खोजी गर्नुहोस् › विषयहरू › मातिनु
दैनिक जीवन
बाइबलमा मातिनु
पवित्र बाइबल (ULB) का 30 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
भनाइहरू
- दाखमद्य ठट्टा गर्ने हो, कडा पेय झगडालु होहितोपदेश 20:1
पदहरू
हितोपदेश 20:1दाखमद्य खिल्ली उडाउने कुरो हो र मदिराचाहिँ कचिङ्गाल मच्चाउने कुरो हो। मदिराद्वारा बहकाइने कोही पनि बुद्धिमान् हुँदैन।
- कसका आँखा रातो हुन्छन्? दाखमद्यमा अल्मलिरहनेहरूकाहितोपदेश 23:29–35
पदहरू
हितोपदेश 23:29–35कोसित कष्ट छ? कोसित शोक छ? कोसित कलह छ? कोसित गुनासो छ? कोसित विनाकारण चोट छ? कसका आँखा राताराता छन्? तिनीहरूकै जो धेरै मद्य पिउँछन्, जसले मिश्रित मद्य पिउँछन्। मद्य रातो हुँदा, कचौरामा त्यसको फिँज उठ्दा र त्यो सहजै उँधो जाँदा त्यसलाई नहेर्। अन्त्यमा त्यसले सर्पले झैँ डस्छ, र गोमनले झैँ विष हालिदिन्छ। तेरा आँखाहरूले अनौठा कुराहरू देख्ने छन्, र तेरो मनले टेडा कुराहरू व्यक्त गर्ने छन्। तँ महासमुद्रमा सुतिरहने व्यक्तिझैँ वा मस्तुलको डोरीको मास्तिर बस्नेझैँ हुने छ। तैँले भन्ने छस्, “तिनीहरू मलाई हिर्काए, तर मलाई चोट लागेन।” तिनीहरूले मलाई पिटे, तर मलाई यसको अनुभूति भएन। म कहिले ब्युँझने छु? म अर्को चुस्की खोज्ने छु।”
- पियक्कड र घिच्चा गरिब हुनेछन्हितोपदेश 23:20–21
पदहरू
हितोपदेश 23:20–21मातेकाहरू वा धेरै मासु हुसर्नेहरूसित सङ्गत नगर्, किनकि मतवाला र घिचुवाहरू गरिब बन्छन्, र यस्तो लट्ठ्याइले तिनीहरूलाई झुत्रे बनाउँछ।
- दाखमद्य पिउनु राजाहरूका निम्ति होइनहितोपदेश 31:4–7
पदहरू
हितोपदेश 31:4–7यो राजाहरूका लागि होइन, हे लमूएल, राजाहरूले दाखमद्य पिउनुहुन्न वा शासकहरूले मदिराको लालसा गर्नुहुन्न। किनभने तिनीहरूले पिउँदा तिनीहरूले कानुनी आदेश बिर्सेका हुन्छन्, र कष्टमा परेकाहरू सबैका अधिकारलाई वञ्चित गरिदिन्छन्। नष्ट भइरहेकाहरूलाई मदिरा दे, र विरहमा भएकाहरूलाई दाखमद्य दे। त्यसले पिएर आफ्नो गरिबी भुल्ने छ, र त्यसले आफ्नो कष्टलाई सम्झने छैन।
- कडा पेयको खोजीमा बिहानै उठ्नेहरूलाई धिक्कारयशैया 5:11–12
पदहरू
यशैया 5:11–12कडा मद्य पिउनलाई बिहान सबेरै उठ्नेहरू, मद्यले तिनीहरूलाई चूर नबनाएसम्म राती अबेरसम्म बस्नेहरूलाई धिक्कार। तिनीहरू वीणा, सारङ्गी, बाँसुरी र मद्यसित भोज खान्छन्, तर तिनीहरूले परमप्रभुको कामको चिन्दैनन्, न त तिनीहरूले उहाँका हातका कामहरूलाई नै विचार गरेका छन्।
- दाखमद्य पिउनमा वीर र कडा पेय मिसाउनमा पोख्तयशैया 5:22
पदहरू
यशैया 5:22धिक्कार तिनीहरूलाई जो दाकमद्य पिउनलाई सिपालु र कडा मद्यहरू मिसाउनमा कुसल छन्।
- पुजारी र अगमवक्ताहरू कडा पेयले लरबराउँछन्यशैया 28:7–8
पदहरू
यशैया 28:7–8तर यिनीहरू पनि दाखमद्यले लरबराउछन् र कडा मद्यले लरखराउछन्। पुजारी र अगमवक्ता कडा मद्यले लरखाराउछन् र दाखमद्यले तिनीहरूलाई निल्छ। कडा मद्यले तिनीहरू लरखराउँछन्, तिनीहरू दर्शनमा लरखराउँछन् र निर्णयमा लरबराउँछन्। साँच्चै नै सबै टेबलहरू बान्ताले ढाकेकोछ, जसले गर्दा त्यहाँ कुनै सफा ठाउँ नै छैन।
- भोलि पनि आजजस्तै हुनेछ, बरु योभन्दा धेरै राम्रो!यशैया 56:12
पदहरू
यशैया 56:12तिनीहरू भन्छन्, “आओ, हामी दाखमद्य र कडा मद्य पिऔं। भोलि पनि आजको जस्तै धेरै महान् दिन हुनेछ।”
- दाखमद्यले समझ हरण गर्छहोशे 4:11
पदहरू
होशे 4:11तिनीहरूलाई यौनको छाडापन, दाखमद्य र नयाँ मद्य मन पर्छ, जसले तिनीहरूका समझलाई नाश पारेका छन्।
- कचौरा भरि-भरि दाखमद्य पिउनेआमोस 6:6
पदहरू
आमोस 6:6तिनीहरू कचौराबाट दाखमद्य पिउँछन् र उत्तम तेलहरूले आफूलाई अभिषेक गर्छन्, तर योसेफको विनाशमा तिनीहरू शोक गर्दैनन्।
- छिमेकीलाई मताउनेलाई धिक्कारहबकूक 2:15
पदहरू
हबकूक 2:15‘धिक्कार त्यसलाई जसले आफ्नो छिमेकीलाई मद्य पियाउन जोड गर्छ। तैँले आफ्नो रिस पोख्नलाई, र तिनीहरूको नग्नता हेर्नको निम्ति तिनीहरूलाई मद्यले टिल्ल पार्छस्।’
- मातिनेहरू रातमा मातिन्छन्१ थेसलोनिकी 5:7
पदहरू
१ थेसलोनिकी 5:7किनभने सुत्नेहरू रातमा नै सुत्छन् र पिएर मात्नेहरू रातमा नै मात्दछन्।
- दाखमद्यले नमातएफिसि 5:18, रोमी 13:13, लुका 21:34
पदहरू
एफिसि 5:18र दाखमद्यले नमात्तीओ, किनकि त्यसले विनाशतर्फ डोर्याउँछ। तर त्यसको सट्टामा, पवित्र आत्माले भरिओ।
रोमी 13:13उद्दण्ड उत्सवहरू वा मतवालीपनमा होइन, दिनमा जस्तै उचित तवरले हिडौँ। अनि यौन अनैतिकता वा अनियन्त्रित कामवासनामा नहिँडौँ, न त झगडा र ईर्ष्यामा नै हिँडौँ।
लुका 21:34तर तिमीहरू आफैँ होसियार रहो। त्यसकारण तिमीहरूको हृदय विलास, मतवालापान र जीवनको चिन्ताले नभरियोस्। नत्रभने, त्यो दिन तिमीहरूमाथि अचानक आइपर्ला।
व्यवस्थामा
- आमाबुबाले छोरालाई धर्म-गुरुहरूका सामु घिच्चा र पियक्कड भनेर दोष लगाउन सक्छन्व्यवस्था 21:20
पदहरू
व्यवस्था 21:20तिनीहरूले धर्म-गुरुहरूलाई यसो भनून्, 'यो हाम्रो छोरो हठी र विर्दोही छ। यसले हाम्रो कुरा मान्दैन। यो लफङ्गो र मतवाला हो।'
- भेट हुने पालभित्र पस्दा पुजारीहरूले दाखमद्य पिउँदैनन्लेवीहरू 10:9
पदहरू
लेवीहरू 10:9“तँ र तँसँगै भएका तेरा छोराहरू भेट हुने पालभित्र जाँदा मदिरा वा कुनै कडा मद्य नपिउनू, नत्रता तिमीहरू मर्ने छौ। पवित्र र साधारण, अनि अशुद्ध र शुद्धबिच भेद गराउनको निम्ति,
- नाजिरीले दाखमद्य र कडा पेय त्याग्छगन्ती 6:3
पदहरू
गन्ती 6:3त्यसले आफूलाई दाखमद्य र कडा मद्यबाट अलग राख्नुपर्छ। त्यसले दाखमद्य वा कडा मद्यबाट बनाइएको सिर्का पिउनुहुँदैन। त्यसले कुनै किसिमको दाखरस पिउनुहुँदैन अथवा ताजा वा सुकाएको दाख खानुहुँदैन।
उदाहरणहरू
- नोआले दाखबारी लगाउँछन् र मात्छन्उत्पत्ति 9:20–21
पदहरू
उत्पत्ति 9:20–21नोआ किसान हुन लागे, र तिनले दाखबारी लगाए। दाखमद्य पिएर तिनी मात्तिए। तिनी आफ्नो पालमा नाङ्गै पल्टिरहेका थिए।
- लोतका छोरीहरूले आफ्ना बुबालाई मताउँछन्उत्पत्ति 19:32–33
पदहरू
उत्पत्ति 19:32–33आऊ, हाम्रो बुबालाई मद्य पिउन लगाऔँ, अनि हाम्रो बुबाको वंशलाई बिस्तार गर्न हामी उहाँसँग सुतौँ।” यसैकारण त्यस रात तिनीहरूले आफ्ना बुबालाई मद्य पिउन लगाए। त्यसपछि जेठीचाहिँ भित्र गइन् र आफ्ना बुबासँग सुतिन्; तिनी कहिले सुतिन् र कहिले उठिन् भन्ने उनलाई पत्तो नै भएन।
- भोजमा धेरै मातेका नाबालले बिहानसम्म केही सुन्दैनन्१ शमूएल 25:36–37
पदहरू
१ शमूएल 25:36–37अबीगेल नाबालकहाँ फर्केर गइन्। हेर, उसले आफ्नो घरमा राजाको भोजजस्तै भोज दिइरहेको थियो। नाबालको हृदय आफैमा हर्षित थियो, किनकि उसले धेरै पिएको थियो। त्यसैले तिनले भोलिपल्ट बिहान नभएसम्म उसलाई केही पनि भनिनन्। बिहान यसो भयो, जब नाबाललाई मद्यले छोडेको थियो, तब उसकी पत्नीले उसलाई यी कुराहरू भनिन्। उसको हृदय आफैभित्र मर्यो र ऊ ढुङ्गाजस्तो भयो।
- दाऊदले उरियाहलाई मताउँछन्, तर उरियाह घर जाँदैनन्२ शमूएल 11:13
पदहरू
२ शमूएल 11:13जब दाऊदले उनलाई बोलाए, उनले तिनको सामु खाए र पिए र दाऊदले तिनलाई मत्याए। साँझमा उरियाह आफ्नो मालिकका सेवकहरूसँगै भएको आफ्नो ओछ्यानमा सुत्न गए। उनी तल आफ्नो घरमा गएनन्।
- अमनोनको मन दाखमद्यले रमाइलो नहुन्जेल अब्शालोम पर्खन्छन्२ शमूएल 13:28
पदहरू
२ शमूएल 13:28अब्शालोमले उनका सेवकहरूलाई यसो भनेर आदेश दिए, “ध्यानपूर्वक सुन। जब अमनोनलाई मद्यले असर गर्न थाल्छ र जब म तिमीहरूलाई भन्छु, ' अमनोनलाई आक्रमण गर,' तब त्यसलाई मार। नडराऊ। के तिमीहरूलाई मैले आज्ञा गरेको होइन र? साहसी र आँटिलो होओ?”
- मातिरहेका बेला राजा एलाहलाई जिम्रीले मार्छन्१ राजाहरू 16:9–10
पदहरू
१ राजाहरू 16:9–10तिनको दास जिम्री अर्धरथ-सेनाका सेनापति थिए जसले राजाको विरुद्धमा षड्यन्त्र गरे। त्यस बेला एलाह तिर्सामा भएको आफ्नो राजमहलको जिम्मावाल आर्साको घरमा मद्यपान गरिरहेका थिए। जिम्री भित्र पसे, र राजामाथि आक्रमण गरी तिनलाई मारे। यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्री तिनको ठाउँमा राजा भए।
- बेन-हदद र 32 जना राजा मध्यान्हमा आफ्ना पालमा पिइरहेका छन्१ राजाहरू 20:16
पदहरू
१ राजाहरू 20:16तिनीहरू मध्य दिनमा बाहिर निस्के। बेन-हदद र तिनको समर्थन गर्ने तिनीमुनिका बत्तिस जना राजा पालमा मद्य पिएर मातिरहेका थिए।
- दाखमद्यले मस्त अहासूरसले रानी वश्तीलाई बोलाउँछन्एस्तर 1:10–11
पदहरू
एस्तर 1:10–11सातौँ दिनमा जब राजाको हृदय दाखमद्यको कारणले प्रसन्न भएको थियो, तब तिनले महूमान, बिज्था, हर्बोना, बिग्ता, अबगथा, जेथेर र कर्कास (यी सात जना अधिकारीहरूले राजाको सामु सेवा गर्थे) लाई, रानी वश्तीलाई उनको राजकीय शिरपेच पहिरेर आफ्नो सामु ल्याउने हुकुम गरे। तिनले मानिसहरू र अधिकारीहरूलाई उनको सौन्दर्य देखाउन चाहन्थे, किनकि उनको चेहरा असाध्य सुन्दर थियो।
- बेलसजर यरूशलेमको मन्दिरका भाँडाबाट पिउँछन्दानिएल 5:1–4
पदहरू
दानिएल 5:1–4बेलसजर राजाले आफ्ना एक हजार भारदारहरूका निम्ति एउटा ठुलो भोजको आयोजना गरे, र ती सबै एक हजार मानिसहरूका सामु तिनले दाखमद्य पिए। जब बेलसजरले दाखमद्ये चाखे, तिनले आफ्ना बुबा नबूकदनेसरले यरूशलेमको मन्दिरबाट निकालेर ल्याएका सुन वा चाँदीका भाँडाहरू ल्याउन आज्ञा दिए, जसबाट तिनी, तिनका भारदारहरू, तिनकी पत्नीहरू र उप-पत्नीहरूले पिउन सकून्। यरूशलेममा भएको परमेश्वरको मन्दिरबाट ल्याइएका सुनका भाँडाहरूलाई सेवकहरूले ल्याए। राजा, तिनका भारदारहरू, र तिनकी पत्नीहरू र उप-पत्नीहरूले ती भाँडाहरूबाट पिए। तिनीहरूले दाखमद्य पिएपछि सुन र चाँदी, काँसा, फलाम, काठ, र ढुङ्गाले बनेका आफ्ना मूर्तिहरूको प्रशंसा गरे।
गलतसँग मातेको ठानिएका
- चुपचाप प्रार्थना गरिरहेकी हन्नालाई एली मातेकी ठान्छन्१ शमूएल 1:13–15
पदहरू
१ शमूएल 1:13–15हन्नाह आफ्नो हृदयमा बोलिन्। उनका ओठहरू चले, तर उनको सोर सुनिएन। यसकारण, उनी मद्यले मातेकी थिइन् भनी एलीले विचार गरे। एलीले उनलाई भने, “तिमी कहिलेसम्म मद्यले मातिरहन्छ्यौ? आफ्नो मद्यको आदत छोडिदेऊ।” हन्नाहले जवाफ दिईन्, “होइन, मेरा मालिक, म दुःखी आत्मा भएको स्त्री हुँ। मैले न दाखमद्य न त कडा मद्य नै पिएकी छु, तर मैले परमप्रभुको सामु मेरो मनको दुःख खन्याइरहेकी छु।
- येशूलाई घिच्चा र पियक्कड भनिन्छमत्ती 11:19
पदहरू
मत्ती 11:19मानिसका पुत्र खाँदै र पिउँदै आए र तिनीहरू भन्छन्, ‘हेर, ऊ एउटा घिचुवा मान्छे हो अनि पियक्कड, कर उठाउनेहरू र पापीहरूको मित्र हो!’ तर बुद्धिचाहिँ तिनको कामहरूले सिद्ध हुन्छ।”
- पेन्तिकोसमा: यिनीहरू नयाँ दाखमद्यले मातेका छन्!प्रेरित 2:13–15
पदहरू
प्रेरित 2:13–15तर अरूले चाहिँ गिज्याए र भने, “तिनीहरू नयाँ मद्यले टन्न भएका छन्।” तर पत्रुस एघार जनासँगै खडा भएर उच्च स्वरले तिनीहरूलाई भने, “यहूदिया र यरूशलेममा बस्ने सबै मानिसहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस्; मेरो कुरा ध्यान दिएर सुन्नुहोस्। किनभने तपाईंहरूले ठान्नुभएजस्तो यी मानिसहरू मातेका छैनन्, कारण अहिले दिनको तेस्रो प्रहर मात्र भएको छ।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार