खोजी गर्नुहोस् › विषयहरू › मित्रता
दैनिक जीवन
बाइबलमा मित्रता
पवित्र बाइबल (ULB) का 45 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- साथीले सधैँ प्रेम गर्छ; भाइ दुःखको दिनका लागि जन्मन्छहितोपदेश 17:17
पदहरू
हितोपदेश 17:17मित्रले हर समय प्रेम गरिरहन्छ, र दाजुभाइचाहिँ कष्टको समयको लागि जन्मेका हुन्छन्।
- यस्तो साथी पनि हुन्छ, जो भाइभन्दा पनि नजिक रहन्छहितोपदेश 18:24
पदहरू
हितोपदेश 18:24धेरै साथीहरू भएको दाबी गर्ने मानिस तिनीहरूद्वारा नै विनाशमा लगिन्छ, तर कुनै मित्रचाहिँ भाइभन्दा पनि नजिक रहन्छ।
- साथीले दिएका घाउ विश्वासयोग्य हुन्छन्हितोपदेश 27:6
पदहरू
हितोपदेश 27:6मित्रले दिएको चोट पत्यारलाग्दो हुन्छ, तर शत्रुले तँलाई प्रचुर मात्रामा चुम्बन गर्न सक्छ।
- टाढाको भाइभन्दा नजिकको छिमेकी असलहितोपदेश 27:10
पदहरू
हितोपदेश 27:10आफ्नो मित्र र मित्रको बुबालाई नत्याग्, अनि तेरो विपत्तिको दिनमा तेरो भाइको घरमा नजा। टाढाको भाइभन्दा नजिकको छिमेकी उत्तम हुन्छ।
- जसरी फलामले फलामलाई उध्याउँछ, त्यसरी मानिसले मानिसलाई उध्याउँछहितोपदेश 27:17
पदहरू
हितोपदेश 27:17फलामले फलामलाई उध्याउँछ। त्यसै गरी, मानिसले आफ्नो मित्रलाई उध्याउँछ।
- छिमेकीको घरमा कमै खुट्टा टेक, नत्र ऊ तिमीदेखि दिक्क हुनेछहितोपदेश 25:17
पदहरू
हितोपदेश 25:17आफ्नो छिमेकीको घरमा अक्सर जाने नगर्। त्यो तँदेखि वाक्क भएर तँलाई घृणा गर्छ।
- बिहानै ठूलो स्वरले दिइएको आशिष् सरापझैँ गनिन्छहितोपदेश 27:14
पदहरू
हितोपदेश 27:14कसैले आफ्नो छिमेकीलाई बिहान सबेरै चर्को सोरमा आशिष् दिन्छ भने, त्यो आशिष्लाई श्राप ठानिन्छ।
- रिसाहा मानिससँग मित्रता नगरहितोपदेश 22:24–25
पदहरू
हितोपदेश 22:24–25रिसद्वारा नियन्त्रित हुने मानिसलाई मित्र नबना, र क्रोधित मानिससित सङ्गत नगर्। नत्रता तैँले त्यसका मार्गहरू सिक्ने छस्, र तेरो प्राण पासोमा पर्ने छ।
- धनले धेरै साथी जुटाउँछ; गरिबलाई सबैले छोड्छन्हितोपदेश 19:4, हितोपदेश 19:6
पदहरू
हितोपदेश 19:4धनले धेरै मित्रहरू बनाउँछ, तर गरिब मानिसचाहिँ आफ्ना मित्रहरूबाट त्यागिन्छ।
हितोपदेश 19:6धेरैले उदार मानिसबाट निगाहको लागि बिन्ति गर्ने छन्, र हरेक व्यक्ति उपहार दिनेको मित्र बन्छ।
- गल्ती दोहोर्याइरहँदा साथीहरू छुट्टिन्छन्हितोपदेश 17:9
पदहरू
हितोपदेश 17:9चित्त दुखाइलाई बेवास्ता गर्नेले प्रेमको खोजी गर्छ, तर विषयलाई दोहोर्याउनेले घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ।
- एकभन्दा दुई असल; तीन धागोको डोरी सजिलै चुँडिँदैनउपदेशक 4:9–12
पदहरू
उपदेशक 4:9–12एकलोले भन्दा दुई जना मानिसले उत्तम काम गर्छ। सँगसँगै मिलेर तिनीहरूले आफ्नो परिश्रमको लागि राम्रो आम्दानी गर्न सक्छन्। एउटा खस्यो भने अर्कोले आफ्नो साथीलाई उठाउन सक्छ। तथापि एकलो भएको मानिस खस्दा त्यसलाई उठाउने कोही भएन भने त्यसलाई शोकले पिछा गर्छ। दुई जना सँगसँगै सुते भने न्यानो हुन्छ, तर एक जना मात्र त कसरी न्यानो हुने? एक जनालाई जित्न सकिन्छ, तर दुई जनाले आक्रमणको सामना गर्न सक्छन्, र तिन सूतले बाटेको डोरी झट्टै चुँडिँदैन।
- रोटी बाँडेर खाने घनिष्ठ साथी भजनकारको विरुद्धमा उठ्योभजनसंग्रह 41:9, भजनसंग्रह 55:12–14
पदहरू
भजनसंग्रह 41:9वास्तवमा, मेरो रोटी खाएको मेरो आफ्नो घनिष्ठ मित्र जसमा मैले भरोसा गरें, त्यसैले मेरो विरुद्धमा आफ्नो लात उठाएको छ।
भजनसंग्रह 55:12–14किनकि मलाई हप्काउने शत्रु थिएन, तब म त्यो सहनेथिएँ। न त मेरो विरुद्ध उठ्ने मलाई घृणा गर्ने व्यक्ति नै थियो, तब म त्यसबाट लुक्नेथिएँ। तर यो त त्यही, म समानको मानिस, मेरो मित्र र मेरो घनिष्ठ साथी थियो। हामीले एकसाथ मीठो सङ्गति गर्थ्यौं। भीडको साथमा हामी परमेश्वरको भवनमा जान्थ्यौं।
- अय्यूब आफ्ना साथीहरू आफ्नो विरुद्धमा गएको गुनासो गर्छन्अय्यूब 6:14–15, अय्यूब 16:20, अय्यूब 19:19
पदहरू
अय्यूब 6:14–15मूर्छा खानै लागेको व्यक्तिलाई, त्यसको साथीले विश्वसनीयता देखाउनु, उसलाई पनि जसले सर्वशक्तिमान्को भयलाई त्याग्छ। तर मरुभूमिको नहरझैं मेरा दाजुभाइ मसित विश्वासयोग्य भएका छन्, बगेर कतै पनि नपुग्ने पानीको नहरझैं,
अय्यूब 16:20मेरा मित्रहरूले मलाई खिसी गर्छन्, तर मेरो आँखाले परमेश्वरमा आँसु बगाउँछ।
अय्यूब 19:19मेरा सबै परिचित मित्रहरूले मलाई घृणा गर्छन्। मैले प्रेम गरेकाहरू मेरो विरुद्धमा लागेका छन्।
- पावलको पहिलो प्रतिरक्षामा सबैले उनलाई छोडे२ तिमोथी 4:16
पदहरू
२ तिमोथी 4:16मेरो पहिलो प्रतिरक्षामा कसैले मलाई साथ दिएन, तर सबैले मलाई छाडे। तिनीहरूको विरुद्धमा यसो नभएको होस्।
- येशू: साथीहरूका निम्ति प्राण दिनुभन्दा ठूलो प्रेम छैनयूहन्ना 15:13–15
पदहरू
यूहन्ना 15:13–15आफ्नो मित्रको लागि आफ्नो ज्यानै दिनुभन्दा अर्को कुनै महान् प्रेम छैन। यदि तिमीहरूले मैले आज्ञा गरेका कुराहरू गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ। म तिमीहरूलाई नोकरहरू भन्दिनँ, किनकि त्यसका मालिकले के गरिरहेछ सो नोकरले जान्दैन। मैले तिमीहरूलाई मित्र भनेको छु, किनकि मैले मेरा पिताबाट सुनेका सबै कुरा तिमीहरूलाई प्रष्ट पारेको छु।
उदाहरणहरू
- अब्रामले 318 जना तालिम पाएका मानिस लिएर आफ्ना आफन्त लोतलाई छुटाउँछन्उत्पत्ति 14:14–16
पदहरू
उत्पत्ति 14:14–16जब अब्रामले तिनका नातेदारलाई शत्रुहरूले कब्जा गरेको कुरा सुने, तिनले आफ्ना घरमा नै जन्मेका तालिम प्राप्त ३१८ जना मानिसहरू लिएर तिनले तिनीहरूलाई दानसम्म नै खेदे। तिनले आफ्ना मानिसहरूलाई राती तिनीहरू विरुद्ध समूह-समूहमा विभाजन गरे र तिनीहरूलाई आक्रमण गरे अनि तिनीहरूलाई होबासम्म खेदे, जुन दमस्कसको उत्तर पर्छ। तिनले आफ्ना सबै सम्पत्तिहरू पनि फिर्ता ल्याए र तिनका नातेदार र तिनका मालसामानहरू साथै महिलाहरू र अन्य मानिसहरू पनि ल्याए।
- रूथ नाओमीलाई छोड्दिनन्: नाओमी जहाँ जान्छिन्, रूथ पनि त्यहीँ जान्छिन्रूथ 1:16–17
पदहरू
रूथ 1:16–17रूथले भनिन्, “मलाई तपाईंबाट जान नलगाउनुहोस्, किनभने तपाईं जहाँ जानुहुन्छ, म त्यहाँ नै जानेछु; तपाईं जहाँ बस्नुहुन्छ, म त्यहाँ नै बस्नेछु; तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन् र तपाईंका परमेश्वर मेरा परमेश्वर हुनुहुनेछ। तपाईं जहाँ मर्नुहुन्छ, म त्यहाँ नै मर्नेछु, र म त्यहीँ नै गाडिनेछु। यदि मृत्युबाहेक कुनै कुराले हामीलाई अलग गर्छ भने परमप्रभुले मलाई दण्ड दिनुभएको होस् र अझ यो भन्दा धैरै गर्नुभएको होस्।”
- शमूएल शाऊलका निम्ति शोक गर्छन्१ शमूएल 15:35, १ शमूएल 16:1
पदहरू
१ शमूएल 15:35शमूएलले आफ्नो मृत्युको दिनसम्म नै शाऊललाई भेटेनन्, किनकि तिनले शाऊलको निम्ति शोक गरे। परमप्रभुले शाऊललाई इस्राएलका राजा बनाउनुभएकोमा उहाँ दुःखी हुनुभयो।
१ शमूएल 16:1परमप्रभुले शमूएललाई भन्नुभयो, “मैले शाऊललाई इस्राएलको राजा हुनबाट इन्कार गरेको कारणले तँ उसको निम्ति कहिलेसम्म विलाप गर्नेछस्? तेरो सीङ्मा तेल भर् र जा। म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउनेछु, किनकि मैले त्यसका छोराहरूका बिचबाट एक जनालाई मेरो निम्ति राजा चुनेको छु।”
- जोनाथनले दाऊदलाई आफूलाई झैँ प्रेम गर्छन् र आफ्नो लबेदा दिन्छन्१ शमूएल 18:1–4
पदहरू
१ शमूएल 18:1–4जब तिनले शाऊलसँग कुरा गरिसकेका थिए, तब जोनाथनको प्राण दाऊदको प्राणसँग बाँधियो र जोनाथनले तिनलाई आफ्नै प्राणलाई झैं प्रेम गरे। त्यस दिन शाऊलले दाऊदलाई आफ्नो सेवामा लिए। उनले तिनलाई आफ्नो बुबाको घरमा फर्कन दिएनन्। तब जोनाथन र दाऊदले मित्रताको करार बाँधे, किनभने जोनाथनले तिनलाई आफ्नै प्राणलाई झैं प्रेम गरे। जोनाथनले आफूले लगाइरहेका पोशाक फुकाले र आफ्नो हतियार, तरवार, धनु र पेटी सहित त्यो तिनले दाऊदलाई दिए।
- दाऊद र जोनाथन चुम्बन गर्छन्, रुन्छन् र शपथ खाएर छुट्टिन्छन्१ शमूएल 20:41–42, १ शमूएल 23:16–18
पदहरू
१ शमूएल 20:41–42त्यो जवान मानिस जानेबित्तिकै, दाऊद ढिस्कोको पछाडिबाट उठे, जमिनमा घोप्टो परे र शिर झुकाएर तिन पटक दण्डवत गरे। तिनीहरूले एकआपसमा चुम्बन गरे र सँगसँगै रोए, अनि दाऊद झन् धेरै रोए। जोनाथनले दाऊदलाई भने, “शान्तिसँग जानुहोस्, किनभने, 'तपाईं र म, तपाईंका सन्तान र मेरा सन्तान बिचमा परमप्रभु सदाको निम्ति हुनुभएको होस्' भनी परमप्रभुको नाउँमा हामी दुवैले शपथ खाएका छौं।” तब दाऊद उठे, र गए र जोनाथन सहरमा फर्के।
१ शमूएल 23:16–18तब शाऊलका छोरा जोनाथन उठे र होरेशमा दाऊदकहाँ गए र परमेश्वरमा तिनको हातलाई बलियो बनाए। उनले तिनलाई भने, “नडराउनुहोस्। किनकि मेरा बुबा शाऊलका हातले तपाईंलाई भेट्टाउनेछैन। तपाईं इस्राएलको राजा हुनुहुनेछ र म तपाईंको दोस्रो हुनेछु। मेरा बुबा शाऊललाई पनि यो कुरा थाहा छ।” तिनीहरूले परमप्रभुको सामु करार गरे। दाऊद होरेशमा नै रहे र जोनाथन घर गए।
- दाऊदको विलाप: जोनाथनको प्रेम अचम्मको थियो२ शमूएल 1:26
पदहरू
२ शमूएल 1:26ए मेरो भाइ जोनाथन म तिम्रो निम्ति व्याकुल भएको छु। तिमी मेरो निम्ति साह्रै प्रिय थियौ। मप्रति तिम्रो प्रेम अद्भूत थियो, स्त्रीको प्रेमलाई नै माथ गर्ने थियो।
- जोनाथनको खातिर मपीबोशेत सधैँ दाऊदको टेबलमा खान्छन्२ शमूएल 9:1, २ शमूएल 9:7
पदहरू
२ शमूएल 9:1दाऊदले भने, “के शाऊलको परिवारका कोही बाँकी छन्, जसलाई जोनाथनको खातिर म दया देखाउन सक्छु?”
२ शमूएल 9:7दाऊदले तिनलाई भने, “नडराऊ, किनकि तिम्रो बुबा जोनाथनको खातिर म तिमीलाई निश्चय नै दया देखाउने छु र तिम्रो हजुरबुबा शाऊलका सबै जमिन म तिमीलाई फिर्ता दिने छु र तिमी सधैं मेरो टेबलमा खाने छौ।”
- दाऊद पुजारी अबियाथारलाई: मसँगै बस, तिमी सुरक्षित रहनेछौ१ शमूएल 22:23
पदहरू
१ शमूएल 22:23मसँग बस र नडराऊ। तिम्रो ज्यान लिन खोज्नेले मेरो पनि ज्यान मार्न खोजेको छ। तिमी मसँग सुरक्षित हुनेछौ।”
- टुरोसका राजा हीराम सधैँ दाऊदका साथी थिए१ राजाहरू 5:1
पदहरू
१ राजाहरू 5:1टुरोसका राजा हीरामले सोलोमनकहाँ आफ्ना सेवकहरू पठाए किनकि आफ्नो पिताको सट्टामा सोलोमन राजा अभिषेक गरिएका थिए भनी तिनले सुनेका थिए। हीरामले दाऊदलाई सधैँ माया गर्थे।
- अब्शालोमको विद्रोहमा दाऊदका साथी हूशै विश्वासी रहन्छन्२ शमूएल 15:32–37, २ शमूएल 16:16–17
पदहरू
२ शमूएल 15:32–37यस्तो भयो, जब दाऊद बाटोको टाकुरामा आइपुगे जहाँ परमेश्वरको आराधना गरिन्थ्यो, तब अरकी हुशै आफ्नो लुगा च्यातेर शिरमा धुलो छरेर दाऊदलाई भेट्न आए,। दाऊदले तिनलाई भने, “तिमी मसँग गयौ भने, तिमी मेरो निम्ति बोझ बन्ने छौ। तर तिमी सहरमा फर्केर गयौ र अबशालोमलाई यसो भन्यौ भने, 'जसरी म विगतमा हजुरका बुबाको सेवक भएँ त्यसरी नै, हे महाराजा, म हजुरको दास हुने छु,' तब तिमीले मेरो खातिर अहीतोपेलको सल्लाहलाई गोलमाल पार्नेछौ। के तिमीसँग सादोक पुजारी र अबियाथार हुने छैनन् र? त्यसैले तिमीले दरबारमा राजाबाट जे-जे सुन्छौ सो कुरा तिमीले पुजारी सादोक र अबियाथारलाई भन्नुपर्छ। हेर, तिनीहरूका साथमा तिनीहरूका दुई छोरा सादोकका छोरा अहीमास र अबियाथारका छोरा जोनाथन छन्। तिमीले सुनेका सबै कुरा तिमीले तिनीहरूको माध्यामद्वारा मकहाँ पठाउनू।” त्यसैले अब्शालोम सहरभित्र आइपुगेर यरूशलेम प्रवेश गर्दा दाऊदका मित्र हूशै आए।
२ शमूएल 16:16–17जब दाऊदका मित्र अरकी हूशै अब्शालोमकहाँ आए, तब हूशैले अब्शालोमलाई भने, “राजा अमर रहुन्! राजा अमर रहुन्!” अब्शालोमले हूशैलाई भने, “तिम्रो मित्रप्रतिको तिम्रो बफदारीता यही हो? तिमी किन तिनीसित गएनौ?”
- गिती इत्तै भागिरहेका दाऊदलाई छोड्न मान्दैनन्२ शमूएल 15:19–21
पदहरू
२ शमूएल 15:19–21तब राजाले गित्ती इत्तैलाई भने, “तिमी किन हामीसँग आउँछौ? फर्क र राजासँगै बस, किनकि तिमी परदेशी र निर्वासित छौ। तिम्रो आफ्नै ठाउँमा फर्क। किनकि तिमी भर्खर मात्र आएका हौ। तिमीलाई हामीसँगै भौंतारिन म किन लगाउछु र? म कहाँ जाँदै छु भन्ने मलाई नै थाहा छैन। त्यसैले फर्क र तिम्रा गाउँले मित्रहरूलाई फर्काएर लैजाऊ। बफदारीता र विश्वासनीयता तिमीसँगै रहोस्।” तर इत्तैले राजालाई जवाफ दिए र भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ र जस्तो मेरो मालिक महाराजा जीवित हुनुहुन्छ, मर्न वा बाँच्ने जेसुकै परोस् हजुको दास मेरो मालिक महाराजा जुन ठाउँमा जहाँ जानुहुन्छ त्यहीं नै जाने छ।”
- राजा अहज्याह घाइते राजा योरामलाई भेट्न जान्छन्२ राजाहरू 8:28–29
पदहरू
२ राजाहरू 8:28–29रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा लडाइँ गर्न आहाबका छोरा योरामसितै अहज्याह गए। अरामीहरूले योरामलाई घाइते बनाए। अरामका राजा हजाएलको विरुद्धमा राजा योरामले लडाइँ गर्दा रामोतमा अरामीहरूले तिनमा पारेको चोटबाट निको हुन तिनी यिजरेलमा फर्के। त्यसैले यहूदाका राजा यहोरामका छोरा अहज्याह आहाबका छोरा योरामलाई भेट्न यिजरेलमा झरे किनकि योराम घाइते भएका थिए।
- अय्यूबका तीन साथी सात दिनसम्म चुपचाप उनीसँग बस्छन्अय्यूब 2:11–13
पदहरू
अय्यूब 2:11–13जब अय्यूबका तिन जना मित्रले तिनीमाथि आइपरेका यी सबै खराबीको बारेमा सुने, तब तिनीहरू हरेक आ-आफ्नो ठाउँबाट निस्केर आए, अर्थात् एलीपज तेमानी, बिल्दद शुही र सोपर नमाती। तिनीसँगै शोक गर्न र तिनलाई सान्त्वना दिन तिनीहरूले समय निकाले। जब तिनीहरूले टाढैबाट आँखा उठाएर हेरे, तब तिनीहरूले उनलाई चिनेनन्। तिनीहरूले आफ्ना सोर उचालेर कराए र रोए। हरेकले आफ्नो लुगा च्याते, धूलो हावामा फाले र आ-आफ्ना शिरमा हाले। तब तिनीहरू सात दिन र सात रात तिनीसँगै भुइँमा बसे। कसैले तिनलाई एउटै शब्द पनि बोलेन, किनकि तिनको शोक अत्यन्तै ठुलो भएको तिनीहरूले देखे।
- दानिएल आफ्ना तीन साथीलाई पद दिन राजासँग बिन्ती गर्छन्दानिएल 2:17–18, दानिएल 2:49
पदहरू
दानिएल 2:17–18त्यसपछि दानिएल आफ्नो घरमा गए र जे भएको थियो त्यो हनन्याह, मीशाएल र अजर्याहलाई बताए। यो रहस्यको विषयमा स्वर्गका परमेश्वरको कृपा खोज्न तिनले उनीहरूलाई अनुरोध गरे, ताकि उनीहरू र तिनी बेबिलोनका अन्य ख्यातिप्राप्त बुद्धिमान् मानिसहरूसँगै नमारिऊन्।
दानिएल 2:49दानिएलले राजासँग एउटा अनुरोध गरे, र राजाले शद्रक, मेशक, र अबेद्नगोलाई बेबिलोनको प्रदेशमाथि प्रशासकहरू नियुक्त गरे। तर दानिएल राजाको दरवारमा नै रहे।
- येशूले मार्था, उनकी बहिनी र लाजरसलाई प्रेम गर्नुहुन्थ्योलुका 10:38–39, यूहन्ना 11:5, यूहन्ना 11:11
पदहरू
लुका 10:38–39जब तिनीहरू यात्रा गरिरहेका थिए, उहाँ एउटा गाउँमा पस्नुभयो, र मार्था नाउँ गरेकी एउटी स्त्रीले उहाँलाई तिनको घरमा स्वागत गरिन्। मरियम नाउँ गरेकी तिनकी एउटी बहिनी थिइन्, जो प्रभुको चरणमा बसेर उहाँका वचन सुन्दथिन्।
यूहन्ना 11:5येशूले मार्था र तिनकी बहिनी अनि लाजरसलाई माया गर्नुहुन्थ्यो।
यूहन्ना 11:11उहाँले यी कुराहरू उहाँले तिनीहरूलाई भन्नुभयो, “हाम्रा साथी लाजरस मस्त निद्रामा परेका छन्, तर म जाँदै छु, ताकि म तिनलाई निद्राबाट बिउँझाउन सकूँ।”
- पावलको भान्जाले उनलाई षड्यन्त्रको खबर दिन्छप्रेरित 23:16
पदहरू
प्रेरित 23:16तर तिनीहरूले उनलाई मार्न पर्खिरहेका थिए भनी पावलको भान्जाले सुने। त्यसैले, ऊ सेनाको किल्लाभित्र प्रवेश गरी पावललाई त्यो कुरा बताइदियो।
- प्रिस्किला र अकिलाले पावलका निम्ति आफ्नो ज्यान जोखिममा पारेरोमी 16:3–4
पदहरू
रोमी 16:3–4ख्रीष्ट येशूमा मेरा सहकर्मी प्रिस्का र अकिलासलाई अभिवादन गर, जसले मेरो जीवनको निम्ति तिनीहरूको जीवन जोखिममा पारेका थिए। म तिनीहरूलाई धन्यवाद दिन्छु, मैले मात्र होइन, तर गैरयहूदीहरूका सबै मण्डलीहरूले धन्यवाद दिन्छन्।
- पावल: तिमोथीजस्तो मसँग अरू कोही छैनफिलिप्पी 2:19–22
पदहरू
फिलिप्पी 2:19–22तर तिमोथीलाई तिमीहरूकहाँ छिट्टै पठाउनको निम्ति मैले प्रभु येशूमा आशा राख्दछु, ताकि तिनीबाट तिमीहरूका विषयमा जान्दा म प्रोत्साहित हुन सकूँ। किनकि तिनको जस्तै मन भएको, र तिनीजस्तै तिमीहरूका निम्ति साँचो रूपमा उत्सुक हुने मसँग अरू कोही पनि छैन। किनकि तिनीहरू सबैले येशू ख्रीष्टका कुराहरूभन्दा आफ्नै इच्छाको खोजी गर्दछन्। तर तिमीहरूलाई तिनको योग्यता थाहै छ, किनकि जसरी बालकले आफ्ना पिताको सेवा गर्दछ, त्यसरी नै सुसमाचारमा मलाई तिनले सेवा गरेका छन्।
- इपाफ्रोडिटस, पावलका भाइ, सहकर्मी र सहसैनिकफिलिप्पी 2:25
पदहरू
फिलिप्पी 2:25तर इपाफ्रोडिटसलाई तिमीहरूकहाँ फिर्ता पठाउन म आवश्यक ठान्दछु। तिनी मेरा भाइ र सहकर्मी र सङ्गी सिपाही, र तिमीहरूका सन्देशवाहक तथा मेरा आवश्यकताहरूका निम्ति सेवक हुन्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार