खोजी गर्नुहोस् › विषयहरू › भोज र उत्सव
दैनिक जीवन
बाइबलमा भोज र उत्सव
पवित्र बाइबल (ULB) का 44 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
चलनहरू
- योसेफका दाजुभाइलाई जेठोदेखि कान्छोसम्म उमेरअनुसार बसाइन्छउत्पत्ति 43:33
पदहरू
उत्पत्ति 43:33दाजुहरू योसेफका सामु बसे। तिनीहरू जेठादेखि कान्छासम्म मिलेर बसेका थिए। तिनीहरू सबै सँगसँगै छक्क परेका थिए।
- बेन्यामीनको भाग अरूको भन्दा पाँच गुणा ठूलो हुन्छउत्पत्ति 43:34
पदहरू
उत्पत्ति 43:34आफ्नो सामु पस्किएको खानाको केही भाग योसेफले तिनीहरूकहाँ पठाए। तर बेन्यामीनको भागचाहिँ अरू कुनै दाजुहरूको भन्दा पाँच गुणा बेसी थियो। तिनीहरूले पिए र तिनीहरू तिनीसँगै खुसी भए।
- शमूएलले तीस जना पाहुनाको बीचमा शाऊललाई सम्मानको ठाउँमा बसाल्छन्१ शमूएल 9:22–24
पदहरू
१ शमूएल 9:22–24त्यसैले शमूएलले शाऊल र तिनको सेवकलाई लगे र तिनीहरूलाई एउटा कोठाभित्र ल्याए र करिब तिस जना निम्तो पाएकाहरूमध्येको उनीहरूलाई प्रमूख आशनमा तिनले राखे। शमूएलले भान्सेलाई भने, “'अलग्गै राख' भनी मैले तिमीलाई भनेको भाग ल्याऊ।” त्यसैले भान्सेले फिला र यसमा भएको सबै ल्याए र शाऊलको सामु राखिदिए। तब शमूएलले भने, “हेर्नुहोस्, जे अलग राखिएको थियो सो तपाईंको अगि राखिएको छ। यो खानुहोस्, किनभने, 'मैले मानिसहरूलाई बोलाएको छु' भनेर मैले भनेको समयदेखि तोकिएको समयसम्म यसलाई तपाईंको निम्ति अलग्गै राखिएको छ।” त्यसैले त्यस दिन शाऊलले शमूएलसँग खाए।
- विवाहको भोजमा सम्मानको ठाउँ नलेऊलुका 14:8–10
पदहरू
लुका 14:8–10“जब तिमीहरूलाई कसैले विवाह भोजमा बोलाउँछ, आदरको ठाउँमा नबस किनकि तिमीभन्दा अझै आदरको मानिसलाई बोलाएको हुन सक्दछ। जब बोलाइएका दुवै जना आउँदछन्, उसले तिमीलाई भन्दछ, ‘तपाईं बसेको यो ठाउँ उहाँका लागि छोडिदिनुहोस्‘भन्ला र लाजकासाथ तिमीले त्यो ठाउँ छोडेर तल्लो ठाउँमा बस्नुपर्ने हुन्छ। तर जब तिमीलाई निमन्त्रणा गरिन्छ, गएर कम महत्त्वको ठाउँमा बस, ताकि तिमीलाई बोलाउने मानिस आएर साथी माथिल्लो स्थानमा गएर बस्नुहोस् भनेर भनोस्। तब तिम्रो टेबलमा बस्नेहरूका बिचमा तिम्रो आदर हुनेछ।
- पाहुनाहरू आसनमा ढल्केर खान्थेआमोस 6:4, यूहन्ना 13:23–25
पदहरू
आमोस 6:4तिनीहरू हस्तिहाडको ओछ्यानमा सुत्छन् र आ-आफ्ना पलङ्हरूमा आराम गर्छन्। तिनीहरू बगालबाट भेडाका पाठाहरू र गोठबाट बाछाहरू खान्छन्।
यूहन्ना 13:23–25उहाँका चेलाहरूमध्ये एक जना जसलाई येशूले प्रेम गर्नुहुन्थ्यो तिनी टेबलमा येशूको छातीमा अडेस लगेर ढल्किरहेका थिए। यसकारण सिमोन पत्रुसले यो चेलालाई इसारा गरेर भने, “उहाँले हामीमध्ये कसको बारेमा भन्दै हुनुहुन्छ, हामीलाई भन।” त्यसैले, तिनी येशूको छातीमा ढल्किएर बसे, र उहाँलाई भने, “प्रभु, यो को हो?”
- खानेहरू एउटै कचौरामा चोब्थेमत्ती 26:23
पदहरू
मत्ती 26:23उहाँले जवाफ दिनुभयो, “जसले मसँगै यस कचौरामा हात डुबाउँछ, उसले नै मलाई धोका दिनेछ।
- भोजका मुखियाले दाखमद्य चाख्छन्यूहन्ना 2:8–10
पदहरू
यूहन्ना 2:8–10तब उहाँले नोकरहरूलाई भन्नुभयो, “अब अलिकति लगेर मुख्य व्यक्तिलाई देऊ”। तिनीहरूले त्यसै गरे। मुख्य व्यक्तिले दाखमद्य बनेको त्यो पानी चाखे, तर यो कहाँबाट आएको भन्ने उनलाई थाहा थिएन (तर पानी भर्ने नोकरहरूलाई थाहा थियो)। तब उनले दुलहालाई बोलाए र तिनलाई भने, “हरेक मानिसले असल दाखमद्य पहिले बाँड्छ, र उनीहरू मातेपछि सस्तो दाखमद्य बाँड्छन्। तर तिमीले त असल दखमद्य अझसम्म राखेका छौ।”
- भोजमा वीणा र सारङ्गी, खैँजडी, बाँसुरी र दाखमद्ययशैया 5:12, आमोस 6:5
पदहरू
यशैया 5:12तिनीहरू वीणा, सारङ्गी, बाँसुरी र मद्यसित भोज खान्छन्, तर तिनीहरूले परमप्रभुको कामको चिन्दैनन्, न त तिनीहरूले उहाँका हातका कामहरूलाई नै विचार गरेका छन्।
आमोस 6:5तिनीहरू वीणाको सङ्गीतमा मूर्खताका गीतहरू गाउँछन्, दाऊदले झैं तिनीहरू बाजाहरूले नयाँ सङ्गीत बनाउँछन्।
- फर्केको छोराका निम्ति भोजमा सङ्गीत र नाचलुका 15:23–25
पदहरू
लुका 15:23–25त्यसपछि मोटो पशु मार। हामी खाऔँ र उत्सव मनाऔँ। किनकि मेरा छोरा मरेका थिए, अब जीवित भएका छन्; हराएका थिए, तर अब भेटिएका छन्। तिनीहरूले उत्सव मनाउन सुरु गरे।’ अब उनको जेठो छोरा खेतमा थियो, ऊ जब घरको नजिकै आइपुग्यो, उनले नाचगानहरू भैरहेको सुने।
- सात दिनको विवाह-भोजमा शिमशोन एउटा पहेली सोध्छन्न्यायकर्ताहरू 14:10–12
पदहरू
न्यायकर्ताहरू 14:10–12शिमशोनका बुबा तल त्यो स्त्री भएको ठाउँमा गए, र शिमशोनले त्यहाँ एउटा भोज दिए, किनकि त्यो दुलहाले गर्नैपर्ने प्रचलन थियो। स्त्रीका नातेदारहरूले तिनलाई देख्नेबित्तिकै, तिनीहरूले आफ्ना तिस जना साथी तिनीसँग बस्नलाई ल्याए। शिमशोनले तिनीहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्छु। तिमीहरूमध्ये कसैले भोजको सात दिनभित्रमा अड्को फुकाएर त्यसको उत्तर मलाई भन्न सक्यौ भने, म तिमीहरूलाई तिसवटा सुतीका लबेदा र तिस थान लुगाहरू दिनेछु।
- रानी वश्ती स्त्रीहरूका निम्ति छुट्टै भोज दिन्छिन्एस्तर 1:9
पदहरू
एस्तर 1:9रानी वश्तीले पनि राजा अहासूरसको दरबारमा स्त्रीहरूलाई एउटा भोज दिइन्।
- भोज हाँसोका निम्ति तयार गरिन्छउपदेशक 10:19
पदहरू
उपदेशक 10:19मानिसहरूले हाँसोको लागि खाना तयार गर्छन्; दाखमद्यले जीवनमा आनन्द ल्याउँछ, र रुपियाँ-पैसाले दैनिक खाँचोलाई पुरा गर्छ।
- निम्तो पाएका पाहुनाहरू बहाना बनाउँछन् (दृष्टान्त)लुका 14:16–20
पदहरू
लुका 14:16–20तर येशूले त्यसलाई भन्नुभयो, “एक जना मानिसले ठुलो भोजको आयोजना गर्यो र धेरैलाई निम्तो दियो। जब भोज तयार भयो, तब उसले आफ्नो सेवकलाई निम्तो गरिएकाहरूलाई बोलाउन पठायो ‘आउनुहोस् सबै कुरा तयार भइसक्यो।’ तिनीहरू सबैले फरक-फरक किसिमको बहाना बनाउन थाले। पहिलोले भन्यो, ‘मैले भर्खर खेत किनेको छु र मैले गएर त्यो हेर्नुपर्छ। कृपया मलाई माफ गर्नुहोस्।’ र अर्कोले भन्यो, ‘मैले पाँच हल गोरु किनेको छु र मैले तिनीहरूलाई जोत्नुपर्छ। कृपया मलाई माफ गर्नुहोस्।’ र अर्को मानिसले भन्यो, ‘मैले श्रीमती विवाह गरेको छु, त्यसकारण म आउन सक्दिनँ।’
- जससँग केही तयार छैन, उसलाई भाग पठाऊनहेम्याह 8:10–12
पदहरू
नहेम्याह 8:10–12तब नहेम्याहले तिनीहरूलाई भने, “आ-आफ्नो बाटो लाग, पुस्टाइएको पशु मारेर खाओ, मिठो पेय पदार्थ पिओ अनि आफ्ना निम्ति तयार पार्न नसक्नेहरूका निम्ति पनि थोरै भाग पठाइदेओ किनकि परमप्रभुको आनन्द नै तिमीहरूको शक्ति हो।” त्यसैले लेवीहरूले यसो भन्दै मानिसहरूलाई शान्त गराए, “चुप लाग, किनकि यो दिन पवित्र छ। शोक नगर।” तब सारा मानिस खानपान गर्न, पिउन, भोजन बाँडचुँड गर्न र बडो आनन्दसाथ उत्सव मनाउन आ-आफ्नो बाटो लागे किनकि तिनीहरूलाई बताइएका वचनहरू तिनीहरूले बुझेका थिए।
- अय्यूबका छोराहरू पालैपालो भोज दिन्छन् र आफ्ना बहिनीहरूलाई बोलाउँछन्अय्यूब 1:4–5
पदहरू
अय्यूब 1:4–5हरेक छोरोको निम्ति तोकिएको दिनमा तिनले आफ्नो घरमा भोज दिन्थे। तिनीहरूले आफ्ना तीन दिदीबहिनीलाई बोलाउन पठाउँथे र सँगै खाने र पिउने गर्थे। जब भोजका दिनहरू समाप्त हुन्थे, तब अय्यूबले तिनीहरूलाई बोलाउन पठाउँथे र तिनले तिनीहरूलाई शुद्ध पार्थे। तिनी बिहान सबेरै उठ्थे, र आफ्ना हरेक छोराछोरीका लागि होमबलिहरू चढाउँथे, किनकि तिनले यसो भन्थे, “मेरा छोराछोरीले पाप गरेका अनि आ-आफ्ना हृदयमा परमेश्वरलाई सरापेका हुन सक्छन्।” अय्यूबले सधैं यसै गर्थै।
अवसरहरू
- फारो आफ्नो जन्मदिनमा भोज दिन्छन्उत्पत्ति 40:20
पदहरू
उत्पत्ति 40:20त्यसपछिको तेस्रो दिन फारोको जन्म दिन थियो। तिनले आफ्ना सबै नोकरहरूका निम्ति भोजको आयोजना गरे। आफ्ना नोकरहरूका माझमा तिनले मुख्य पियाउने र मुख्य पकाउनेलाई उभ्याए।
- गालीलका प्रमुख मानिसहरूका निम्ति हेरोदको जन्मदिनको भोजमर्कूस 6:21
पदहरू
मर्कूस 6:21त्यसपछि एउटा उपयुक्त मौका मिल्यो। हेरोदले तिनको जन्म दिनमा आफ्ना भारदारहरू, कप्तानहरू र गालीलका अगुवाहरूलाई भोज दिए।
- इसहाकको दूध छुटाएको दिन अब्राहामको ठूलो भोजउत्पत्ति 21:8
पदहरू
उत्पत्ति 21:8त्यो बालक बढ्दै गयो र त्यसले दूध खान छोड्यो, र इसहाकले दूध खान छोडेको दिन अब्राहामले एउटा ठुलो भोजको आयोजना गरे।
- इसहाक र अबीमेलेक भोजसहित करार पक्का गर्छन्उत्पत्ति 26:28–30
पदहरू
उत्पत्ति 26:28–30हुनुहुन्छ?” त्यसपछि तिनीहरूले भने, “हामीले प्रस्टै देख्यौँ कि परमप्रभु तपाईंसँग हुनुहुन्छ। यसैले हाम्रा बिचमा, अर्थात् तपाईं र हाम्रा बिचमा एउटा सम्झौता होस् भन्ने हामीले निर्णय गर्यौँ, ताकि जसरी हामीले तपाईंको कुनै हानी गरेनौँ र तपाईंसँग राम्रो व्यवहार गर्यौँ अनि तपाईंलाई शान्तिमा पठायौँ। त्यसरी नै तपाईंले पनि हाम्रो कुनै हानि गर्नुहुनेछैन। तपाईं साँच्चै नै परमप्रभुबाट आशिषित् हुनुहुन्छ।” त्यसैले इसहाकले तिनीहरूका निम्ति भोज तयार गरे, र तिनीहरूले खाए र पिए।
- याकूब र उनका आफन्तहरू पर्वतमा खाना खान्छन्उत्पत्ति 31:54
पदहरू
उत्पत्ति 31:54याकूबले त्यस पहाडमा बलिदान चढाए र आफ्ना आफन्तहरूलाई खानपानको लागि बोलाए। तिनीहरूले खानपान गरे, अनि पुरै रात त्यही पहाडमा बिताए।
- दाऊद अबनेर र बीस जना मानिसका निम्ति भोज दिन्छन्२ शमूएल 3:20
पदहरू
२ शमूएल 3:20जब अबनेर र तिनका बिस जना मानिसहरू दाऊदलाई भेट्न हेब्रोनमा आइपुगे, तब दाऊदले तिनीहरूका निम्ति भोज तयार गरे।
- आफूलाई राजा बनाउलान् भन्ने आशा गरेकाहरूका निम्ति अदोनियाहको भोज१ राजाहरू 1:25
पदहरू
१ राजाहरू 1:25किनकि तिनी आज तल गएका छन्, र तिनले ठुलो सङ्ख्यामा गोरुहरू, पोसिएका बाछाहरू र भेडाहरू बलिदान चढाएका छन्, अनि तिनले राजाका सबै छोरा, सेनापतिहरू र पुजारी अबियाथारलाई निमन्त्रणा दिएका छन्। तिनीहरू तिनकै सामु खाँदै र पिउँदै यसो भन्दै छन्, ‘राजा अदोनियाह दीर्घायु होऊन्!’
- दाऊदलाई राजा बनाउन हेब्रोनमा तीन दिनसम्म खानपिन१ इतिहास 12:38–40
पदहरू
१ इतिहास 12:38–40युद्धको निम्ति सुसज्जित यी सबै योद्धाहरू दाऊदलाई सारा इस्राएलमाथि राजा बनाउने दृढ़ सङ्कल्प गरेर हेब्रोनमा आए। इस्राएलका बाँकी सबै पनि दाऊदलाई राजा बनाउनलाई सहमत भए। तिनीहरूले त्यहाँ खाँदै र पिउँदै तिन दिनसम्म दाऊदसँग बिताए, किनकि तिनीहरूका आफन्तहरूले तिनीहरूका निम्ति खानपानको बन्दोबस्त गरेर पठाएका थिए। यसबाहेक, तिनीहरूका नजिक हुनेहरू, इस्साखार, जबूलून र नप्तालीसम्मले गधा, ऊँट, खच्चर र गोरुहरूमा खानेकुरा र नेभाराका डल्ला, किसमिसका झुप्पा, दाखमद्य, तेल, गाई-गोरुहरू, भेडाहरू ल्याए, किनकि इस्राएलले उत्सव मनाउँदै थियो।
- सपनापछि सोलोमन आफ्ना सबै सेवकहरूका निम्ति भोज दिन्छन्१ राजाहरू 3:15
पदहरू
१ राजाहरू 3:15त्यसपछि सोलोमन ब्युँझे, र यो त सपना पो रहेछ! तिनी यरूशलेममा आए, र परमप्रभुको करारको सन्दुकको सामु खडा भए। तिनले होमबलि र मेलबलिहरू चढाए, अनि आफ्ना सबै सेवकहरूलाई भोज दिए।
- अहासूरस 180 दिन आफ्नो धन देखाउँछन्, त्यसपछि सात दिन भोज दिन्छन्एस्तर 1:3–8
पदहरू
एस्तर 1:3–8आफ्नो शासनकालको तेस्रो वर्षमा तिनले आफ्ना सबै अधिकारी र सेवकहरूलाई एउटा भोज दिए। फारसी तथा मादी सेना, कुलीनहरू र प्रान्तका गभर्नरहरू तिनको उपस्थितिमा थिए। तिनले एक सय असी दिनसम्म आफ्नो राज्यको वैभवशाली धनदौलत र आफ्नो महान्ताको महिमाको रवाफ देखाए। यी दिन समाप्त भएपछि राजाले सात दिनसम्म अर्को भोज दिए। यो शूशनको किल्लामा भएका सबैभन्दा ठुलादेखि सानासम्म सबै मानिसका लागि थियो। यो भोज राजदरबारको बगैँचाको चोकमा दिइएको थियो। बगैँचाको चोकलाई सुती कपडाका सेता र निला, राम्ररी बाटेका सुती र बैजनीका डोरीहरूले सिङ्गारिएको थियो र ती सिङ्गमरमरका खम्बाहरूमा भएका चाँदीका गोलचक्रहरूमा बाँधिएका थिए। त्यहाँ बुट्टा बनाइएका राता, सेता, सिङ्गमरमर र अन्य मूल्यवान् पत्थरहरू छापिएको रङ्गीचङ्गी अग्रपेटीमा सुन र चाँदीका बस्ने सोफहरू थिए। सुनका कचौराहरूमा दाखमद्य बाँडियो। प्रत्येक कचौरा विशिष्ट थियो र राजाको उदारताको कारणले धेरै राजकीय दाखमद्य बाँडिएको थियो। “जबरजस्ती गरिनुहुँदैन” भन्ने आदेशको ख्याल गर्दै दाखमद्य बाँडिएको थियो, किनकि यसरी नै राजाले हरेक मानिसको इच्छामुताबिक गर्न आफ्नो दरबारका सबै अधिकारीलाई आदेश दिएका थिए।
- एस्तरको भोजमा: तिम्रो बिन्ती के हो?एस्तर 5:6
पदहरू
एस्तर 5:6भोजमा दाखमद्य टक्र्याइँदा राजाले एस्तरलाई भने, “तिम्रो बिन्ती के हो? त्यो तिमीलाई दिइनेछ। तिम्रो अनुरोध के हो? तिमीलाई आधा राज्यसम्म पनि दिइनेछ।”
- राजाको आदेशमा र पूरीमका दिनहरूमा भोजएस्तर 8:17, एस्तर 9:17–19
पदहरू
एस्तर 8:17राजाको आदेश पुगेको हरेक प्रान्त र सहरमा यहूदीहरूका माझमा खुसी र आनन्द अनि भोज र बिदाको दिन भयो। देशमा अरू विविध जातिका धेरै मानिसहरू यहूदी भए किनकि तिनीहरूमाथि यहूदीहरूको डर परेको थियो।
एस्तर 9:17–19यो अदार महिनाको तेह्रौँ दिनमा भएको थियो। चौधौँ दिनमा तिनीहरूले विश्राम लिए, र त्यस दिनलाई एउटा चाड र हर्षको दिन बनाए। तर शूशनमा भएका यहूदीहरूचाहिँ तेह्रौँ र चौधौँ दिनमा एकसाथ भेला भए। पन्ध्रौँ दिनमा तिनीहरूले विश्राम गरे, र त्यस दिनलाई एउटा चाड र हर्षको दिन बनाए। त्यसकारण दुर्गम गाउँहरूतिर घर बनाएका यहूदीहरूले अदार महिनाको चौधौँ दिनलाई हर्ष र चाडको एउटा दिन अनि एक-अर्कालाई खानेकुराका उपहारहरू पठाउने दिनको रूपमा मान्छन्।
- बेलसजरले आफ्ना भारदारहरूका निम्ति दिएको ठूलो भोजदानिएल 5:1–3
पदहरू
दानिएल 5:1–3बेलसजर राजाले आफ्ना एक हजार भारदारहरूका निम्ति एउटा ठुलो भोजको आयोजना गरे, र ती सबै एक हजार मानिसहरूका सामु तिनले दाखमद्य पिए। जब बेलसजरले दाखमद्ये चाखे, तिनले आफ्ना बुबा नबूकदनेसरले यरूशलेमको मन्दिरबाट निकालेर ल्याएका सुन वा चाँदीका भाँडाहरू ल्याउन आज्ञा दिए, जसबाट तिनी, तिनका भारदारहरू, तिनकी पत्नीहरू र उप-पत्नीहरूले पिउन सकून्। यरूशलेममा भएको परमेश्वरको मन्दिरबाट ल्याइएका सुनका भाँडाहरूलाई सेवकहरूले ल्याए। राजा, तिनका भारदारहरू, र तिनकी पत्नीहरू र उप-पत्नीहरूले ती भाँडाहरूबाट पिए।
- राजाकै लायकको नाबालको भोज१ शमूएल 25:36
पदहरू
१ शमूएल 25:36अबीगेल नाबालकहाँ फर्केर गइन्। हेर, उसले आफ्नो घरमा राजाको भोजजस्तै भोज दिइरहेको थियो। नाबालको हृदय आफैमा हर्षित थियो, किनकि उसले धेरै पिएको थियो। त्यसैले तिनले भोलिपल्ट बिहान नभएसम्म उसलाई केही पनि भनिनन्।
- मानिसहरू बाछोको अगाडि खान र पिउन बस्छन्प्रस्थान 32:6
पदहरू
प्रस्थान 32:6भोलिपल्ट मानिसहरू सबेरै उठे र तिनीहरूले होमबलि र मेलबलि चढाए। तब तिनीहरू खान र पिउनलाई बसे अनि मोजमा डुब्न लागे।
खानाको टेबलमा
- औँसीको भोजमा दाऊदको ठाउँ खाली छ१ शमूएल 20:5, १ शमूएल 20:24–25
पदहरू
१ शमूएल 20:5दाऊदले जोनाथनलाई भने, “भोलि औंसी हो, म राजासँग खान बस्नुपर्छ। तर मलाई जान दिनुहोस्, ताकि तेस्रो दिनको साँझसम्म म आफै खेतमा लुक्न सकूँ।
१ शमूएल 20:24–25त्यसैले दाऊदले आफूलाई खेतमा लुकाए। जब औंसी आयो, तब राजा खानलाई बसे। सदाझैं राजा आफ्नो आसनमा भित्ताको छेउमा बसे। जोनातन खडा भए, र अबनेर शाऊलको छेउमा बसे। तर दाऊदको ठाउँ खाली थियो।
- मपीबोशेत र बर्जिल्लैका छोराहरू राजाको टेबलमा खान्छन्२ शमूएल 9:10, १ राजाहरू 2:7
पदहरू
२ शमूएल 9:10तिमी, तिम्रा छोराहरू र तिम्रा सेवकहरूले तिनको निम्ति जमिनमा खेतीपाती गर्नुपर्छ र तिमीले अन्नहरू कटानी गर्नुपर्छ ताकि तिम्रो मालिकको नातिलाई खानलाई भोजन हुने छ। किनकि तिम्रो मालिकको नाति मपीबोशेतले सदैब मेरो टेबलमा खानुपर्छ।” यति बेला सीबाका पन्ध्र जना छोरा र बिस जना सेवकहरू थिए।
१ राजाहरू 2:7तथापि, गिलादका बर्जिल्लैका छोराहरूमाथि दया देखाउनू, र तिम्रो टेबलमा खानेहरूमध्ये तिनीहरू पनि होऊन् किनकि म तिम्रो दाजु अब्शालोमबाट भाग्दा तिनीहरू मकहाँ आएका थिए।
- 850 जना अगमवक्ता ईजेबेलको टेबलमा खान्छन्१ राजाहरू 18:19
पदहरू
१ राजाहरू 18:19अब मलाई कर्मेल डाँडामा भेट गर्न सारा इस्राएलीलाई बोलाउनुहोस्। ईजेबेलको टेबुलमा बसेर खाने बालका चार सय पचास अगमवक्ता र अशेराका चार सय अगमवक्तालाई पनि ल्याउनुहोस्।”
- लोत भोज तयार गर्छन् र अखमिरी रोटी पकाउँछन्उत्पत्ति 19:3
पदहरू
उत्पत्ति 19:3तर तिनले उनीहरूलाई ज्यादै आग्रह गरे, त्यसैकारण उनीहरू तिनीसँगै घरभित्र प्रवेश गरे। तिनले भोजनमा खमिर नराखेको रोटी तयार गरे, र उनीहरूले खाए।
- लेवी येशूका निम्ति ठूलो भोज दिन्छन्लुका 5:29
पदहरू
लुका 5:29तब लेवीले येशूको निम्ति उसको घरमा एउटा ठुलो भोज दिए, जहाँ धेरै कर उठाउनेहरू पनि थिए अनि अन्य मानिसहरूले पनि टेबलमा अडेस लगाएर तिनीहरूसँगै खाइरहेका थिए।
- फरिसीहरू येशूलाई आफूसँग खान बोलाउँछन्लुका 7:36, लुका 14:1
- बेथानियामा एउटा भोजमा येशूमाथि अत्तर खन्याइन्छमर्कूस 14:3, यूहन्ना 12:2–3
पदहरू
मर्कूस 14:3जब येशू बेथानियामा सिमोन कुष्ठरोगीको घरमा हुनुहुन्थ्यो, उहाँ टेबुलमा अडेस लागेर बसिरहनुहुँदा एक जना स्त्री अति मूल्यवान् तरल पदार्थ सिङ्गमरमरको शिशीमा लिएर येशूकहाँ आइन्, जुन शुद्ध जटामसी थियो। तिनले त्यो शिशीलाई फुटाइन् र उहाँको टाउकोमा खन्याइन्
यूहन्ना 12:2–3त्यसकारण, तिनीहरूले उहाँको लागि बेलुकीको खाना तयार पारे। मार्थाले सेवा-सत्कार गरिरहेकी थिइन् र लाजरस येशूसँगै टेबलमा ढल्किरहेकाहरूमध्ये एक जना थिए। तब मरियमले आधा लिटर जति शुद्ध जटामसीले बनेको बहुमूल्य अत्तर लिइन्, र येशूको पाउ अभिषेक गरिन्, अनि तिनको आफ्नो कपालले उहाँको पाउ पुछिन्। त्यो घर अत्तरको सुगन्धले भरियो।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार