Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › बत्तीहरू

दैनिक जीवन

बाइबलमा बत्तीहरू

पवित्र बाइबल (ULB) का 28 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

पवित्र पाल र मन्दिरमा

  • पिटेको सुनको सामदान, बदामको फूलजस्ता कचौरासहित छ हाँगाप्रस्थान 25:31–36
    पदहरू
    प्रस्थान 25:31–36पिटेको निखुर सुनबाट एउटा सामदान बनाउनू। आधार र बिँडसहित यसलाई बनाउनू। यसका कचौराहरू, कोपिला र फुलहरू सबै नै एउटै टुक्राबाट बनाइनुपर्छ। यसको एकापट्टिबाट तिनवटा हाँगा र अर्कोपट्टिबाट तिनवटा हाँगा गरी जम्मा छवटा हाँगा बाहिरतिर निस्केका होऊन्। पहिलो हाँगामा हाडेबदामका फुलजस्ता तिनवटा कचौरासाथै कोपिला र फुल होऊन्। त्यस्तै अर्को हाँगामा पनि हाडेबदामका फुलजस्ता तिनवटा कचौरासाथै कोपिला र फुल होऊन्। सामदानबाट बाहिर निस्कने सबै छवटा हाँगामा उस्तै होऊन्। सामदान र बिचको बिँडमा हाडेबदामका फुलजस्ता चारवटा कचौरा आ-आफ्नै कोपिला र फूलसमेत होऊन्। एउटै टुक्राको रूपमा पहिलो जोडी हाँगामुनि एउटा कोपिला र एउटै टुक्राको रूपमा दोस्रो जोडी हाँगामुनि एउटा कोपिला होस्। त्यसै गरी, एउटै टुक्राको रूपमा तेस्रो जोडी हाँगामुनि एउटा कोपिला होस्। सामदानबाट बाहिर निस्केका सबै छवटै हाँगा उस्तै होस्। तिनीहरूका कोपिला र हाँगाहरू सबै पिटेको निखुर सुनको एउटा टुक्राबाट बनेका होऊन्।
  • सुनका सलेदो-काट्ने र थालसहित सातवटा बत्तीप्रस्थान 25:37–38, प्रस्थान 37:23
    पदहरू
    प्रस्थान 25:37–38तैँले सामदान र यसका सातवटा बत्ती बनाउनू, र यसबाट उज्यालो दिन ती बत्तीहरू बालिराख्‍नू। चिम्टा र तिनीहरूका मोसोदानीहरू निखुर सुनबाट बनाइनुपर्छ।
    प्रस्थान 37:23बजलेलले सामदान, यसका सातवटा दिया, यसको चिम्टा र मोसोदानी निखुर सुनबाट बनाए।
  • एक तोडा शुद्ध सुनबाट बनाइएकोप्रस्थान 25:39, प्रस्थान 37:24
    पदहरू
    प्रस्थान 25:39सामदान र यसका सबै पात्र बनाउन करिब चौँतिस किलोग्राम निखुर सुनको प्रयोग गर्नू।
    प्रस्थान 37:24तिनले सामदान र यसका सबै सामान करिब चौँतिस किलोग्राम सुनबाट बनाए।
  • पेलेको जैतूनको शुद्ध तेलले बत्ती बलिरहन्छन्प्रस्थान 27:20, लेवीहरू 24:2
    पदहरू
    प्रस्थान 27:20तैँले इस्राएलका मानिसहरूलाई दियाको निम्ति पेलिएको भद्राक्षको शुद्ध तेल ल्याउन आज्ञा दे ताकि दियाहरू निरन्तर बलिरहून्।
    लेवीहरू 24:2“इस्राएलका मानिसहरूलाई बत्तीमा प्रयोग गरिनको निम्ति जैतूनलाई पिसेर शुद्ध तेल ल्याउनू भनेर भन्, ताकि बत्ती निरन्तर बलिरहोस्।
  • हारून साँझदेखि बिहानसम्म बत्तीहरूको हेरचाह गर्छन्प्रस्थान 27:21, लेवीहरू 24:3–4
    पदहरू
    प्रस्थान 27:21भेट हुने पालमा गवाहीको सन्दुक राखिने पवित्र वासस्थानको पर्दाको अगाडिपट्टि हारून र तिनका छोराहरूले परमप्रभुको सामु साँझदेखि बिहानसम्म दियाहरू बालिरहून्। इस्राएलका मानिसहरूका पुस्तौँसम्म यो रहिरहिने विधि होस्।
    लेवीहरू 24:3–4भेट हुने पालमा गवाही पर्दादेखि बाहिर परमप्रभुको सामु हारूनले साँझदेखि बिहानसम्म त्यो बत्ती बालिराखोस्। तिमीहरूका मानिसहरूको सारा वंशमा सदाको निम्ति यो एउटा विधि बनोस्। प्रधान पुजारीले शुद्ध सुनको पानसमा भएका बत्तीहरू बालिराखोस्।
  • बिहान र साँझ बत्ती मिलाउँदा धूप बालिन्छप्रस्थान 30:7–8
    पदहरू
    प्रस्थान 30:7–8हारूनले हरेक बिहान सुगन्धित धूप बाल्नू। त्यसले दियाहरूको रेखदेख गर्दा यसलाई बाल्नू, र पुस्ता-पुस्तासम्म परमप्रभुको सामु नियमित रूपमा धूप बलिरहोस् भनेर हारूनले हरेक साँझमा दियाहरू बाल्नू।
  • बत्तीहरू सामदानको अगाडिको भाग उज्यालो पार्ने गरी राखिन्छन्गन्ती 8:2–3
    पदहरू
    गन्ती 8:2–3“हारूनलाई भन्। 'तैँले सातवटा बत्ती बाल्दा तिनीहरूले सामदानको अघिल्तिर प्रकाश दिनुपर्छ।' हारूनले यसै गरे। परमप्रभुले आज्ञा गर्नुभएझैँ हारूनले सामदान अघिल्तिर प्रकाश दिनलाई बत्तीहरू बाले।
  • सामदान टेबलको सामुन्ने, दक्षिणतिर रहन्छप्रस्थान 40:24–25
    पदहरू
    प्रस्थान 40:24–25तिनले भेट हुने पाल अर्थात् पवित्र वासस्थानको दक्षिणपट्टि टेबुलको सामु सामदान राखे। परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले परमप्रभुको सामु दियाहरू बाले।
  • यात्रामा त्यसलाई नीलो कपडाले ढाकिन्छगन्ती 4:9
    पदहरू
    गन्ती 4:9तिनीहरूले सामदानसाथै यसका बत्तीहरू, चिम्टाहरू, मोसोदानीहरू र बत्तीका निम्ति तेलका सबै भाँडालाई निलो कपडाले ढाक्‍नुपर्छ।
  • परमेश्‍वरको बत्ती निभ्नुअघि शमूएल सुत्छन्१ शमूएल 3:3
    पदहरू
    १ शमूएल 3:3परमेश्‍वरको बत्ती अझैसम्‍म निभेको थिएन, र शमूएल परमप्रभुको मन्दिरमा सुत्‍नलाई पल्टिरहेका थिए, जहाँ परमेश्‍वरको सन्दुक थियो।
  • सोलोमन दसवटा सुनका सामदान बनाउँछन्, दुवैतिर पाँच-पाँचवटा१ राजाहरू 7:49, २ इतिहास 4:7
    पदहरू
    १ राजाहरू 7:49निखुर सुनका सामदानहरू जसलाई भित्री कोठाको दाहिनेपट्टि पाँचवटा र देब्रेपट्टि पाँचवटा गरी राखिन्थ्यो; फुलको आकारका सुनका बुट्टाहरू, बत्तीहरू र चिम्टाहरू।
    २ इतिहास 4:7दिइएको ढाँचाबमोजिम तिनले दश वटा सुनका सामदान बनाए। ती तिनले मन्‍दिरमा, पाँच वटा दाहिनेपट्टि र पाँच वटा देब्रेपट्टि राखे।
  • सुनको सामदानका बत्तीहरू हरेक साँझ बालिन्छन्२ इतिहास 13:11
    पदहरू
    २ इतिहास 13:11तिनीहरू हरेक बिहान र बेलुकी परमप्रभुको निम्‍ति होमबलि र सुगन्‍धित धूप चढ़ाउँछन्‌। पवित्र टेबलमा उपस्‍थितिको रोटीलाई मिलाएर राख्‍ने काम पनि तिनीहरू गर्छन्। तिनीहरू बेलुकैपिच्‍छे सुनको सामदानमा भएका बत्तीहरू बाल्‍दछन्‌। हामी परमप्रभु हाम्रा परमेश्‍वरका आज्ञा पालना गर्छौं, तर तिमीहरूले उहाँलाई त्यागेका छौ।
  • हिजकिया: हाम्रा पिता-पुर्खाले मन्दिरको दलान बन्द गरे र बत्ती निभाए२ इतिहास 29:6–7
    पदहरू
    २ इतिहास 29:6–7किनकि हाम्रा पुर्खाहरूले पाप गरे र परमप्रभु हाम्रा परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो सो गरे। तिनीहरूले उहाँलाई त्‍यागे, परमप्रभुको बस्‍नुहुने ठाउँबाट आफ्नो मुहारहरू फर्काए, र त्यसतर्फ आफ्‍ना पीठ फर्काए। तिनीहरूले दलानका ढोकाहरू पनि बन्‍द गरिदिए र बत्तीहरू निभाए। तिनीहरूले इस्राएलका परमेश्‍वरको पवित्रस्‍थानमा धूप बाल्‍न र होमबलि चढाउन छोडिदिए।
  • बेबिलोनीहरूले सामदानहरू लैजान्छन्यर्मिया 52:19
    पदहरू
    यर्मिया 52:19राजाका अङ्गरक्षकका कमान्‍डरले कञ्‍चन सुन वा चाँदीले बनेका स्‍नान-बाटाहरू, धुपौराहरू, छर्कने बाटाहरू, भाँडाहरू, सामदानहरू, अर्घ-बलिमा चढाइने कचौरा र बाटाहरू पनि लगे।

घरमा

  • मानिसहरू बत्ती डालोमुनि वा खाटमुनि होइन, सामदानमा राख्छन्मत्ती 5:15, मर्कूस 4:21, लुका 8:16, लुका 11:33
    पदहरू
    मत्ती 5:15न त मानिसहरूले बत्ती बालेर डालोमुनि राख्दछन्, बरु त्यसलाई सामदानमाथि राख्दछन्, र घरमा भएका प्रत्येकको निम्ति त्यसले उज्यालो दिन्छ।
    मर्कूस 4:21येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले बत्तीलाई पाथीमुनि अथवा खाटमुनि राख्‍न घरभित्र ल्याउँछौ? तिमीहरूले यसलाई ल्याउँछौ र सामदानमाथि राख्छौ।
    लुका 8:16अनि बत्ती बालेर कसैले पनि भाँडाले छोप्दैन अथवा खाटमुनि राख्दैन, बरु यसलाई उसले सामदानमा राख्छ, ताकि भित्र पस्‍ने सबैले उज्यालो देखून्।
    लुका 11:33कसैले बत्ती बालेर टोकरीले छोपेर राख्दैन, तर त्यसलाई सामदानमा राख्दछ, ताकि त्यो भएर जाने हरेकलाई उज्‍जालो होस्।
  • एउटी स्त्री बत्ती बालेर हराएको सिक्काका निम्ति घर बढार्छेलुका 15:8
    पदहरू
    लुका 15:8अथवा कुन स्‍त्री होला जससँग दसवटा चाँदीका सिक्‍काहरूमध्ये एउटा हराएमा, बत्ती बालेर, घर बढारेर र सिक्‍का नभेट्टाइन्जेल दिलोज्यानसाथ खोज्दिनन् र?
  • सक्षम पत्नीको बत्ती रातमा निभ्दैनहितोपदेश 31:18
    पदहरू
    हितोपदेश 31:18उनको लागि केले मुनाफा ल्याउने छ भनी तिनी अनुमान गर्छिन्। रातैभरि उनको बत्ती निभ्दैन।
  • सामदानको नजिक दरबारको भित्तामा लेखाइ देखा पर्छदानिएल 5:5
    पदहरू
    दानिएल 5:5त्यही समय पानसको अगाडि एउटा मानिसको हातका औंलाहरू देखा परे र राजाको दरवारका लिपिएका भित्तामा लेख्‍न थाले। त्यो हातले लेख्दै गर्दा, राजाले त्‍यसको केही भाग देख्‍न सक्थे।
  • त्रोआसको माथिल्लो कोठामा धेरै बत्तीप्रेरित 20:8
    पदहरू
    प्रेरित 20:8हामीहरू भेला भएको माथिल्लो कोठामा धेरै बत्तीहरू थिए।
  • बत्ती लिएका दस कन्या; पाँचले थप तेल ल्याउँदैनन् (दृष्टान्त)मत्ती 25:1–8
    पदहरू
    मत्ती 25:1–8तब स्‍वर्गको राज्‍य ती दस कन्‍याजस्‍तै हुनेछ जसले आ-आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्‌न गए। तिनीहरूमध्ये पाँच जना निर्बुद्धि र पाँच जना बुद्धिमती थिए। किनकि जब ती निर्बुद्धि कन्याहरूले आफ्ना बत्तीहरू लिए, तिनीहरूले आफूसँग कत्ति पनि तेल लगेनन्। तर बुद्धिमती कन्‍याहरू प्रत्‍येकले बत्तीहरूसँगै आ-आफ्ना तेलका भाँडाहरू पनि लगे। दुलहा आउन ढिला भएको हुनाले तिनीहरू सबै निन्‍द्रामा परे र सुते। तर मध्‍यरातमा एउटा आवाज आयो, ‘हेर, दुलहा! बाहिर जाऊ अनि उनलाई भेट।’ त्‍यसपछि ती सबै कन्‍या उठे र आ-आफ्ना बत्तीहरूलाई ठिक्‍क पारे। निर्बुद्धि कन्‍याहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका केही तेल देऊ किनभने हाम्रा बत्तीहरू निभ्‍न लागेका छन्।’

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार