खोजी गर्नुहोस् › विषयहरू › पालहरू
दैनिक जीवन
बाइबलमा पालहरू
पवित्र बाइबल (ULB) का 29 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- याबाल पालमा बस्ने र पशुपालन गर्नेहरूका पिता हुन्उत्पत्ति 4:20
पदहरू
उत्पत्ति 4:20आदाले याबाललाई जन्माइन्। तिनी पालमा बस्नेहरू र पशु पालन गर्नेहरूका पिता बने।
- अब्राम बेथेल र ऐको बीचमा पाल टाँग्छन्, त्यसपछि मम्रेमा सर्छन्उत्पत्ति 12:8, उत्पत्ति 13:18
पदहरू
उत्पत्ति 12:8त्यहाँबाट तिनी बेथेलको पूर्वतिरको देशतिर गए, जहाँ तिनले बेथेललाई पश्चिमतिर र ऐलाई पूर्वतिर पारेर तिनको पाल टाँगे। त्यहाँ तिनले एउटा वेदी बनाए र परमप्रभुको नाउँको पुकारा गरे।
उत्पत्ति 13:18यसैले अब्रामले आफ्नो पाल उठाए र मम्रेका फलाँटका रूखहरू नजिकै बसोबास गरे, जुन हेब्रोन थियो र त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी निर्माण गरे।
- लोतसँग पनि भेडाबाख्रा, गाईवस्तु र पालहरू छन्उत्पत्ति 13:5
पदहरू
उत्पत्ति 13:5अब्रामसँगै यात्रा गरिरहेका लोतका पनि भेडाबाख्रा र गाईवस्तुहरूका बथान र पालहरू थिए।
- दिउँसोको गर्मीमा अब्राहाम आफ्नो पालको ढोकामा बस्छन्उत्पत्ति 18:1–2
पदहरू
उत्पत्ति 18:1–2दिउँसोको गर्मीमा मम्रेका फलाँटका रुखहरूछेउमा भएको आफ्नो पालको ढोकामा अब्राहाम बसेको बेला परमप्रभु तिनीकहाँ देखा पर्नुभयो। तिनले आफ्ना आँखा उठाएर हेरे, र तिनले आफ्नो सामु तिन जना मानिस उभिरहेका देखे। उनीहरूलाई देखेपछि तिनी पालको ढोकाबाट भेट गर्नलाई दौडेर गए, र भुइँसम्म निहुरेर दण्डवत् गरे।
- सारा पालको ढोकामा सुन्छिन्उत्पत्ति 18:9–10
पदहरू
उत्पत्ति 18:9–10उनीहरूले तिनलाई सोधे, “तेरी पत्नी सारा कहाँ छे?” तिनले जवाफ दिए, “त्यहीँ पालमा छिन्।” परमप्रभुले भन्नुभयो, “आउँदो साल यही समयमा म निश्चय नै तँकहाँ फर्किआउनेछु, र हेर्, तेरी पत्नी साराले एक जना छोरो जन्माउनेछे।” साराले चाहिँ उहाँको पछिल्तिर भएको ढोकाबाट यो कुरो सुनिरहेकी थिइन्।
- इसहाक रिबेकालाई आफ्नी आमा साराको पालमा ल्याउँछन्उत्पत्ति 24:67
पदहरू
उत्पत्ति 24:67इसहाकले रिबेकालाई आफ्नी आमा साराको पालमा लगे, र विवाह गरे। अनि तिनी उनकी पत्नी भइन्, र उनले तिनलाई प्रेम गरे। यसरी आफ्नी आमाको मृत्युपछि इसहाकले सान्त्वना पाए।'
- इसहाक पाल टाँग्छन्, र उनका सेवकहरू इनार खन्छन्उत्पत्ति 26:25
पदहरू
उत्पत्ति 26:25इसहाकले त्यहाँ एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे। तिनले आफ्नो पाल त्यहीँ नै टाँगे, र तिनका नोकरहरूले त्यहाँ एउटा इनार खने।
- याकूब, लेआ, राहेल र कमारीहरू हरेकको आफ्नै पाल छउत्पत्ति 31:33
पदहरू
उत्पत्ति 31:33लाबान याकूब र लेआको पालसाथै दुई जना कमारीका पालभित्र गए, तर तिनले ती घर-देवताहरू पाएनन्। तिनी लेआको पालबाट बाहिर आई राहेलको पालभित्र पसे।
- अब्राहाम, इसहाक र याकूब पालमा बसेहिब्रू 11:9
पदहरू
हिब्रू 11:9तिनी विश्वासद्वारा नै प्रतिज्ञाको देशमा एक परदेशीको रूपमा बसे। तिनी पालहरूमा इसहाक र याकूबसँगै उही प्रतिज्ञाको सङ्गी उत्तराधिकारीको रूपमा बसे।
- पालमा पर्दा, डोरी र किला हुन्थेयशैया 54:2, यर्मिया 10:20
पदहरू
यशैया 54:2“उदार भएर, आफ्नो पाललाई अझ ठुलो बना र आफ्नो पालका पर्दाहरू तन्का। आफ्ना डोरीहरू लामो बना र आफ्ना किलाहरू बलियो पार्।
यर्मिया 10:20मेरो पाल तहस-नहस पारिएको छ, र मेरा पालका सबै डोरी दुई टुक्रा पारेर काटिएका छन्। तिनीहरूले मेरा बालबालिकालाई मबाट टाढा लगेका छन्, त्यसैले तिनीहरू अब छैनन्। मेरो पाल टाँग्न वा मेरा पर्दाहरू उठाउन त्यहाँ अब फेरि कोही छैन।
- केदारका पालहरूजस्तै कालीश्रेष्ठगीत 1:5
पदहरू
श्रेष्ठगीत 1:5हे यरूशलेमका छोरीहरू हो, म काली छु, तर मायालु छु। म केदारका पालहरूजस्तै काली र सोलोमनका पर्दाहरूजस्तै मायालु छु।
- पावल, अकिला र प्रिस्किला पेशाले पाल बनाउने थिएप्रेरित 18:2–3
पदहरू
प्रेरित 18:2–3त्यहाँ उनले इटालीबाट आएका अकिला नाउँ गरेका पोन्टस निवासी एक यहूदी र तिनकी पत्नी प्रिस्किलालाई भेटे। किनभने क्लाउडियसले यहूदीहरूलाई रोम छाड्न आदेश दिएका थिए; र पावल तिनीहरूकहाँ आए। पावल तिनीहरूसँगै बसे र काम गरे किनकि उनीहरूको पेसा मिल्दथ्यो। तिनीहरूले पाल बनाउँथे।
उजाडस्थानमा
- मोशा ससुरालाई अभिवादन गर्छन्, र तिनीहरू पालभित्र जान्छन्प्रस्थान 18:7
पदहरू
प्रस्थान 18:7मोशा आफ्ना ससुरालाई भेट्न गए अनि ढोगेर तिनलाई चुम्बन गरे। तिनीहरूले एक-अर्काका हालखबर सोधपुछ गरे अनि पालभित्र प्रवेश गरे।
- इस्राएल दलअनुसार छाउनी हाल्छ, हरेक मानिस आफ्नो झन्डामुनिगन्ती 1:52, गन्ती 2:2
पदहरू
गन्ती 1:52इस्राएलका मानिसहरूले आ-आफ्ना पालहरू टाँग्दा हरेकले तिनीहरूका सशस्त्र समुहको झण्डाको नजिकै टाँग्नू।
गन्ती 2:2“हरेक इस्राएलीले आ-आफ्ना पुर्खाहरूको घरानाअनुसार आ-आफ्नो झन्डाको वरिपरि छाउनी लगाउनू।
- मानिसहरू आफ्नो पालको ढोकामा उभिएर मोशालाई हेर्छन्प्रस्थान 33:8
पदहरू
प्रस्थान 33:8मोशा पालमा जाँदा सबै मानिस तिनीहरूको पालको प्रवेशद्वारमा खडा हुन्थे र मोशा भित्र प्रवेश नगरुञ्जेलसम्म तिनलाई हेर्ने गर्थे।
- बालाम: हे याकूब, तिम्रा पालहरू कति सुन्दर छन्!गन्ती 24:5
पदहरू
गन्ती 24:5हे याकूब, तिम्रा पालहरू र तिमी बस्ने ठाउँ कति सुन्दर छन्!
- आकान आफ्नो पालभित्र जमिनमा चाँदी र सुन लुकाउँछन्यहोशू 7:21–22
पदहरू
यहोशू 7:21–22जब मैले लूटको मालहरूमा बेबिलोनबाट ल्याइएको सुन्दर ओढ्ने, दुई सय शेकेलको चाँदी र पचास शेकेल तौल भएको सुनको डण्डा देखेँ, मैले तिनीहरूलाई चाह गरेँ र लिएँ। तिनीहरूलाई मेरो पालको बिचमा जमिनमुनि लुकाएको छु र चाँदीचाहिँ यसको मुनि छ।” यहोशूले समाचारवाहकहरूलाई पठाए, जो पालमा गए र ती थोकहरू त्यहाँ थिए। तिनीहरूले हेर्दा तिनीहरूलाई तिनकै पालमा लुकाइएका भेटे र चाँदी तिनीहरूको मुनि थियो।
कथाहरूमा
- याएल आफ्नो पालमा सीसरालाई दूध दिन्छिन् र पालको किलाले मार्छिन्न्यायकर्ताहरू 4:18–21, न्यायकर्ताहरू 5:25–26
पदहरू
न्यायकर्ताहरू 4:18–21याएल सीसरालाई भेट्न बाहिर गइन् र भनिन्, “मेरा मालिक यता फर्कनुहोस् र नडराउनुहोस्।” यसैले उनी तिनीतिर फर्के र तिनको पालभित्र पसे, र तिनले उनलाई एउटा कम्बल ओढाइदिइन्। उनले तिनलाई भने, “मलाई अलिकता पानी पिउन देऊ, किनकि मलाई तिर्खा लागेको छ।” तिनले दूध हालिएको मशक खोलिन् र तिनलाई पिउन दिइन्, र तिनले उनलाई फेरि ओढाइदिइन्। उनले तिनलाई भने, “पालको ढोकामा खडा बस। कोही आएर यहाँ कोही छ भनी तिमीलाई सोध्यो भने, ‘छैन’ भन्नू।” त्यसपछि याएल (हेबेरकी पत्नी) पालको एउटा कीला र मुङ्ग्रो आफ्नो हातमा लिइन् र विस्तारै उनको नजिक गइन्, किनकि उनी मस्त निद्रामा थिए र उनको कन्चटबाट त्यो पालको कीलालाई भुइँमा नछेडिंदासम्म तिनले ठोकिदिइन् र उनी मरे।
न्यायकर्ताहरू 5:25–26त्यो मानिसले तिनीसँग पानी माग्यो, र तिनले उसलाई दूध दिईन्। तिनले त्यसको निम्ति राजकुमारहरूलाई सुहाउँदो मक्खन राखिएको भोजन ल्याइन्। तिनले आफ्नो हात पालको कीलामा राखिन्, र आफ्नो दाहिने हात मुङ्ग्रोमा राखिन्। त्यही मुङ्ग्रोले तिनले सीसरालाई हिर्काइन्, तिनले त्यसको शिर कुच्याइन्। त्यसको कन्चटलाई छेडेर तिनले त्यसको खप्परलाई टुक्रा-टुक्रा पारिन्।
- मिद्यानीहरू आफ्ना पशु र पालहरू लिएर सलहझैँ आउँछन्न्यायकर्ताहरू 6:5
पदहरू
न्यायकर्ताहरू 6:5तिनीहरूले आफ्ना पाल्तु वस्तुहरू र पालहरू लिएर आउँदा, तिनीहरू सलहहरूका हुलझैं हुन्थे, र तिनीहरूका मानिसहरू र ऊँटहरू गन्न असम्भव हुन्थ्यो। त्यस देशलाई नष्ट गर्नको निम्ति तिनीहरूले आक्रमण गर्थे।
- दाऊद गोल्यतका हतियार आफ्नै पालमा राख्छन्१ शमूएल 17:54
पदहरू
१ शमूएल 17:54दाऊदले त्यो पलिश्तीको शिर लिए र त्यो यरूशलेममा ल्याए, तर उसको हतियारचाहिं तिनले आफ्नो पालमा राखे।
- उरियाह: सन्दूक, इस्राएल र यहूदा पालमा बसिरहेका छन्२ शमूएल 11:11
पदहरू
२ शमूएल 11:11उरियाहले जवाफ दिए, “सन्दुक, इस्राएल र यहूदा पालमा बसिरहेका छन्, अनि मेरो मालिक योआब र मेरा मलिकका सेवकहरू खुल्ला मैदानमा छाउनीमा छन्। तब म आफ्नो घरमा खान, पिउन र मेरो पत्नीसँग सुत्नलाई कसरी जानु? जस्तो तपाईं जीवित हुनुहुन्छ, म यसो गर्ने छैन।”
- हे इस्राएल, हरेक आफ्नो पालमा जाओ!२ शमूएल 20:1, १ राजाहरू 12:16
पदहरू
२ शमूएल 20:1त्यही ठाउँमा बेन्यामिनी बिक्रीको छोरो शेबा नाउँको एक जना समस्या उत्पन्न गराउने मानिस थियो। त्यसले तुरही फुक्यो र भन्यो, “दाऊदसँग हाम्रो कुनै हिस्सा छैन, न त यिशैको छोरासँग हाम्रो कुनै उत्तराधिकार नै छ। ए इस्राएल, हरेक मानिस आआफ्ना घर जाओ।”
१ राजाहरू 12:16जब सारा इस्राएलको कुरा राजाले नसुनेको तिनीहरूले देखे तब मानिसहरूले तिनलाई जवाफ दिए, “दाऊदमा हाम्रो के हिस्सा छ र? यिशैका छोरामा हाम्रो कुनै उत्तराधिकार छैन! हे इस्राएली हो, आ-आफ्ना पालमा जाओ। हे दाऊद, तिमी आफ्नै घर सम्हाल।” यसरी इस्राएलीहरू आ-आफ्ना पालमा फर्केर गए।
- आसाको सेना गोठालाहरूका पालमा आक्रमण गर्छ र भेडा र ऊँट लैजान्छ२ इतिहास 14:15
पदहरू
२ इतिहास 14:15फौजले धेरै फिरन्ते गोठालाहरूका पालका बस्तीहरूसमेत नाश गरे। तिनीहरूले प्रशस्त मात्रामा भेडा र ऊँटहरू लिएर आए, र त्यसपछि तिनीहरू यरूशलेममा फर्के।
- गोठालाको पाल उखेलेर सारिन्छयशैया 38:12
पदहरू
यशैया 38:12मेरो जीवन मबाट गोठालोको पालझैं बोकेर लगिएको छ र हटाइएको छ। मेरो जीवनलाई मैले एउटा जुलाहाले जस्तो बेह्रेको छु। तपाईंले मलाई तानबाट काट्दै हुनुहुन्छ। तपाईंले मेरो जीवनलाई दिन र रातको बीचमा अन्त गर्दै हुनुहुन्छ।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार