Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › बालबालिका

दैनिक जीवन

बाइबलमा बालबालिका

पवित्र बाइबल (ULB) का 57 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

जन्मँदा

  • नवजातलाई नुहाइन्थ्यो, नुन दलिन्थ्यो र कपडामा बेरिन्थ्योइजकिएल 16:4
    पदहरू
    इजकिएल 16:4जन्‍मँदा तेरी आमाले तेरो नाभि काटिन, न त त्यसले तँलाई सफा गर्नलाई पानीले नुहाइदिई वा तेरो शरीर नुनले दली, वा तँलाई लुगाले बेह्री।
  • येशूलाई कपडामा बेरेर डुँडमा सुताइन्छलुका 2:7, लुका 2:12
    पदहरू
    लुका 2:7उनले आफ्नो पहिलो छोरा जन्माइन्, र कपडाले बेह्रिन् अनि जनावरहरूले खाने ठाउँमा राखिन्। किनभने तिनीहरूका निम्ति धर्मशालामा कुनै ठाउँ थिएन।
    लुका 2:12तिमीहरूलाई चिह्नचाहिँ यो दिइएको छ, कि तिमीहरूले बालकलाई कपडाले बेह्रेरेर जनावरहरूलाई खुवाउने डुँडमा सुताइरहेको भेट्टाउनेछौ।”
  • सुँडेनीले जुम्ल्याहामध्ये एकको नाडीमा रातो धागो बाँध्छेउत्पत्ति 38:27–30
    पदहरू
    उत्पत्ति 38:27–30तिनको बच्‍चा जन्माउने समय भयो। तिनको गर्भमा जुम्ल्याहा थियो। तिनले बच्‍चा जन्माइरहँदा एउटाले आफ्नो हात बाहिर निकाल्यो, र सुँडेनीले एउटा गाढा रातो धागो लिएर त्यसको हातमा बाँधिदिएर भनी, “योचाहिँ पहिले बाहिर आयो।” तर त्यसपछि त्यसले आफ्नो हात भित्र लग्यो, र त्यसको भाइ पहिला बाहिर निस्कियो। सुँडेनीले अचम्म मानेर भनी, “यो कसरी पहिला बाहिर आयो!” यसैकारण त्यसको नाउँ फारेस राखियो। त्यसपछि हातमा गाढा रातो धागो भएको त्यसको दाजु बाहिर आयो, र त्यसको नाउँ जेरह राखियो।
  • एसाव रातो र रौँदार जन्मन्छन्, याकूब उनको कुर्कुच्चो समातेरउत्पत्ति 25:24–26
    पदहरू
    उत्पत्ति 25:24–26तिनको सुत्‍केरी हुने बेला आउँदा तिनको कोखमा जुम्‍ल्‍याहा थिए। जेठोचाहिँ शरीरभरि रौँको लुगा लगाएजस्‍तै रातो वर्णको जन्‍म्‍यो। तिनीहरूले त्‍यसको नाउँ एसाव राखे। त्‍यसपछि त्‍यसको भाइ बाहिर निस्क्यो। त्यसको हातले एसावको कुर्कुच्‍चा समातिरहेको थियो। त्‍यसको नाउँ याकूब राखियो। इसाहककी पत्‍नीले तिनीहरूलाई जन्‍माउँदा तिनी साठी वर्ष पुगेका थिए।
  • केटाहरूको आठौँ दिनमा खतना गरिन्थ्योउत्पत्ति 17:12, लेवीहरू 12:3, लुका 2:21
    पदहरू
    उत्पत्ति 17:12तिमीहरूका पुस्तौँसम्म तिमीहरूमा आठ दिन पुगेका हरेक पुरुषको खतना गरिनुपर्छ। यसमा तेरो घरमा जन्मेका र तेरो सन्‍तान नभए पनि विदेशीबाट दाम हालेर किनेका व्यक्‍ति पनि पर्दछन्।
    लेवीहरू 12:3आठौँ दिनमा चाहिँ त्यस बालकको खलडीको खतना गरिनुपर्छ।
    लुका 2:21जब आठौँ दिन भयो, तब बालकको खतना गर्ने समय भयो। तिनीहरूले उहाँको नाउँ येशू राखे, जुन नाउँ स्वर्गदूतद्वारा उहाँ गर्भधारण हुनुभन्दा अगि दिइएको थियो।
  • सन्तानका निम्ति प्रार्थना गर्ने आमाबुबा: इसहाक, हन्ना, जकरियाउत्पत्ति 25:21, १ शमूएल 1:11, १ शमूएल 1:20, लुका 1:13
    पदहरू
    उत्पत्ति 25:21तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्‍नी पत्‍नीको निम्‍ति परमप्रभुसँग प्रार्थना गरे। परमप्रभुले तिनको प्रार्थना सुन्‍नुभयो, र तिनकी पत्‍नी रिबेका गर्भवती भइन्‌।
    १ शमूएल 1:11उनले भाकल गरिन् र भनिन्, “हे सर्वशक्तिमान् परमप्रभु, तपाईंले आफ्नी दासीको वेदनालाई हेर्नुहुन्‍छ, मलाई याद गर्नुहुन्‍छ र आफ्‍नो दासीलाई बिर्सनुहुन्‍न, तर तपाईंको दासीलाई एउटा छोरा दिनुहुन्छ भने, उसको सम्पूर्ण जीवनभरि म उसलाई परमप्रभुको निम्ति दिनेछु र उसको शिरमा कुनै छुराले कदापि छुनेछैन।”
    १ शमूएल 1:20जब समय आयो, तब हन्‍नाहले गर्भ धारण गरिन् र एउटा छोरा जन्माइन्। उनले उसको नाउँ शमूएल राखिन्, किनकि उनले भनिन्, “किनभने मैले यसलाई परमप्रभुसँग मागेकी हुँ।”
    लुका 1:13तर स्वर्गदूतले उनलाई भने, “जकरिया नडराऊ, किनकि तिम्रो प्रार्थनाको सुनाइ भएको छ। तिम्री पत्‍नी एलीशिबाले तिम्रो लागि एउटा छोरा जन्माउनेछिन् र तिमीले उनको नाउँ यूहन्‍ना राख्‍नेछौ।

नाम राख्दा

  • लेआ र राहेल हरेक छोराको नाम कारणसहित राख्छन्उत्पत्ति 29:32–35, उत्पत्ति 30:6–13, उत्पत्ति 30:22–24
    पदहरू
    उत्पत्ति 29:32–35लेआले गर्भवती भएर एक छोरो जन्माइन्, र तिनले यसो भनेर त्‍यसको नाम रूबेन राखिन्। “साँच्‍ची नै परमप्रभुले मेरो दु:ख देख्‍नुभएको छ, अब त मेरा पतिले निश्‍चय नै मलाई प्रेम गर्नुहुनेछ।” तिनी फेरि गर्भवती भइन् र अर्को छोरा जन्‍माइन्‌। तिनले भनिन्, “म प्रेमविहीन छु भनी परमेश्‍वरले सुन्‍नुभएको हुनाले उहाँले मलाई यो छोरा पनि दिनुभयो,” र तिनले त्‍यसको नाउँ शिमियोन राखिन्‌। तिनी फेरि गर्भवती भइन्‌ र एक जना छोरो जन्‍माइन्। तिनले भनिन्, “अब त मेरा पति मप्रति आकर्षित हुनुहुनेछ, किनभने मैले उहाँको निम्‍ति तिन जना छोरा पाइसकेँ।” यसकारण त्‍यसको नाउँ लेवी राखियो। तिनी फेरि गर्भवती भएर छोरो पाइन्‌ र भनिन्, “यस पाली त म परमप्रभुको प्रशंसा गर्नेछु।” यसैले त्‍यसको नाउँ यहूदा राखियो। त्‍यसपछि तिनले जन्‍माउन छोडिन्‌।
    उत्पत्ति 30:6–13त्यसपछि राहेलले भनिन्, “परमेश्‍वरले मेरो पक्षमा न्याय गर्नुभएको छ। उहाँले मेरो प्रार्थना सुन्‍नुभई मलाई एउटा छोरो दिनुभएको छ।” त्यसैले उनले त्यसको नाउँ दान राखिन्। राहेलकी कमारी बिल्हा फेरि गर्भवती भई र त्यसले याकूबको निम्ति दोस्रो छोरो जन्माई। राहेलले भनिन्, “निकै सङ्घर्ष गरेर मैले मेरी दिदीमाथि जित हासिल गरेको छु।” उनले त्यसको नाउँ नप्‍ताली राखिन्। आफूले बच्‍ची जन्माउन छोडेकी देखेर उनले आफ्नी कमारी जिल्पा याकूबकी पत्‍नी हुनलाई दिइन्। लेआकी कमारी जिल्पाले याकूबको निम्ति एउटा छोरो जन्माई। लेआले भनिन्, “भाग्यमानी!” त्यसैले उनले त्यसको नाउँ गाद राखिन्। त्यसपछि लेआकी कमारी जिल्पाले दोस्रो छोरो जन्माई। लेआले भनिन्, “म सुखी छु। किनकि स्‍त्रीहरूले मलाई सुखी भन्‍ने छन्।” त्यसैले उनले त्यसको नाउँ आशेर राखिन्।
    उत्पत्ति 30:22–24परमेश्‍वरले राहेललाई याद गर्नुभयो र उनको पुकारा सुन्‍नुभयो। उहाँले उनको गर्भ खोलिदिनुभयो। उनी गर्भवती भइन् र एउटा छोरो जन्माइन्। उनले भनिन्, “परमेश्‍वरले मेरो लाज हटाइदिनुभएको छ।” उनले यसो भन्दै त्यसको नाउँ योसेफ राखिन्, “परमप्रभुले मलाई अर्को छोरो दिनुभएको छ।”
  • मर्न लागेकी राहेलले छोराको नाम बेन-ओनी राख्छिन्; याकूब उनलाई बेन्यामीन भन्छन्उत्पत्ति 35:18
    पदहरू
    उत्पत्ति 35:18उनको प्राण जाने बेलामा उनी चिच्‍च्याउँदै गर्दा उनले त्यसको नाउँ बेन-ओनी राखिन्, तर त्यसका पिताले त्यसलाई बेन्यामीन नाउँ दिए।
  • हन्नाले शमूएलको नाम राख्छिन्: मैले उसलाई परमप्रभुसँग मागेँ१ शमूएल 1:20
    पदहरू
    १ शमूएल 1:20जब समय आयो, तब हन्‍नाहले गर्भ धारण गरिन् र एउटा छोरा जन्माइन्। उनले उसको नाउँ शमूएल राखिन्, किनकि उनले भनिन्, “किनभने मैले यसलाई परमप्रभुसँग मागेकी हुँ।”
  • ईकाबोद: इस्राएलबाट महिमा गयो१ शमूएल 4:21
    पदहरू
    १ शमूएल 4:21“इस्राएलबाट महिमा गएको छ” भन्दै त्यो बालकको नाउँ तिनले ईकाबोद राखिन्, किनकि परमेश्‍वरको सन्दुक कब्जा गरिएको, अनि तिनका पति र ससुराको मृत्यु भएको थियो।
  • फारोकी छोरीले मोशाको नाम राख्छिन्: मैले उसलाई पानीबाट निकालेँप्रस्थान 2:10
    पदहरू
    प्रस्थान 2:10बालक हुर्कंदै गएपछि उनले तिनलाई फारोकी छोरीकहाँ ल्याइन् र तिनी उनको छोरा भए। उनले तिनलाई मोशा नाउँ राखे र भने, “किनकि मैले यिनलाई पानीबाट निकालेँ।”
  • आफन्तहरू बच्चाको नाम बुबाकै राख्न चाहन्छन्; एलीशिबा यूहन्ना भन्छिन्लुका 1:59–63
    पदहरू
    लुका 1:59–63अब बालक जन्मेको आठौँ दिनमा तिनीहरू बालकको खतना गर्न गए र तिनीहरूले उनलाई आफ्ना पिताको नाउँबाट नै जकरिया भनेर बोलाउन सक्थे। तर उनकी आमाले जवाफ दिएर भनिन्, “होइन, उनलाई यूहन्‍ना भनेर बोलाइनेछ।” तिनीहरूले तिनलाई भने, “तिम्रा नातेदारहरूका बिचमा यो नाउँ भएको त्यहाँ कोही पनि छैन।” तिनीहरूले उनको बुबासँग इसारा गरेर बालकको नाउँ के राख्‍न चाहेका छन् भनेर तिनलाई सोधे। उनले लेख्‍नका लागि पाटी मागे, र त्यसमा “तिनको नाउँ यूहन्‍ना हो” भनेर लेखे। त्यो देखेर तिनीहरू सबै अचम्मित भए।
  • छिमेकी स्त्रीहरूले नाओमीको नातिको नाम ओबेद राख्छन्रूथ 4:17
    पदहरू
    रूथ 4:17छिमेकका महिलाहरूले तिनलाई यसो भने, “नाओमीको एउटा छोरा भयो। तिनहरूले त्यसको नाउँ ओबेद राखे। तिनी यिशैको बुबा भए, जो दाऊदको बुबा भए।

दूध खुवाउँदा र दूध छुटाउँदा

  • इसहाकको दूध छुटाएको दिन अब्राहाम ठूलो भोज दिन्छन्उत्पत्ति 21:8
    पदहरू
    उत्पत्ति 21:8त्यो बालक बढ्दै गयो र त्यसले दूध खान छोड्यो, र इसहाकले दूध खान छोडेको दिन अब्राहामले एउटा ठुलो भोजको आयोजना गरे।
  • हन्नाले शमूएललाई दूध नछुटाउन्जेल राख्छिन्, त्यसपछि शीलोमा ल्याउँछिन्१ शमूएल 1:22–28
    पदहरू
    १ शमूएल 1:22–28तर हन्‍नाह गइनन्। उनले आफ्‍नो पतिलाई यसो भनेकी थिइन्, “बालकले दूध नछोडेसम्म म जानेछैनँ। त्यसपछि म उसलाई लानेछु, ताकि ऊ परमप्रभुको सामु देखा परोस् र सदासर्वदा त्यहीं बसोस्।” उनका पति एल्कानाले उनलाई भने, “तिमीलाई जे असल लाग्छ सो गर। उसले दूध नछोडेसम्म पर्ख। परमप्रभुले आफ्‍नो वचन मात्र पुरा गर्नुभएको होस्।” यसैले ती स्‍त्री बसिन् र उनको छोराले दूध नछोडेसम्म उसलाई दूध खुवाइन्। जब उनले उसलाई दूध छोडाइन्, तब उनले तिन वर्षे साँढे, पाँच पाथी पिठो, एक मशक दाखमद्यको साथमा उसलाई आफूसँगै लिएर गइन्, अनि उसलाई शीलो भएकोमा परमप्रभुको भवनमा ल्याइन्। यति बेला त्‍यो बालक सानै थियो। तिनीहरूले साँढेलाई मारे र बलकलाई एलीकहाँ ल्याए। उनले भनिन्, “हे मेरो मालिक, मेरो मालिक जीवित हुनुभएझैं, यहाँ तपाईंको छेउमा खडा भएर प्रार्थना गर्ने स्‍त्री म नै हुँ। यही बलकको निम्ति मैले प्रार्थना गरें र मैले परमप्रभुमा गरेको बन्ती सुनेर उहाँले मलाई जवाफ दिनुभयो। मैले उसलाई परमप्रभुमा अर्पण गरेको छु, ऊ जीवित रहेसम्‍म उसलाई परमप्रभुमा दिइएको छ।” तब तिनीहरूले त्‍यहाँ परमप्रभुको आराधना गरे।
  • मोशाकी आफ्नै आमालाई उनलाई दूध खुवाउन ज्याला दिइन्छप्रस्थान 2:7–9
    पदहरू
    प्रस्थान 2:7–9तब बालककी दिदीले फारोकी छोरीलाई भनिन्, “बच्‍चालाई दूध खुवाउन तपाईंको लागि म गएर एक हिब्रू स्‍त्रीलाई फेला पारेर ल्याऊँ?” फारोकी छोरीले उनलाई भनिन्, “जाऊ।” त्यसैले ती युवती गएर आमालाई बोलाएर ल्याइन्। फारोकी छोरीले बच्‍चाकी आमालाई भनिन्, “यो बच्‍चालाई लिएर जाऊ र मेरो खातिर दूध खुवाऊ र म तिम्रो ज्याला दिनेछु।” त्यसैले आमाले बच्‍चालाई लिएर दूध खुवाउने गरिन्।
  • नाओमीले बच्चा ओबेदलाई काखमा राख्छिन्रूथ 4:16
    पदहरू
    रूथ 4:16नाओमीले बालकलाई लिइन्, आफ्‍नो काखमा राखिन् र तिनको हेरचाह गरिन्।
  • धाई पाँच वर्षका मपीबोशेतलाई लिएर भाग्छे; उनी लडेर लङ्गडा हुन्छन्२ शमूएल 4:4
    पदहरू
    २ शमूएल 4:4शाऊलका छोरा जोनातनका एक जना छोरा थिए जसको खुट्टो लङ्गडो थियो। यिजरेलबाट शाऊल र जोनाथनको खबर आउँदा तिनी पाँच वर्षका थिए। भाग्‍नलाई तिनको धाईले तिनलाई बोकिन्। तर तिनी दौडँदै गर्दा, जोनाथनका छोरा खसे र लङ्गडो भए। तिनको नाउँ मेपीबोशेत थियो।
  • बालक योआशलाई धाईसँगै अतल्याहबाट लुकाइन्छ२ राजाहरू 11:2
    पदहरू
    २ राजाहरू 11:2तर राजा यहोरामकी छोरी, अहज्याहकी बहिनी यहोशेबाले मारिन लागेका राजाका छोराहरूका माझबाट अहज्याहका छोरो योआशलाई तिनको धाईसँगै सुटुक्‍क लगेर लुकाइन्। तिनले तिनीहरूलाई सुत्‍ने कोठामा राखिन्। योआश नमारिऊन् भनेर तिनीहरूले अतल्याहबाट उसलाई लुकाए।

हुर्कंदा

  • हन्ना हरेक वर्ष बालक शमूएलका निम्ति सानो लबेदा बनाउँथिन्१ शमूएल 2:18–19
    पदहरू
    १ शमूएल 2:18–19तर शामूएलले बालकको रूपमा मलमलको एपोद लगाएर परमप्रभुको सेवा गरे। तिनको आमाले आफ्नो पतिको साथमा वार्षिक बलिदान चढाउन आउँदा वर्षैपिच्छे तिनको निम्‍ति एउटा सानो लुगा बनाउँथिन् र तिनलाई ल्याइदिन्थिन्।
  • आमाबुबाले छोराछोरीलाई घरमा र बाटोमा सिकाउँथेव्यवस्था 6:7, व्यवस्था 11:19
    पदहरू
    व्यवस्था 6:7अनि तिमीहरूले आफ्ना छोराछोरीहरूलाई ती मेहनतसाथ सिकाउनू। तिमीहरू आफ्ना घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिमीहरूले तिनकै चर्चा गर्नू।
    व्यवस्था 11:19ती आफ्ना छोराछोरीहरूलाई सिकाओ र तिमीहरू घरमा बस्दा, बाटोमा हिँड्दा र सुत्दा अनि उठ्दा तिनको चर्चा गर।
  • छोराले यसको अर्थ के हो भनेर सोध्दा उसलाई त्यो कथा सुनाऊप्रस्थान 13:14
    पदहरू
    प्रस्थान 13:14'यसको मतलब के हो?' भनी पछि तिमीहरूको छोरोले सोध्दा तिमीहरूले यसो भन्‍नू, 'परमप्रभुले शक्तिशाली हातद्वारा हामीलाई मिश्रको दासत्वबाट निकालेर ल्याउनुभयो।
  • बालकलाई उसले हिँड्नुपर्ने बाटोमा तालिम देऊहितोपदेश 22:6
    पदहरू
    हितोपदेश 22:6बच्‍चालाई त्यो हिँड्नुपर्ने बाटोमा लाग्‍न सिका, र बुढेस्कालसम्म पनि त्यो त्यस अर्तीबाट तर्कने छैन।
  • अनुशासनको लट्ठीबारे हितोपदेशका भनाइहरूहितोपदेश 13:24, हितोपदेश 29:15
    पदहरू
    हितोपदेश 13:24आफ्नो छोरोलाई अनुशासनमा नराख्‍नेले उसलाई घृणा गर्छ, तर आफ्नो छोरोलाई प्रेम गर्नेले उसलाई होसियारीसाथ अर्ती दिन्छ।
    हितोपदेश 29:15लट्ठी र सुधारले बुद्धि दिन्छन्, तर अनुशासनविनाको बालकले आफ्नी आमालाई लाजमा पार्छ।
  • व्यवस्था ठूलो स्वरले पढिँदा बालबालिकाले पनि सुन्थेयहोशू 8:35, नहेम्याह 8:2–3
    पदहरू
    यहोशू 8:35इस्राएलको भेला अर्थात् महिला, स-साना छोराछोरीहरू र तिनीहरूमाझ बसोबास गरेका परदेशीहरूको सामु मोशाले यहोशूलाई आज्ञा गरेका वचन तिनले नपढेका कुनै पनि थिएनन्।
    नहेम्याह 8:2–3सातौँ महिनाको पहिलो दिनमा पुजारी एज्राले सुनेर बुझ्न सक्‍ने पुरुष र स्‍त्रीहरू दुवैको समुदायको सामु पुस्तक ल्याए। तिनी पानी ढोकाको सामुन्‍नेको खुला क्षेत्रमा फर्के, र तिनले पुरुष र स्‍त्रीहरूको सामु बिहान सबेरैदेखि मध्यदिनसम्म यसबाट पढे, अनि सारा मानिसले व्यवस्थाको पुस्तकलाई ध्यान दिएर सुने।
  • बालबालिका गल्लीहरूमा उफ्रन्छन् र खेल्छन्अय्यूब 21:11, जकरिया 8:5
    पदहरू
    अय्यूब 21:11तिनीहरूले आफ्ना केटाकेटीलाई बगालझैं बाहिर पठाउँछन्, र तिनीहरूका छोराछोरी नाच्छन्।
    जकरिया 8:5त्यस सहरका सडकहरू खेल्ने केटा-केटीहरूले भरिनेछन्।
  • बाह्र वर्षका येशू मन्दिरमा गुरुहरूलाई प्रश्न सोध्दैलुका 2:41–47
    पदहरू
    लुका 2:41–47उहाँका आमाबुबा निस्तार-चाड मनाउनका निम्ति हरेक वर्ष यरूशलेममा जान्थे। जब उहाँ बाह्र वर्षको हुनुहुन्‍थ्‍यो, तिनीहरू सधैँझैँ चाड मनाउनका निम्ति फेरि गए। चाडका पुरा दिनहरू त्यहाँ बिताएपछि तिनीहरू आफ्ना घर फर्किन थाले, तर बालक येशू यरूशलेममा नै रहनुभयो जुन कुरा उहाँका बुबाआमालाई थाहा थिएन। तर तिनीहरूले बालक येशू यात्रीहरूकै दलमा हुनुहुन्छ भनी विचार गरे र एक दिनको यात्रा गरी सिद्धायाए। त्यसपछि उनीहरूले उहाँलाई नातेदार र साथीहरूको बिचमा खोज्‍न थाले। जब उनीहरूले उहाँलाई भेट्टाएनन्, यरूशलेममा फर्केर उहाँलाई खोज्‍न थाले। तिन दिनपछि, उनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बिचमा सुन्दै र तिनीहरूलाई प्रश्‍न गर्दै गरेको भेट्टाए। जतिले उहाँका कुरा सुन्थे, उहाँको समझशक्‍ति र जवाफमा आश्‍चर्य चकित हुन्थे।
  • येशू बुद्धि र कदमा बढ्दै जानुभयोलुका 2:40, लुका 2:52
    पदहरू
    लुका 2:40बालक बुद्धिमा र कदमा बढ्दै जानुभयो, र परमप्रभुको अनुग्रह उहाँमाथि थियो।
    लुका 2:52तर येशू बुद्धिमा, कदमा र परमेश्‍वर अनि मानिसको निगाहमा निरन्तर बढ्दै जानुभयो।
  • पावलले गमलिएलको चरणमा शिक्षा पाएप्रेरित 22:3
    पदहरू
    प्रेरित 22:3“म किलिकियाको टार्ससमा जन्मेको एक यहूदी हुँ, तर यही सहरमा गमलिएलको चरणमा शिक्षा पाएको व्यक्ति हुँ। मलाई हाम्रा पुर्खाहरूको व्यवस्थाको कडा नियमहरूअनुसार शिक्षा दिइएको थियो। आज यहाँहरूजस्तै म पनि परमेश्‍वरको निम्ति जोसिलो भएको छु।
  • तिमोथीले आफ्नी हजुरआमा लोइस र आमा युनिसबाट सिके२ तिमोथी 1:5, २ तिमोथी 3:15
    पदहरू
    २ तिमोथी 1:5सुरुमा तिम्रा हजुरआमा लोइस र आमा युनिसमा भएको तिम्रो असल विश्‍वासको सम्झना गर्दै, त्यो विश्‍वास तिमीमा पनि छ भन्‍ने कुरामा म विश्‍वस्त छु।
    २ तिमोथी 3:15तिमीलाई थाहा छ, कि तिमीले सानैदेखि पवित्रशास्‍त्र जानेका छौ, जसले तिमीलाई ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्‍तिमा तिमीलाई बुद्धिमान् तुल्याउन सक्छ।
  • बालबालिका मन्दिरका चोकहरूमा होसन्ना भनेर कराउँछन्मत्ती 21:15
    पदहरू
    मत्ती 21:15तर जब मुख्य पुजारीहरू र शास्‍त्रीहरूले उहाँले गर्नुभएका अचम्मका कुराहरू देखे, र जब तिनीहरूले मन्दिरमा केटाकेटीहरूले “दाऊदका पुत्रलाई होसन्‍ना” भनेर चिच्‍च्‍याइरकेका सुने, तिनीहरू रिसले चुर भए।
  • येशूले साना बालबालिकालाई आशिष् दिनुहुन्छमत्ती 19:13–15, मर्कूस 10:13–16
    पदहरू
    मत्ती 19:13–15त्यसपछि येशूले आफ्ना हात राखेर प्रार्थना गरिदिऊन् भनी उहाँकहाँ केही स-साना बालकहरूलाई ल्याइयो, तर चेलाहरूले तिनीहरूलाई हप्काए। तथापि येशूले भन्‍नुभयो, “साना बालकहरूलाई अनुमति देओ र तिनीहरूलाई मकहाँ आउन नरोक किनभने स्वर्गको राज्य यिनीहरूकै हो।” अनि उहाँले तिनीहरूमाथि आफ्ना हात राख्‍नुभयो, र त्यसपछि त्यहाँबाट निस्कनुभयो।
    मर्कूस 10:13–16अनि उहाँले छोइदिनुभएको होस् भनी मानिसहरूले आफ्ना स-साना बालबालिकाहरूलाई उहाँकहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हप्काए। तर जब येशूले यो देख्‍नुभयो, उहाँ तिनीहरूसँग रिसाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “स-साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई मनाही नगर, किनभने परमेश्‍वरको राज्य यस्तैहरूको हो।” साँचो साँचो, म तिमीहरूलाई भन्दछु, जसले परमेश्‍वरको राज्यलाई यो सानो बालकको रूपमा ग्रहण गर्दैन, त्यो निश्‍चय नै यसभित्र प्रवेश गर्नेछैन।” त्यसपछि उहाँले बालबालिकाहरूलाई आफ्नो अङ्गालोमा लिनुभयो र तिनीहरूमाथि आफ्नो हातमा लिएर आशिष्‌ दिनुभयो।

उदाहरणहरू

  • याकूबले योसेफलाई सबैभन्दा बढी प्रेम गर्छन् र रङ्गीचङ्गी लबेदा दिन्छन्उत्पत्ति 37:3–4
    पदहरू
    उत्पत्ति 37:3–4इस्राएलले आफ्ना सबै छोराहरूमध्ये योसेफलाई धेरै माया गर्दथे किनभने उनी तिनका बुढेसकालका छोरा थिए। तिनले उनको निम्ति एउटा सुन्दर वस्‍त्र बनाइदिए। उनका दाजुहरूले तिनीहरूका बुबाले उनलाई सबै दाजुभाइहरूभन्दा धेरै माया गरेका देखे। तिनीहरूले योसेफलाई घृणा गर्थे र उनीसँग राम्ररी बोल्दैनथे।
  • व्यवस्थाले मन नपराइएकी पत्नीको जेठो छोराको दोब्बर भाग जोगाउँछव्यवस्था 21:15–17
    पदहरू
    व्यवस्था 21:15–17कुनै मानिसका दुई पत्‍नी छन् र त्यसले एउटालाई माया गर्छ र अर्कीलाई घृणा गर्छ अनि दुवै जनाले सन्तान जन्माएका छन् भने अनि घृणा गरिनेले चाहिँ जेठो छोरो जन्माएको छ भने अंशबन्डा गर्दा माया गर्नेको छोरा भनेर माया नगर्नेको खास जेठो छोरोलाई उछिनेर पिताले कान्छोलाई अधिकार दिन मिल्दैन। बरु, त्यसले घृणा गरिएकी पत्‍नीको छोरोलाई नै आफ्ना सबै सम्पत्तिको दोब्बर भाग दिएर जेठो हो भनी मान्यता देओस्। किनकि त्यो छोरो नै त्यसको शक्तिको सुरु हो। जेठोको हक त्यसको नै हो।
  • सानी इस्राएली केटीले नामानकी पत्नीलाई अगमवक्ताबारे बताउँछे२ राजाहरू 5:2–3
    पदहरू
    २ राजाहरू 5:2–3अरामीहरू दलहरूमा मिलेर हमला गर्न गएका थिए, र तिनीहरूले इस्राएल देशबाट एउटी सानी केटीलाई ल्याएका थिए। त्यसले नामानकी पत्‍नीको सेवा गर्थी। केटीले आफ्नी मालिक्‍नीलाई भनी, “मेरा मालिक सामरियामा भएका अगमवक्ताको साथमा भएको भए हुन्थ्यो! तब उहाँले मेरा मालिकलाई कुष्ठरोगबाट निको पार्नुहुन्थ्यो।”
  • योआश सात वर्षमा र योशियाह आठ वर्षमा राजा हुन्छन्२ राजाहरू 11:21, २ राजाहरू 22:1
    पदहरू
    २ राजाहरू 11:21योआशले राज्‍य गर्न सुरु गर्दा तिनी सात वर्षका थिए।
    २ राजाहरू 22:1योशियाहले राज्‍य गर्न सुरु गर्दा तिनी आठ वर्षका थिए। तिनले यरूशलेममा एकतिस वर्ष राज्य गरे। तिनकी आमाको नाउँ यदीता थियो (उनी बोस्कतकी अदायाहकी छोरी थिइन्)।
  • आमाबुबाको ऋणका निम्ति बालबालिकालाई दास बनाइन्छ२ राजाहरू 4:1, नहेम्याह 5:5
    पदहरू
    २ राजाहरू 4:1अगमवक्ताका छोराहरूमध्ये एउटाकी पत्‍नी एलीशाकहाँ रुँदै आएर यसो भनिन्, “मेरा पति तपाईंका दास मर्नुभयो, र तपाईंका दास परमप्रभुदेखि डराउनुहुन्थ्यो भनी तपाईंलाई थाहा छ। अब मेरा दुई छोरालाई कमारा बनाउन लैजानलाई ऋणदाता आएका छन्।”
    नहेम्याह 5:5तरै पनि हाम्रा शरीर हाम्रा दाजुभाइहरूका शरीर जस्तै हुन्, र हाम्रा छोराछोरीहरू तिनीहरूका छोराछोरीहरूजस्तै हुन्। हाम्रा छोराछोरीहरूलाई कमारा-कमारी बन्‍नको लागि बेच्न हामी बाध्य छौँ। हाम्रा केही छोरीहरू पहिले नै कमारी भइसकेका छन्। अरू मानिसहरूले हाम्रा खेतहरू र हाम्रा दाखबारीहरू अधिकार गरेकाले हामीसित मदत गर्ने खुबी छैन।”
  • फारो हिब्रू नवजात केटाहरूलाई नील नदीमा फाल्ने आज्ञा दिन्छन्प्रस्थान 1:22
    पदहरू
    प्रस्थान 1:22फारोले आफ्ना सबै मानिसलाई आज्ञा दिए, “जन्मेको हरेक छोरोलाई तिमीहरूले नदीमा फ्याँक्‍नू, तर छोरीलाई भने जीवितै राख्‍नू।”
  • हेरोदले बेथलेहेमका दुई वर्ष र सोभन्दा कम उमेरका केटाहरूलाई मार्छन्मत्ती 2:16
    पदहरू
    मत्ती 2:16त्यसपछि जब हेरोदले आफू ती ज्ञानी मानिसहरूबाट छलिएको कुरा थाहा पाए, उनी औधी रिसाए। ती ज्ञानी मानिसहरूबाट उनले निर्धारण गरेका समयअनुसार त्यस क्षेत्रका दुई वर्ष पुगेका र त्योभन्दा मुनिका बालकहरूलाई र बेथलेहेमका सबै पुरुष बालकलाई मानिसहरू पठाएर मार्न लगाए।
  • नातिनातिना वृद्धहरूका मुकुट हुन्हितोपदेश 17:6
    पदहरू
    हितोपदेश 17:6नाति-नातिनाहरू पाकाहरूका मुकुट हुन्, र बुबाआमाले तिनीहरूमा आदर ल्याउँछन्।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार