खोजी गर्नुहोस् › विषयहरू › निद्रा
दैनिक जीवन
बाइबलमा निद्रा
पवित्र बाइबल (ULB) का 34 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
भनाइहरू
- उहाँले आफ्ना प्रियलाई निद्रा दिनुहुन्छभजनसंग्रह 127:2
पदहरू
भजनसंग्रह 127:2बिहान सबेरै उठ्नु, घर ढिला आउनु वा कडा परिश्रमको रोटी खानु तिम्रो निम्ति व्यार्थ हुन्छ, किनकि परमप्रभुका प्रियजन सुत्दा, उहाँले तिनीहरूला जुटाउनुहुन्छ।
- म शान्तिसँग पल्टिनेछु र सुत्नेछुभजनसंग्रह 4:8, भजनसंग्रह 3:5
पदहरू
भजनसंग्रह 4:8शान्तिमा ढल्किनेछु र निदाउनेछु, किनकि, हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित बनाउनुहुन्छ।
भजनसंग्रह 3:5म ढल्किन्छु र सुत्छु। म ब्युँझिन्छु, किनकि परमप्रभुले मलाई सुरक्षा दिनुभयो।
- तिमी आराम गर्दा तिम्रो निद्रा मीठो हुनेछहितोपदेश 3:24
पदहरू
हितोपदेश 3:24तँ पल्टँदा डराउने छैनस्। तँ पल्टँदा तँलाई मिठो निद्रा लाग्ने छ।
- कामदारको निद्रा मीठो हुन्छ; धनीको प्रशस्तताले उसलाई सुत्न दिँदैनउपदेशक 5:12
पदहरू
उपदेशक 5:12धेरै खाए पनि थोरै खाए पनि काम गर्ने मानिसको निद्रा मिठो हुन्छ, तर धनी मानिसको धन-सम्पत्तिले त्यसलाई राम्ररी सुत्न दिँदैन।
- निद्रालाई प्रेम नगर, नत्र तिमी गरिब हुनेछौहितोपदेश 20:13
पदहरू
हितोपदेश 20:13निद्रालाई प्रेम नगर्, नत्रता तँ दरिद्र हुने छस्। तेरा आँखा खोल्, र तँसित खानलाई प्रशस्त हुने छ।
- अलिकति निद्रा, अलिकति झकाइ, अलिकति हात बाँधेर आरामहितोपदेश 6:9–10, हितोपदेश 24:33
पदहरू
हितोपदेश 6:9–10ए अल्छे मानिस, तँ कहिलेसम्म सुत्ने छस्? तेरो निद्राबाट तँ कहिले ब्युँझने छस्? क्षणिक सुताइ, क्षणिक उँघाइ र आरामको लागि क्षणिक हात बाँध्ने कामले
हितोपदेश 24:33क्षणिक सुताइ, क्षणिक उँघाइ र आरामको लागि क्षणिक हात बाँध्ने कामले
- अल्छीपनले गहिरो निद्रा ल्याउँछहितोपदेश 19:15
पदहरू
हितोपदेश 19:15अल्छीपनले मानिसलाई घोर निद्रामा पुर्याउँछ, र काम गर्न अनिच्छुकचाहिँ भोकभोकै हुने छ।
- इस्राएलका रक्षक न उँघ्नुहुन्छ न सुत्नुहुन्छभजनसंग्रह 121:4
पदहरू
भजनसंग्रह 121:4हेर, इस्राएलको रक्षक न त उँघ्नुहुन्छ न त सुत्नुहुन्छ।
- एलिया बालका अगमवक्ताहरूलाई गिज्याउँछन्: सायद ऊ सुतिरहेको छ१ राजाहरू 18:27
पदहरू
१ राजाहरू 18:27मध्यान्हमा एलियाले तिनीहरूको खिसी गर्दै भने, “अझै चर्को गरी कराओ। त्यो पो देवता हो! उसले सोचविचार गर्दै होला वा काममा व्यस्त होला वा यात्रामा होला वा सुतिहरको छ होला। त्यसैले उसलाई ब्युँझाइनुपर्छ।”
- एउटा भाकल: परमप्रभुको वासस्थान नभेटिन्जेल निद्रा छैनभजनसंग्रह 132:3–5
पदहरू
भजनसंग्रह 132:3–5तिनले भने, “म मेरो घरभित्र पस्नेछैनँ वा मेरो ओछ्यानमा जानेछैन, म आफ्ना आँखालाई सुत्न दिनेछैन न त आफ्ना पलकहरूलाई विश्राम दिनेछु, जबसम्म परमप्रभुको निम्ति एउटा ठाउँ, याकूबको सर्वशक्तिमान्को निम्ति एउटा वासस्थान म पाउँदिन।”
उदाहरणहरू
- आदम गहिरो निद्रामा पर्छन्उत्पत्ति 2:21
पदहरू
उत्पत्ति 2:21परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो, यसैकारण मानिस निदायो। परमप्रभु परमेश्वरले त्यसका करङहरूमध्ये एउटा झिक्नुभयो र करङ झिकेको ठाउँमा मासु भरिदिनुभयो।
- घाम अस्ताउँदा अब्राम गहिरो निद्रामा पर्छन्उत्पत्ति 15:12
पदहरू
उत्पत्ति 15:12घाम डुब्न लाग्दा अब्राम अब्राम मस्न निद्रामा परे र हेर, तिनलाई गाढा र डरलाग्दो अन्धकारले छोप्यो।
- याकूब शिरमुनि ढुङ्गा राखेर सुत्छन्उत्पत्ति 28:11
पदहरू
उत्पत्ति 28:11कुनै एउटा ठाउँमा पुगेपछि सूर्य अस्ताएको हुनाले तिनी त्यस रात त्यहीँ बास बसे। त्यस ठाउँमा भएका ढुङ्गाहरूमध्येबाट एउटा लिएर आफ्नो सिरान बनाई त्यही ठाउँमा सुत्नलाई पल्टे।
- याकूब: रातमा तुसारो, र मेरा आँखाबाट निद्रा भाग्योउत्पत्ति 31:40
पदहरू
उत्पत्ति 31:40मेरो हालत यस्तो थियो, कि दिउँसो गर्मीले मलाई पोल्थ्यो भने राती चिसोले ठिर्याउँथ्यो। मलाई निद्रा लाग्दैनथ्यो।
- थकाइले सुतिरहेका सीसरालाई याएलले मार्छिन्न्यायकर्ताहरू 4:21
पदहरू
न्यायकर्ताहरू 4:21त्यसपछि याएल (हेबेरकी पत्नी) पालको एउटा कीला र मुङ्ग्रो आफ्नो हातमा लिइन् र विस्तारै उनको नजिक गइन्, किनकि उनी मस्त निद्रामा थिए र उनको कन्चटबाट त्यो पालको कीलालाई भुइँमा नछेडिंदासम्म तिनले ठोकिदिइन् र उनी मरे।
- दलीलाले शिमशोनलाई आफ्नो काखमा सुताउँछिन्न्यायकर्ताहरू 16:19
पदहरू
न्यायकर्ताहरू 16:19त्यसले तिउनलाई आफ्नो काखमा सुताई। तिनको शिरको सातवटा लट्टा खौरिदिन त्यसले एक जना मानिसलाई बोलाई, र त्यसले तिनलाई काबूमा पार्न लागी, किनभने तिनको शक्ति हटिसकेको थियो।
- बोअज अन्नको थुप्रोछेउ सुत्छन्; मध्यरातमा रूथलाई भेट्टाउँछन्रूथ 3:7–8
पदहरू
रूथ 3:7–8जब बोअजले खाए र पिए, तिनको हृदय खुसी भयो, तिनी अन्नको थुप्रोको छेउमा गएर सुते। त्यसपछि तिनी बिस्तारै आइन् र तिनको खुट्टाको ओढ्ने उठाएर सुतिन्। मध्यराततिर ती मानिस झसङ्ग भए। तिनी फर्के र त्यहाँ एउटी महिला तिनको खुट्टा छेउमा सुतिरहेकी थिइन्।
- दाऊदले सुतिरहेका शाऊलको भाला र पानीको गाग्री लिन्छन्१ शमूएल 26:7, १ शमूएल 26:12
पदहरू
१ शमूएल 26:7त्यसैले दाऊद र अबीशै राती फौज भएको ठाउँतिर गए। शाऊल आफ्नो भाला आफ्नो शिर नजिकै भूइँमा गाडेर छाउनीभित्र सुतिरहेका थिए। अबनेर र तिनका सिपाहीहरू तिनको वरिपरि सुतेका थिए।
१ शमूएल 26:12त्यसैले दाऊदले भाला र पानीको सुराही शाऊलको शिरनेरबाट लिए र तिनीहरू गए। तिनीहरूलाई कसैले देखेन वा यो कसैले थाहा पाएन, न त कोही ब्युँझिए, किनकि तिनीहरू सबै मस्त निदाएका थिए, किनकि परमप्रभुबाट आएको गहिरो निद्रा तिनीहरूमाथि परेको थियो।
- दिउँसो आराम गरिरहेका बेला ईश्बोशेत मारिन्छन्२ शमूएल 4:5
पदहरू
२ शमूएल 4:5त्यसैले बेरोती रिम्मोनका छोराहरू रेकाब र बानाह दिनको चर्को घाममा ईश्बोशेतको घरतिर जान हिंडेर मध्यन्हमा आराम गरिरहँदा तिनको घरमा पुगे।
- एलिया एउटा झाडीमुनि सुत्छन्१ राजाहरू 19:5
पदहरू
१ राजाहरू 19:5त्यसैले तिनी पल्टे, र अम्रिसको झाडीमुनि सुते। अकस्मात् एउटा स्वर्गदूतले तिनलाई छोएर भने, “उठेर खाऊ।”
- निद्रा नलागेका अहासूरस राजकीय अभिलेख पढेर सुनाउन लगाउँछन्एस्तर 6:1
पदहरू
एस्तर 6:1त्यस रात राजा सुत्न सकेनन्। तिनले सेवकहरूलाई आफ्नो राज्यकालका घटनाहरूको विवरणहरू ल्याउन हुकुम गरे, र राजाको सामु चर्को सोरमा ति पढियो।
- नबूकदनेसरका सपनाहरू: उनको निद्रा भाग्योदानिएल 2:1
पदहरू
दानिएल 2:1नबूकदनेसरको शासनकालको दोस्रो वर्षमा, तिनले सपनाहरू देखे। तिनको मन विचलित भयो, र तिनी सुत्न सकेनन्।
- दानिएल सिंहहरूसँग हुँदा दारालाई निद्रा लाग्दैनदानिएल 6:18
पदहरू
दानिएल 6:18त्यसपछि राजा आफ्नो महलमा गए र रातभरि उपवास बसे। तिनको अगि कुनै मनोरन्जनका कुरा ल्याइएन, र उनलाई कत्ति पनि निद्रा लागेन।
- आँधीबेहरीमा योना जहाजको तल्लो भागमा सुत्छन्योना 1:5
पदहरू
योना 1:5तब नावीकहरू धेरै डराए र हरेक मानिसले आ-आफ्नै देवतालाई पुकार्यो। जहाजलाई हलुको बनाउनका निम्ति त्यसका मालसामान तिनीहरूले समुद्रमा फाले। तर योनाचाहिं जहाजको भित्री भागमा तल गएका थिए, र तिनी त्यहाँ मस्त निद्रामा सुतिरहेका थिए।
- आँधीमा येशू डुङ्गाको पछाडिपट्टि सिरानीमा सुत्नुहुन्छमत्ती 8:24, मर्कूस 4:38, लुका 8:23
पदहरू
मत्ती 8:24हेर, समुद्रमा प्रचण्ड आँधीबेहरी चल्यो, अनि त्यो डुङ्गा समुद्रको छालद्वारा छोपियो। तर येशू सुतिरहनुभएको थियो।
मर्कूस 4:38तर येशू डुङ्गाको पछिल्लो भागमा सिरानी लगाएर मस्त निदाउनुभएको थियो। तिनीहरूले भने, “गुरुज्यू, हामी मर्न लागिसक्दा पनि तपाईंलाई वास्ता छैन?”
लुका 8:23तर उहाँहरू यात्रामा हुनुहुँदा, प्रभु येशू निदाउनुभयो र त्यस तालमा धेरै ठुलो आँधीबेहरी आयो अनि तिनीहरूको डुङ्गा पानीले भरिन थाल्यो र तिनीहरू डरलाग्दो खतरामा थिए।
- गेतसमनीमा चेलाहरू निदाउँछन्मत्ती 26:40–43, लुका 22:45
पदहरू
मत्ती 26:40–43उहाँ चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, र उहाँले पत्रुसलाई भन्नुभयो, “के तिमीहरू मसँग एक घण्टाको लागि पनि जागा रहन सकेनौ? जागा रहो र परीक्षामा नपर्नको निम्ति प्रार्थना गर। आत्मा त तयार छ, तर शरीर भने कमजोर छ।” उहाँ दोस्रो पटक पनि पर जानुभयो र प्रार्थना गर्नुभयो, र भन्नुभयो, “हे मेरा पिता, यदि मैले नपीकन यो हुँदैन भने, तपाईंकै इच्छा पुरा होस्।” उहाँ फेरि आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए।
लुका 22:45जब उहाँ प्रार्थना गरेर उठ्नुभयो, उहाँ चेलाहरूकहाँ आउनुभयो, र तिनीहरूका दुःखको कारणले गर्दा तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो।
- पत्रुस झ्यालखानामा दुई सिपाहीको बीचमा सुत्छन्प्रेरित 12:6
पदहरू
प्रेरित 12:6हेरोदले तिनलाई बाहिर ल्याउन खोजेको अघिल्लो दिन, त्यस रातमा पत्रुस दुई जना सिपाहीका बिचमा दुईवटा साङ्लाले बाँधिएर सुतिरहेका थिए। ढोकाको अगाडि पहरेदारहरूले झ्यालखानाको सुरक्षा दिइरहेका थिए।
- पावल बोलिरहँदा युटिकस निदाउँछन् र झ्यालबाट खस्छन्प्रेरित 20:9
पदहरू
प्रेरित 20:9युटिकस नाउँको एक जना जवान मानिस झ्यालमा बसिरहेको थियो, र त्यो गहिरोमा निद्रमा पर्यो। पावलले अझै बोल्दै जाँदा निद्रामा परेको त्यो जवान मानिस तेस्रो तल्लाबाट झर्यो र तिनीहरूले त्यसलाईलाई मृत अवस्थामा उठाए।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार