खोजी गर्नुहोस् › विषयहरू › बुढेसकाल
दैनिक जीवन
बाइबलमा बुढेसकाल
पवित्र बाइबल (ULB) का 42 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
भनाइहरू
- वृद्धहरूको सामु उठ; बूढाहरूको आदर गरलेवीहरू 19:32
पदहरू
लेवीहरू 19:32फुलेका केश भएकाहरूका उपस्थितिमा खडा होओ र वृद्ध मानिसको उपस्थितिलाई आदर गर। तिमीहरूका परमेश्वरको भय मान। म परमप्रभु हुँ।
- बुद्धि वृद्धहरूसँग पाइन्छअय्यूब 12:12
पदहरू
अय्यूब 12:12पाका मानिसहरूसित बुद्धि हुन्छ। लामो आयुमा समझशक्ति हुन्छ।
- फुलेको कपाल महिमाको मुकुट होहितोपदेश 16:31, हितोपदेश 20:29
पदहरू
हितोपदेश 16:31फुलेको कपाल शोभाको मुकुट हो। ठिक तरिकाले जिएर यसलाई प्राप्त गर्न सकिन्छ।
हितोपदेश 20:29युवाहरूको महिमा तिनीहरूको शक्ति हो, र पाकाहरूको शोभा तिनीहरूको फुलेको कपाल हो।
- नातिनातिना वृद्धहरूका मुकुट हुन्हितोपदेश 17:6
पदहरू
हितोपदेश 17:6नाति-नातिनाहरू पाकाहरूका मुकुट हुन्, र बुबाआमाले तिनीहरूमा आदर ल्याउँछन्।
- सत्तरी वर्ष, वा बलियो भए असीभजनसंग्रह 90:10
पदहरू
भजनसंग्रह 90:10हाम्रा आयु सत्तरी वर्ष वा हामी स्वस्थ्य छौं भने असी वर्ष हुन्छ। तर हाम्रा उत्तम वर्षहरू पनि कष्ट र पीडाले पूर्ण छन्। हो, ती चाँडै बितिजन्छन् र हामी उडिजान्छौं।
- मेरो बुढेसकालमा मलाई नत्याग्नुहोस्भजनसंग्रह 71:9, भजनसंग्रह 71:18
पदहरू
भजनसंग्रह 71:9मेरो वृद्ध अवस्थामा मलाई टढा नफाल्नुहोस्। मेरो बल कमजोर हुँदा मलाई नत्याग्नुहोस्।
भजनसंग्रह 71:18वास्तवमा, हे परमेश्वर, म वृद्ध हुँदा र मेरो कपाल फुल्दा पनि मलाई नत्याग्नुहोस्, जसरी मैले तपाईंको सामर्थ्य अर्को पुस्तालाई, तपाईंको शक्ति आउनेवाला हरेकलाई घोषणा गरिरहेको छु।
- बुढेसकालमा पनि तिनीहरूले फल फलाउनेछन्भजनसंग्रह 92:14
पदहरू
भजनसंग्रह 92:14ती बुढा हुँदा पनि तिनले फल फलाउँछन्। ती ताजा र हरिया नै रहन्छन्,
- म जवान थिएँ, र अहिले बूढो भएँभजनसंग्रह 37:25
पदहरू
भजनसंग्रह 37:25म जवान थिएँ र अहिले वृद्ध भएको छु। धर्मी व्यक्ति त्यागिएको वा त्यसको छोराछोरीले रोटीको निम्ति मागेको मैले कहिल्यै देखेको छैन।
- तिमीहरूको बुढेसकालसम्म, कपाल फुल्दासम्म म तिमीहरूलाई बोक्नेछुयशैया 46:4
पदहरू
यशैया 46:4तिमीहरूका बुढेसकालमा पनि उही हुँ र तिमीहरूका कपाल फुल्ने बेलामा पनि म तिमीहरूलाई बोक्नेछु। मैले तँलाई बनाएँ र म नै तँलाई बोक्नेछु। म तँलाई बोक्नेछु र म तँलाई छुटकारा दिनेछु।
- बुढेसकालको वर्णन: आनन्द नपाउने दिनहरूउपदेशक 12:1–5
पदहरू
उपदेशक 12:1–5तेरा कठिन दिनहरू आउनुअगि र “मलाई तिनमा रमाहट छैन” भन्ने तेरा वर्षहरू आउनुअगि तेरो युवावस्थामा नै तेरो सृष्टिकर्ताको सम्झना गर्। सूर्य, चन्द्रमा र ताराहरूको ज्योति कम हुनुअगि र बादलहरू वर्षापछि फर्कनुअगि यसो उहाँको सम्झना गर्। त्यो यस्तो समय हुने छ, जुन बेला दरबारका पहरेदारहरू काम्ने छन्, र बलिया मानिसहरू झुक्छन्, र जाँतो पिँध्ने स्त्रीहरूको सङ्ख्या कम भएकाले तिनीहरू लोप हुने छन्, र झ्यालबाट हेर्नेहरूले फेरि प्रस्टसित देख्ने छैनन्। त्यो यस्तो समय हुने छ, जुन बेला सडकहरूमा ढोकाहरू बन्द गरिन्छन्, र जाँतो पिँध्नेहरू आवाज बन्द हुने छ, र चराचुरुङ्गीको चिरबिरे आवाजमा मानिसहरू उठ्छन्, र केटीहरूका गीतहरू हराएर जान्छन्। त्यो यस्तो समय हुने छ, जुन बेला मानिसहरू उचाइ र गल्लीका खतराहरूदेखि डराउँछन्, र जब बदामको फुल फक्रन्छ र जब फटेङ्ग्रो पेटको बलले घस्रँदै हिँड्छ र प्राकृतिक इच्छा असफल हुन्छ, तब मानिस आफ्नो अनन्त घरमा जान्छ, र शोक गर्नेहरू गल्लीहरूमा जान्छन्।
- बूढाबूढीहरू हातमा लौरो लिएर यरूशलेमका गल्लीहरूमा बस्नेछन्जकरिया 8:4
पदहरू
जकरिया 8:4सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: यरूशलेमका सडकहरूमा फेरि वृद्ध पुरुष र स्त्रीहरू हुनेछन्, र हरेक मानिस धेरै वृद्ध भएको हुँदा उसलाई आफ्नो हातमा एउटा लौरो आवश्यक पर्नेछ।
- तिमी बूढो हुँदा अरू कसैले तिमीलाई लुगा लगाइदिनेछयूहन्ना 21:18
पदहरू
यूहन्ना 21:18साँचो साँचो म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तिमी आफैँ कपडा लगाउँथ्यौ र जहाँ जान चाहन्थ्यौ त्यतै जान्थ्यौ, तर जब तिमी वृद्ध हुन्छौ, तिमीले आफ्ना हात पसार्नेछौ र कसैले तिमीलाई कपडा लगाइदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमीलाई बोकेर लगिन्छ।
- मण्डलीका वृद्ध पुरुष र वृद्ध स्त्रीहरूतीतस 2:2–3
पदहरू
तीतस 2:2–3वृद्ध पुरुषहरू संयम्, प्रतिष्ठित, समझदार, विश्वासमा, प्रेममा र धैर्यमा पक्का हुनुपर्छ। त्यसैगरी वृद्धा स्त्रीहरू कुरौटे होइन, सदैव आफैँलाई आदरणीय प्रस्तुत गर्नुपर्छ। तिनीहरूले मद्य पिइरहनु हुदैन।
उदाहरणहरू
- अब्राहामलाई पाको बुढेसकालको वचन दिइन्छ, र उनी बूढो र सन्तुष्ट भएर मर्छन्उत्पत्ति 15:15, उत्पत्ति 25:8
पदहरू
उत्पत्ति 15:15तर तँचाहिँ तेरा पिता-पूर्खाहरूकहाँ शान्तिमा जानेछस् र तँलाई वृद्धवस्थामा दफन गरिनेछ।
उत्पत्ति 25:8अब्राहाम पुरा जीवन जिएर बुढ़ेसकालमा मरे, र आफ्ना मरेका पिता-पुर्खाहरूसँग मिल्न गए।
- वृद्ध सारा छोराको प्रतिज्ञामा हाँस्छिन्उत्पत्ति 18:11–12, उत्पत्ति 21:7
पदहरू
उत्पत्ति 18:11–12अब्राहाम र सारा वृद्ध थिए र तिनीहरूको उमेर ढल्किसकेको थियो। साराको बच्चा जन्माउने उमेर बितिसकेको थियो। यसकारण सारा मनमनै यसो भन्दै हाँसिन्, “म वृद्ध भइसकेकी छु, र मेरा स्वामी पनि वृद्ध भइसक्नुभएको छ, के मैले सुख पाउँछु र?”
उत्पत्ति 21:7तिनले फेरि भनिन्, “साराले छोराछोरी हेरचाह गर्नेछे भनेर अब्राहामलाई कसले भन्नेथियो र, तर उनको वृद्ध अवस्थामा मैले उनको निम्ति एउटा छोरो जन्माएकी छु!”
- बूढा र लगभग अन्धा इसहाक एसावलाई बोलाउँछन्उत्पत्ति 27:1–2
पदहरू
उत्पत्ति 27:1–2जब इसहाक वृद्ध भए र तिनका आँखा कमजोर भएर देख्न नसक्ने भए, तब तिनले आफ्ना जेठा छोरा एसावलाई बोलाएर भने, “ए मेरो छोरो।” उनले तिनलाई जवाफ दिए, “हजुर, म यहीँ छु।” तिनले भने, “हेर्, म वृद्ध भएँ। मेरो मर्ने दिनको बारेमा मलाई थाहा छैन।
- फारोको सामु याकूब: मेरो यात्रा 130 वर्षको भयोउत्पत्ति 47:9
पदहरू
उत्पत्ति 47:9याकूबले फारोलाई भने, “मेरो प्रवासी जीवनको उमेर एक सय तिस वर्ष भयो। मेरो यस जीवनका वर्षहरू थोरै र दु:खमय भएका छन्। मेरो उमेर मेरा पिता-पुर्खाहरूको जति पुगेकै छैन।”
- वृद्ध याकूब योसेफका छोराहरूलाई मुस्किलले देख्छन्उत्पत्ति 48:10
पदहरू
उत्पत्ति 48:10त्यस बेला तिनको उमेरले गर्दा इस्राएलका आँखा धमिला भइसकेका थिए, त्यसैले तिनले देख्न सकेनन्। यसकारण योसेफले तिनीहरूलाई तिनको नजिक लगिदिए, अनि तिनले तिनीहरूलाई म्वाइँ खाएर अँगालो हाले।
- 120 वर्षमा मोशा: आँखा धमिला भएनन्, बल घटेनव्यवस्था 34:7
पदहरू
व्यवस्था 34:7मोशाको मृत्यु हुँदा तिनी एक सय बिस वर्षका थिए। तिनका आँखा धमिला भएका थिएनन् न त तिनको स्वाभाविक बल घटेको थियो।
- पचासी वर्षमा कालेब: म अझै त्यत्तिकै बलियो छुयहोशू 14:10–11
पदहरू
यहोशू 14:10–11अब, हेर्नुहोस्, इस्राएलीहरू मरुभूमिमा हिँड्दा परमप्रभु मोशासँग बोल्नुभएको समयदेखि उहाँले भन्नुभएमुताबिक नै यी चालिस वर्षसम्म उहाँले मलाई जीवितै राख्नुभएको छ। अब, हेर्नुहोस्, म पचासी वर्षको भएको छु। म अझै आजको दिनमा पनि मोशाले मलाई पठाउनुभएको दिनको जत्तिकै बलियो छु। युद्धको निम्ति अनि बाहिर भित्र गर्नको निम्ति मेरो सामर्थ्य अहिले पनि त्यस बेलाको जत्तिकै छ।
- वृद्ध यहोशू सारा इस्राएललाई बोलाउँछन्यहोशू 13:1, यहोशू 23:1–2
पदहरू
यहोशू 13:1परमप्रभुले यहोशूलाई यसो भन्नुहुँदा तिनी धेरै वृद्ध भएका थिए, “तँ धैरै वृद्ध भइस्, तर कब्जा गर्न बाँकी अझै धेरै भूमि छन्।
यहोशू 23:1–2परमप्रभुले तिनीहरूको वरिपरि भएका तिनीहरूका सबै शत्रुबाट विश्राम दिनुभएको धेरै समयपछि यहोशू वृद्ध भइसकेका थिए। यहोशूले इस्राएलका धर्म-गुरुहरू, अगुवाहरू, न्यायकर्ताहरू सबैलाई बोलाए र तिनीहरूलाई भने, “म निकै वृद्ध भइसकेको छु।
- अन्ठानब्बे वर्षका र मोटा एली आफ्नो आसनबाट खस्छन्१ शमूएल 4:15, १ शमूएल 4:18
पदहरू
१ शमूएल 4:15यति बेला एली अन्ठानब्बे वर्ष भएका थिए। तिनका आँखाहरू धमिला भएका थिए र तिनले देख्न सक्दैनथे।
१ शमूएल 4:18जब उसले परमेश्वरको सन्दुकको बारेमा भन्यो, तब एली ढोकाको छेउमा भएको आफ्नो आसनबाट पछाडीतिर लडे। तिनको घाँटी भाँचियो र तिनी मरे, किनभने तिनी वृद्ध र गह्रौं थिए। तिनी चालिस वर्षसम्म इस्राएलका न्यायकर्ता भएका थिए।
- शमूएल बूढा हुन्छन् र आफ्ना छोराहरूलाई न्यायकर्ता नियुक्त गर्छन्१ शमूएल 8:1, १ शमूएल 8:5
पदहरू
१ शमूएल 8:1जब शमूएल वृद्ध भए, तिनले आफ्ना दुई छोरालाई इस्राएलका न्यायकर्ताहरू बनाए।
१ शमूएल 8:5उनीहरूले तिनलाई भने, “हेर्नुहोस्, तपाईं वृद्ध हुनुभयो, र तपाईंका छोराहरू तपाईंका मर्गहरूमा हिंड्दैनन्। सबै जातिझैं हाम्रो न्याय गर्न हाम्रा निम्ति एक जना राजा नियुक्त गर्नुहोस्।”
- असी वर्षका बर्जिल्लै दाऊदसँग दरबार जान अस्वीकार गर्छन्२ शमूएल 19:32–37
पदहरू
२ शमूएल 19:32–37यति बेला बर्जिल्लै धेरै वृद्ध, असी वर्षका भएका थिए। राजा महनोममा बस्दा तिनले राजालाई सबै खाद्यन्नहरू दिएका उपलब्ध गरेका थिए, किनभने तिनी धेरै धनी मनिस थिए। राजाले बर्जिल्लैलाई भने, “मसँगै आउनुहोस् र मसँग यरूशलेम बस्नलाई म तपाईंलाई प्रबन्ध मिलाउने छु।” बर्जिल्लैले राजालाई जवाफ दिए, “मेरो जीवनका वर्षहरूमा कति दिन बाँकी छन् र ताकि म महाराजासँग यरूशलेममा जाऊँ? म असी वर्ष भएँ। के म असल र खराब बिच भिन्नता छुट्टाउन सक्छु र? के हजुरको सेवकले के खायो र के पियो भनी स्वाद लिन सक्छ र? कै मैले गायक पुरुष र गायक महिलाको सोर अझै सुन्न सक्छु र? अनि हजुरको सेवक मेरो मालिक महाराजाको निम्ति किन बोझ बन्नु र? हजुरको सेवक महाराजासँग यर्दन पारिसम्म मात्र जान चाहन्छ। महाराजाले मलाई किन यस्तो इनाम दिनुहुन्छ? कृपया आफ्नो सेवकलाई घर फर्कन दिनुहोस्, ताकि मेरो आफ्नै सहरमा मेरो बुबा र आमाको चिहानको छेउमा म मर्न पाऊँ। तर हेर्नुहोस्, हजुरको सेवक किमहाम छ। मेरो मालिकसँग त्यही नै जाओस् र हजुरलाई जे असल लाग्छ सो त्यसको निम्ति गरिदिनुहोस्।”
- वृद्ध राजा दाऊद ओढ्नेमुनि पनि न्यानो हुन सक्दैनन्१ राजाहरू 1:1–4
पदहरू
१ राजाहरू 1:1–4जब राजा दाऊद वृद्ध भए र तिनको उमेर ढल्किसकेको थियो, तिनीहरूले तिनलाई कम्बल ओढाइदिँदा पनि तिनलाई न्यानो हुँदैनथ्यो। त्यसैले तिनका सेवकहरूले तिनलाई भने, “हाम्रा मालिक राजाको लागि एउटी कन्या केटी खोजौँ। त्यसले राजाको सेवा गरोस् र उहाँको वास्ता गरोस्। त्यसले हाम्रा मालिक राजालाई न्यायो पार्न त्यो उहाँसित सुतोस्।” त्यसैले तिनीहरूले इस्राएलका सारा सिमानाभित्र एउटी सुन्दरी स्त्रीको खोजी गरे। तिनीहरूले शूनम्मी अबीशगलाई फेला पारी राजाकहाँ ल्याए। केटी अत्यन्तै सुन्दरी थिइन्। उनले राजाको सेवा गरिन् र तिनको वास्ता गरिन्, तर राजाले उनीसित सहवास गरेनन्।
- रहबाम वृद्धहरूको सल्लाह अस्वीकार गर्छन्१ राजाहरू 12:6–8
पदहरू
१ राजाहरू 12:6–8रहबाम राजाले आफ्ना पिता सोलोमन जीवित छँदा तिनको सामु खडा हुने पाका मानिसहरूसित सरसल्लाह लिए र भने, “यी मानिसहरूलाई जवाफ दिन तपाईंहरू मलाई के सल्लाह दिनुहुन्छ?” तिनीहरूले तिनलाई जवाफ दिए, “आज तपाईं तिनीहरूका सेवक बनी तिनीहरूको सेवा गर्नुभयो र तिनीहरूलाई असल जवाफ दिनुभयो भने तिनीहरू सधैँ तपाईंका सेवकहरू हुने छन्।” तर रहबामले यी पाका मानिसहरूले दिएको सल्लाहलाई बेवास्ता गरे, र आफूसँगै हुर्केर आफ्नो सामु खडा हुने युवाहरूसित सल्लाह लिए।
- बुढेसकालले आँखा धमिला भएका अगमवक्ता अहियाह१ राजाहरू 14:4
पदहरू
१ राजाहरू 14:4यारोबामकी पत्नीले त्यसै गरिन्। उनी बाटो लागिन् र शीलोमा गइन्, र अहियाहको घरमा आइन्। अहियाहले देख्न सक्दैनथे। तिनको वृद्धावस्थाको कारणले तिनले आफ्ना आँखाको ज्योति गुमाएका थिए।
- यहोयादा 130 वर्षमा पाको उमेरमा मर्छन्२ इतिहास 24:15
पदहरू
२ इतिहास 24:15यहोयादा वृद्ध भए र दीर्घायु भए अनि त्यसपछि तिनी मरे। तिनको मृत्यु हुँदा तिनी एक सय तिस वर्षका थिए।
- अरू आफूभन्दा जेठा भएकाले एलीहू बोल्न पर्खन्छन्अय्यूब 32:6–7
पदहरू
अय्यूब 32:6–7तब बुजी बारकेलका छोरा एलीहू बोले र यसो भने, “म जवान छु, र तपाईंहरू निकै पाका हुनुहुन्छ। त्यसैले म चुप लागें, र मेरो विचार तपाईंहरूलाई भन्ने आँट गरिनँ। मैले भनें, “बुढा-पाकाले बोल्नुपर्छ। धेरै वर्ष बिताएकाहरूले बुद्धि सिकाउनुपर्छ।
- अय्यूब चार पुस्ता देख्ने गरी बाँच्छन्अय्यूब 42:16–17
पदहरू
अय्यूब 42:16–17यसपछि अय्यूब थप १४० वर्षसम्म बाँचे। तिनले आफ्ना छोराहरू, नातिहरू र चार पुस्तासम्मका सन्तानहरूलाई देखे। तब पुरा बुढेसकालमा दीर्घायू भएर अय्यूब मरे।
- नाओमीको नातिले बुढेसकालमा उनको पालनपोषण गर्नेछरूथ 4:15
पदहरू
रूथ 4:15त्यो तपाईंलाई नयाँ जीवन दिने र र तपाईंको पालनपोषण गर्ने हुन सकोस्, किनकि तपाईंकी बुहारी जसलाई तपाईंले प्रेम गर्नुहुन्छ, तिनी सात जना छोराहरूभन्दा पनि असल छिन्, तिनले यिनलाई जन्म दिएकी छिन्।
- जकरिया र एलीशिबा, दुवै धेरै उमेर ढल्केकालुका 1:7, लुका 1:18
- हन्ना, चौरासी वर्षकी विधवालुका 2:36–37
पदहरू
लुका 2:36–37एक जना हन्ना नामकी अगमवादिनी पनि त्यहाँ थिइन्। उनी आशेर कुलकी फनुएलकी छोरी थिइन्। उनी धेरै वृद्ध भइसकेकी थिइन्। विवाहपछि उनी जम्मा सात वर्ष आफ्ना पतिसँग बसेकी थिइन्। त्यसपछि उनी चौरासी वर्ष विधवा नै रहिन्। उनले मन्दिर कहिल्यै नछोडी निरन्तर दिनरात प्रार्थना र उपवास गर्दै परमेश्वरको आराधना गर्दै रहिन्।
- पावल: म पावल अहिले बूढो भएँफिलेमोन 1:9
पदहरू
फिलेमोन 1:9प्रेमको कारणले म वृद्ध पावल, येशूको निम्ति एउटा कैदी, म तिमीलाई बिन्ती गर्छु,
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार