खोजी गर्नुहोस् › विषयहरू › रोग र वैद्यहरू
दैनिक जीवन
बाइबलमा रोग र वैद्यहरू
पवित्र बाइबल (ULB) का 41 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
वैद्यहरू
- योसेफका वैद्यहरूले याकूबको शवमा मसला लगाउँछन्उत्पत्ति 50:2
पदहरू
उत्पत्ति 50:2तब योसेफले आफ्नो सेवामा हुने वैद्यहरूलाई आफ्ना पिताको लाशमा सुगन्धित लेप दल्न लगाए। यसकारण ती वैद्यहरूले इस्राएलको लाशमा सुगन्धित लेप दले।
- खुट्टाको रोग लागेका आसा वैद्यहरूको खोजी गर्छन्२ इतिहास 16:12, १ राजाहरू 15:23
पदहरू
२ इतिहास 16:12आफ्नो राजकालको उनन्चालिसौँ वर्षमा आसालाई खुट्टामा रोग लाग्यो। तिनको त्यो रोग साह्रै गम्भीर भए तापनि तिनले परमप्रभुबाट सहायता खोजेनन्, तर वैद्यहरूको मात्र सल्लाह लिए।
१ राजाहरू 15:23के आसाले गरेका अरू कामहरू, तिनका सारा शक्ति र तिनले निर्माण गरेका सहरहरूको बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? तर तिनको वृद्धावस्थामा तिनको खुट्टामा रोग लाग्यो।
- बाह्र वर्षदेखि रक्तस्राव भएकी स्त्रीले वैद्यहरूमा सबै खर्च गरिन्मर्कूस 5:25–26, लुका 8:43
पदहरू
मर्कूस 5:25–26त्यहाँ बाह्र वर्षदेखि रगत बग्ने रोगले ग्रस्त भएकी एक महिला थिइन्। तिनले धेरै डाक्टरकहाँ गएर धेरै दुःख कष्ट भोगेकी थिइन् अनि तिनीसँग भएका सबै थोक तिनले खर्च गरिसकेकी थिइन्। तैपनि तिनलाई कुनै पनि कुराले सहायता पुर्याएन, बरु तिनको अवस्था झनझन नराम्रो मात्र हुँदै गयो।
लुका 8:43त्यहाँ एउटी बाह्र वर्षसम्म रगत बग्ने समस्या भएकी स्त्री थिइन्। तिनले आफ्नो सम्पूर्ण पैसा डाक्टरहरूकहाँ औषधी उपचारमा खर्चे गरिसकेकी थिइन्, तर तिनीहरूमध्ये कसैले पनि निको पार्न सकेका थिएनन्।
- स्वस्थलाई होइन, बिरामीलाई वैद्य चाहिन्छमत्ती 9:12
पदहरू
मत्ती 9:12जब येशूले यो सुन्नुभयो, उहाँले भन्नुभयो, “शरीरमा बलियो भएकाहरूलाई वैद्यको खाँचो पर्दैन, केवल तिनीहरूलाई मात्र खाँचो हुन्छ जो बिरामी छन्।”
- एउटा उखान: ए वैद्य, तिमी आफैँलाई निको पार!लुका 4:23
पदहरू
लुका 4:23येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चय नै तिमीहरूले मलाई यो उखान भन्नेछौ, ए वैद्य तिमी आफैँलाई निको पार। कफर्नहुममा जे-जति कामहरू तपाईंले गर्नुभयो त्यो हामीले सुनेका छौँ, ती कार्यहरू तिम्रो आफ्नो स्थानीय ठाउँमा पनि गर।”
- लूका, प्रिय चिकित्सककलस्सी 4:14
पदहरू
कलस्सी 4:14प्रिय चिकित्सक लूका र डेमासले तिमीहरूलाई अभिवादन पठाएका छन्।
- के गिलादमा कुनै औषधी छैन? के त्यहाँ कुनै निको पार्ने छैन?यर्मिया 8:22
पदहरू
यर्मिया 8:22के गिलादमा कुनै औषधी छैन? के त्यहाँ कुनै निको पार्न व्यक्ति छैन? मेरा मानिसहरूको छोरीको चोट किन निको भएको छैन त?
उपचार
- हिजकियाको फोकाका निम्ति थिचेको नेभाराको लेप२ राजाहरू 20:7, यशैया 38:21
पदहरू
२ राजाहरू 20:7त्यसैले यशैयाले भने, “नेभाराको लेप लगाउनुहोस्।” तिनीहरूले त्यसै गरे र तिनको पिलोमा त्यो लगाइदिए र तिनी निको भए।
यशैया 38:21यति बेला यशैयाले भनेका थिए, “अञ्जिरको लेप लिनु र त्यसलाई त्यो घाउमा लगाउनु र उहाँ निको हुनुहुनेछ।”
- सामरीले तेल र दाखमद्य खन्याएर घाउमा पट्टी बाँध्छन्लुका 10:34
पदहरू
लुका 10:34उनी त्यसको नजिक गए र उसको घाउमा पट्टी बाँधिदिए अनि तेल र दाखमद्य लगाइदिए। उनले आफ्नो जनावरमाथि राखेर त्यसलाई धर्मशालामा ल्याए र उसको हेरचाह गरे।
- पेट र बारम्बारको रोगका निम्ति अलिकति दाखमद्य१ तिमोथी 5:23
पदहरू
१ तिमोथी 5:23तिमीले पानी मात्र नपिउनू बरू त्यसको सट्टा पेट र तिम्रो घरिघरि हुने बिमारको निम्ति थोरै दाखमद्य खाने गर।
- बिरामीहरूलाई तेलले अभिषेक गरिन्थ्योमर्कूस 6:13, याकूब 5:14
पदहरू
मर्कूस 6:13तिनीहरूले धेरै भूतहरू निकाले, धेरै बिरामीहरूलाई तेलले अभिषेक गरे र निको पारे।
याकूब 5:14के तिमीहरूका माझमा कोही बिरामी छ? उसले मण्डलीका एल्डरहरूलाई बोलाओस्, अनि उनीहरूले त्यसलाई प्रार्थना गरून्। प्रभुको नाममा उनीहरूले उसलाई तेलले अभिषेक गरून्।
- आनन्दित हृदय असल औषधी होहितोपदेश 17:22
पदहरू
हितोपदेश 17:22आनन्दित हृदय असल औषधी हो, तर टुटेको हृदयले हड्डीहरूलाई सुकाउँछ।
उदाहरणहरू
- याकूब बिरामी पर्छन्; योसेफ आफ्ना दुई छोरा ल्याउँछन्उत्पत्ति 48:1
पदहरू
उत्पत्ति 48:1यी कुराहरू भएको केही समयपछि “हेर्नुहोस्, हजुरका पिता बिरामी हुनुहुन्छ” भनेर कसैले योसेफलाई खबर दियो। यसकारण तिनले आफ्ना दुई छोरा मनश्शे र एफ्राइमलाई आफ्नो साथमा ल्याए।
- बिरामी परेपछि एक मिश्री दासलाई मालिकले छोडिदिन्छ१ शमूएल 30:13
पदहरू
१ शमूएल 30:13दाऊदले उसलाई सोधे, “तिमी को हौ? तिमी कहाँबाट आएका हौ?” उसले भन्यो, “म मिश्रको एक जना जवान मानिस, अमालेकीको सेवक हुँ। मेरो मालिकले मलाई छोडे, किनभने तिन दिनअघि म बिरामी भएँ।
- यारोबामका छोरा बिरामी पर्छन्; आमा भेष बदलेर अगमवक्ताकहाँ जान्छिन्१ राजाहरू 14:1–3
पदहरू
१ राजाहरू 14:1–3त्यस बेला यारोबामको छोरो अबिया अत्यन्तै बिरामी पर्यो। यारोबामले आफ्नी पत्नीलाई भने, “उठ र तिमी मेरी पत्नी हौ भनी नचिन्नलाई आफ्नो भेष बदली गर। अनि शीलोमा जाऊ किनकि अहियाह अगमवक्ता त्यहीँ छन्। यी मानिसहरूमाथि म नै राजा हुनेथिएँ भनी मेरो बारेमा बताउने तिनी नै थिए। आफ्नो साथमा दसवटा रोटी, केही फुरौला र एक भाँडो मह लिएर अहियाहकहाँ जाऊ। बालकलाई के हुने छ भनी तिनले तिमीलाई बताउने छन्।”
- सारपातकी विधवाको छोरा बिरामी पर्छ१ राजाहरू 17:17
पदहरू
१ राजाहरू 17:17यी कुरापछि ती स्त्री अर्थात् त्यस घरको मालिक्नीको छोरो बिरामी पर्यो। त्यसको रोग यति गम्भीर थियो कि त्यसले सास फेर्नै छोड्यो।
- खेतमा शूनेमी स्त्रीको छोरा: मेरो टाउको! मेरो टाउको!२ राजाहरू 4:18–20
पदहरू
२ राजाहरू 4:18–20बालक हुर्केपछि एक दिन त्यो आफ्नो बुबाकहाँ गयो जो कटनी गर्नेहरूसँगै थिए। त्यसले आफ्नो बुबालाई भन्यो, “मेरो टाउको दुख्यो। मेरो टाउको दुख्यो। उसका बुबाले आफ्नो सेवकलाई भने, “त्यसलाई त्यसकी आमाकहाँ लिएर जाऊ।” जब नोकरले केटोलाई उठाएर त्यसकी आमाकहाँ ल्यायो तब केटो मध्यान्हसम्म आमाको काखमा बस्यो, र त्यो मर्यो।
- जालीबाट खसेर अहज्याह घाइते हुन्छन्२ राजाहरू 1:2
पदहरू
२ राजाहरू 1:2तब अहज्याह सामरियामा माथिल्लो कोठाको झ्यालबाट तल खसे र घाइते भए। यसैले तिनले सन्देशवाहकहरू पठाए र तिनीहरूलाई भने, “जाओ र यस चोटबाट म निको हुन्छु कि हुन्न एक्रोनको देवता बाल-जिबबलाई सोध।”
- अरामका बेन-हदद एलीशालाई आफू निको हुने कि नहुने सोध्छन्२ राजाहरू 8:7–8
पदहरू
२ राजाहरू 8:7–8एलीशा दमस्कसमा आए जहाँ अरामका राजा बेन-हदद बिरामी थिए। राजालाई भनियो, “परमेश्वरका मानिस यहाँ आएका छन्।” राजाले हजाएललाई भने, “आफ्नो हातमा उपहार लेऊ र गएर परमेश्वरका मानिसलाई भेट र तिनीद्वारा परमप्रभुसित यसो भनेर सल्लाह खोज, 'के म यस रोगबाट निको हुन्छु?'”
- एलीशा त्यस रोगले बिरामी पर्छन्, जसबाट उनको मृत्यु भयो२ राजाहरू 13:14
पदहरू
२ राजाहरू 13:14अब एलीशा एउटा रोगले बिरामी परे जसबाट पछि तिनी मरे। त्यसैले इस्राएलका राजा यहोआश तिनीकहाँ आए र तिनीसँग रोए। तिनले भने, “हे मेरा पिता, हे मेरा पिता, इस्राएलका रथहरू र घोडचढीले तिमीलाई उठाएर लाँदैछन्।”
- हिजकिया मरणासन्न बिरामी हुन्छन्, फेरि निको हुन्छन्यशैया 38:1, २ राजाहरू 20:7
पदहरू
यशैया 38:1ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्यको मुखैमा पुगे। त्यसैले आमोजका छोरा यशैया अगमवक्ता तिनीकहाँ आए र तिनलाई भने, “परमप्रभु भन्नुहुन्छ, 'आफ्नो घरको व्यवस्थापन गर्। किनभने तँ मर्नेछस्, बाँच्नेछैनस्'।”
२ राजाहरू 20:7त्यसैले यशैयाले भने, “नेभाराको लेप लगाउनुहोस्।” तिनीहरूले त्यसै गरे र तिनको पिलोमा त्यो लगाइदिए र तिनी निको भए।
- फोकैफोकाले ढाकिएका अय्यूब फुटेको माटोको भाँडाले आफूलाई कन्याउँछन्अय्यूब 2:7–8
पदहरू
अय्यूब 2:7–8तब शैतान परमप्रभुको उपस्थितिबाट तुरुन्तै गयो। त्यसले अय्यूबलाई तिनको पाउको कुर्कुच्चादेखि तिनको शिरसम्म पीडादायी खटिराले प्रहार गर्यो। आफूलाई कन्याउन अय्यूबले फुटेको भाँडोको एक टुक्रा खपटा लिए, र तिनी खरानीको बिचमा बसे।
- दर्शनपछि दानिएल धेरै दिन बिरामी भएर ओछ्यानमा पर्छन्दानिएल 8:27
पदहरू
दानिएल 8:27अनि, म दानिएल थकित भएँ र केही दिनसम्म कमजोर भएँ। त्यसपछि, म उठें, र राजाको कामधन्धामा लागें। तर म दर्शनको कारणले भयभीत भएँ, र यसलाई बुझ्ने त्यहाँ कोही थिएन।
- पत्रुसकी सासू कडा ज्वरोले ओछ्यानमा छिन्मत्ती 8:14, लुका 4:38
पदहरू
मत्ती 8:14जब येशू पत्रुसको घरमा आउनुभयो, उहाँले पत्रुसकी सासू ज्वरोले बिरामी भई थला परिरहेकी देख्नुभयो।
लुका 4:38त्यसपछि येशू सभाघरबाट निस्केर सिमोनको घरमा पस्नुभयो। सिमोनकी सासुलाई उच्च ज्वरोले सताएको थियो र उनीहरूले उनको पक्षमा उहाँसँग बिन्ती गरे।
- कफर्नहुममा एक राजकीय अधिकारीको छोरा बिरामी छयूहन्ना 4:46–47
पदहरू
यूहन्ना 4:46–47अब उहाँले पानीलाई दाखमद्यमा परिणत गर्नुभएको गालीलको काना सहरमा उहाँ फेरि आउनुभयो। त्यहाँ एक जना राजकीय अधिकारी थिए जसको छोरा कर्फनहुममा बिरामी थिए। जब येशू यहूदियाबाट गालील आउनुभएको तिनले सुने, तिनी येशूकहाँ गए र उहाँ आएर तिनका मर्न लागेका छोरालाई निको पारिदिनुहोस् भनी उहाँलाई बिन्ती गरे।
- छारेरोग लागेको केटो बारम्बार आगो वा पानीमा लड्छमत्ती 17:15
पदहरू
मत्ती 17:15“प्रभु, मेरो छोरामाथि कृपा गर्नुहोस्, किनकि उसलाई छारे रोग लागेको छ र उसले कठोर रूपमा दुःख भोगिरहन्छ। किनकि ऊ प्रायः आगो वा पानीमा खस्दछ।
- बेथस्दाको पोखरीमा धेरै बिरामी पल्टेका छन्; एक जना अठतीस वर्षदेखियूहन्ना 5:2–3, यूहन्ना 5:5
पदहरू
यूहन्ना 5:2–3यरूशलेमको भेडा-ढोका नजिकै एउटा तलाउ छ जसलाई हिब्रूमा बेथस्दा भनिन्छ जसको छानासहितका पाँचवटा दलान छन्। त्यहाँ ठुलो सङ्ख्यामा बिरामीहरू, अन्धा, लङ्गडा र पक्षाघातीहरू त्यो तलाउको नजिक पडिरहेका थिए। तिनीहरूले पानी छचल्किएको पर्खिरहेका थिए।
यूहन्ना 5:5त्यहाँ अठतिस वर्षदेखि रोगले ग्रसित भएको कुनै एक जना मानिस थियो।
- जन्मैदेखि लङ्गडो मानिसलाई हरेक दिन मन्दिरको ढोकामा बोकेर ल्याइन्छप्रेरित 3:2
पदहरू
प्रेरित 3:2त्यहाँ एक जना जन्मैदेखि हिँड्न नसक्ने मानिसलाई हरेक दिन ल्याउने गरिन्थ्यो र तिनलाई मन्दिरको सुन्दर नाउँको ढोकामा राखिन्थ्यो, ताकि ती व्यक्तिले त्यस मन्दिरमा गएका मानिसहरूसँग भिक्षा माग्न सकून्।
- बेथानियाका लाजरस बिरामी छन्; उनका बहिनीहरू येशूलाई खबर पठाउँछन्यूहन्ना 11:1–3
पदहरू
यूहन्ना 11:1–3लाजरस नाम गरेका मानिस बिरामी थिए। तिनी तिनकी दिदीहरू मरियम र मार्थाको गाउँ बेथानियाका थिए। यिनी तिनै मरियम थिइन् जसले प्रभुलाई मूर्रले अभिषेक गरिन् र उहाँका खुट्टा आफ्नो कपालले पुछेकी थिइन्, जसका भाइ लाजरस बिरामी थिए। यी दुई दिदी-बहिनीले येशूलाई बोलाउन पठाए “प्रभु, हेर्नुहोस्, तपाईंले जसलाई माया गर्नुहुन्छ तिनी बिरामी छन्।”
- डोरकास बिरामी पर्छिन् र मर्छिन्प्रेरित 9:37
पदहरू
प्रेरित 9:37ती दिनमा उनी बिरामी परिन् र मरिन्। तिनीहरूले उनको मृत शरीरलाई धोएर माथिल्लो कोठामा राखे।
- पब्लियसका बुबा ज्वरो र आउँले बिरामी छन्प्रेरित 28:8
पदहरू
प्रेरित 28:8पब्लियसका बुबा ज्वरो र आऊँले गर्दा बिरामी परेका थिए। जब पावल उनी भएको ठाउँमा गए, उनले प्रार्थना गरे, उनी माथि हात राखे र उनलाई निको पारे।
- इपाफ्रोडिटस बिरामी भएर मर्न लागेका छन्फिलिप्पी 2:25–27
पदहरू
फिलिप्पी 2:25–27तर इपाफ्रोडिटसलाई तिमीहरूकहाँ फिर्ता पठाउन म आवश्यक ठान्दछु। तिनी मेरा भाइ र सहकर्मी र सङ्गी सिपाही, र तिमीहरूका सन्देशवाहक तथा मेरा आवश्यकताहरूका निम्ति सेवक हुन्। किनकि तिनी बिरामी भएको कुरा तिमीहरूले थाहा पाएकाले तिनी धेरै व्याकुल भएका थिए, र तिमीहरूसँग हुनको निम्ति तिनले तृष्णा गरेका थिए। किनकि तिनी साँच्चै यति बिरामी थिए, कि तिनी मरणासन्न अवस्थामा पुगेका थिए। तर परमेश्वरले तिनीमाथि कृपा गर्नुभयो, र उनमा मात्र नभएर शोकमाथि शोक नथपिओस् भनेर ममाथि पनि दया देखाउनुभयो।
- बिरामीका कारण पावल पहिले गलातियामा प्रचार गर्छन्गलाती 4:13–14
पदहरू
गलाती 4:13–14तर तिमीहरू यो कुरा जान्दछौ, कि मेरो शारीरिक बिमारीको कारण मैले तिमीहरूलाई पहिलो पटक सुसमाचार घोषणा गरेँ। मेरो शारीरिक अवस्थाले तिमीहरूलाई परीक्षा ल्याए तापनि तिमीहरूले मेरो उपेक्षा गरेनौ वा मलाई इन्कार गरेनौ। त्यसको सट्टामा, तिमीहरूले म नै ख्रीष्ट येशू भएझैँ गरी मलाई परमेश्वरका स्वर्गदूतको रूपमा स्वीकार गर्यौ।
- पावल त्रोफिमसलाई मिलेटसमा बिरामी छोड्छन्२ तिमोथी 4:20
पदहरू
२ तिमोथी 4:20इरास्तस कोरिन्थमा नै बसे, तर त्रोफिमसलाई मैले बिरामी अवस्थामा मिलेटसमा छोडेँ।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार