Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › आमाबुबा

दैनिक जीवन

बाइबलमा आमाबुबा

पवित्र बाइबल (ULB) का 42 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

प्यारा सन्तान

  • इसहाक एसावलाई प्रेम गर्छन्; रिबेका याकूबलाई प्रेम गर्छिन्उत्पत्ति 25:28
    पदहरू
    उत्पत्ति 25:28इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्‍याएको मासु तिनले खान पाउँथे। तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन्‌।
  • रिबेका याकूबका निम्ति इसहाकको आशिष् पाउने योजना बनाउँछिन्उत्पत्ति 27:6–10
    पदहरू
    उत्पत्ति 27:6–10रिबेकाले आफ्‍ना छोरा याकूबलाई भनिन्, “हेर्, तेरा पिताले तेरो दाजु एसावसँग यसो भनेर कुरा गरेको मैले सुनेँ। ‘सिकार मारेर मकहाँ ले र मलाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी बना ताकि यो खाएर मेरो मृत्‍युअगि परमप्रभुको सामुन्‍ने तँलाई आशिष्‌ दिन सकूँ।’ यसकारण यसकारण ए मेरो छोरो, मैले तँलाई दिएका आज्ञा मान्। बथानमा गएर दुईवटा असल पाठा लिएर आइज, र म तेरा बुबालाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी बनाउनेछु। अनि तैंले त्‍यो तेरा बुबाकहाँ लैजा, ताकि तिनले यो खाएर आफ्‍नो मृत्‍युअगि तँलाई आशिष्‌ देऊन्।”
  • हानि होला भन्ने डरले याकूब बेन्यामीनलाई पठाउन मान्दैनन्उत्पत्ति 42:4, उत्पत्ति 42:38
    पदहरू
    उत्पत्ति 42:4तर याकूबले योसेफका भाइ बेन्यामीनलाई तिनका दाजुहरूसँगै पठाएनन् किनकि तिनीमाथि कुनै हानि आइपर्ला कि भनी तिनी डराए।
    उत्पत्ति 42:38याकूबले भने, “मेरो छोरो तिमीहरूसितै तल जानेछैन। किनकि तिनका दाजु मरिसके र तिनी एक्लै छन्। तिमीहरू जाने बाटोमा तिनीमाथि कुनै खतरा आइपर्‍यो भने तिमीहरूले मेरो फुलेको कपाललाई शोकसँगै पातालमा पुर्‍याउनेछौ।”

माया र हेरचाह

  • आफ्नो छोरा मरेको हेर्न नसकेर हागार एक काँड हानेको दूरीमा बस्छिन्उत्पत्ति 21:15–16
    पदहरू
    उत्पत्ति 21:15–16जब मशकको पानी सक्‍कियो, तिनले बालकलाई एउटा पोथ्रोमुनि छोडिन्। त्यसपछि तिनी त्यस बालकबाट केही दुरी (करिब एउटा काँडले पार गर्ने दुरी) मा गएर बसिन् र भनिन्, “मैले यस बालकको मृत्यु हेर्न नपरोस्।” त्यस बालकबाट केही दुरीमा बसेर तिनले आफ्नो सोर उचालिन् र रोइन्।
  • रिबेकाकी आमा र दाजु उनलाई अझै दस दिन राख्न चाहन्छन्उत्पत्ति 24:55
    पदहरू
    उत्पत्ति 24:55रिबेकाका दाजु र आमाले भने, “कन्‍यालाई कम्तीमा पनि दस दिन यहीँ हामीसँग रहन दिनुहोस्‌। त्‍यसपछि तिनी गए हुन्‍छ।”
  • योसेफ जीवित छन् भन्ने सुनेर याकूबको आत्मा ब्युँझन्छउत्पत्ति 45:26–28
    पदहरू
    उत्पत्ति 45:26–28तिनीहरूले तिनलाई भने, “योसेफ अझै जीवितै छन्, र तिनी सारा मिश्र देशभरिको शासक भएका छन्।” योसेफको बारेमा तिनीहरूले भनेका कुरा विश्‍वास गर्न नसकेर तिनी बेहोस भए। योसेफले तिनीहरूलाई भनेका सबै कुरा तिनले याकूबलाई बताइदिए। याकूबले आफूलाई लैजान योसेफले पठाएका गाडाहरू देखेपछि तिनीहरूका पिता याकूबको होस फर्क्यो। इस्राएलले भने, “अब पुग्यो। मेरो छोरो योसेफ अझै जीवित छ। म मर्नुअगि गएर त्यसलाई हेर्नेछु।”
  • मोशाकी आमा उनलाई तीन महिना लुकाउँछिन्, त्यसपछि टोकरीमा राख्छिन्प्रस्थान 2:2–3
    पदहरू
    प्रस्थान 2:2–3ती स्‍त्री गर्भवती भइन् र एउटा छोरो जन्माइन्। तिनी स्वस्थ बालक भएको देखेर उनले तिनलाई तिन महिनासम्म लुकाइन्। तर उनले लुकाउन नसकेपछि उनले कुशको एउटा टोकरी बनाएर त्यसलाई तारपीन र अलकत्राले लिपिन्। त्यसपछि उनले बच्‍चालाई त्यसभित्र राखिन् र नदीको किनारनेर नर्कटको झाडीमा भएको पानीमा राखिदिइन्।
  • जन्मने बालकलाई कसरी हुर्काउने भनेर मानोह सोध्छन्न्यायकर्ताहरू 13:8
    पदहरू
    न्यायकर्ताहरू 13:8त्यसपछि मानोहले परमप्रभुसँग प्रार्थना गरे र यसो भने, “हे, परमप्रभु, तपाईंले पठाउनुभएका परमेश्‍वरका मानिसलाई फेरि हामीकहाँ पठाइदिनुहोस् ताकि अब छिटै जन्मने बालकलाई हामीले के गर्नुपर्छ भनेर उहाँले हामीलाई सिकाउन सकून्।”
  • शिमशोनका आमाबुबा पलिश्ती पत्नीको विरोध गर्छन्न्यायकर्ताहरू 14:2–3
    पदहरू
    न्यायकर्ताहरू 14:2–3जब तिनी फर्के, तब तिनले आफ्ना बुबा र आमालाई भने, “मैले तिम्नामा पलिश्तीहरूका छोरीहरूमध्‍ये एक जना स्‍त्रीलाई देखें। तिनलाई मेरो पत्‍नी हुनलाई ल्याइदिनुहोस्।” तिनका बुबा र आमाले तिनलाई भने, “के तिम्रा नातेदारहरूका छोरीहरू वा हाम्रा मानिसहरूका माझमा कोही स्‍त्री छैन र? के तिमी खतना नभएका पलिश्तीहरूबाट आफ्नो निम्ति पत्‍नी लिन जाँदैछौ?” शिमशोनले आफ्ना बुबालाई भने, “तिनलाई मेरो निम्ति ल्याइदिनुहोस्, किनकि म जब तिनलाई हेर्छु, मलाई खुशी लाग्‍छ।”
  • नाओमी बुहारीहरूलाई चुम्बन गर्छिन् र घर पठाउँछिन्रूथ 1:8–9
    पदहरू
    रूथ 1:8–9नाओमीले आफ्ना दुई बुहारीहरूलाई भनिन्, “तिमीहरू हरेक आ-आफ्नो आमाको घरमा फर्केर जाओ। जसरी तिमीहरूले मृतहरूप्रति र मप्रति दया देखाएका छौ, त्यसरी परमप्रभुले तिमीहरूलाई पनि दया देखाउनुभएको होस्। परमप्रभुले तिमीहरू हरेकलाई अर्को पतिको घरमा विश्राम दिनुभएको होस्,।” त्यसपछि तिनले तिनीहरूलाई चुम्बन गरिन् र तिनीहरू ठुलो स्वरमा रोए।
  • अय्यूब बिहानै उठेर आफ्ना हरेक सन्तानका निम्ति होमबलि चढाउँछन्अय्यूब 1:5
    पदहरू
    अय्यूब 1:5जब भोजका दिनहरू समाप्‍त हुन्‍थे, तब अय्यूबले तिनीहरूलाई बोलाउन पठाउँथे र तिनले तिनीहरूलाई शुद्ध पार्थे। तिनी बिहान सबेरै उठ्थे, र आफ्ना हरेक छोराछोरीका लागि होमबलिहरू चढाउँथे, किनकि तिनले यसो भन्थे, “मेरा छोराछोरीले पाप गरेका अनि आ-आफ्ना हृदयमा परमेश्‍वरलाई सरापेका हुन सक्छन्।” अय्यूबले सधैं यसै गर्थै।
  • दाऊद अब्शालोमकहाँ जान तड्पन्छन्२ शमूएल 13:39
    पदहरू
    २ शमूएल 13:39दाऊद राजाको मनले अब्शालोमलाई भेट्न जाने तीव्र इच्‍छा गर्‍यो, किनकि तिनी अमनोन र उनको मृत्युको बारेमा सान्त्वना पाएका थिए।
  • दाऊद: मेरो खातिर जवान अब्शालोमसँग नम्र व्यवहार गर२ शमूएल 18:5
    पदहरू
    २ शमूएल 18:5राजाले योआब, अबीशै र इत्तैलाई आज्ञा दिए, “त्यो जवान केटा अब्शालोमसित मेरो खातिर कोमलतासाथ व्यवहार गर।” राजाले अब्शालोमको बारेमा कप्‍तानहरूलाई यस्तो आज्ञा दिएका छन् भनी सबैले सुने।
  • रिश्पा आफ्ना छोराहरूको शवलाई चरा र जङ्गली जनावरबाट जोगाउँछिन्२ शमूएल 21:8, २ शमूएल 21:10
    पदहरू
    २ शमूएल 21:8तर राजाले अय्याकी छोरी रिश्‍पाका दुई जना छोराला जसलाई त्‍यसले शाऊलबाट जन्माएकी थिई उनीहरूको नाउँ आरमोनी र मपीबोशेत थियो। अनि दाऊदले महिलोती बर्जिल्लैका छोरा अद्रीएलबाट शाऊलकी छोरी मेराबले जन्माएकी पाँच जना छोरालाई लिए।
    २ शमूएल 21:10अय्याकी छोरी रिश्‍पाले भाङ्ग्रा लिइन् र ती लाशहरूको छेउमा आफ्‍नो निम्‍ति त्‍यो ओछ्‍याएर कटनीको सुरुदेखि आकाशबाट तिनीहरूमाथि पानी नपरेसम्म नै बसिराखिन्। तिनले ती लाशहरूलाई दिनमा आकाशमा उड्ने चराहरूलाई र रातमा जङ्‍गली पशुहरूलाई खान दिइनन्।
  • साँची आमा आफ्नो बच्चा मारिएको हेर्नुभन्दा अर्कैलाई दिन चाहन्छिन्१ राजाहरू 3:26
    पदहरू
    १ राजाहरू 3:26तब आफ्नो छोरोको निम्ति दयाले भरिएर जीवित छोरोकी आमाले राजालाई भनी, “हे मेरा मालिक, जीवित बालक त्यसलाई नै दिनू र त्यसलाई कुनै पनि हालतमा नमार्नू।” तर अर्की स्त्रीले भनी, “त्यो न मेरो हुने छ न तेरो। त्यसलाई दुई टुक्रा पारियोस्।”
  • सोलोमन आफ्नी आमाका निम्ति सिंहासन ल्याउन लगाउँछन्१ राजाहरू 2:19
    पदहरू
    १ राजाहरू 2:19त्यसकारण अदोनियाहको निम्ति कुरा गर्न बतशेबा राजा सोलोमनकहाँ गइन्। उनलाई भेट्न राजा खडा भए र तिनले उनलाई दण्डवत् गरे। त्यसपछि राजा आफ्नो सिंहासनमा बसे, र राजाकी आमाको निम्ति एउटा सिंहासन ल्याउने हुकुम गरे। उनी राजाको दाहिने हातपट्टि बसिन्।
  • मरियम र योसेफ बालक येशूलाई चिन्तित भएर खोज्छन्लुका 2:48
    पदहरू
    लुका 2:48जब उनीहरूले उहाँलाई देखे, तब अचम्मित भए। उहाँकी आमा मरियमले उहाँलाई भनिन् “छोरा, किन तिमीले हामीसँग यस्तो व्यवहार गर्‍यौ? सुन! तिम्रा बुबा र मैले कति चिन्तित हुँदै तिमीलाई खोजिरहेका थियौँ।”
  • येशूकी आमा क्रूसको नजिक उभिन्छिन्यूहन्ना 19:25
    पदहरू
    यूहन्ना 19:25सिपाहीहरूले यी कुराहरू गरे। येशूकी आमा, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्‍नी मरियम र मरियम मग्दलिनी येशूको क्रुसको छेउमा उभिरहेका थिए।
  • याइरस आफ्नी सानी छोरीका निम्ति बिन्ती गर्छन्मर्कूस 5:23
    पदहरू
    मर्कूस 5:23उनले यसो भन्दै बारम्बार बिन्ती गरे, “मेरी सानी छोरी मृत्युको मुखमा परेकी छे। म तपाईंलाई बिन्ती गर्छु, कि आउनुहोस् र उनीमाथि हात राखिदिनुहोस्, ताकि उनी ठिक हुन सकून् र बाँच्‍न सकून्।”
  • एक राजकीय अधिकारी: मेरो बच्चा मर्नुअघि नै आउनुहोस्यूहन्ना 4:49
    पदहरू
    यूहन्ना 4:49ती अधिकारीले उहाँलाई भने, “महाशय, मेरो छोरो मर्नुअगावै आउनुहोस्।”
  • एउटा केटाको बुबा: म विश्वास गर्छु; मेरो अविश्वासमा सहायता गर्नुहोस्!मर्कूस 9:24
    पदहरू
    मर्कूस 9:24तुरुन्तै त्यस बालकको बुबा चिच्‍च्याए र भने, “म विश्‍वास गर्छु! मेरो अविश्‍वासमा सहायता गर्नुहोस्।”
  • जब्दियाका छोराहरूकी आमा तिनीहरूका निम्ति सम्मानको ठाउँ माग्छिन्मत्ती 20:20–21
    पदहरू
    मत्ती 20:20–21त्यसपछि जब्दियाका छोराहरूकी आमा आफ्ना दुई छोराका साथमा येशूकहाँ आइन्। तिनी उहाँको अगाडि घोप्‍टो परिन् र उहाँबाट केही कुरा पाउनलाई उहाँसँग बिन्ती गरिन्। येशूले तिनलाई भन्‍नुभयो, “तिमीले के कुराको चाहना गर्छौ?” तिनले उहाँलाई भनिन्, “तपाईंको राज्यमा यी मेरा दुई जना छोरामध्ये एउटा तपाईंको दायाँ हातपट्टि र अर्को बायाँ हातपट्टि बसून् भनेर आज्ञा गर्नुहोस्।”
  • जन्मैदेखि अन्धो मानिसका आमाबुबा: ऊ उमेर पुगेको छ, उसैलाई सोध्नुहोस्यूहन्ना 9:20–23
    पदहरू
    यूहन्ना 9:20–23त्यसैले, त्यसका आमाबुबाले तिनीहरूलाई जवाफ दिए, “यो हाम्रो छोरो हो, र यो जन्मिँदै अन्धो थियो भनी हामी जान्दछौँ। अहिले यसले कसरी देख्‍छ, हामी जान्दैनौँ, र यसका आँखा कसले खोलिदियो सो पनि हामी जन्दैनौँ। यसैलाई सोध्‍नुहोस्, यो वयस्क मानिस हो। यसले आफ्नो विषयमा आफैँ बोल्न सक्छ। त्यसका आमाबुबाले यी कुराहरू भने, किनभने तिनीहरू यहूदीहरूसँग डराएका थिए। यदि कसैले येशूलाई ख्रीष्‍ट भनी स्वीकार गरे भने तिनीहरूलाई सभाघरबाट बाहिर निकालिनेछन् भनी यहूदीहरू अगिबाटै सहमत भएका थिए। त्यसैले गर्दा त्यसका आमाबुबाले “यो वयस्क मानिस हो, त्यसैलाई सोध्‍नुहोस्” भने।

धेरै छाड दिने

  • एलीले आफ्ना छोराहरूलाई रोकेनन्१ शमूएल 3:13
    पदहरू
    १ शमूएल 3:13म उसको घरानाको विरुद्ध सधैंको लागि एकैपल्‍ट न्याय गर्न लागेको छु भनी मैले उसलाई भनेको छु, किनभने उसका छोराहरूले आफैमाथि सराप ल्याए र उसले तिनीहरूलाई रोकेन।
  • दाऊदले अदोनियाहलाई एक पटक पनि हप्काएनन्१ राजाहरू 1:6
    पदहरू
    १ राजाहरू 1:6“तैँले किन यस्तो व्यवहार गरेको?” भनी तिनका पिताले तिनलाई कहिल्यै सोधेनन्। अदोनियाह आफै पनि अत्यन्तै सुन्दर मानिस थिए र तिनी अब्शालोमभन्दा पछि जन्मेका थिए।

व्यवस्थामा

  • आफ्ना बुबा र आमाको आदर गरप्रस्थान 20:12
    पदहरू
    प्रस्थान 20:12आफ्ना बुबा र आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा तिमीहरूको आयु लामो होस्।
  • बुबा वा आमालाई हिर्काउने वा सराप्नेलाई मृत्युदण्डप्रस्थान 21:15, प्रस्थान 21:17
    पदहरू
    प्रस्थान 21:15आफ्नो बुबा वा आमालाई हिर्काउने जोसुकै पनि निश्‍चय नै मारिनैपर्छ।
    प्रस्थान 21:17आफ्नो बुबा वा आमालाई सराप्‍ने जोसुकै पनि निश्‍चय नै मारिनैपर्छ।
  • आमाबुबाले सन्तानलाई निस्तार-चाडको अर्थ बुझाउँछन्प्रस्थान 12:26–27, प्रस्थान 13:8
    पदहरू
    प्रस्थान 12:26–27तिमीहरूका छोराछोरीहरूले 'यो आराधनाको कामको अर्थ के हो?' भनी सोध्दा तिमीहरूले जवाफ दिनू, “यो परमप्रभुको निस्तार-चाडको बलिदान हो किनकि परमप्रभुले मिश्रमा मिश्रीहरूलाई प्रहार गर्नुहुँदा इस्राएलीहरूका घरलाई छाडिदिनुभएको थियो। उहाँले हाम्रा घरानाहरूलाई मुक्त गरिदिनुभयो'।” त्यसपछि मानिसहरूले शिर निहुराई परमप्रभुको आराधना गरे।
    प्रस्थान 13:8त्यस दिन तिमीहरूले आ-आफ्ना छोराछोरीहरूलाई भन्‍नू, 'म मिश्रबाट बाहिर आउँदा परमप्रभुले मेरो निम्ति जे गर्नुभएको थियो, त्यसैको खातिर मैले यसो गरेको हुँ।'
  • आमाबुबा दुवैले हठी, विद्रोही छोरालाई धर्म-गुरुहरूकहाँ ल्याउँछन्व्यवस्था 21:18–20
    पदहरू
    व्यवस्था 21:18–20कुनै मानिसको हठी र विर्दोही छोरो छ जसले आफ्ना बुबा वा आमाको कुरा मान्दैन वा र तिनीहरूले त्यसलाई सुधार्दा पनि त्यो सुध्रदैन भने त्यसका बुबाआमाले त्यसलाई समातेर सहरका धर्म-गुरुहरूकहाँ सहरका ढोकाहरूमा ल्याऊन्। तिनीहरूले धर्म-गुरुहरूलाई यसो भनून्, 'यो हाम्रो छोरो हठी र विर्दोही छ। यसले हाम्रो कुरा मान्दैन। यो लफङ्गो र मतवाला हो।'

आमाबुबाबारे हितोपदेशका भनाइहरू

  • आफ्नो बुबाको अर्ती र आमाको शिक्षा सुनहितोपदेश 1:8
    पदहरू
    हितोपदेश 1:8हे मरो छोरो, आफ्नो छोरोको निर्देशन सुन्, र आफ्नी आमाका नियमहरूलाई पाखा नलगा।
  • बुद्धिमान् छोराले बुबालाई आनन्द दिन्छहितोपदेश 10:1
    पदहरू
    हितोपदेश 10:1सोलोमनको हितोपदेश। बुद्धिमान् छोरोले आफ्नो बुबालाई खुसी तुल्याउँछ, तर मूर्ख छोरोले आफ्नी आमामा शोक ल्याउँछ।
  • असल मानिसले नातिनातिनाका निम्ति अंश छोड्छहितोपदेश 13:22
    पदहरू
    हितोपदेश 13:22असल व्यक्तिले आफ्ना नाति-नातिनाहरूका निम्ति पैतृक-सम्पत्ति छाड्छ, तर पापीको सम्पत्ति धर्मी व्यक्तिको लागि सञ्चय गरिन्छ।
  • आमा बूढी हुँदा उसलाई हेला नगरहितोपदेश 23:22
    पदहरू
    हितोपदेश 23:22तँलाई जन्म दिने बुबाको कुरा सुन्, र तेरी आमा वृद्ध हुँदा उनलाई तुच्छ नठान्।
  • तिम्रा बुबा र आमा खुसी होऊन्हितोपदेश 23:24–25
    पदहरू
    हितोपदेश 23:24–25धर्मात्माको बुबा अत्यन्तै आनन्दित हुने छ, र बुद्धिमान् छोरोलाई जन्म दिने मानिस त्यसमा प्रसन्‍न हुने छ। तेरा बुबा र आमा प्रसन्‍न होऊन्, अनि तँलाई जन्म दिने आनन्दित होऊन्।
  • उनका छोराछोरी उठेर उनलाई धन्य भन्छन्हितोपदेश 31:28
    पदहरू
    हितोपदेश 31:28उनका छोरा-छोरीहरू खडा भएर उनलाई धन्यको भन्छन्, र उनका पतिले यसो भन्दै उनको तारिफ गर्छन्,

पत्रहरूमा

  • सन्तानले आमाबुबाका निम्ति होइन, आमाबुबाले सन्तानका निम्ति बचत गर्छन्२ कोरिन्थी 12:14
    पदहरू
    २ कोरिन्थी 12:14हेर! म तिमीहरूकहाँ तेस्रो पटक आउन इच्छुक छु। तिमीहरूका निम्ति म बोझ बन्‍न चाहन्‍नँ, किनकि म तिमीहरूसँग भएका कुराहरू चाहन्‍नँ। म तिमीहरूलाई चाहन्छु। किनकि छोराछोरीहरूले आमा बाबुको निम्ति बचत गर्दैनन्। बरु, आमा बाबुले छोराछोरीको निम्ति बचत गर्नुपर्छ।
  • बुबाहरू, आफ्ना छोराछोरीलाई नरिसाओएफिसि 6:4, कलस्सी 3:21
    पदहरू
    एफिसि 6:4र बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ। बरु, अनुशासनमा र प्रभुको शिक्षा अनुसार अगि बढाओ।
    कलस्सी 3:21बुबाहरू, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, कारण त्यसले गर्दा उनीहरू निराश बन्‍नेछन्।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार