Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › खानेकुरा

दैनिक जीवन

बाइबलमा खानेकुरा

पवित्र बाइबल (ULB) का 38 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

मानिसहरूले के खान्थे

  • घरपरिवारका निम्ति बाख्राको दूधहितोपदेश 27:27
    पदहरू
    हितोपदेश 27:27तँ र तेरो घरानाको भोजनको लागि बाख्रीको दूध उपलब्ध हुने छ र त्यो तेरा नोकर्नीहरूलाई पोषण हुने छ।
  • दही, दूध, थुमाको बोसो र उत्तम गहुँव्यवस्था 32:14
    पदहरू
    व्यवस्था 32:14तिनले गाई-गोरुको बथान र भेडा-बाख्राको बथानाबाट दूध र दही अनि मोटा-मोटा थुमा अनि बाशानका भेडाहरू र बाख्राहरूको बोसोसाथै सर्वोत्तम गहुँ खाए। तिमीहरूले फिँज उठेको दाखरस पियौ।
  • सेनापतिका निम्ति पनीरका दस टुक्रा१ शमूएल 17:17–18
    पदहरू
    १ शमूएल 17:17–18तब यिशैले तिनका छोरा दाऊदलाई भने, “यो भुटेको अन्‍न र दस वटा रोटी लेऊ र तिनीहरूलाई तिम्रा दाजुहरूका निम्ति छाउनीमा चाँडो बोकेर लैजाऊ। साथै यी दस वटा पनीर हजार जनाको कप्‍तानको निम्ति लैजाऊ। तिम्रा दाजुहरू कस्ता छन्, तिनीहरू राम्रै छन् भन्‍ने केही प्रमाण लेऊ।
  • दाऊदका मानिसहरूका निम्ति गहुँ, जौ, सिमी, दाल, मह र पनीर२ शमूएल 17:28–29
    पदहरू
    २ शमूएल 17:28–29सुत्‍ने ओछ्यान र ओड्ने कम्बलहरू, भाँडाहरू, जौको पिठो भुटेको अन्‍न, सिमी, दाल मह, नौनी, भेडा र दही ल्याए, ताकि दाऊद र तिनीसँग भएका मसनिहरूले खान सकुन्। यी मानिसले भनेका थिए, “मानिसहरू उजाडस्‍थानमा भोकाएका, थकित, र तिर्खाएका छन्।”
  • अब्राहाम रोटी, कलिलो बाछो, दही र दूध खुवाउँछन्उत्पत्ति 18:5–8
    पदहरू
    उत्पत्ति 18:5–8मलाई केही रोटी ल्‍याउन दिनुहोस्, ताकि तपाईंहरूको थकाइ मरोस्। त्यसपछि तपाईंहरू आफ्नो बाटो जान सक्‍नुहुन्छ, किनभने तपाईंहरू आफ्‍नो दासकहाँ आउनुभएको छ।” उनीहरूले भने, “तिमीले भनेअनुसार गर।” तब अब्राहाम तुरुन्तै पालमा साराकहाँ गएर भने, “चाँडो पाँच पाथी मसिनो पिठो ल्याई मुछेर रोटी बनाऊ।” अब्राहाम बथानतिर दौडेर गए, र एउटा कलिलो र असल बाछो लिएर नोकरलाई दिए, र त्‍यसलाई हतारमा तयार गर्न लागे। तिनले दही, दूध र त्‍यो तयार गरिएको बाछाको मासु लगेर उनीहरूका सामु टक्र्याए। उनीहरूले खाँदा तिनी उनीहरूकै नजिक रूखमुनि उभिए।
  • रूथ सिर्कामा रोटी चोबेर भुटेको अन्‍न खान्छिन्रूथ 2:14
    पदहरू
    रूथ 2:14खाने बेलामा बोअजले रूथलाई भने, “यहाँ आऊ, र केही रोटी खाऊ र तिम्रो रोटीको टुक्रा सिर्कामा चोप।” तिनी कटनी गर्नेहरूको छेउमा बसिन् र तिनले तिनलाई केही भुटेको अन्‍न दिए। तिनले अघाइन्ञ्‍जेलसम्म खाइन् र केही उबारिन्।
  • सबैका निम्ति रोटी, खजूरको डल्लो र किसमिसको डल्लो२ शमूएल 6:19
    पदहरू
    २ शमूएल 6:19त्यसपछि तिनले सबै मानिसका माझमा, सम्पूर्ण इस्राएलको भिडलाई पुरुष र महिला दुवैलाई एउटा रोटी, एक डल्लो खजूर र एक झुप्पा किसमिस बाँडिदिए। अनि सबै मानिस विदा भए। प्रत्‍येक व्‍यक्‍ति उसको आफ्‍नै घरमा फर्कियो।
  • अबीगेल रोटी, दाखमद्य, भेडा, किसमिस र नेभाराका डल्ला ल्याउँछिन्१ शमूएल 25:18
    पदहरू
    १ शमूएल 25:18अनि अबीगेलले हतार गरिन् र दुई सय रोटी, दुई मशक दाखमद्य, पहिले नै तयार पाँच वटा भेडा, आठ पाथी सुकेको अन्‍न, एक सय झुप्‍पा किशमिश, दुई सय डल्ला सुकेको नेभारा लिए र तिनलाई गधामाथि राखिन्।
  • सीबाले दाऊदका निम्ति रोटी, किसमिस र गर्मीका फल ल्याउँछन्२ शमूएल 16:1–2
    पदहरू
    २ शमूएल 16:1–2दाऊद डाँडाको चुचुरोबाट अलिकति पर पुग्दा, मपीबोशेतको नोकर सीबा केही गधाहरू जीन-काठी कसेर दाऊदलाई भेट्न आए। तिनमा दुई सयवटा रोटी, एक सय झुप्‍पा किसमिस, नेभारा एक सय झुप्‍पा र एक मशक दाखमद्य थिए। राजाले सीबालाई भने, “तिमीले यी कुरा किन लिएर आयौ?” सीबाले जवाफ दिए, “गधाहरू राजाका घरानालाई सवार हुन, रोटी र नेभाराका डल्लाहरू तपाईंका मानिसहरूले खान र दाखमद्यचाहि उजाडस्‍थानमा मूर्छित हुनेहरूका लागि पिउनलाई हुन्।”
  • भोकले मर्न लागेको एक मिश्री नेभाराको डल्लो र किसमिसले तङ्ग्रिन्छ१ शमूएल 30:11–12
    पदहरू
    १ शमूएल 30:11–12तिनीहरूले एक जना मिश्रीलाई खेतमा भेट्टाए र उसलाई दाऊदकहाँ ल्याए। तिनीहरूले उसलाई रोटी दिए र उसले खायो। तिनीहरूले उसलाई पानी पिउन दिए। र तिनीहरूले उसलाई एक डल्लो नेभारा र दुई झुप्पा किशमिश दिए। जब उसले ती खाइसक्‍यो, उसले फेरि शक्ति पायो, किनकि उसले तिन दिन र तिन रातदेखि रोटी खाएको वा पानी पिएको थिएन।
  • मिश्रमा माछा, काँक्रा, खरबुजा, लिक, प्याज र लसुनगन्ती 11:5
    पदहरू
    गन्ती 11:5हामीले मिश्रमा खुलमखुला खाएका माछा, काँक्रा, खरबूजा, कन्दहरू, प्याज र लसुन सम्झन्छौँ।
  • रोटी र दालको झोलउत्पत्ति 25:34
    पदहरू
    उत्पत्ति 25:34याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए। एसावले खानपान गरे अनि उठेर आफ्‍नो बाटो लागे। यसरी एसावले आफ्‍नो ज्‍येष्‍ठ-अधिकारलाई लत्त्याए।
  • मन्‍नाको स्वाद महमा बनाइएको पातलो रोटीजस्तो थियोप्रस्थान 16:31
    पदहरू
    प्रस्थान 16:31इस्राएलका मानिसहरूले त्यस खानालाई “मन्‍न” भने। यो धनियाँको गेडाजस्तो सेतो थियो र यसको स्वाद महमा बनाइएको बाबरजस्तो थियो।
  • देशको भुटेको अन्‍न; त्यसपछि मन्‍ना बन्द भयोयहोशू 5:11–12
    पदहरू
    यहोशू 5:11–12निस्तार-चाडपछि त्यसै दिन तिनीहरूले त्यो भूमिको केही उब्जनीबाट अखमिरी रोटी र भुटेको अन्‍न खाए। तिनीहरूले त्यस भूमिको उब्जनीबाट खाएपछि त्यही दिन मन्‍न रोकियो। इस्राएलका मानिसहरूका निम्ति कुनै मन्‍न थिएन, तर तिनीहरूले त्यस वर्ष कनानको भूमिको उब्जनीबाट खाए।
  • गहुँ, जौ, सिमी, दाल, कोदो र स्पेल्टको रोटीइजकिएल 4:9
    पदहरू
    इजकिएल 4:9त्‍यसपछि गहूँ, जौ, सिमी, दाल, कोदो र कठिया लिएर एउटै भाँडामा हालेर तँ कोल्टे परेर सुत्‍ने दिनअनुसार तेरो लागि रोटी पका। तिन सय नब्‍बे दिनसम्‍म तैंले त्‍यो खानेछस्।
  • दानिएल सागपात र पानी मात्र माग्छन्दानिएल 1:12
    पदहरू
    दानिएल 1:12तिनले भने, “कृपया, हामी तपाईंका सेवकहरूलाई दस दिनसम्म जाँच्नुहोस्। हामीलाई खानलाई सागपात र पिउनलाई पानी मात्र दिनुहोस्।
  • कागहरूले एलियालाई बिहान-बेलुका रोटी र मासु ल्याउँछन्१ राजाहरू 17:6
    पदहरू
    १ राजाहरू 17:6कागहरूले तिनलाई बिहान र बेलुका रोटी र मासु ल्याए, अनि तिनले खोलाबाट पानी पिए।
  • बप्तिस्मा दिने यूहन्‍ना सलह र जङ्गली मह खान्थेमत्ती 3:4
    पदहरू
    मत्ती 3:4अब यूहन्‍नाले उँटको रौँका वस्‍त्र र कम्मरको वरिपरि छालाको पेटी लगाउँथे। उनका खानेकुरा सलह र वन-मह थिए।
  • मोटो गोरुभन्दा प्रेमसहितको सागपातको थाल असलहितोपदेश 15:17
    पदहरू
    हितोपदेश 15:17घृणा भएको ठाउँमा पुष्‍टाइएको बाछो खानुभन्दा बरु प्रेम भएको ठाउँमा सागसब्जी खानु उत्तम हो।
  • छोराले रोटी वा माछा माग्छमत्ती 7:9–10
    पदहरू
    मत्ती 7:9–10वा, तिमीहरूमध्ये यस्तो मानिस कोही छ जसले आफ्नो छोराले उसलाई रोटी माग्दा ढुङ्गा देला? वा, उसले माछा माग्दा उसलाई सर्प देला?
  • तालको छेउमा भुङ्ग्रोमा माछा र रोटीयूहन्ना 21:9
    पदहरू
    यूहन्ना 21:9जब तिनीहरू जमिनमा उत्रे, तिनीहरूले आगोको भुङ्ग्रो र त्यसमा रोटीसँगै माछा राखेको देखे।
  • बौरिनुभएका येशू पोलेको माछाको एक टुक्रा खानुहुन्छलुका 24:42
    पदहरू
    लुका 24:42तिनीहरूले उहाँलाई एउटा पकाएको माछा दिए।

खानाको बेला

  • रिबेका दुई पाठाबाट स्वादिलो परिकार बनाउँछिन्उत्पत्ति 27:9
    पदहरू
    उत्पत्ति 27:9बथानमा गएर दुईवटा असल पाठा लिएर आइज, र म तेरा बुबालाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी बनाउनेछु।
  • स्त्रीहरू भान्से र रोटी पकाउनेको काम गर्थे१ शमूएल 8:13, हितोपदेश 31:15
    पदहरू
    १ शमूएल 8:13उनले तिमीहरूका छोरीहरूलाई अत्तर बनाउने, खाना बनाउने र रोटी बनाउने हुनलाई लिनेछन्।
    हितोपदेश 31:15उनी राती नै उठ्छिन्, र आफ्नो परिवारलाई भोजन बाँड्छिन्, अनि आफ्ना चाकर्नीहरूलाई तिनीहरूका काम बाँडफाँड गरिदिन्छिन्।
  • मिश्रीहरू हिब्रूहरूसँग खाँदैनथेउत्पत्ति 43:32
    पदहरू
    उत्पत्ति 43:32नोकरहरूले योसेफको लागि छुट्टै र तिनका दाजुहरूका लागि छुट्टै खाना पस्के। मिश्रीहरूले छुट्टै खाना खाए किनकि तिनीहरूले हिब्रूहरूसित खान सक्दैनथे। त्यसो गर्नु मिश्रीहरूका लागि अत्यन्तै घृणित कुरो थियो।
  • रोटी भाँच्नुअघि धन्यवाद दिइन्थ्योमर्कूस 8:6, लुका 24:30, प्रेरित 27:35
    पदहरू
    मर्कूस 8:6उहाँले भिडलाई भुइँमा बस्‍न आज्ञा दिनुभयो। उहाँले ती सातवटा रोटी लिनुभयो; धन्यवाद दिनुभयो; तिनलाई भाँच्‍नुभयो। उहाँले मानिसहरूका अगाडि राखून् भनी ती उहाँका चेलाहरूलाई दिनुभयो, र तिनीहरूले मानिसहरूका अगाडि राखिदिए।
    लुका 24:30जब उहाँ तिनीहरूसँग खान बस्‍नुभयो, तब उहाँले रोटी लिनुभयो, आशिष्‌ माग्‍नुभयो र यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो।
    प्रेरित 27:35त्यति भनिसकेपछि, उनले रोटी लिए र सबैको सामु परमेश्‍वरलाई धन्यवाद दिए। त्यसपछि उनले त्यो रोटी भाँचे अनि खान सुरु गरे।
  • अन्तिम भोजपछि एउटा भजन गाइयोमत्ती 26:30
    पदहरू
    मत्ती 26:30उहाँहरू सबैले भजन गाइसक्‍नुभएपछि उहाँहरू जैतून डाँडातर्फ लाग्‍नुभयो।

खान निषेध

  • जमिनका पशु: खुर चिरिएका र उग्राउने मात्रलेवीहरू 11:3–4
    पदहरू
    लेवीहरू 11:3–4चिरिएको खुर भएको र उग्राएर चबाउने सबै पशु तिमीहरूले खान मिल्‍छ। तर, उग्राएर चबाउने वा चिरिएको खुर मात्र भएको पशुचाहिँ तिमीहरूले नखानू, जस्तै ऊँट, किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन। यसकारण त्यो तिमीहरूका निम्ति अशुद्ध हो।
  • पानीका जीव: पखेटा र कत्ला भएका मात्रलेवीहरू 11:9–10
    पदहरू
    लेवीहरू 11:9–10पानीमा पाइने प्राणीहरूमा सागर वा नदीहरूमा पाइने पखेटा र कत्‍ला भएका सबै तिमीहरूले खान मिल्‍छ। तर सागर वा नदीहरूका सबै जीवित प्राणीहरू र पानीमा हिँड्ने र पानीमा पाइने सबै जीवित प्राणीहरू जसका पखेटा र कत्‍ला हुँदैनन्, ती तिमीहरूले घृणा गर्नू।
  • गरुड, गिद्ध र सूचीमा भएका अरू चराहरू खानु हुँदैनलेवीहरू 11:13
    पदहरू
    लेवीहरू 11:13तिमीहरूले घृणा गर्नुपर्ने र खान नहुने पक्षीहरू यी हुन्ः गरुड, गिद्ध,
  • सलह, खुइले-सलह, किथ्रो र फटेङ्ग्रा खान सकिन्छलेवीहरू 11:21–22
    पदहरू
    लेवीहरू 11:21–22तर उड्ने किराहरूमा चार खुट्‍टाले हिँड्ने र जमिनमा उफ्रनको निम्ति खुट्‍टामा जोर्नीहरू भएकाहरूचाहिँ तिमीहरूले खान मिल्छ। तिमीहरूले कुनै पनि प्रकारका सलह, खुइले-सलह, किथ्रो, वा फटेङ्ग्रो पनि खान मिल्छ।
  • रगत बगाइन्छ र माटोले छोपिन्छलेवीहरू 17:13–14
    पदहरू
    लेवीहरू 17:13–14इस्राएलको कुनै मानिस, वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले कुनै खान मिल्‍ने पशु वा पक्षीको शिकार गरी त्यसलाई मार्दछ भने, त्यो मानिसले त्यसको रगत निथारेर माटोले ढाकिदिओस्। किनभने हरेक जीवधारीको प्राण त्यसको रगतमा हुन्छ। त्यसैकारण मैले इस्राएलका मानिसहरूलाई भनेँ, “कुनै पनि प्राणीको रगत तिमीहरूले नखानू, किनभने हरेक प्राणीको जीवन त्यसको रगतमा हुन्छ। जसले त्यो खान्छ, त्यो बहिष्‍कृत होस्।”
  • खेतमा जङ्गली जनावरले चिथोरेको पशुको मासु होइनप्रस्थान 22:31
    पदहरू
    प्रस्थान 22:31तिमीहरू मेरा लागि अलग गरिएका जाति हौ। त्यसैले खेतमा पशुद्वारा फहराएको मासु तिमीहरूले नखानू। बरु, त्यो कुकुरहरूलाई फालिदिनू।
  • पाठोलाई उसकै आमाको दूधमा नपकाऊप्रस्थान 23:19, व्यवस्था 14:21
    पदहरू
    प्रस्थान 23:19तिमीहरूले मेरो घर अर्थात् परमप्रभु तिमीहरूका परमेश्‍वरको घरमा अगौटे फलहरूमध्ये सबैभन्दा असलचाहिँ ल्याउनू। बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ।
    व्यवस्था 14:21आफै मरेको कुनै पनि थोक नखानू। तिमीहरूका सहरहरूभित्र बस्‍ने परदेशीलाई त्यो दिन सक्छौ र त्यसले खान सक्छ वा यो परदेशीलाई बेच्न सक्छौ। किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गरिएका जाति हौ। बाख्राको पाठो माउको दूधमा नपकाउनू।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार