खोजी गर्नुहोस् › विषयहरू › जन्म र बाँझोपन
दैनिक जीवन
बाइबलमा जन्म र बाँझोपन
पवित्र बाइबल (ULB) का 39 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
जन्महरू
- प्रसव-वेदनाकी स्त्री बच्चा जन्मेको आनन्दमा पीडा बिर्सन्छेयूहन्ना 16:21
पदहरू
यूहन्ना 16:21जब स्त्रीले जन्म दिन्छिन्, तिनी निराश हुन्छिन्, किनकि तिनको समय आएको छ, तर जब तिनले बच्चा जन्माउँछिन्, संसारमा एक बालक जन्मिएको छ भन्ने आनन्दले तिनलाई पीडाको सम्झना हुँदैन।
- हिब्रू सुँडेनीहरू शिप्रा र पूआ, र सुत्केरी गराउने पिर्काप्रस्थान 1:15–16
पदहरू
प्रस्थान 1:15–16तब मिश्रका राजाले शिप्रा र पूआ नाम गरेका हिब्रू सुँडिनीहरूलाई भने, “हिब्रू स्त्रीहरूले बच्चा जन्माउने बेलामा तिमीहरूले तिनीहरूको हेरचाह गर्दा अवलोकन गर। छोरो रहेछ भने तिमीहरूले त्यसलाई मार।
- हिब्रू स्त्रीहरू सुँडेनी आइपुग्नुअघि नै जन्माउँछन्प्रस्थान 1:19
पदहरू
प्रस्थान 1:19ती सुँडिनीहरूले फारोलाई जवाफ दिए, “हिब्रू स्त्रीहरू मिश्री स्त्रीहरूजस्ता छैनन्। तिनीहरू हट्टाकट्टा छन् र सुँडिनी पुग्नुभन्दा पहिले नै तिनीहरूले बच्चा जन्माइसकेका हुन्छन्।
- राहेललाई कठिन प्रसव हुन्छ; सुँडेनी भन्छे: अर्को छोराउत्पत्ति 35:16–17
पदहरू
उत्पत्ति 35:16–17तिनीहरू बेथेलबाट प्रस्थान गरे। तिनीहरू एप्रात आइपुग्न अलिकति दुरी बाँकी छँदा नै राहेललाई सुत्केरी व्यथा लाग्यो। उनलाई ज्यादै पीडा भएको थियो। उनी अत्यधिक पीडामा हुँदा सुँडेनीले उनलाई भनी, “भयभीत नहुनुहोस् किनकि अब तपाईंले अर्को छोरो जन्माउनुहुनेछ।”
- बेथलेहेम जाने बाटोमा राहेलको मृत्यु हुन्छउत्पत्ति 35:18–19
पदहरू
उत्पत्ति 35:18–19उनको प्राण जाने बेलामा उनी चिच्च्याउँदै गर्दा उनले त्यसको नाउँ बेन-ओनी राखिन्, तर त्यसका पिताले त्यसलाई बेन्यामीन नाउँ दिए। राहेल मरिन् र एप्राता (अर्थात् बेथलेहेम) जाने बाटोमा उनलाई गाडियो।
- खबर सुनेर पीनहासकी पत्नी बच्चा जन्माउँछिन् र मर्छिन्१ शमूएल 4:19–20
पदहरू
१ शमूएल 4:19–20तिनकी बुहारी, पीनहासकी पत्नी गर्भवती थिइन् र बालक जन्माउने बेला बएको थियो। जब तिनले परमेश्वरको सन्दुक कब्जा गरेको, तिनको ससुरा र तिनको पति मरेको समाचार सुनिन्, तब तिनले घुँडा टेकिन् र बालक जन्माइन्, तर तिनको प्रसव वेदना तिनलाई सह्रै पीडा भयो। तिनको मृत्यु हुने बेलामा तिनलाई सेवा दिने स्त्रीले भनिन् “नडराऊ, किनकि तिमीले एउटा छोरा जन्माएकी छ्यौ।” तर तिनले जवाफ दिइनन् न त तिनीहरूले भनेका कुरालाई नै मनमा राखिन्।
- छोरा जन्मेपछि आमा सात दिन अशुद्ध रहन्छे, त्यसपछि शुद्ध हुन पर्खन्छेलेवीहरू 12:2–4
पदहरू
लेवीहरू 12:2–4“इस्राएलका मानिसहरूलाई यसो भन्नू, ‘यदि कुनै स्त्री गर्भवती भएर त्यसले छोरो जन्माई भने, त्यसको रजस्वलाका दिनहरूझैँ त्यो सात दिनसम्म अशुद्ध रहने छे। आठौँ दिनमा चाहिँ त्यस बालकको खलडीको खतना गरिनुपर्छ। त्यसपछि त्यस स्त्रीको रक्तस्रावको शुद्धिकरण तेत्तिस दिनसम्म जारी रहने छ। त्यसको शुद्धिकरणको समय पुरा नभएसम्म त्यसले कुनै पवित्र कुरा छुनुहुँदैन वा पवित्र स्थानमा आउनुहुँदैन।
- छोरी जन्मेपछि दुई हप्ता अशुद्ध, त्यसपछि शुद्धीकरण अझ लामोलेवीहरू 12:5
पदहरू
लेवीहरू 12:5तर यदि त्यसले छोरी जन्माई भने, त्यसको रजस्वलाको समयमा झैँ त्यो दुई हप्तासम्म अशुद्ध रहने छे। त्यसपछि त्यसको शुद्धिकरण छैसट्ठी दिनसम्मै जारी रहने छ।
- त्यसपछि एउटा थुमा र एउटा चरा चढाइन्छ, गरिब भए दुईवटा चरालेवीहरू 12:6, लेवीहरू 12:8
पदहरू
लेवीहरू 12:6त्यसको शुद्धिकरणको समय पुरा भएपछि छोराको निम्ति होस् वा छोरीको निम्ति होस्, त्यसले पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा होमबलिको निम्ति एउटा एक वर्षे भेडाको बच्चा, र पाप बलिको निम्ति एउटा परेवाको बचेरो वा ढुकुर ल्याओस्।
लेवीहरू 12:8यदि त्यस स्त्रीको भेडाको बच्चा ल्याउने क्षमता छैन भने, त्यसले होमबलिको निम्ति एउटा र पापबलिको निम्ति एउटा गरेर दुईवटा ढुकुर वा परेवाका दुईवटा वचेरा ल्याओस्, र पुजारीले त्यसको निम्ति प्रायश्चित्त गर्ने छ अनि त्यो शुद्ध हुने छे’।”
- एलीशिबाका छिमेकी र आफन्तहरू उनीसँगै आनन्द मनाउँछन्लुका 1:57–58
पदहरू
लुका 1:57–58अब एलीशिबाको बालक जन्माउने बेला आयो, र तिनले एउटा छोरा जन्माइन्। जब तिनका छिमेकी र नातेदारहरूले परमप्रभुले तिनीमाथि महान् दया गर्नुभएको कुरा सुने, तब उनीहरू तिनीसँग आनन्दित भए।
धाईहरू
- रिबेकाकी धाई उनीसँगै कनान जान्छेउत्पत्ति 24:59
पदहरू
उत्पत्ति 24:59यसैकारण तिनीहरूले आफ्नी बहिनी रिबेकालाई तिनकी सेविकासँगै अब्राहामको नोकर र त्यसका मानिसहरूका साथमा पठाइदिए।
- सारा: सारालाई दूध खुवाउने छोराछोरी हुनेछन् भनेर अब्राहामलाई कसले भन्थ्यो?उत्पत्ति 21:7
पदहरू
उत्पत्ति 21:7तिनले फेरि भनिन्, “साराले छोराछोरी हेरचाह गर्नेछे भनेर अब्राहामलाई कसले भन्नेथियो र, तर उनको वृद्ध अवस्थामा मैले उनको निम्ति एउटा छोरो जन्माएकी छु!”
- मोशा: धाईले शिशुलाई बोकेझैँ तिनीहरूलाई बोकगन्ती 11:12
पदहरू
गन्ती 11:12के यी मानिसहरूलाई मैले गर्भधारण गरेको थिएँ? के तिनीहरूलाई मैले जन्माएको थिएँ अनि 'तिनीहरूलाई बुबाले बालकलाई आफ्नो छातीमा टाँसेर बोकेझैँ बोक्' भन्नुहुन्छ? के मैले तिनीहरूलाई तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको मुलुक दिन त्यहाँसम्म नै बोक्नुपर्ने?
- पावल: छोराछोरीको हेरचाह गर्ने दूध खुवाउने आमाजस्तै कोमल१ थेसलोनिकी 2:7
पदहरू
१ थेसलोनिकी 2:7यसको सट्टा हामीहरू तिमीहरूका माझमा एउटा आमाले आफ्ना बाल बच्चालाई सान्त्वना दिएजस्तै भद्र भयौँ।
लामो समय निःसन्तान
- सारै बाँझी थिइन्; उनको कुनै सन्तान थिएनउत्पत्ति 11:30
पदहरू
उत्पत्ति 11:30सारा बाँझी थिइन्; तिनको कुनै बालबच्चाहरू थिएनन्।
- परिवार बसाल्न सारै आफ्नी दासी हागारलाई अब्रामलाई दिन्छिन्उत्पत्ति 16:1–2
पदहरू
उत्पत्ति 16:1–2अब अब्रामकी पत्नी साराईले तिनको निम्ति कुनै सन्तान जन्माएकी थिइनन्, तर तिनकी हागार नाम गरेकी एउटी मिश्री कमारी थिई। त्यसैले साराईले अब्रामलाई भनिन्, “हेर्नुहोस्, परमप्रभुले मलाई कुनै सन्तान दिनुभएको छैन। जानुहोस् मेरी कमारीसँग सुत्नुहोस्। सायद त्यसद्वारा मैले सन्तान प्राप्त गर्नेछु।” अब्रामले साराईको कुरा माने।
- सारा हाँस्छिन्: उनको सन्तान जन्माउने उमेर बितिसकेको छउत्पत्ति 18:11–14
पदहरू
उत्पत्ति 18:11–14अब्राहाम र सारा वृद्ध थिए र तिनीहरूको उमेर ढल्किसकेको थियो। साराको बच्चा जन्माउने उमेर बितिसकेको थियो। यसकारण सारा मनमनै यसो भन्दै हाँसिन्, “म वृद्ध भइसकेकी छु, र मेरा स्वामी पनि वृद्ध भइसक्नुभएको छ, के मैले सुख पाउँछु र?” तब परमप्रभुले अब्राहामलाई भन्नुभयो, “‘बुढेसकालमा मैले छोराछोरी पाउँछु र भनेर सारा किन हाँसी’? परमप्रभुको निम्ति कुनै कुरो कठिन छ र? अर्को साल मैले तोकेको समयमा म तँकहाँ फर्किआउनेछु। अर्को वर्ष यही समयमा साराको एक जना छोरा हुनेछ।”
- सारा इसहाकलाई जन्माउँछिन्; अब्राहाम सय वर्षका छन्उत्पत्ति 17:17, उत्पत्ति 21:2, उत्पत्ति 21:5
पदहरू
उत्पत्ति 17:17त्यसपछि अब्राहाम घोप्टो परेर हाँसे, अनि मनमनै यसो भने, “के सय वर्षको मानिसबाट सन्तान जन्मन सक्छ र? नब्बे वर्ष पुगेकी साराले कसरी सन्तान जन्माउन सक्छिन् र?”
उत्पत्ति 21:2सारा गर्भवती भइन् र अब्राहामको वृद्ध अवस्थामा परमप्रभुले उनलाई भन्नुभएकै समयमा उनको निम्ति एउटा छोरो जन्माइन्।
उत्पत्ति 21:5आफ्नो छोरो जन्मिँदा अब्राहाम सय वर्षका थिए।
- इसहाक बाँझी रिबेकाका निम्ति प्रार्थना गर्छन्, र उनी गर्भवती हुन्छिन्उत्पत्ति 25:21
पदहरू
उत्पत्ति 25:21तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्नी पत्नीको निम्ति परमप्रभुसँग प्रार्थना गरे। परमप्रभुले तिनको प्रार्थना सुन्नुभयो, र तिनकी पत्नी रिबेका गर्भवती भइन्।
- राहेल: मलाई सन्तान दिनुहोस्, नत्र म मर्छु!उत्पत्ति 30:1–2
पदहरू
उत्पत्ति 30:1–2आफूले याकूबबाट कुनै सन्तान नजन्माएको देखेर राहेलले आफ्नी दिदीको डाह गरिन्। उनले याकूबलाई भनिन्, “मलाई सन्तान दिनुहोस्, नत्रभने म मर्नेछु।” राहेलमाथि याकूबको क्रोध दन्कियो। तिनले भने, “के तिमीलाई सन्तान दिनबाट रोक्नु हुने म परमेश्वरको स्थानमा छु र?
- राहेल र लेआ विशाखमूलका निम्ति मोलमोलाइ गर्छन्उत्पत्ति 30:14–16
पदहरू
उत्पत्ति 30:14–16गहुँ कटनी गर्ने समयमा रूबेन खेतमा गए, र तिनले विशाखमूलहरू भेट्टाएर ती आफ्नी आमा लेआकहाँ लिएर आए। त्यसपछि राहेलले लेआलाई भनिन्, “तिम्रो छोराका केही विशाखमूलहरू मलाई देऊ।” लेआले उनलाई भनिन्, “के तिमीले मेरा पति मबाट लैजानु सामान्य विषय हो र? अब तिमी मेरो छोराका विशाखमूलहरू पनि लिन चाहन्छ्यौ? राहेलले भनिन्, “त्यसो भए, तिम्रो छोराका विशाखमूलहरूको सट्टामा आज राति तिनी तिमीसितै सुत्नेछन्।” साँझमा याकूब खेतबाट आए। लेआ तिनलाई भेट्न गइन् र भनिन्, “आज राती तपाईं मसित सुत्नुपर्छ किनकि मैले तपाईंलाई मेरो छोराका विशाखमूलहरू दिएर भाडामा लिएको छु।” त्यसैले त्यस रात याकूब उनीसित सुते।
- राहेल योसेफलाई जन्माउँछिन्: परमेश्वरले मेरो लाज हटाउनुभयोउत्पत्ति 30:22–24
पदहरू
उत्पत्ति 30:22–24परमेश्वरले राहेललाई याद गर्नुभयो र उनको पुकारा सुन्नुभयो। उहाँले उनको गर्भ खोलिदिनुभयो। उनी गर्भवती भइन् र एउटा छोरो जन्माइन्। उनले भनिन्, “परमेश्वरले मेरो लाज हटाइदिनुभएको छ।” उनले यसो भन्दै त्यसको नाउँ योसेफ राखिन्, “परमप्रभुले मलाई अर्को छोरो दिनुभएको छ।”
- मानोहकी बाँझी पत्नी शिमशोनलाई जन्माउँछिन्न्यायकर्ताहरू 13:2–3, न्यायकर्ताहरू 13:24
पदहरू
न्यायकर्ताहरू 13:2–3त्यहाँ सोराबाट आएका दानको वंशका एक जना मानिस थिए, तिनको नाउँ मानोह थियो। तिनकी पत्नी गर्भवती हुन सकेकी थिइनन् र यसैले तिनले जन्म दिएकी थिइनन्। परमप्रभुका एउटा दूत ती स्त्रीकहाँ देखा परे र तिनलाई भने, “तिमी गर्भवती हुन सकेकी छैनौ, र तिमीले जन्म दिएकी छैनौ, तर तिमी गर्भवती हुनेछौ र तिमीले एउटा छोरो जमाउनेछौ।
न्यायकर्ताहरू 13:24पछि ती स्त्रीले एउटा छोरो जन्माइन्, र तिनको नाउँ शिमशोन राखिन्। त्यो बालक बढ्दै गयो र परमप्रभुले उसलाई आशिष् दिनुभयो।
- एल्काना निःसन्तान हन्नालाई दोब्बर भाग दिन्छन्१ शमूएल 1:2, १ शमूएल 1:5
पदहरू
१ शमूएल 1:2तिनका दुई वटी पत्नीहरू थिए। पहिलोको नाउँ हन्नाह र दोस्रोको नाउँ पनिन्नाह थियो। पनिन्नाहका छोराछोरी थिए तर हन्नाहका थिएन।
१ शमूएल 1:5तर तिनले हन्नाहलाई सदैव दोब्बर भाग दिन्थे, किनभने तिनले उनलाई माया गर्थे, यद्यपि परमप्रभुले उनको गर्भ बन्द गर्नुभएको थियो।
- पनिन्नाह हरेक वर्ष हन्नालाई जिस्काउँछिन्१ शमूएल 1:6–7
पदहरू
१ शमूएल 1:6–7उनको सौताले उनलाई रिस उठाउनलाई उनलाई साह्रै चिढ्याउँथिन्, किनभने परमप्रभुले उनको गर्भ बन्द गर्नुभएको थियो। त्यसैले वर्षै पिच्छे, उनी आफ्नो परिवारसँग परमप्रभुको भवनमा जाँदा उनको सौताले तिनलाई सदैव चिढ्याउँथिन्। यसकारण, उनी रुन्थिन् र केही पनि खाँदैनथिन्।
- हन्ना रुन्छिन् र भाकल गर्छिन्; उनी शमूएललाई जन्माउँछिन्१ शमूएल 1:10–11, १ शमूएल 1:19–20
पदहरू
१ शमूएल 1:10–11उनी अति नै व्याकुल भएकी थिइन्। उनले परमप्रभुसँग प्रार्थना गरिन् र धुरुधुरु रोइन्। उनले भाकल गरिन् र भनिन्, “हे सर्वशक्तिमान् परमप्रभु, तपाईंले आफ्नी दासीको वेदनालाई हेर्नुहुन्छ, मलाई याद गर्नुहुन्छ र आफ्नो दासीलाई बिर्सनुहुन्न, तर तपाईंको दासीलाई एउटा छोरा दिनुहुन्छ भने, उसको सम्पूर्ण जीवनभरि म उसलाई परमप्रभुको निम्ति दिनेछु र उसको शिरमा कुनै छुराले कदापि छुनेछैन।”
१ शमूएल 1:19–20तिनीहरू बिहान सबेरै उठे र परमप्रभुको आराधना गरे, अनि तिनीहरू फेरि रामामा भएको आफ्नो घरमा फर्के। आफ्नो पत्नी हन्नाहसँग एल्कनाले सहवास गरे र परमप्रभुले उनलाई याद गर्नुभयो। जब समय आयो, तब हन्नाहले गर्भ धारण गरिन् र एउटा छोरा जन्माइन्। उनले उसको नाउँ शमूएल राखिन्, किनकि उनले भनिन्, “किनभने मैले यसलाई परमप्रभुसँग मागेकी हुँ।”
- पछि हन्नाका अरू छोराछोरी पनि हुन्छन्१ शमूएल 2:21
पदहरू
१ शमूएल 2:21परमप्रभुले हन्नाहलाई फेरि सहायता गर्नुभयो र तिनी फेरि गर्भवति भइन्। तिनले तिन छोराहरू र दुई छोरीहरू जन्माइन्। यसैबिच, बालक शमूएल परमप्रभुको सामु बढ्दै गए।
- पति बूढा भएकी शूनेमी स्त्रीको अर्को वर्ष छोरा हुन्छ२ राजाहरू 4:14–17
पदहरू
२ राजाहरू 4:14–17त्यसैले एलीशाले भने, “त्यसो हो भने, तिनको लागि हामी के गर्न सक्छौँ त?” गेहजीले जवाफ दियो, “वास्तवमा तिनीसँग छोरो छैन, र तिनका पति बुढो भएका छन्।” त्यसैले एलीशाले भने, “तिनलाई बोला।” जब त्यसले तिनलाई बोलायो, तिनी ढोकामा खडा भइन्। एलीशाले भने, “एक वर्षपछि यही समयमा तिम्रो काखमा एउटा छोरो हुनेछ।” तिनले जवाफ दिइन्, “होइन, हे मेरा मालिक र परमेश्वरका मानिस, आफ्नी दासीसित झुट नबोल्नुहोस्।” तर एलीशाले त्यो स्त्रीलाई भनेझैँ तिनी गर्भवती भइन् र अर्को वर्ष ठिक त्यही समयमा एउटा छोरो जन्माइन्।
- मीकलको मृत्युको दिनसम्म कुनै सन्तान भएन२ शमूएल 6:23
पदहरू
२ शमूएल 6:23त्यसैले शाऊलकी छोरी मीकलको मृत्युको दिनसम्म पनि कुनै सन्तान भएन।
- बाँझी र बूढी एलीशिबा गर्भवती हुन्छिन् र पाँच महिना एकान्तमा बस्छिन्लुका 1:7, लुका 1:24–25, लुका 1:36
पदहरू
लुका 1:7तर तिनीहरूको कुनै सन्तान थिएन, किनकि एलीशिबा बाँझी थिइन् र तिनीहरू दुवै जना वृद्ध भइसकेका थिए।
लुका 1:24–25ती दिनहरूपछि, तिनकी पत्नी एलीशिबा गर्भवती भइन्। पाँच महिनासम्म उनले यसो भन्दै आफूलाई लुकाइन्। “परमप्रभु परमेश्वरले मेरो लागि यो गर्नुभएको छ, उहाँले ममाथि निगाह गर्नुभयो र मानिसहरूका बिचबाट मेरो निन्दा हटाउनुभयो।
लुका 1:36अनि हेर, तिम्री नातेदार एलीशिबाले पनि उनको वृद्धावस्थामा एउटा छोरा जन्माउन गर्भवती भएकी छन्। उनलाई बाँझी भनिए तापनि उनी अहिले ६ महिनाको गर्भवती अवस्थामा छिन्।
- उहाँ बाँझी स्त्रीलाई उसको घरमा आनन्दित आमा बनाएर बसाल्नुहुन्छभजनसंग्रह 113:9
पदहरू
भजनसंग्रह 113:9उहाँले घरकी बाँझी स्त्रीलाई घर दिनुहुन्छ। उहाँले त्यसलाई छोराछोरीकी आनन्दित आमा बनाउनुहुन्छ। परमप्रभुको प्रशंसा गर।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार