खोजी गर्नुहोस् › विषयहरू › अंश र इच्छापत्र
दैनिक जीवन
बाइबलमा अंश र इच्छापत्र
पवित्र बाइबल (ULB) का 39 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
उदाहरणहरू
- निःसन्तान अब्राम: एक सेवक, दमस्कसका एलीएजर मेरो उत्तराधिकारी हुनेछन्उत्पत्ति 15:2–3
पदहरू
उत्पत्ति 15:2–3अब्रामले भने, “हे परमप्रभु, तपाईंले मलाई के दिनुहुन्छ र?, किनभने म सनतानविहीन रहिरहेको छु र मेरो गरको उत्तराधिकार दमस्कसको एलीएजर हुनेछ।” अब्रामले भने, “हे्र्नुहोस्, तपाईंले मलाई कुनै पनि सन्तान नदिनुभएको हुनाले मेरो घरको भण्डारे नै मेरो उत्तराधिकार हुन्छ।”
- सारा: दासीको छोराले इसहाकको अंशमा भाग पाउनेछैनउत्पत्ति 21:10
पदहरू
उत्पत्ति 21:10त्यसैकारण तिनले अब्राहामलाई भनिन्, “त्यस कमारी स्त्री र त्यसको छोरोलाई बाहिर निकालिदिनुहोस्, किनकि त्यस कमारी स्त्रीको छोरो मेरो छोरो इसहाकसँगै उत्तराधिकारी बन्नेछैन।”
- अब्राहाम सबै इसहाकलाई दिन्छन् र उपपत्नीहरूका छोराहरूलाई उपहार दिएर पठाउँछन्उत्पत्ति 24:36, उत्पत्ति 25:5–6
पदहरू
उत्पत्ति 24:36मेरा मालिककी पत्नी साराले बुढेसकालमा तिनको निम्ति एक जना छोरो जन्माइन्, र उनैलाई तिनले आफ्ना सबै कुरा दिएका छन्।
उत्पत्ति 25:5–6अब्राहामले आफूसँग भएका सबै थोक इसहाकलाई दिए। तर आफू जीवित छँदै तिनका उपपत्नीपट्टिका छोराहरूलाई उनले उपहारहरू दिए, र आफ्ना छोरा इसहाकबाट छुट्याएर तिनीहरूलाई पूर्व देशतिर पठाए।
- राहेल र लेआ: के बुबाको घरमा हाम्रो कुनै अंश बाँकी छ र?उत्पत्ति 31:14–16
पदहरू
उत्पत्ति 31:14–16राहेल र लेआले तिनलाई जवाफ दिएर भने, “के हाम्रा पिताको घरमा हाम्रा निम्ति हकको कुनै भाग छ र? के उहाँले हामीलाई विदेशीहरूलाई जस्तै व्यवहार गर्नुभएको छैन र? किनकि उहाँले हामीलाई बेच्नुभएको छ, र हाम्रो रुपियाँ-पैसा पूर्ण रूपमा सखाप पार्नुभएको छ। हाम्रा पिताबाट परमेश्वरले लैजानुभएका सबै सम्पत्ति अब हाम्रा र हाम्रा छोराछोरीहरूका भएका छन्। त्यसो भए, अब परमेश्वरले तपाईंलाई जे भन्नुभएको छ, सो गर्नुहोस्।”
- याकूब योसेफलाई दाजुभाइभन्दा बढी एउटा पहाडे जमिन दिन्छन्उत्पत्ति 48:21–22
पदहरू
उत्पत्ति 48:21–22इस्राएलले योसेफलाई भने, “हेर्, म मर्न लागेको छु, तर परमेश्वर तिमीहरूका साथमा हुनुहुनेछ, र तिमीहरूलाई फेरि तिमीहरूका पिता-पुर्खाहरूको देशमा फर्काएर लैजानुहुनेछ। त्यसबाहेक तेरा दाजुभाइहरूभन्दा तँमाथि भएकोले मैले आफ्नो तरवार र धनुको बलले एमोरीहरूबाट लिएको पहाडको पाखा म तँलाई दिन्छु।”
- रूबेनको जेठो-हक योसेफका छोराहरूलाई सर्छ१ इतिहास 5:1–2
पदहरू
१ इतिहास 5:1–2इस्राएलका जेठा छोरा रूबेनका छोराहरू— रूबेन जेठा छोरा थिए, तर तिनको ज्येष्ठ अधिकार इस्राएलका छोरा योसेफका छोराहरूलाई दिइयो, किनभने तिनले आफ्ना पिताको ओच्छ्यान अपवित्र पारेका थिए। त्यसैले जेठा छोराको रूपमा तिनको विवरण रहेन। यहूदा आफ्ना दाजुभाइमध्ये सबैभन्दा बलिया थिए, र तिनीबाट एक जना अगुवा आउनेवाला थिए। तर ज्येष्ठ अधिकार योसेफको थियो—
- सलोफादका छोरीहरूले बुबाका भाइहरूका बीचमा जमिन पाउँछन्गन्ती 27:1–4, यहोशू 17:3–4
पदहरू
गन्ती 27:1–4योसेफका छोरा मनश्शेका कुलका, मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलेद, गिलेदका छोरा हेपेर, हेपेरका छोरा सलोफादका छोरीहरू मोशाकहाँ आए। तिनका छोरीहरूका नाउँ यिनै थिएः महला, नोआह, होग्ला, मिल्का र तिर्सा। तिनीहरू भेट हुने पालको प्रवेश-द्वारमा मोशा, पुजारी एलाजार, अगुवाहरू र सारा समुदायको सामु खडा भए। तिनीहरूले भने, “हाम्रा बुबा मरुभूमिमा मरे। तिनी परमप्रभुको विरुद्धमा विद्रोह गर्ने कोरहको दलमा थिएनन्। तिनी आफ्नै पापको कारण मरे र तिनका कुनै छोराहरू छैनन्। तिनका छोराहरू नभएकै कारण हाम्रा बुबाको नाउँ तिनका कुलका सदस्यहरूको बिचबाट किन निर्मूल गर्ने? हामीहरूलाई हाम्रा बुबाका नातेदारहरूमाझ जग्गा दिनुहोस्।”
यहोशू 17:3–4मनश्शेका छोरा माकीरका छोरा गिलादला छोरा हेपेरका छोरा सलोफादको कुनै छोरा थिएन, तर छोरीहरू मात्र थिए। तिनकी छोरीहरूका नाउँ महला, नोआह, होग्ला, मिल्का र तिर्सा थिए। तिनीहरू पुजारी एलाजार, यहोशू र अगुवाहरूकहाँ आए र भने, “परमप्रभु परमेश्वरले हाम्रा दाजुभाइहरूसँगै उत्तराधिकार दिनू भनी आज्ञा गर्नुभएको थियो।” त्यसैले, परमप्रभुको आज्ञाअनुसार, तिनले ती महिलाहरूलाई तिनीहरूका बुबाका दाजुभाइहरूमाझ उत्तराधिकार दिए।
- अर्की स्त्रीको छोरा भएकाले यिप्तालाई अंश दिइँदैनन्यायकर्ताहरू 11:2
पदहरू
न्यायकर्ताहरू 11:2गिलादकी पत्नीले पनि तिनका निम्ति अरू छोराहरू जन्माइन्। जब तिनकी पत्नीकी छोराहरू हुर्के, तिनीहरूले यिप्तालाई घर छोड्न बाध्य पारे र तिनलाई भने, “हाम्रो परिवारबाट तैंले केही पनि पैतृक अंश पाउनेछैनस्। तँ अर्कै स्त्रीको छोरा होस्।”
- मृतकको नाउँ राख्न बोअज एलीमेलेकको जमिन किन्छन्रूथ 4:5–6, रूथ 4:9–10
पदहरू
रूथ 4:5–6त्यसपछि बोअजले भने, “तपाईंले नाओमीबाट जग्गा किनेको दिनमा नै मृतकको उत्तराधिकारको नाउँलाई उठाउनको निम्ति मृत मानिसको विधवा मोआबी रूथलाई पनि लानुपर्छ।” अनि नजिकका कुटम्बले भने, “आफ्नो उत्तराधिकारलाई हानि नगरी मैले यो आफ्नो निम्ति छुट्टाउन सक्दिनँ। तपाईंले नै मेरो छुटकाराको अधिकार लिनुहोस्, किनभने मैले छुट्टाउन सक्दिनँ।”
रूथ 4:9–10त्यसपछि बोअजले धर्मगुरुहरू र सबै मानिसहरूलाई भने, “मैले एलीमेलेकको, किल्योन र महलोनको सबै थोक मैले आज किनेँ भन्ने कुराको साक्षी तपाईंहरू हुनुहुन्छ।” साथै त्यसको उत्तराधिकारमा मृत मानिसको नाउँलाई मैले उठाउन सकूँ भनी महलोनकी पत्नी मोआबी महिला रूथलाई मैले मेरी पत्नीको रूपमा प्राप्त गरेको छु, ताकि त्यसको नाउँ आफ्ना दाज्यूभाइहरु माझबाट र त्यसको ठाउँको प्रवेशद्धारबाट नहराओस्। आज तपाईंहरू साक्षी हुनुहुन्छ।”
- नाबोत आफ्ना पिता-पुर्खाको अंश बेच्दैनन्१ राजाहरू 21:2–3
पदहरू
१ राजाहरू 21:2–3आहाबले नाबोतलाई यसो भने, “सागबारी लगाउन मलाई तिम्रो दाखबारी देऊ किनकि यो मेरो घर नजिकै छ। यसको सट्टामा म तिमीलाई अझै राम्रो दाखबारी दिने छु वा तिमीले चाह्यौ भने म तिमीलाई यसको दाम तिरिदिने छु।” नाबोतले आहाबलाई जवाफ दिए, “मेरा पुर्खाहरूका पैतृक सम्पत्ति मैले तपाईंलाई दिनदेखि परमप्रभुले मलाई निषेध गरून्।”
- यहोशापात छोराहरूलाई उपहार र सहर दिन्छन्, राज्य जेठोलाई२ इतिहास 21:3
पदहरू
२ इतिहास 21:3तिनका बुबाले तिनीहरूलाई सुन, चाँदी र बहुमूल्य थोकहरूका ठुला उपहारहरू र यहूदाका किल्ला भएका सहरहरू पनि दिए, तर राज्यचाहिं तिनले यहोरामलाई नै दिए।
- अय्यूब आफ्ना छोरीहरूलाई तिनका दाजुभाइसँगै अंश दिन्छन्अय्यूब 42:15
पदहरू
अय्यूब 42:15सारा देशमा अय्यूबका छोरीहरूजत्तिकै सुन्दरी कुनै स्त्रीहरू पनि थिएनन्। तिनीहरूका पिताले तिनीहरूलाई आफ्ना दाजुभाइसरह नै पैतृक-अंश दिए।
- यर्मिया छुटाउने अधिकारले आफ्नो काकाको छोराको खेत किन्छन्यर्मिया 32:7–8
पदहरू
यर्मिया 32:7–8तेरो काका शल्लूमको छोरो हनमेल तँकहाँ आउँदैछ, र उसले यसो भन्नेछ, ‘अनातोतमा भएको मेरो खेत किन्नुहोस्, किनकि त्यो किन्ने हक तपाईंकै हो।' परमप्रभुले घोषणा गर्नुभएझैं मेरो काको छोरा हनमेल गारदको चोकमा मकहाँ आयो, र उसले मलाई भन्यो, 'बेन्यामीनको इलाकामा पर्ने अनातोतमा भएको मेरो खेत किन्नुहोस्, किनकि यसको उत्तराधिकारको तपाईं नै हो, र त्यो किन्ने हक पनि तपाईंकै हो। आफ्नो लागि त्यो किन्नुहोस्।' तब यो परमप्रभुकै वचन रहेछ भनी मैले थाहा पाएँ।
- गुरुज्यू, मेरो दाजुलाई मसँग अंश बाँड्न भन्नुहोस्लुका 12:13
पदहरू
लुका 12:13त्यसपछि भिडबाट एक जनाले उहाँलाई यसो भन्यो, “गुरुज्यू, मेरो भाइलाई सम्पत्तिको भागबन्डा गरिदिनुहोस् भनी बताइदिनुहोस्।”
- कान्छो छोरा सम्पत्तिमा आफ्नो भाग माग्छ (दृष्टान्त)लुका 15:12–13
पदहरू
लुका 15:12–13र कान्छाले उसका बुबालाई भन्यो, ‘बुबा मैले पाउनुपर्ने सम्पत्तिको अंश अब मलाई दिनुहोस्।’ त्यसैले, तिनीहरूका बिचमा उनले सम्पत्ति बाँडिदिए। धेरै दिन नबित्दै, कान्छा छोराले आफ्ना सर सामान तयार गरी टाढा देश जान यात्रा सुरु गरे र उनले अनाअवश्यक थोकहरू किनेर त्यहाँ उनले जथाभावी रुपियाँ-पैसा खर्च गरे।
- मोहीहरू उत्तराधिकारीलाई मारेर अंश लिने षड्यन्त्र गर्छन् (दृष्टान्त)मर्कूस 12:7
पदहरू
मर्कूस 12:7तर मोहीहरूले एक-आपसमा भने, “यो त उत्तराधिकारी हो। आओ, यसलाई मारौँ र सम्पत्ति हाम्रो हुनेछ।”
व्यवस्थामा
- छोरा नभए: छोरीलाई, त्यसपछि दाजुभाइ, काका, नजिकको आफन्तलाईगन्ती 27:8–11
पदहरू
गन्ती 27:8–11तैँले इस्राएलका मानिसहरूलाई भन्, 'यदि कुनै मानिस मर्छ र त्यसको छोरा छैन भने, तिमीहरूले त्यसको सम्पत्ति त्यसकी छोरीलाई दिनुपर्छ। यदि त्यसकी छोरी छैन भने, तिमीहरूले त्यसको अंश त्यसको आफ्नो भाइलाई दिनुपर्छ। यदि त्यसको भाइ छैन भने, तिमीहरूले त्यसको अंश त्यसका बुबाका भाइहरूलाई दिनुपर्छ। यदि त्यसका बुबाका भाइहरू छैनन् भने, तिमीहरूले त्यसको अंश त्यसको कुलको सबैभन्दा नजिकको नातेदारलाई दिनुपर्छ। त्यसले त्यो आफ्नो निम्ति ग्रहण गर्नुपर्छ। यो परमप्रभुले मलाई आज्ञा गर्नुभएअनुसार इस्राएलका मानिसहरूका निम्ति आदेशद्वारा स्थापित गरिएको नियम हुने छ'।”
- मन नपराइएकी पत्नीको जेठो छोराले पनि दोब्बर भाग पाउँछव्यवस्था 21:15–17
पदहरू
व्यवस्था 21:15–17कुनै मानिसका दुई पत्नी छन् र त्यसले एउटालाई माया गर्छ र अर्कीलाई घृणा गर्छ अनि दुवै जनाले सन्तान जन्माएका छन् भने अनि घृणा गरिनेले चाहिँ जेठो छोरो जन्माएको छ भने अंशबन्डा गर्दा माया गर्नेको छोरा भनेर माया नगर्नेको खास जेठो छोरोलाई उछिनेर पिताले कान्छोलाई अधिकार दिन मिल्दैन। बरु, त्यसले घृणा गरिएकी पत्नीको छोरोलाई नै आफ्ना सबै सम्पत्तिको दोब्बर भाग दिएर जेठो हो भनी मान्यता देओस्। किनकि त्यो छोरो नै त्यसको शक्तिको सुरु हो। जेठोको हक त्यसको नै हो।
- अंशको जमिन एक कुलबाट अर्को कुलमा सर्न हुँदैनगन्ती 36:7–9
पदहरू
गन्ती 36:7–9इस्राएलका मानिसहरूको कुनै पनि अंश एउटा कुलबाट अर्कोमा बद्ली गर्नुहुँदैन। इस्राएलका मानिसहरूको हरेक कुलले आ-आफ्नो पुर्खाको कुलको अंशलाई निरन्तरता दिनुपर्छ। आफ्नो कुलमा अंश पाउने हेरक महिलाले आफ्नै पिताको कुलको परिवारभित्र मात्र विवाह गर्नुपर्छ, ताकि इस्राएलका मानिस हरेकले आ-आफ्नो पुर्खाहरूबाटको अंश पाओस्। कुनै पनि हिस्सा एउटा कुलबाट अर्कोमा बद्ली गर्नुहुँदैन। इस्राएलका मानिसको कुलको हरेकले आ-आफ्नो अंश सुरक्षित राख्नुपर्छ।”
- जमिन चिट्ठाद्वारा बाँडिन्छ, ठूला कुललाई बढीगन्ती 26:53–55
पदहरू
गन्ती 26:53–55“यो भूमि तिनीहरूका आ-आफ्ना नाउँको सङ्ख्याअनुसार यी मानिसहरू माझ उत्तराधिकारको रूपमा बाँड्नुपर्छ। ठुलो कुललाई ठुलो अंश दिनुपर्छ र सानो कुललाई सानो अंश दिनुपर्छ। हरेक कुललाई गनिएका पुरुषहरूको सङ्ख्याअनुसार एक-एक अंश दिनुपर्छ। तथापि, भूमिलाई चिट्ठा हालेर बाँड्नुपर्छ।
- हारूनलाई देशमा तिम्रो कुनै अंश हुनेछैन भनिन्छगन्ती 18:20
पदहरू
गन्ती 18:20परमप्रभुले हारूनलाई भन्नुभयो, “मानिसहरूको जग्गा-जमिनमा तेरो कुनै उत्तराधिकार हुनेछैन, न त मानिसहरूको सम्पत्तिमा कुनै हिस्सा हुने छ। इस्राएलका मानिसहरूमा म नै तेरो हिस्सा र उत्तराधिकार हुँ।
- शासकले सेवकलाई दिएको उपहार मुक्तिको वर्षमा फर्कन्छइजकिएल 46:16–17
पदहरू
इजकिएल 46:16–17परमप्रभु परमेश्वर यस्तो भन्नुहुन्छ: शासकले आफ्ना कुनै पनि छोरोलाई बकस दिन्छन् भने त्यो तिनको उत्तराधिकार हुनेछ। त्यो तिनका छोराहरूका सम्पत्ति, अर्थात् उत्तराधिकार हुनेछ। तर तिनले आफ्नो उत्तराधिकारबाट आफ्ना सेवकमध्ये एक जनालाई बकस दिन्छन् भने, स्वन्त्रताको वर्ष नभएसम्म त्यो त्यस सेवकको हुनेछ, र त्यसपछि त्यो उक्त शासकलाई फिर्ता हुनेछन्। तिनको उत्तराधिकार निश्चय पनि तिनका छोराहरूकै हुनेछ।
अन्तिम इच्छा
- याकूब हात क्रस गरेर एफ्राइमलाई मनश्शेभन्दा अगाडि राख्छन्उत्पत्ति 48:13–14, उत्पत्ति 48:19–20
पदहरू
उत्पत्ति 48:13–14योसेफले ती दुवैलाई लिएर एफ्राइमलाई आफ्नो दाहिनेपट्टि र इस्राएलको देब्रेपट्टि, र मनश्शेलाई आफ्नो देब्रेपट्टि र इस्राएलको दाहिनेपट्टि पर्ने गरी इस्राएलको नजिक ल्याए। इस्राएलले आफ्नो दाहिने हात पसारेर कान्छा एफ्राइमको टाउकोमा र आफ्नो देब्रे हात मनश्शेको टाउकोमा राखे। मनश्शे जेठा भएकाले तिनले आफ्नो एउटा हात अर्को हातमाथि खप्ट्याए।
उत्पत्ति 48:19–20तर तिनका बुबाले अस्वीकार गरी भने, “मलाई थाहा छ, मेरो छोरो, मलाई थाहा छ। यसको पनि एउटा वंश हुनेछ, र यो पनि महान् हुनेछ। तापनि यसको भाइचाहिँ योभन्दा महान् हुनेछ, र त्यसका सन्तान जाति-जातिहरूको एक समूह हुनेछ।” इस्राएलले तिनीहरूलाई त्यस दिन यसो भनेर आशीर्वाद दिए, “इस्राएलका मानिसहरूले तिमीहरूका नाउँ लिएर यस्तो आशीर्वाद दिनेछन्, ‘परमेश्वरले तँलाई एफ्राइम र मनश्शेजस्तै बनाऊन्’।” यसरी तिनले मनश्शेभन्दा एफ्राइमलाई नै अगाडि राखे।
- मर्नुअघि याकूब छोराहरूलाई भेला गर्छन् र हरेकलाई आशिष् दिन्छन्उत्पत्ति 49:1, उत्पत्ति 49:28, उत्पत्ति 49:33
पदहरू
उत्पत्ति 49:1तब याकूबले आफ्ना छोराहरूलाई बोलाएर भनेः “तिमीहरू यहाँ जम्मा होओ, ताकि भविष्यमा तिमीहरूमाथि के आइपर्नेछ सो म तिमीहरूलाई भनूँ।
उत्पत्ति 49:28यी इस्राएलका बाह्र कुल हुन्। आफ्ना बुबाले तिनीहरूलाई आशीर्वाद दिँदा भनेका कुरा यही हो। प्रत्येकलाई तिनले सुहाउँदो आशीर्वाद दिए।
उत्पत्ति 49:33छोराहरूलाई यो आज्ञा दिइसकेपछि याकूबले आफ्ना खुट्टा ओछ्यानमा पसारेर आफ्नो प्राण त्यागे, र आफ्ना पिता-पुर्खाहरूसँग मिल्न गए।
- सोलोमनलाई दाऊदको अन्तिम अर्ती१ राजाहरू 2:1–3
पदहरू
१ राजाहरू 2:1–3दाऊदको मर्ने दिन नजिकिँदै गर्दा तिनले आफ्ना छोरा सोलोमनलाई यसो भने, “संसारको रीतझैँ म पनि मर्दै छु। त्यसकारण, बलिया होऊ, र आफैलाई मर्द साबित गर। मोशाको व्यवस्थामा लेखिएका परमप्रभु तिम्रा परमेश्वरका मार्गहरूमा हिँड्न, उहाँका विधिहरू, आज्ञाहरू, निर्णयहरू र उहाँका करारका आदेशहरू पालन गर्न होसियार होऊ ताकि तिमी जता गए पनि तिमीले गर्ने सबै काममा तिम्रो उन्नति होस्,
- यशैया हिजकियालाई: आफ्नो घरको बन्दोबस्त मिलाउनुहोस्२ राजाहरू 20:1
पदहरू
२ राजाहरू 20:1ती दिनमा मृत्यु नै हुन्छ कि जस्तो गरी हिजकिया बिरामी परे। त्यसैले आमोजका छोरा यशैया अगमवक्ता तिनीकहाँ आए र तिनलाई भने, “परमप्रभु भन्नुहुन्छ, 'तेरो घरलाई मिलाएर राख्, किनकि तँ मर्नेछस् र बाँच्नेछैनस्'।”
- इच्छापत्र बनाउनेको मृत्युपछि मात्र लागू हुन्छहिब्रू 9:16–17
पदहरू
हिब्रू 9:16–17किनकि जहाँ इच्छा हुन्छ, त्यहाँ त्यो बनाउने व्यक्तिको मृत्युलाई प्रमाणित गर्नुपर्ने हुन्छ। किनकि एउटा इच्छा तब मात्र लागु हुन्छ, जब त्यहाँ मृत्यु भएको हुन्छ, किनभने जबसम्म यसलाई बनाउने जीवित हुन्छ, तबसम्म यसको कुनै जोड हुँदैन।
- पक्का भइसकेको मानिसको करार रद्द वा फेरबदल गर्न सकिँदैनगलाती 3:15
पदहरू
गलाती 3:15भाइहरू हो, म मानवीय शब्दहरूमा बोल्दछु। एक पटक पक्का भइसकेको मानिसले बनाएको इच्छा-पत्र त न कसैले रद्द गर्छ न त त्यसमा केही थपिन्छ।
- बालक उत्तराधिकारी संरक्षक र भण्डारेहरूको अधीनमा हुन्छगलाती 4:1–2
पदहरू
गलाती 4:1–2मैले यो भनिरहेको छु, कि उत्तराधिकारी बालकै भएसम्म ऊ सारा सम्पत्तिको मालिक भए तापनि ऊ कमारो भन्दा फरक हुँदैन। बरु, उसको बुबाले निर्धारण गरेको समयसम्म ऊ अभिभावकहरू र संरक्षकहरूको मुनि हुन्छ।
भनाइहरू
- बुद्धिमान् सेवकले दाजुभाइसरह अंशमा भाग पाउनेछहितोपदेश 17:2
पदहरू
हितोपदेश 17:2बुद्धिमान् नोकरले लाजमर्दो गरी काम गर्ने छोरोमाथि शासन जमाउँछ, र दाजुभाइ सरह नै पैतृक-सम्पत्ति पाउने छ।
- असफल कारोबारमा गुमेको धनले छोरालाई केही छोड्दैनउपदेशक 5:13–14
पदहरू
उपदेशक 5:13–14सूर्यमूनि मैले एउटा खराबी देखेको छुः मालिकले आफ्नै दुर्दशाको निम्ति धन-सम्पत्ति थुपार्छ। जब धनी मानिसले दुर्भाग्यबाट आफ्नो धन-सम्पत्ति गुमाउँछ, तब त्यसले पालन-पोषण गरेको त्यसको आफ्नै छोरोको हातमा केही पनि हुँदैन।
- घर र धन बुबाबाट अंशमा पाइन्छहितोपदेश 19:14
पदहरू
हितोपदेश 19:14घर र धन-सम्पत्ति बुबाआमाबाट आएका हुन्छन्, तर विवेकी पत्नीचाहिँ परमप्रभुबाट आउँछ।
- मेरो उत्तराधिकारी बुद्धिमान् होला कि मूर्ख, कसलाई थाहा?उपदेशक 2:18–19
पदहरू
उपदेशक 2:18–19सूर्यमूनि मैले काम गरेर हासिल गरेका मेरा सबै प्राप्तिहरूलाई मैले घृणा गरेँ, किनकि मैले ती मपछि आउनेको लागि छोड्नैपर्छ। किनकि त्यो बुद्धिमान् वा मूर्ख मानिस कुनचाहिँ हुने छ भनी कसलाई थाहा छ र? तापनि सूर्यमूनि मेरो काम र बुद्धिले बनाएको हरेक कुरोमाथि त्यो मालिक हुने छ। यो पनि बाफ हो।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार