खोजी गर्नुहोस् › विषयहरू › अतिथि-सत्कार
दैनिक जीवन
बाइबलमा अतिथि-सत्कार
पवित्र बाइबल (ULB) का 45 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- परदेशीलाई प्रेम गर, किनकि तिमीहरू पनि मिश्रमा परदेशी थियौप्रस्थान 22:21, प्रस्थान 23:9, लेवीहरू 19:33–34, व्यवस्था 10:19
पदहरू
प्रस्थान 22:21तिमीहरूले परदेशीको बिगार गर्नुहुँदैन वा त्यसलाई थिचोमिचो गर्नुहुँदैन किनकि तिमीहरू पनि मिश्र देशमा परदेशीहरू थियौ।
प्रस्थान 23:9परदेशीलाई थिचोमिचो नगर किनकि तिमीहरू मिश्र देशमा परदेशी भएर बाँचेकाले परदेशीको जीवन कस्तो हुन्छ भनी तिमीहरू जान्दछौ।
लेवीहरू 19:33–34तिमीहरूका देशमा कुनै परदेशी बस्दछ भने, त्यसलाई कुनै हानि नगर्नू। तिमीहरूसँग बसोबास गर्ने परदेशी तिमीहरूका निम्ति तिमीहरूसँगै बसोबास गर्ने इस्राएलमै जन्मेको मानिसझैँ होस्, र त्यसलाई आफैलाई झैँ प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्र देशमा परदेशी नै थियौ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
व्यवस्था 10:19त्यसकारण परदेशीलाई प्रेम गर। किनकि तिमीहरू पनि मिश्र देशमा परदेशी नै थियौ।
- गरिब र घरबारविहीनलाई आफ्नो घरमा ल्याऊयशैया 58:7
पदहरू
यशैया 58:7आफ्नो भोजन भोकाएकाहरूलाई दिनु र गरीब र घरविहीनलाई तिमीहरूका घरमा ल्याउनु होइन र?” तिमीहरूले कसैलाई नाङ्गो देख्दा तिमीहरूले त्यसलाई लुगा लगाई दिनुपर्छ। अनि तिमीहरूले आफूलाई आफ्ना नातेदारदेखि लुकाउनुहुँदैन।
- भोजमा गरिब, अपाङ्ग, लङ्गडा र अन्धालाई निम्तो देऊलुका 14:12–14
पदहरू
लुका 14:12–14उहाँलाई बोलाउनुभएको मानिसलाई येशूले भन्नुभयो, “जब तिमीले कसैलाई खाना खान बोलाउँछौ, तब आफ्ना साथीहरू वा आफ्ना दाजुभाइहरू वा आफ्ना नातेदारहरू वा आफ्ना धनी छिमेकीहरूलाई नबोलाऊ किनकि तिनीहरूले पनि तिमीलाई त्यसको बदला बोलाउन सक्दछन्। तर जब तिमीले भोज दिन्छौ, गरिब, लुला-लङ्गडा र दृष्टिविहीनहरूलाई बोलाऊ। र तिमी आशिषित् हुनेछौ, किनकि तिनीहरूले तिमीलाई तिम्रो गुणा फिर्ता गर्न सक्दैनन्। किनकि धर्मीहरूको पुनरुत्थान हुँदा तिम्रो गुण तिरिनेछ।”
- हरेक गाँसको हिसाब गर्ने कन्जुस घरधनीदेखि होसियारहितोपदेश 23:6–8
पदहरू
हितोपदेश 23:6–8दुष्ट आँखा भएको मानिसको भोजन नखा, र त्यसको स्वादिष्ट खानेकुराको लालसा नगर्। किनकि त्यो भोजनको मूल्य गिन्ती गर्ने मानिस हो। त्यसले भन्छ, “खाऊ र पिऊ।” तर त्यसको हृदय तँसित हुँदैन। तैँले खाएको थोरै खानेकुरा पनि तैँले बान्ता गर्ने छस्, र तैँले तेरो तारिफलाई त्यसै खेर जान दिनेछस्।
- गनगन नगरी अतिथि-सत्कार गररोमी 12:13, १ पत्रुस 4:9
पदहरू
रोमी 12:13विश्वासीहरूका खाँचाहरूमा बाँड-चुँड गर। अतिथि सत्कारको निम्ति धेरै उपायहरूको खोजी गर।
१ पत्रुस 4:9गनगन नगरी एक-अर्काको अतिथि सत्कार गर,
- कतिपयले थाहै नपाई स्वर्गदूतहरूको सत्कार गरेहिब्रू 13:2
पदहरू
हिब्रू 13:2अपरिचितहरूलाई अतिथि सत्कार गर्न नबिर्स। किनकि थाहा नै नपाइकन कति जनाले स्वर्गदूतहरूको अतिथि सत्कार गरेका थिए।
- मण्डलीका अगुवा अतिथि-सत्कार गर्ने हुनुपर्छ१ तिमोथी 3:2, तीतस 1:8
पदहरू
१ तिमोथी 3:2तसर्थ, बिशपचाहिँ दोषरहित होस्। र एउटा पत्नीको पति, संयमी, समझदार, व्यवस्थित, अथिति सत्कार गर्ने, सिकाउन सक्ने,
तीतस 1:8तर तिनी अतिथि सत्कार गर्ने, जे असल छ सोको मित्र, संवेदनशील, धर्मी, भक्त र आत्म-संयमी हुनुपर्छ।
- परदेशीको सत्कार र खुट्टा धुने काममा चिनिएकी विधवा१ तिमोथी 5:10
पदहरू
१ तिमोथी 5:10तिनी असल कामहरूले चिनिएको हुनुपर्छ चाहे तिनले छोराछोरीहरूको वास्ता गरेकी हुन् वा परदेशीहरूको सत्कार गरेकी हुन्, वा विश्वासीहरूका खुट्टा धोएकी हुन् वा जुनसुकै काममा समर्पित भएकी हुन्।
उदाहरणहरू
- मल्कीसेदेक अब्रामका निम्ति रोटी र दाखमद्य ल्याउँछन्उत्पत्ति 14:18
पदहरू
उत्पत्ति 14:18शालेमका राजा मल्कीसेदेकले रोटी र दाखमद्य लिएर आए। तिनी सर्वोच्चका पूजाहारी थिए।
- अब्राहाम तीन अपरिचितलाई भेट्न दौडन्छन् र खाना खुवाउँछन्उत्पत्ति 18:1–8
पदहरू
उत्पत्ति 18:1–8दिउँसोको गर्मीमा मम्रेका फलाँटका रुखहरूछेउमा भएको आफ्नो पालको ढोकामा अब्राहाम बसेको बेला परमप्रभु तिनीकहाँ देखा पर्नुभयो। तिनले आफ्ना आँखा उठाएर हेरे, र तिनले आफ्नो सामु तिन जना मानिस उभिरहेका देखे। उनीहरूलाई देखेपछि तिनी पालको ढोकाबाट भेट गर्नलाई दौडेर गए, र भुइँसम्म निहुरेर दण्डवत् गरे। तिनले भने, “प्रभु, यदि तपाईंको नजरमा मैले निगाह पाएको छु भने, आफ्नो दासलाई छोडेर नजानुहोस्। केही पानी ल्याउन दिनुहोस्, र तपाईंहरू आफ्ना गोडा धुनुहोस्, र यही रुखमुनि आराम गर्नुहोस्। मलाई केही रोटी ल्याउन दिनुहोस्, ताकि तपाईंहरूको थकाइ मरोस्। त्यसपछि तपाईंहरू आफ्नो बाटो जान सक्नुहुन्छ, किनभने तपाईंहरू आफ्नो दासकहाँ आउनुभएको छ।” उनीहरूले भने, “तिमीले भनेअनुसार गर।” तब अब्राहाम तुरुन्तै पालमा साराकहाँ गएर भने, “चाँडो पाँच पाथी मसिनो पिठो ल्याई मुछेर रोटी बनाऊ।” अब्राहाम बथानतिर दौडेर गए, र एउटा कलिलो र असल बाछो लिएर नोकरलाई दिए, र त्यसलाई हतारमा तयार गर्न लागे। तिनले दही, दूध र त्यो तयार गरिएको बाछाको मासु लगेर उनीहरूका सामु टक्र्याए। उनीहरूले खाँदा तिनी उनीहरूकै नजिक रूखमुनि उभिए।
- लोत सदोममा दुई पाहुनालाई आफ्नो घरमा लैजान्छन्उत्पत्ति 19:1–3
पदहरू
उत्पत्ति 19:1–3साँझमा लोत सदोमको मूल ढोकामा बसिरहेका बेला दुई स्वर्गदूतहरू सदोममा आए। उनीहरूलाई देखेपछि लोत भेट गर्न उठे, र आफ्नो मुहारलाई भुइँसम्मै निहुराएर दण्डवत् गरे। तिनले भने “मेरा मालिक, म बिन्ती गर्दछु, कि आफ्नो दासको घरभित्र आउनुहोस्, आजको रात यहीँ बिताउनुहोस्, र आफ्ना पाउ धुनुहोस्। त्यसपछि बिहान सबेरै उठेर तपाईंहरू आफ्नो बाटो लाग्न सक्नुहुन्छ।” उनीहरूले जवाफ दिए, “होइन, हामी सहरको चोकमा नै रात बिताउनेछौँ। तर तिनले उनीहरूलाई ज्यादै आग्रह गरे, त्यसैकारण उनीहरू तिनीसँगै घरभित्र प्रवेश गरे। तिनले भोजनमा खमिर नराखेको रोटी तयार गरे, र उनीहरूले खाए।
- अबीमेलेक अब्राहामलाई: जहाँ मन लाग्छ, त्यहीँ बसउत्पत्ति 20:14–15
पदहरू
उत्पत्ति 20:14–15त्यसपछि अबीमेलेकले अब्राहामलाई भेडाहरू, गोरुहरू, र कमारा-कमारीहरू दिए। तिनले अब्राहामकी पत्नी सारालाई पनि उनीकहाँ फर्काइदिए। अबीमेलेकले भने, “हेर, मेरो भूमि तिम्रै अगि छ। जहाँ तिमीलाई मनपर्छ त्यहीँ बस।”
- लाबान घर र ऊँटहरूका निम्ति ठाउँ तयार पार्छन्उत्पत्ति 24:31–33
पदहरू
उत्पत्ति 24:31–33त्यसपछि लाबानले भने, “हे परमप्रभुका आशीर्वादी जन, आउनुहोस्। किन बाहिरै उभिरहनुहुन्छ? मैले तपाईंको निम्ति घर र ऊँटहरूका लागि ठाउँ तयार पारिराखेको छु।” तब त्यो मानिस घरमा गयो र ऊँटहरूका भारीहरू झार्यो। उँटहरूलाई पराल र दाना दिइयो, अनि त्यस मानिस र त्यससित हुने मानिसहरूका निम्ति खुट्टा धुने पानी पनि दिइयो। तिनीहरूले त्यसको सामु खानेकुरा पनि राखिदिए, तर त्यसले भन्यो, “जबसम्म मेरो समाचार म भन्दिनँ तबसम्म म केही खान्नँ।” तब लाबानले भने, “ल, भन्नुहोस्।”
- लाबान याकूबलाई भेट्न दौडेर आउँछन् र घर लैजान्छन्उत्पत्ति 29:13–14
पदहरू
उत्पत्ति 29:13–14आफ्ना भानिज याकूब आएको समाचार पाउने बित्तिकै लाबान तिनलाई भेट्नलाई दौडेर गएर तिनलाई अँगालो हालेर चुम्बन गरे, अनि तिनलाई आफ्नो घरमा ल्याए। याकूबले लाबानलाई सबै कुरा बताइदिए। लाबानले तिनलाई भने, “वास्तवमा तिमी मेरो हाड र मासु हौ।” त्यसपछि याकूब तिनीसँग करिब एक महिना बसे।
- इसहाक अबीमेलेक र उनका मानिसहरूका निम्ति भोज तयार पार्छन्उत्पत्ति 26:26–30
पदहरू
उत्पत्ति 26:26–30एक दिन अबीमेलेक आफ्ना मित्र अहुज्जत र आफ्नो फौजका सेनापति पीकोललाई साथमा लिएर गरारबाट तिनीकहाँ आए। इसहाकले तिनीहरूलाई भने, “घृणा गरेर तपाईंहरूले आफ्नो बिचबाट मलाई निकाल्नुभयो, अनि तपाईंहरू अहिले किन मकहाँ आउँदै हुनुहुन्छ?” त्यसपछि तिनीहरूले भने, “हामीले प्रस्टै देख्यौँ कि परमप्रभु तपाईंसँग हुनुहुन्छ। यसैले हाम्रा बिचमा, अर्थात् तपाईं र हाम्रा बिचमा एउटा सम्झौता होस् भन्ने हामीले निर्णय गर्यौँ, ताकि जसरी हामीले तपाईंको कुनै हानी गरेनौँ र तपाईंसँग राम्रो व्यवहार गर्यौँ अनि तपाईंलाई शान्तिमा पठायौँ। त्यसरी नै तपाईंले पनि हाम्रो कुनै हानि गर्नुहुनेछैन। तपाईं साँच्चै नै परमप्रभुबाट आशिषित् हुनुहुन्छ।” त्यसैले इसहाकले तिनीहरूका निम्ति भोज तयार गरे, र तिनीहरूले खाए र पिए।
- योसेफ मिश्रमा आफ्ना दाजुभाइसँग भोजन गर्छन्उत्पत्ति 43:31–34
पदहरू
उत्पत्ति 43:31–34आफ्नो मुख धोई तिनी बाहिर आए। आफूलाई नियन्त्रण गर्दै तिनले भने, “खाना ल्याओ।” नोकरहरूले योसेफको लागि छुट्टै र तिनका दाजुहरूका लागि छुट्टै खाना पस्के। मिश्रीहरूले छुट्टै खाना खाए किनकि तिनीहरूले हिब्रूहरूसित खान सक्दैनथे। त्यसो गर्नु मिश्रीहरूका लागि अत्यन्तै घृणित कुरो थियो। दाजुहरू योसेफका सामु बसे। तिनीहरू जेठादेखि कान्छासम्म मिलेर बसेका थिए। तिनीहरू सबै सँगसँगै छक्क परेका थिए। आफ्नो सामु पस्किएको खानाको केही भाग योसेफले तिनीहरूकहाँ पठाए। तर बेन्यामीनको भागचाहिँ अरू कुनै दाजुहरूको भन्दा पाँच गुणा बेसी थियो। तिनीहरूले पिए र तिनीहरू तिनीसँगै खुसी भए।
- फारोले याकूबको परिवारलाई देशको सबैभन्दा असल भाग दिन्छन्उत्पत्ति 45:17–20, उत्पत्ति 47:11–12
पदहरू
उत्पत्ति 45:17–20फारोले योसेफलाई भने, “तिम्रा दाजुहरूलाई यसो गर्न भन, 'आ-आफ्ना पशुहरू लदाएर कनान देशमा जाओ। तिमीहरूका पिता र घरानाहरूलाई लिएर मकहाँ आओ। म तिमीहरूलाई मिश्रको असल ठाउँ दिनेछु, र तिमीहरूले यस देशका स्वादिष्ट मासु खानेछौ। अब तिमीहरूलाई आज्ञा दिइएको छ। तिमीहरूलाई यसो भन्ने आज्ञा पनि दिइएको छ, 'तिमीहरूका छोराछोरी र तिमीहरूका पत्नीहरूका लागि मिश्र देशका गाडाहरू लिएर जाओ। तिमीहरूका पितालाई लिएर आओ। तिमीहरूका धन-सम्पत्तिको बारेमा चिन्ता नमान किनकि मिश्र देशका सबै असल-असल थोकहरू तिमीहरूकै हुन्'।”
उत्पत्ति 47:11–12तब योसेफले आफ्ना बुबा र दाजुभाइहरूलाई बसोबास गराए। फारोको हुकुमअनुसार तिनले मिश्रमा भएको सबैभन्दा असल ठाउँ, अर्थात् रामसेस भन्ने इलाकाको एउटा क्षेत्र उनीहरूलाई दिए। योसेफले आफ्ना बुबा, दाजुभाइहरू र आफ्ना बुबाका परिवारका सबैलाई उनीहरूका आस्रित परिवारको सङ्ख्याअनुसार खानेकुरा उपलब्ध गराए।
- यित्रो: उनलाई केही खान बोलाओप्रस्थान 2:20
पदहरू
प्रस्थान 2:20तिनले आफ्ना छोरीहरूलाई भने, “त्यसो भए, तिनी कहाँ छन् त? किन तिमीहरूले ती मानिसलाई छाड्यौ?” तिनलाई डाक ताकि तिनले हामीसितै खाना खान सकून्।”
- राहाब दुई जासुसलाई आफ्नो छानामा लुकाउँछिन्यहोशू 2:1–6
पदहरू
यहोशू 2:1–6नूनका छोरा यहोशूले शित्तीमबाट दुई जना मानिसलाई जासुसको रूपमा पठाए। तिनले भने, “जाओ, त्यो भूमिलाई हेर, विशेष गरी यरीहोलाई हेर।” तिनीहरू गए र राहब नाउँ गरेकी वेश्याकहाँ आए र तिनीहरू त्यहीँ बास बसे। यरीहोका राजालाई यसो भनियो, “हेर्नुहोस्, यस भूमिको भेद पत्ता लगाउन इस्राएलका मानिसहरू यहाँ आएका छन्।” यरीहोका राजाले राहबकहाँ खबर पठाए र भने, “तिमीकहाँ आउने ती मानिसहरूलाई बाहिर लेऊ, जो तिम्रो घरमा प्रवेश गरेका थिए, किनभने तिनीहरू सारा भूमिको जासुस गर्न आएका छन्।” तर ती महिलाले ती दुई जना मानिसलाई लगेर लुकाएकी थिइन्। तिनले भनिन्, “हो, मानिसहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका थिए, मलाई थाहा भएन। तिनीहरू सहरको प्रवेशद्वार बन्द गर्ने समय हुँदा साँझपख गए। तिनीहरू कता गए मलाई थाहा भएन। तपाईंहरू छिटो-छिटो जानुभयो भने सम्भवतः तपाईंहरूले तिनीहरूलाई भेट्टाउनु हुनेछ।” तर तिनले तिनीहरूलाई कौसीमा लगेकी थिइन् र तिनले कौसीमाथि थुपारेकी सनको डाँठहरूमुनि लुकाएकी थिइन्।
- गिबाका एक बूढा मानिसले यात्री लेवीलाई आफ्नो घरमा राख्छन्न्यायकर्ताहरू 19:16–21
पदहरू
न्यायकर्ताहरू 19:16–21तर त्यो साँझ एक जना वृद्ध मानिस खेतमा काम गरेर फर्किरहेका थिए। तिनी एफ्राइमको पहाडी देशका थिए, र तिनी केही समयको लागि गिबामा बसोबास गरिरहेका थिए। तर त्यस ठाउँमा बस्ने मानिसहरू बेन्यामिनीहरू थिए। तिनले आफ्नो नजर उठाए र सहरको चोकमा यात्रुलाई देखे। ती वृद्ध मानिसले भने, “तपाईंहरू कहाँ जाँदै हुनुहुन्छ? तपाईंहरू कहाँबाट आउनुभएको हो?” ती लेवीले तिनलाई भने, “हामी यहूदाको बेथलेहेमबाट एफ्राइमको पहाडी देशको सबैभन्दा दुर्गम ठाउँमा जाँदैछौं, जहाँको म बासिन्दा हुँ। म यहूदाको बेथलेहेममा गएको थिएँ, र म परमप्रभुको घरमा जाँदैछु, तर मलाई आफ्नो घरभित्र लाने कोही पनि छैन। हामीसँग यी गधाहरूका निम्ति पराल र अरू खुवाउने कुरा छन्, र म र तपाईंका यी सेविका र यो सेवकको निम्ति पनि पुग्ने रोटी र दाखमद्य मसँग छ। हामीलाई केही पनि चाहिंदैन।” ती वृद्ध मानिसले तिनीहरूलाई अभिवादन गरे, “तपाईंहरूलाई शान्ति! म तपाईंका सबै खाँचोको ख्याल गर्नेछु। केवल यस चोकमा रात नबिताउनुहोस्।” त्यसैले ती मानिसले ती लेवीलाई आफ्नो घरभित्र ल्याए र गधाहरूलाई केही खान दिए। तिनीहरूले आफ्ना खुट्टा धोए र खाए र पिए।
- फारोले युवा हददलाई घर र जमिन दिन्छन्१ राजाहरू 11:17–19
पदहरू
१ राजाहरू 11:17–19तर त्यस बेला हदद बालक भएकोले आफ्ना पिताका सेवकहरूद्वारा तिनलाई अन्य एदोमीहरूसँगै मिश्रमा लगिएको थियो। तिनीहरू मिद्यानबाट निस्केर पारानमा आइपुगे जहाँबाट तिनीहरूले आफूसँगै केही मानिसहरूलाई मिश्रका राजा फारोकहाँ लिएर गए। फारोले तिनलाई एउटा घर, देश र भोजन जुटाइदिएका थिए। हददले फारोको दृष्टिमा ठुलो निगाह पाए र फारोले तिनलाई आफ्नी पत्नी तहपेनस रानीकी एउटी बहिनीसित विवाह गरिदिए।
- सारपातकी विधवाले आफ्नो अन्तिम पीठो र तेल एलियासँग बाँड्छिन्१ राजाहरू 17:10–16
पदहरू
१ राजाहरू 17:10–16त्यसैले तिनी उठेर सारपातमा गए। तिनी सहरको मुल ढोकामा आइपुग्दा एउटी विधवाले दाउरा बटुल्दै थिइन्। तिनले उनलाई डाकेर भने, “मलाई पिउनलाई यो भाँडोमा थोरै पानी ल्याइदिनुहुन्छ कि?” उनी पानी लिन जाँदै गर्दा तिनले उनलाई भने, “तपाईंको हातमा रोटीको टुक्रा पनि ल्याइदिनुहोस्।” उनले भनिन्, “परमप्रभु तपाईंका परमेश्वरको नाउँमा म भन्दछु, कि मसित कुनै रोटी छैन, तर भाँडामा एक मुट्ठी पिठो र ढुङ्ग्रोमा अलकति तेल छ। हेर्नुहोस्, म र मेरो छोरोको लागि खाना बनाई खाएर हामी नमरूँ भनी मैले दुईचार टुक्रा दाउरा बटुल्दै छु।” एलियाले उनलाई भने, “नडराऊ। गएर मैले भनेझैँ गर, तर पहिले मेरो निम्ति सानो रोटी बनाएर ल्याऊ। त्यसपछि तिमी र तिम्रो छोरोको निम्ती केही रोटी बनाऊ। किनकि इस्राएलका परमेश्वर परमप्रभु भन्नुहुन्छ, 'परमप्रभुले पृथ्वीमा वृष्टि नपठाउञ्जेलसम्म पिठोको भाँडो रित्तो हुने छैन, न त ढुङ्ग्रोबाट तेल आउन रोकिने छ।” त्यसैले उनले एलियाले भनेझैँ गरिन्। उनी र एलियालगायत उनको घरानाले धेरै दिनसम्म खाए। परमप्रभुले एलियाद्वारा बोल्नुभएको वचनले भनेझैँ पिठोको भाँडो रित्तो भएन, न त ढुङ्ग्रोबाट तेल आउन रोकियो।
- शूनेमकी एक स्त्री एलीशाका निम्ति कोठा बनाउँछिन्२ राजाहरू 4:8–10
पदहरू
२ राजाहरू 4:8–10एक दिन एलीशा शूनेममा गए जहाँ एक जना प्रतिष्ठित स्त्री बस्थिन्। उनले तिनलाई तिनीसँगै खाना खान अनुरोध गरिन्। त्यसैले जब एलीशा त्यो बाटो भएर जान्थे, तब तिनी खानको लागि त्यहाँ रोकिन्थे। ती स्त्रीले आफ्ना पतिलाई भनिन्, “हेर्नुहोस्, अब मलाई थाहा भयो, कि यिनी परमेश्वरका पवित्र मानिस हुन् जो सधैँ यो बाटो हिंड्छन्। कौसीमा एलीशाको लागि एउटा सानो कोठा बनाऔँ, र त्यसमा एउटा खाट, टेबल, आसन र बत्ती राखौँ। तब तिनी हामीकहाँ आउँदा तिनी त्यहीँ बस्नेछन्।”
- एलीशाले पक्राउ परेका अरामी सिपाहीहरूलाई खुवाएर घर पठाउन लगाउँछन्२ राजाहरू 6:22–23
पदहरू
२ राजाहरू 6:22–23एलीशाले जवाफ दिए, “तपाईंले तिनीहरूलाई मार्नुहुँदैन। के तपाईंले आफ्नै तरवार र धनुले कैद गरेका मानिहरूलाई मार्नुहुन्थ्यो र? तिनीहरूका सामु भोजन र पानी दिनुहोस्, ताकि तिनीहरूले खाऊन् र पिऊन् अनि आफ्ना मालिककहाँ जाऊन्।” त्यसैले राजाले तिनीहरूका लागि प्रशस्त भोजन तयार गरे, अनि जब तिनीहरूले खाए र पिए तब तिनीहरूलाई तिनले पठाइदिए र यसरी तिनीहरू आफ्ना मालिककहाँ फर्केर गए। अरामी सिपाहीका ती दलहरू लामो समयसम्म इस्राएल देशमा फर्केनन्।
- अय्यूब: मेरो ढोका यात्रीका निम्ति खुला थियोअय्यूब 31:32
पदहरू
अय्यूब 31:32(विदेशीले पनि कदापि सहरको चोकमा बास बस्नुपरेको छैन, किनकि यात्रु निम्ति मैले सधैँ आफ्ना ढोकाहरू खुला गरेको छु), र त्यसो होइन भने, मेरो विरुद्धमा अभियोग लगाउनुहोस्।
- मार्थाले येशूलाई स्वागत गर्छिन्; बेथानियामा उहाँका निम्ति भोजलुका 10:38, यूहन्ना 12:1–2
पदहरू
लुका 10:38जब तिनीहरू यात्रा गरिरहेका थिए, उहाँ एउटा गाउँमा पस्नुभयो, र मार्था नाउँ गरेकी एउटी स्त्रीले उहाँलाई तिनको घरमा स्वागत गरिन्।
यूहन्ना 12:1–2निस्तार-चाडको छ दिन अगाडि येशू बेथानिया आउनुभयो, जहाँ उहाँले मृत्युबाट जीवित पार्नुभएका लाजरस थिए। त्यसकारण, तिनीहरूले उहाँको लागि बेलुकीको खाना तयार पारे। मार्थाले सेवा-सत्कार गरिरहेकी थिइन् र लाजरस येशूसँगै टेबलमा ढल्किरहेकाहरूमध्ये एक जना थिए।
- एक फरिसीले येशूलाई खाना खान बोलाउँछलुका 11:37
पदहरू
लुका 11:37उहाँले बोलिसक्नुभएपछि, फरिसीहरूले उहाँलाई आफ्नो घरमा खाना खानलाई बोलाए। त्यसपछि येशू जानुभयो र ढल्केर बस्नुभयो।
- जखायसले आनन्दसाथ येशूलाई स्वागत गर्छन्लुका 19:5–6
पदहरू
लुका 19:5–6जब येशू उनी भएको ठाउँ नजिक आइपुग्नुभयो, उहाँले मास्तिर हेरेर भन्नुभयो, “जखायस छिटो ओर्ली आऊ, किनकि आज मलाई तिम्रो घरमा बस्नु छ।” त्यसैले उनी हतार-हतार ओर्ली आए र उहाँलाई खुसीसाथ स्वागत गरे।
- पत्रुस योप्पामा छाला काम गर्ने सिमोनकहाँ बस्छन्प्रेरित 9:43, प्रेरित 10:6
पदहरू
प्रेरित 9:43पत्रुस धेरै दिनसम्म योप्पामा सिमोन नाउँ गरेका चर्मकारसँग बसे।
प्रेरित 10:6तिनी सिमोन नामक चर्मकारसित बसिरहेका छन् जसको घर समुद्रको छेउमा छ।”
- पत्रुसले कर्नेलियसका दूतहरूलाई पाहुना बनाएर भित्र बोलाउँछन्प्रेरित 10:23
पदहरू
प्रेरित 10:23त्यसैले, पत्रुसले तिनीहरूलाई भित्र आई तिनी र तिनका मानिसहरूसित बस्न निमन्त्रणा दिए। भोलिपल्ट बिहान पत्रुस उठे र तिनीहरूसँगै गए। योप्पाका केही भाइहरू पनि तिनीसँगै लागे।
- लिडियाले पावल र उनका साथीहरूलाई आफ्नो घरमा बस्न मनाउँछिन्प्रेरित 16:15
पदहरू
प्रेरित 16:15तिनी र तिनका परिवार सबैजनालाई बप्तिस्मा दिएपछि तिनले हामीलाई यसो भन्दै आग्रह गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुप्रति विश्वासयोग्य ठान्नुहुन्छ भने मेरो घरमा आएर बस्नुहोस्।” भनी हामीलाई मनाइन्।
- माल्टा: टापुवासीहरू आगो बाल्छन्; पब्लियसले तीन दिन सत्कार गर्छन्प्रेरित 28:2, प्रेरित 28:7
पदहरू
प्रेरित 28:2ती स्थानीय मानिसहरूले सामान्य खालको दया मात्र देखाएनन्, निरन्तर पानी परेर जाडो भएको हुनाले तिनीहरूले आगो बालेर हामी सबै जनालाई स्वागत पनि गरे।
प्रेरित 28:7त्यसको नजिकैको स्थानमा, पब्लियस नाम गरेको त्यस टापुको मुख्य मानिसको जमिन थियो। उनले हामीलाई स्वागत गरे, र दयाका साथ हामीलाई तिन दिनसम्म बन्दोबस्त गरिदिए।
- ओनेसिफरसले धेरै पटक पावललाई ताजा पारे२ तिमोथी 1:16
पदहरू
२ तिमोथी 1:16परमप्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नुभएको होस्, किनकि तिनले मलाई उत्साह दिए, मेरा साङ्लाहरूको शर्म मानेनन्।
- गायसले अपरिचित यात्री विश्वासीहरूलाई स्वागत गर्छन्३ यूहन्ना 1:1, ३ यूहन्ना 1:5–8
पदहरू
३ यूहन्ना 1:1प्रिय एल्डर गायसलाई, जसलाई म सत्यतामा प्रेम गर्छु।
३ यूहन्ना 1:5–8प्रिय, भाइहरू र परदेशीहरूको निम्ति काम गर्दा तिमी विश्वासयोग्यताको अभ्यास गर्छौ, जसले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिन्छन्। तिमीहरूले तिनीहरूलाई तिनीहरूका यात्रामा परमेश्वरको योग्य हुने तरिकाले पठाउन असल गर्छौ, किनकि अन्यजातिहरूबाट केही नलिइ नाउँको खातिर तिनीहरू गए। त्यसकारण यस्ताहरूलाई हामीले स्वागत गर्नुपर्छ, ताकि हामी सत्यताको लागि सहकर्मीहरू बन्न सकौँ।
- वचनअनुसार राहाब र उनको परिवार यरीहोमा बचाइन्छन्यहोशू 6:22–25
पदहरू
यहोशू 6:22–25त्यसपछि भूमिको भेद लिने दुई जना मानिसलाई भने, “ती वेश्याको घरभित्र जाओ। ती महिला र तिनीसँग भएका सबैलाई तिमीहरूले शपथ खाएबमोजिम बाहिर ल्याओ।” त्यसैले त्यो भूमिको भेद लिने जवानहरू गए र राहाबलाई बाहिर ल्याए। तिनीहरूले तिनका बुबा, आमा, दाजुभाइहरू र तिनीसँग भएका सबै नातेदारलाई ल्याए। तिनीहरूले उनीहरूलाई इस्राएलको छाउनी भएको ठाउँमा ल्याए। तिनीहरूले सहर र यसमा भएका सबै थोकलाई जलाए। चाँदी, सुन, काँसामा भाँडाहरू र फलामलाई मात्र परमप्रभुको घरमा राखियो। तर यहोशूले राहाब वेश्या, उनको बुबाको घराना र तिनीसँग भएका सबैलाई जीवितै राखे। उनी आजसम्म पनि इस्राएलमा नै बस्छिन्, किनभने उनले यहोशूले यरीहोको जासुस गर्न पठाएका मानिसहरूलाई लुकाइन्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार