिएर साइप्रसतिर समुद्रयात्रा गरे।
  • पुनरुत्थानबारे फरिसी र सदुकीहरू झगडा गर्छन्प्रेरित 23:7–10
    पदहरू
    प्रेरित 23:7–10उनले यो कुरा भनेपछि सदूकी र फरिसीहरूका बिचमा वादविवाद सुरु भयो, र सभा विभाजित भयो। किनकि ती सदूकीहरूले पुनरुथान हुँदैन, स्वर्गदूतहरू छैनन् र आत्माहरू छैनन् भन्छन्, तर फरिसीहरूले यी सबै कुराहरू अस्तित्वमा छन् भन्छन्। त्यसैले, त्यहाँ ठुलो होहल्ला भयो, अनि कतिपय फरिसीहरूमध्येका शास्‍त्रीहरू उठे, र यसो भन्दै तर्क गरे, “यी मानिसमा हामी कुनै गल्ती भेट्टाउँदैनौँ। यदि आत्मा वा स्वर्गदूतले नै तिनीसँग बोलेका हुन् भने, के गर्ने त?” जब त्यहाँ अझै ठुलो विवाद उठ्यो, तिनीहरूले पावललाई टुक्रा-टुक्रा पार्लान् कि भनेर मुख्य कप्‍तान डराए। त्यसैले, उनले तल गएर परिषद्का सदस्यहरूका बिचबाट पावललाई जबरजस्ती सेनाको किल्लामा ल्याउन सेनाहरूलाई आदेश दिए।
  • एन्टिओखियामा पावल केफासको मुखैमा विरोध गर्छन्गलाती 2:11
    पदहरू
    गलाती 2:11जब पत्रुस एन्टिओखियामा आए, मैले उनलाई आमने-सामने विरोध गरेँ किनकि उनी गलत थिए।
  • कोरिन्थीहरू: म पावलको, म अपोल्लोसको१ कोरिन्थी 1:11–12
    पदहरू
    १ कोरिन्थी 1:11–12किनकि तिमीहरूका माझमा गुटबन्दी छ भन्‍ने कुरा क्लोएका मानिसहरूले मलाई बताएका छन्। मेरो भनाइको अर्थ यही हो कि तिमीहरूमध्ये कसैले “म पावलको हुँ”, कसैले “म अपोल्लोसको हुँ”, कसैले “म केफासको हुँ” र कसैले “म ख्रीष्‍टको हुँ” भन्छौ।
  • विश्वासीहरू एक-अर्कालाई अदालतमा लैजान्छन्१ कोरिन्थी 6:6–7
    पदहरू
    १ कोरिन्थी 6:6–7तर यस्‍तो भएको छ, एक विश्‍वासी अर्को विश्‍वासीको विरुद्धमा अदालत जान्‍छ र अविश्‍वासी न्‍यायाधीशको अगि मुद्धा राख्‍दछ। वास्तवमा ख्रीष्‍टियानहरूका बिचमा कुनै पनि झगडा हुनु नै तिमीहरूको हार हो। बरु, किन अन्याय नसहनु? बरु, किन आफैँलाई ठगिन नदिनु?
  • पावल इयोदिया र सुन्तुखेलाई एउटै मनको हुन आग्रह गर्छन्फिलिप्पी 4:2
    पदहरू
    फिलिप्पी 4:2म इयोदिया र सुन्तुखेलाई प्रभुमा एउटै मनको हुन निवेदन गर्दछु।

व्यवस्थामा

  • लडाइँमा घाइते भएकोलाई गुमेको काम र उपचारको खर्च तिरिन्छप्रस्थान 21:18–19
    पदहरू
    प्रस्थान 21:18–19मानिसहरू एक-अर्कासित झगडा गर्दा एउटाले अर्कोलाई ढुङ्गाले वा मुक्‍काले हिर्कायो र त्यो व्यक्ति नमरी ओछ्यान पर्‍यो र त्यो फेरि उठेर आफ्नो लट्ठीको सहायताले यताउता हिँड्न सक्यो भने हिर्काउनेले त्यसको समयको हर्जाना तिर्नुपर्छ। त्यसले ऊ पूर्ण निको नभएसम्म सबै खर्च पनि दिनुपर्छ। तर त्यो मानिस हत्याको दोषी भने हुँदैन।
  • मानिसहरूबीचको विवाद न्यायका निम्ति अदालतमा लगिन्छव्यवस्था 25:1
    पदहरू
    व्यवस्था 25:1मानिसहरूका बिचमा झैझगडा भयो र तिनीहरू अदालतमा गए भने न्यायकर्ताहरूले तिनीहरूको न्याय गरून् अनि धर्मीलाई छाडिदिएर दुष्‍टलाई दोषी ठहराऊन्।

हितोपदेशका भनाइहरू

  • घृणाले झगडा उठाउँछ; प्रेमले सबै अपराध ढाक्छहितोपदेश 10:12
    पदहरू
    हितोपदेश 10:12घृणाले द्वन्द्व निम्त्याउँछ, तर प्रेमले सबै कुकर्मलाई ढाकिदिन्छ।
  • रिसाहा मानिसले झगडा उठाउँछहितोपदेश 15:18, हितोपदेश 29:22
    पदहरू
    हितोपदेश 15:18रिसाएको मानिसले तर्क-वितर्क गर्छ, तर रिसाउनमा धिमा व्यक्तिले झगडालाई शान्त पार्छ।
    हितोपदेश 29:22रिसाएको मानिसले द्वन्द्व निम्त्याउँछ, र झोँकको मालिकले धेरै पाप गर्छ।
  • झगडासहितको भोजभन्दा शान्तिसँग सुक्खा गाँस असलहितोपदेश 17:1
    पदहरू
    हितोपदेश 17:1कलहले भरिएको घरमा भोज खानुभन्दा शान्तिसाथ रोटीको सुक्खा टुक्रा खानु उत्तम हो।
  • झगडा सुरु गर्नु बाढी छोड्नुजस्तै होहितोपदेश 17:14
    पदहरू
    हितोपदेश 17:14द्वन्द्वको सुरुआत सर्वत्र पानी फैलनुजस्तै हो। त्यसैले विवाद चर्किनुअगि नै त्यहाँबाट हिँडिहाल।
  • विवाद टुङ्ग्याउनु आदरको कुरा हो; जुनसुकै मूर्खले पनि झगडा गर्छहितोपदेश 20:3
    पदहरू
    हितोपदेश 20:3द्वन्द्वलाई हटाउनु हरेकको लागि आदर हो, तर हरेक मूर्खचाहिँ तर्क-वितर्कमा फस्छ।
  • गिल्ला गर्नेलाई धपाऊ, र झगडा रोकिनेछहितोपदेश 22:10
    पदहरू
    हितोपदेश 22:10खिल्ली उडाउनेलाई बाहिर निकाल्, र द्वन्द्व हटेर जान्छ अनि वादविवाद र अपमान लोप हुने छन्।
  • अर्काको झगडामा टाउको हाल्नु कुकुरलाई कानमा समात्नुजस्तै होहितोपदेश 26:17
    पदहरू
    हितोपदेश 26:17कुकुरको कान समात्‍ने मानिस आफूसित सम्बन्धित नभएको झगडामा रिसाउने बटुवाजस्तै हो।
  • झगडालु पत्नी झरीको दिनमा निरन्तर चुहिरहने थोपाजस्तै होहितोपदेश 27:15, हितोपदेश 25:24
    पदहरू
    हितोपदेश 27:15झगडालु पत्‍नी वर्षाको समयमा एकहोरो तपतप चुहुने झरीजस्तै हो।
    हितोपदेश 25:24झगडालु पत्‍नीसँग एउटै घरमा बस्‍नुभन्दा कौसीको कुनामा बस्‍नु बेस हुन्छ।

अन्यत्र

  • अदालत जाँदा बाटैमा विरोधीसँग छिट्टै मिलाऊमत्ती 5:25
    पदहरू
    मत्ती 5:25तिमीलाई दोष लगाउनेसँग अदालतको बाटोमा तिनीसँगै जाँदै गर्दा नै छिट्टै मिलाप गर, नत्रता तिमीलाई दोष लगाउनेले तिमीलाई न्यायकर्ताको हातमा सुम्पिदेला, र न्यायकर्ताले अधिकारीको हातमा सुम्पिदेलान्, र तिमीलाई झ्यालखानामा फ्याँकिदेलान्।
  • सम्भव भए सबैसँग शान्तिसँग बसरोमी 12:18
    पदहरू
    रोमी 12:18सम्भव भए, तपाईंको हकमा भएसम्म सबैसँग शान्तिमा बस।
  • मूर्ख अड्कलबाजीले झगडा जन्माउँछ२ तिमोथी 2:23–24
    पदहरू
    २ तिमोथी 2:23–24तर मूर्ख र अज्ञानी प्रश्‍नहरूले वादविवाद ल्याउँछन् भन्‍ने जानेर तिनबाट अलग बस। परमेश्‍वरका सेवकहरूले झगडा गर्नुहुँदैन, तर तिनीहरू सबैका लागि दयालु, सिकाउन सक्‍ने र धैर्यवान् हुनुपर्दछ।
  • तिमीहरूका बीचमा लडाइँ र झगडा केले ल्याउँछ?याकूब 4:1
    पदहरू
    याकूब 4:1तिमीहरूका माझमा झगडा र विवाद कहाँबाट आउँछ? के त्यो तिमीहरूका सदस्यहरूका बिचमा सङ्घर्ष ल्याउने तिमीहरूका अभिलाषाहरूबाट आउँदैन र?

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार