खोजी गर्नुहोस् › विषयहरू › नाच
दैनिक जीवन
बाइबलमा नाच
पवित्र बाइबल (ULB) का 21 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- समुद्र पार गरेपछि मिरियम र स्त्रीहरू खैँजडी बजाउँदै नाच्छन्प्रस्थान 15:20
पदहरू
प्रस्थान 15:20हारूनकी दिदी अगमवादिनी मिरियमले खैँजडी लिइन्, र सबै स्त्रीले पनि खैँजडी लिँदै उनीसँगै नाचे।
- मोशा बाछो र नाच देख्छन्प्रस्थान 32:19
पदहरू
प्रस्थान 32:19जब मोशा छाउनी नजिक आइपुगे तिनले बाछो र मानिसहरू नाचिरहेका देखे। तिनी बेसरी रिसाए। तिनले आफ्ना हातबाट ती शिला-पाटीहरू फालिदिए, पर्वतको फेदीमा नै फुटाइदिए।
- यिप्ताकी छोरी नाच्दै उनलाई भेट्न निस्कन्छिन्न्यायकर्ताहरू 11:34
पदहरू
न्यायकर्ताहरू 11:34यिप्ता आफ्नो घर मिस्पामा आए र त्यहाँ तिनकी छोरी तिनलाई भेट्न खैंजडी बजाउँदै र नाच्दै बाहिर आइन्। यिनी तिनकी एक मात्र छोरी थिइन्, र यिनीबाहेक तिनको अरू छोरा वा छोरी थिएन।
- शीलोका छोरीहरू वार्षिक चाडमा नाच्छन्न्यायकर्ताहरू 21:19–21
पदहरू
न्यायकर्ताहरू 21:19–21यसैले तिनीहरूले भने, “तिमीहरूलाई थाहा छ, कि हरेक वर्ष शीलोमा परमप्रभुको निम्ति एउटा भोज हुन्छ (जुनचाहिं बेथेलको उत्तरमा, बेथेलबाट शकेमजाने बाटोको पूर्व, र लबोनाको दक्षिणमा पर्छ)।” तिनीहरूले बेन्यामीनका मानिसहरूलाई यसो भनेर निर्देशन दिए, “गुप्तमा लुक र दाखबारीहरूमा पर्ख। शीलोबाट युवतीहरू नाच्नलाई बाहिर निस्कने समयलाई हेर। तब दाखबारीहरूबाट बाहिर निस्क र तिमीहरू हरेकले शीलोबाट युवतीललाई आफ्नी पत्नीको रूपमा लिएर बेन्यामीनको भूमिमा फर्क।
- स्त्रीहरू नाच्दै गाउँछन्: शाऊलले हजारौँ मारे१ शमूएल 18:6–7, १ शमूएल 21:11
पदहरू
१ शमूएल 18:6–7जब तिनीहरू पलिश्तीहरूलाई पराजित गरेर आए, तब इस्राएलका सहरहरूबाट स्त्रीहरू खैंजडी र अन्य साङ्गितिक साधनहरूसँगै आनन्द साथ गाउँदै र चाँच्दै निस्के शाऊल राजालाई भेट्न आए। ती स्त्रीहरूले संगीतका साधनहरू बजाउँदै एकसाथ गीतहरू गाए। तिनीहरूले यसरी गाएः “शाऊलले हजारौंलाई मारेका छन् र दाऊदले दसौं हजारलाई मारेका छन्।”
१ शमूएल 21:11आकीशका सेवकहरूले तिनलाई भने, “के यिनी देशका राजा दाऊद होइनन्? के तिनीहरूले नाचहरूमा एक-आपसमा यसो भनी गाएनन्, 'शाऊलले हजारौलाई मारेका छन्, र दाऊदले दसौं हजारलाई मारेका छन्?'”
- दाऊद सन्दूकको अगाडि पूरा शक्तिले नाच्छन्२ शमूएल 6:14–16
पदहरू
२ शमूएल 6:14–16पमरप्रभुको सामु आफ्नो सारा शक्ति लगाएर दाऊद नाचे। तिनले सूतीको एपोद मात्र लगाएका थिए। यसरी दाऊद र इस्राएलका सबै घरानाले परमप्रभुको सन्दुक रमाहट गर्दै र तुरही बजाउँदै लिएर आए। अब जब परमप्रभुको सन्दुक दाऊदको सहरमा आयो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट बाहिर हेरिन्। परमप्रभुको सामु दाऊद राजा उफ्रँदै र नाँच्दै गरेको तिनले देखिन्। तब आफ्नो हृदयमा तिनले उनलाई घृणा गरिन्।
- मीकलले राजा दाऊदलाई नाचिरहेको देख्छिन् र मनमनै हेला गर्छिन्१ इतिहास 15:29
पदहरू
१ इतिहास 15:29तर जब परमप्रभुका करारको सन्दूक दाऊदको सहरमा ल्याइयो, शाऊलकी छोरी मीकलले झ्यालबाट बाहिर हेरिन्। उनले दाऊद राजालाई नाच्दै र उत्सव मनाउँदै गरेका देखिन्। तब उनले आफ्नो मनमा तिनलाई तुच्छ ठानिन्।
- बालबालिका खैँजडी र वीणाको तालमा उफ्रन्छन्अय्यूब 21:11–12
पदहरू
अय्यूब 21:11–12तिनीहरूले आफ्ना केटाकेटीलाई बगालझैं बाहिर पठाउँछन्, र तिनीहरूका छोराछोरी नाच्छन्। तिनीहरूले खैँजडी र वीणाको धुनमा गाउँछन्, र बाँसुरीको सङ्गीतमा रमाउँछन्।
- तपाईंले मेरो शोकलाई नाचमा बदल्नुभयोभजनसंग्रह 30:11
पदहरू
भजनसंग्रह 30:11तपाईंले मेरो शोकलाई नाँचमा परिणत गर्नुभएको छ। तपाईंले मेरो भाङ्ग्रा हटाउनुभएको छ र मलाई खुसीको पोशाक लगाउनुभएको छ।
- खैँजडी र नाचले उहाँको प्रशंसा गरभजनसंग्रह 149:3, भजनसंग्रह 150:4
पदहरू
भजनसंग्रह 149:3तिनीहरूले नाँच्दै उहाँको नाउँको प्रशंसा गरून्। खैंजडी र वीणा बजाउँदै तिनीहरूले उहाँको प्रशंसाको गीत गाऊन्।
भजनसंग्रह 150:4खैंजडी बजाउँदै र नाँच्दै उहाँको प्रशंसा गर। तार-वाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर।
- शोक गर्ने समय र नाच्ने समयउपदेशक 3:4
पदहरू
उपदेशक 3:4रुने एउटा समय छ, र हाँस्ने एउटा समय। शोक गर्ने एउटा समय छ, र नाच्ने एउटा समय।
- दुई सेनाको बीचको नाचश्रेष्ठगीत 6:13
पदहरू
श्रेष्ठगीत 6:13हे सिद्ध प्रेमिका, फर्केर आऊ, फर्केर आऊ। हामीले तिमीलाई एकटक लगाएर हेर्न सकूँ भनेर फर्केर आऊ, फर्केर आऊ। तिमीहरू किन दुई जना सेनाको बिचमा नाच्छन् जस्तै गरी सिद्ध प्रेमिकालाई एकटक लगाएर हेर्छौ?
- कन्याहरू नाच्दै रमाउँछन्, जवान र बूढा पनियर्मिया 31:4, यर्मिया 31:13
पदहरू
यर्मिया 31:4ए कन्या इस्राएल, म तँलाई फेरि निर्माण गर्नेछु, यसरी तँ निर्माण हुनेछस्। तैंले फेरि आफ्ना खैँजडीहरू लिनेछस् र खुसीको नाचसहित बाहर निस्कनेछस्।
यर्मिया 31:13तब कन्याहरू नाच्दै रमाउनेछन्, र युवा अनि पाकाहरू एकै ठाउँमा आउनेछन्। किनकि तिनीहरूको शोकलाई म उत्सवमा परिणत गर्नेछु। म तिनीहरूमाथि दया देखाउनेछु, र शोक गर्नुको साटो आनन्द मनाउन लगाउनेछु।
- हाम्रो नाच शोकमा बदलियोविलाप 5:15
पदहरू
विलाप 5:15हाम्रो हृदयको आनन्द हटेको छ, र हाम्रो नाच शोकमा परिणत भएको छ।
- बजारका बालबालिका: हामीले बाँसुरी बजायौँ, तर तिमीहरू नाचेनौमत्ती 11:17
पदहरू
मत्ती 11:17र भन्दछ, ‘हामीले तिमीहरूका निम्ति बाँसुरी बजायौँ, अनि तिमीहरू नाचेनौ। हामीले शोक गर्यौँ, र तिमीहरू रोएनौ।’
- फर्केको छोराका निम्ति सङ्गीत र नाचलुका 15:25
पदहरू
लुका 15:25अब उनको जेठो छोरा खेतमा थियो, ऊ जब घरको नजिकै आइपुग्यो, उनले नाचगानहरू भैरहेको सुने।
- हेरोदको जन्मदिनको भोजमा हेरोदियासकी छोरी नाच्छेमत्ती 14:6–7, मर्कूस 6:22
पदहरू
मत्ती 14:6–7तर जब हेरोदको जन्म दिन आयो, हेरोदियासकी छोरीले मानिसहरूका माझमा नाचिन् र हेरोदलाई प्रसन्न बनाइन्। त्यसको प्रतिक्रियामा तिनलाई जे मागे पनि दिनेछु भनेर हेरोदले वाचा गर्दै शपथ खाए।
मर्कूस 6:22हेरोदियासकी छोरी आफैँ आइन् र तिनीहरूको लागि नाचिन् अनि तिनले हेरोद र उनका पाहुनाहरूलाई प्रशन्न तुल्याइन्। राजाले त्यस केटीलाई भने, “तिमीलाई जे इच्छा लाग्छ सो माग, म तिमीलाई दिनेछु।”
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार