Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › कुरा काट्नु

दैनिक जीवन

बाइबलमा कुरा काट्नु

पवित्र बाइबल (ULB) का 24 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

  • आफ्ना मानिसहरूका बीचमा निन्दा फैलाउँदै नहिँडलेवीहरू 19:16
    पदहरू
    लेवीहरू 19:16आफ्ना मानिसहरूका बिचमा निन्‍दा फैलाउँदै नहिँड्नू, तर आफ्नो छिमेकीको प्राण बचाउने कोसिस गर्नू। म परमप्रभु हुँ।
  • परमेश्‍वरसँग को बस्न सक्छ? जिब्रोमा निन्दा नभएकोभजनसंग्रह 15:3
    पदहरू
    भजनसंग्रह 15:3त्यसले आफ्नो जिब्रोले निन्दा गर्दैन, त्यसले अरूको हानि गर्दैन र त्यसले आफ्नो छिमेकीलाई होच्‍याउँदैन।
  • कुरा काट्ने गोप्य कुरा खोल्छ; विश्वासयोग्य मानिस गोप्य राख्छहितोपदेश 11:13, हितोपदेश 20:19
    पदहरू
    हितोपदेश 11:13चारैतिर बदख्याइँ गर्दै हिँड्नेले गोप्य कुराहरू प्रकट गर्छ, तर विश्‍वासयोग्य व्यक्तिले विषयलाई लुकाएर राख्छ।
    हितोपदेश 20:19कुरौटेले गुप्‍त कुराहरू बाहिर ल्याउँछ। त्यसैले धेरै कुरा गर्ने मानिसहरूसित सङ्गत नगर्।
  • कुरा काट्नेले घनिष्ठ साथीहरूलाई छुट्याउँछहितोपदेश 16:28, हितोपदेश 17:9
    पदहरू
    हितोपदेश 16:28टेडो मानिसले द्वन्द्व निम्त्याउँछ, र कुरा काट्नाले घनिष्‍ठ मित्रहरूमा पनि फाटो आउँछ।
    हितोपदेश 17:9चित्त दुखाइलाई बेवास्ता गर्नेले प्रेमको खोजी गर्छ, तर विषयलाई दोहोर्‍याउनेले घनिष्‍ठ मित्रहरूमा फाटो ल्याउँछ।
  • कुरा काट्नेका वचन मीठा गाँसजस्ता हुन्छन्हितोपदेश 18:8, हितोपदेश 26:22
    पदहरू
    हितोपदेश 18:8कुरौटेका वचनहरू स्वादिष्‍ट गाँसझैँ हुन्छन्, र ती शरीरका भित्री भागसम्म पुग्छन्।
    हितोपदेश 26:22कुरौटेका वचनहरू स्वादिष्‍ट गाँसजस्तै हुन्छन्। ती शरीरको भित्री भागसम्म प्रवेश गर्छन्।
  • दाउराबिना आगो निभ्छ; कुरा काट्नेबिना झगडा शान्त हुन्छहितोपदेश 26:20–21
    पदहरू
    हितोपदेश 26:20–21दाउराको कमीले आगो निभ्छ, र जहाँ कुरौटो हुँदैन त्यहाँ झगडाको अन्त्य हुन्छ। जसरी भुङ्ग्रोको लागि कोइला र आगोको लागि दाउरा हो, त्यसै गरी झगडालु मानिस कलह सल्काउनको लागि हो।
  • पछाडि कुरा काट्ने जिब्रोले रिसाएको अनुहार ल्याउँछहितोपदेश 25:23
    पदहरू
    हितोपदेश 25:23जसरी उत्तरी बतासले पक्‍कै वृष्‍टि ल्याउँछ, त्यसै गरी गुप्‍त कुराहरू बताउने जिब्रोले क्रुद्ध अनुहार ल्याउँछ।
  • यर्मिया कानेखुसी सुन्छन्: उसको उजुरी गर!यर्मिया 20:10
    पदहरू
    यर्मिया 20:10चारैतिर भएका धेरै जना मानिसबाट मैले त्रासको हल्ला सुनेको छु, 'खबर गर! हामीले यसबारे खबर गर्नुपर्छ!' मेरा नजिक हुनेहरू म पतन हुनेछु कि भनेर हेर्छन्। सायद त्‍यसलाई छल गर्न सकिन्‍छ। त्यसो भयो भने, हामीले त्यसलाई पराजित गर्न सक्छौं र त्यसमाथि हाम्रो बदला लिन सक्छौं।'
  • अल्छी जवान विधवाहरू कुरा काट्ने र अर्काको काममा टाउको हाल्ने हुन्छन्१ तिमोथी 5:13
    पदहरू
    १ तिमोथी 5:13तिनीहरू अल्छी गर्ने पनि हुन्छन्। तिनीहरू अल्छी गर्ने मात्र होइन तर कुरौटे र अर्काको काममा हस्‍तक्षेप गर्ने पनि बन्‍छन्। तिनीहरूल भन्‍न नहुने कुरा भन्छन्।
  • पावल कोरिन्थमा निन्दा र कुरा काट्ने कुराको डर मान्छन्२ कोरिन्थी 12:20
    पदहरू
    २ कोरिन्थी 12:20किनकि म तिमीहरूकहाँ आउँदा तिमीहरूलाई मैले चाहेजस्तै पाउँदिनँ कि भनेर म डराउँछु। मलाई तिमीहरूले चाहेजस्तै नपाऔला भनेर म डराउँछु। त्यहाँ वादविवाद, ईर्ष्या, रिसहरू पोख्‍ने काम, व्यक्‍तिगत स्वार्थ, कुरा काट्ने, घमण्ड र गडबडी होला भनेर म डराउँछु।
  • एक-अर्काको निन्दा नगरयाकूब 4:11
    पदहरू
    याकूब 4:11भाइहरू हो, एक अर्काको विरुद्धमा नबोल। कुनै एक जना भाइको विरुद्धमा बोल्ने वा आफ्नो भाइको न्याय गर्ने व्यक्‍तिले व्यवस्थाको विरुद्धमा बोल्दछ र व्यवस्थाको न्याय गर्दछ। यदि तिमीहरू व्यवस्थाको न्याय गर्दछौ भने, तिमीहरू व्यवस्थालाई पालन गर्नेहरू हुँदैनौ, तर न्यायकर्ता पो हुन्छौ।

उदाहरणहरू

  • योसेफ आफ्ना दाजुहरूबारे बुबाकहाँ नराम्रो खबर ल्याउँछन्उत्पत्ति 37:2
    पदहरू
    उत्पत्ति 37:2याकूबका विषयमा भएका घटनाहरूका वृत्तान्त यिनै थिए। सत्र वर्षका जवान योसेफ आफ्ना दाजुहरूसँग भेडाबाख्राहरूका बगाल हेर्दै थिए। उनी आफ्ना बुबाका उपपत्‍नीहरू बिल्हा र जिल्पाका छोराहरूसँग थिए। योसेफले आफ्ना बुबाकहाँ तिनीहरूका विषयमा खराब खबर ल्याए।
  • जासुसहरू देशबारे नराम्रो खबर फैलाउँछन्गन्ती 13:32, गन्ती 14:36
    पदहरू
    गन्ती 13:32यसैले तिनीहरूले जाँचबुझ गरेका मुलुकबारे इस्राएलका मानिसहरू माझ निरुत्साहित पार्ने खबर फिँजाए। तिनीहरूले भने, “हामीले हेरेका मुलकले त आफ्नै बासिन्दाहरूलाई निल्दोरहेछ।
    गन्ती 14:36यसैले मोशाले भूमिको जासूस गर्न पठाएकाहरू जो फर्के र जसले भूमिबारे खराब खबर फैलाएर मोशा विरुद्ध सारा समुदायलाई गनगन गर्न लगाउने मानिसहरू थिए अर्थात्
  • एदोमी दोएगले शाऊललाई अहीमेलेकले दाऊदलाई सहायता गरे भन्छ१ शमूएल 22:9–10
    पदहरू
    १ शमूएल 22:9–10तब शाऊलका सेवकहरूसँगै खडा भएका एदोमी दोएगले जवाफ दियो, “यिशैका छोरा नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ आएको मैले देखें। परमप्रभुबाट उसलाई सहायता मिलोस् भनी तिनले उसको निम्ति प्रार्थना गरे, र तिनले उसलाई खानेकुरा र पलिश्‍ती गोल्यतको तरवार दिए।”
  • योआबलाई अबनेर आएर शान्तिसँग गए भनिन्छ२ शमूएल 3:23
    पदहरू
    २ शमूएल 3:23जब योआब र तिनीसँग भएका सबै फौज आइपुगे, तब तिनीहरूले योआबलाई भने, “नेरका छोरा अबनेर राजाकहाँ आए र राजाले तिनलाई शान्तिसँग पठाउनुभएको छ र अबनेर शान्तिसँग विदा भए।”
  • सीबा मपीबोशेत राज्य फिर्ता पाउने आशामा छन् भन्छन्२ शमूएल 16:3
    पदहरू
    २ शमूएल 16:3राजले भने, “त्‍यसो भए, तिम्रो मालिको नाति कहाँ छ?” सीबाले राजालाई जवाफ दिए, “हेर्नुहोस्, उनी यरूशलेममा नै बसेका छन्, किनकि, उनले भने, 'इस्राएलको घरानाले आज मेरो बुबाको राज्य मलाई पुनर्स्थापना गर्ने छन्'।”
  • यहूदीहरूले विद्रोहको योजना बनाएका छन् भन्ने सन्बलतको हल्लानहेम्याह 6:6–9
    पदहरू
    नहेम्याह 6:6–9त्यहाँ यस्तो लेखिएको थियो, “जाति-जातिहरूका बिचमा यस्तो खबर पुगेको छ र गेशेम पनि त्यही भन्छन्, कि तिमी र यहूदीहरूले विद्रोह गर्ने योजना बनाउँदै छौ। त्यसकारण तिमीहरूले यो पर्खाल पुनर्निर्माण गर्दै छौ। तिमी तिनीहरूका राजा हुनै लागेका छौ भनी यी खबरहरूले बताउँछन्। यरूशलेममा तिम्रो बारेमा यो घोषणा गर्न तिमीहरूले अगमवक्ताहरू पनि नियुक्त गरेका छौ, 'यहूदामा राजा हुनुहुन्छ!' राजाले यी खबरहरू सुन्‍नेछन् भनी तिमी निश्‍चित हुन सक्छौ। त्यसकारण, आऊ र एक-अर्कासित कुराकानी गरौँ।” तब मैले तिनीकहाँ यसो भनी खबर पठाएँ, “तिमीले भनेजस्ता कुनै पनि कुरा भएकै छैन, किनकि तिमीले आफ्नै ह्रदयमा ती रचेका हौ।” तिनीहरू सबैले हामीलाई यस्तो सोच्न लगाई भयभीत पार्न चाहन्थे, “काम गर्नदेखि तिनीहरूले आफ्ना हात रोक्‍ने छन्, र यो काम सकिने थिएन।” तर अब हे परमेश्‍वर, मेरा हात मजबुत पार्नुहोस्।
  • यहूदाका भारदारहरू तोबिया र नहेम्याहका बीचमा खबर ओसार्छन्नहेम्याह 6:17–19
    पदहरू
    नहेम्याह 6:17–19यस बेला यहूदाका कुलीनहरूले तोबियालाई धेरै चिट्ठीहरू पठाए, र तोबियाका चिट्ठीहरू पनि तिनीहरूकहाँ आए। किनकि यहूदामा कैयौँ मानिसहरू थिए जो तिनीसित शपथद्वारा बाँधिएका थिए किनकि तिनी आराका छोरा शकन्याहका जुवाइँ थिए। तिनका छोरा येहोहानानले बेरेक्याहका छोरा मशुल्लामकी छोरीसित विवाह गरेका थिए। तिनीहरूले तिनका असल कार्यहरू पनि मलाई बताए, र मेरा कामहरू तिनलाई बताइदिए।
  • स्तिफनसले मोशाको विरुद्धमा बोले भन्न मानिसहरूलाई उक्साइन्छप्रेरित 6:11
    पदहरू
    प्रेरित 6:11त्यसपछि तिनीहरूले केही मानिसहरूलाई गुप्‍तमा मनाई यसो भन्‍न लगाए, “हामीले स्तिफनसले मोशा र परमेश्‍वरको विरुद्धमा ईश्‍वर-निन्दक वचनहरू बोलेका सुनेका छौँ।”
  • यूहन्‍नाको विरुद्धमा डियोत्रिफसको दुष्ट निन्दा३ यूहन्ना 1:9–10
    पदहरू
    ३ यूहन्ना 1:9–10मैले मण्डलीको निम्ति केही लेखेँ, तर डियोत्रिफस जसले तिनीहरूमा पहिलो हुन रुचाउछन् तिनले हामीलाई स्वीकार गर्दैन। यसकारण यदि म आएँ भने त्यसले गर्ने कामहरू अर्थात् त्यसले कुवाक्यहरूसहित हाम्रो विरुद्ध कसरी हाँस्यास्पद कुराहरू भन्छ म सम्झनेछु। यी कुराहरूले मात्र सन्तुष्‍ट नभएर, त्यो आफैँले भाइहरूलाई स्वीकार गर्दैन। यसो गर्न इच्छा गर्नेहरूलाई पनि त्यसले निषेध गर्छ र तिनीहरूलाई मण्डलीबाट निकाली दिन्छ।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार