खोजी गर्नुहोस् › विषयहरू › पैसा
दैनिक जीवन
बाइबलमा पैसा
पवित्र बाइबल (ULB) का 41 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
जोखेर दिइएको चाँदी
- मक्पेलाको गुफाका निम्ति अब्राहाम 400 शेकेल चाँदी जोखेर दिन्छन्उत्पत्ति 23:15–16
पदहरू
उत्पत्ति 23:15–16“हे मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्। जग्गाको मोल चाँदीका चार सय सिक्का हो, तर मेरो र तपाईंको बीचमा त्यो के हो र? लाशलाई गाड्नुहोस्।” अब्राहामले एप्रोनको कुरा माने र तिनले एप्रोनलाई हेतका छोराहरूका सामुन्ने उनले भने जस्तै व्यापारीहरूमा प्रचलित तौलबमोजिम चाँदीका चार सय सिक्का जोखेर उनलाई दिए।
- याकूब शकेममा एक सय चाँदीका टुक्रा दिएर जग्गा किन्छन्उत्पत्ति 33:19
पदहरू
उत्पत्ति 33:19त्यसपछि तिनले एक सय चाँदीका सिक्कामा शकेमका पिता हमोरका छोराहरूबाट एउटा जग्गा किने र त्यहीँ नै आफ्नो पाल टाँगे।
- योसेफ बीस शेकेल चाँदीमा बेचिन्छन्उत्पत्ति 37:28
पदहरू
उत्पत्ति 37:28मिद्यानी व्यापारीहरू त्यहाँबाट भएर गए। योसेफका दाजुहरूले उनलाई माथि उठाए र त्यस खाडलबाट बाहिर निकाले। तिनीहरूले योसेफलाई इश्माएलीहरूका हातमा चाँदीका बिस सिक्कामा बेचिदिए। ती इश्माएलीहरूले योसेफलाई मिश्रमा लगे।
- दाजुभाइले आफ्ना बोरामा आफ्नै चाँदी फेला पार्छन्उत्पत्ति 42:25, उत्पत्ति 42:35, उत्पत्ति 43:21
पदहरू
उत्पत्ति 42:25त्यसपछि योसेफले आफ्ना दाजुहरूका झोलाहरू अनाजले भरी हरेकको रुपियाँ-पैसा उसकै बोराभित्र हाल्न र यात्राको लागि सरसामानको बन्दोवस्त गरिदिन आफ्ना नोकरहरूलाई आज्ञा गरे।
उत्पत्ति 42:35तिनीहरूले आफ्ना बोराहरू खोल्दा हरेकको बोराभित्र चाँदीको पोको रहेछ। तिनीहरू र तिनीहरूका पिताले चाँदीको पोको देखेपछि तिनीहरू डराए। तिनीहरूका पिता
उत्पत्ति 43:21हामी विश्राम स्थलमा पुग्यौँ, अनि बोराहरू खोल्दा हरेकको रुपियाँ-पैसा हरेकको बोराको मुखैमा थियो। त्यहाँ हाम्रा सबै रुपियाँ-पैसा थिए। हामीले ती हामीसँगै ल्याएका छौँ। अन्न किन्नलाई हामीले थप रुपियाँ-पैसा पनि ल्याएका छौँ।
- अन्नको बदलामा योसेफले मिश्र र कनानको सबै पैसा जम्मा गर्छन्उत्पत्ति 47:14–16
पदहरू
उत्पत्ति 47:14–16मिश्र र कनान देशका बासिन्दाहरूलाई बेचेका अन्नबाट प्राप्त सबै रुपियाँ योसेफले जम्मा गरे। त्यसपछि योसेफले त्यो रुपियाँ फारोको महलमा ल्याए। जब मिश्र र कनानमा भएका सबै आफ्ना रुपियाँ-पैसा खर्च भयो, सबै मिश्रीहरू यसो भन्दै योसेफकहाँ आए, “हामीलाई अन्न दिनुहोस्। हाम्रो रुपियाँ-पैसा सकिएको कारण तपाईंका आँखाको सामुन्ने हामी किन मरौँ?” योसेफले तिनीहरूलाई भने, “यदि तिमीहरूका रुपियाँ-पैसा सिद्धिए भने गाईबस्तु ल्याओ र तिमीहरूका गाईबस्तुका सट्टामा म तिमीहरूलाई अन्न दिनेछु।”
- उनको बलको रहस्यका निम्ति हरेक पलिश्ती शासकले दलीलालाई चाँदी दिने वचन दिन्छन्यायकर्ताहरू 16:5
पदहरू
न्यायकर्ताहरू 16:5पलिश्तीहरूका शासकहरू त्यस स्त्रीकहाँ आए, र भने, “शिमशोनलाई छल गरेर त्यसको त्यो ठुलो बल केमा रहेको छ, र कसरी हामी त्यसको शक्तिलाई हामी हराउन सक्छौं भन्ने कुरा थाहा गर, ताकि हामीले त्यसलाई बाँधेर त्यसलाई लज्जीत पार्न सकौं। यो काम गर, र हामी हरेकले तिमीलाई चाँदीका १,१०० सिक्का दिनेछौं।”
- मीकाले आमाबाट लिएका 1,100 शेकेल फिर्ता गर्छन्न्यायकर्ताहरू 17:2–4
पदहरू
न्यायकर्ताहरू 17:2–4तिनले आफ्नी आमालाई भने, “तपाईंबाट लगिएका १,१०० चाँदीका सिक्का, जसको विषयमा तपाईंले सराप दिनुभएको थियो, र जुन मैले सुनेको थिएँ, हेर्नुहोस्। त्यो चाँदी मसँग छन्। त्यो मैले ती चोरें।” तिनकी आमाले भनिन्, “मेरो छोरा, परमप्रभुले तिमीलाई आशिष् दिऊन्!” तिनले ती चाँदीका १,१०० सिक्काहरू आफ्नी आमालाई दिए र तिनकी आमाले भनिन्, “खोपिएको र ढलौटे मूर्तिहरू बनाउनलाई मेरो छोराको निम्ति यो चाँदी म परमप्रभुमा अलग गर्छु। यसैले अब यो म तिमीलाई दिन्छु।” जब तिनले त्यो पैसा आफ्नी आमालाई दिए, तब तिनकी आमाले चाँदीका दुई सय सिक्का लिईन् र त्यो शिल्पकारलाई दिईन् जसले तीबाट खोपिएको र ढलौटे मूर्तिहरू बनाए, र ती मीकाको घरमा राखियो।
- आहाबले नाबोतलाई उसको दाखबारीका निम्ति चाँदी दिने प्रस्ताव गर्छन्१ राजाहरू 21:2
पदहरू
१ राजाहरू 21:2आहाबले नाबोतलाई यसो भने, “सागबारी लगाउन मलाई तिम्रो दाखबारी देऊ किनकि यो मेरो घर नजिकै छ। यसको सट्टामा म तिमीलाई अझै राम्रो दाखबारी दिने छु वा तिमीले चाह्यौ भने म तिमीलाई यसको दाम तिरिदिने छु।”
- नामानले गेहजीका निम्ति दुई थैलीमा दुई तोडा चाँदी बाँध्छन्२ राजाहरू 5:23
पदहरू
२ राजाहरू 5:23नामानले भने, “म तिमीलाई दुई तोडा चाँदी दिन अत्यन्तै खुसी छु।” नामानले गेहजीलाई जिद्दी गरे र दुईवटा थैलामा दुई तोडा चाँदी र दुई जोर लुगा राखिदिए, अनि तिनले आफ्ना दुई जना सेवक दिए जसले ती थैलाहरू बोकेर गेहजीको अगि लागे।
- ढक्कनमा प्वाल भएको सन्दूकमा मन्दिरको पैसा उठाइन्छ२ राजाहरू 12:9–11
पदहरू
२ राजाहरू 12:9–11बरु, यहोयादा पुजारीले एउटा सन्दुक लिएर त्यसमा प्वाल पारे, अनि यसलाई परमप्रभुको मन्दिरभित्र प्रवेश गर्ने दाहिनेपट्टि वेदीको छेउमा राखे। मन्दिरको प्रवेशद्वारको पहरा दिने पुजारीहरूले परमप्रभुको मन्दिरमा ल्याएका सबै रकम त्यसैमा हाल्थे। जब सन्दुकमा धेरै रकम जम्मा भएको तिनीहरूले देख्थे, राजाका सचिव र प्रधान पुजारी आउँथे र परमप्रभुको मन्दिरमा ल्याइएको रुपियाँ-पैसा थैलाहरूमा हाल्थे र त्यसपछि गणना गर्थे। तिनीहरूले उक्त रकम हिसाब गरेपछि परमप्रभुको मन्दिरको रेखदेख गर्नेहरूका हातमा दिन्थे। तिनीहरूले परमप्रभुको मन्दिरमा काम गर्ने सिकर्मीहरू र निर्माणकर्ताहरू
- अश्शूरका निम्ति मनहेमले हरेक धनी मानिसबाट पचास शेकेल लिन्छन्२ राजाहरू 15:20
पदहरू
२ राजाहरू 15:20अश्शूरका राजालाई मनहेमले तिर्नुपर्ने पैसा तिनले इस्राएलबाट जबरदस्ती उठाउन हरेक धनी मानिसले पचास शेकेल चाँदी तिनलाई तिर्नुपर्ने आवश्यक्ता भयो। त्यसैले अश्शूरका राजा फर्केर गए र त्यस देशमा बसेनन्।
- दाऊदले त्यो ठाउँका निम्ति अरौनालाई 600 शेकेल सुन तिर्छन्१ इतिहास 21:25
पदहरू
१ इतिहास 21:25यसैले त्यस जग्गाको निम्ति दाऊदले अरौनालाई छ सय सुनका सिक्का तिरे।
- यर्मिया सत्र शेकेल जोखेर दिन्छन् र छाप लगाएको तमसुकमा सही गर्छन्यर्मिया 32:9–10
पदहरू
यर्मिया 32:9–10त्यसैले मेरो काकाको छोरो हनमेलबाट अनातोतमा भएको खेत मैले किनें, र त्यसलाई चाँदीको सत्र सेकेलको दाम जोखेर दिएँ। तब मैले तमसुकमा सही गरी छाप लगाएँ, र मैले यसको लागि साक्षीहरू राखेँ। मैले तराजुमा चाँदी जोखेर दिएँ।
- व्यापारीहरूले एफा सानो र शेकेल ठूलो बनाउँछन्आमोस 8:5
पदहरू
आमोस 8:5तिनीहरू भन्छन्, “औंसी कहिले समाप्त हुन्छ, ताकि हामीहरूले फेरि अन्न बेच्न सकौं? शबाथ दिन कहिले समाप्त हुन्छ, ताकि हामीले गहुँ बेच्न सकौं? हामीले झुटो नापले ठगी गर्दा, हामी मानालाई सानो बनाउनेछौं र मुल्यलाई बढाउनेछौं।
- ज्यालाको रूपमा जोखेर दिइएका तीस चाँदीका टुक्राजकरिया 11:12–13
पदहरू
जकरिया 11:12–13मैले तिनीहरूलाई भनेँ, “यदि तिमीहरूलाई यो असल लागे, मलाई मेरो ज्याला देओ। तर तिमीहरूलाई असल नलागे, नदेओ।” यसैले तिनीहरूले मेरो ज्याला चाँदीका तिस टुक्रा हिसाब गरे। अनि परमप्रभुले मलाई भन्नुभयो, “तिनीहरूले तेरो मुल्य तय गरेको उत्कृष्ट मोलमा त्यो चाँदी भण्डारमा जम्मा गर्!” यसैकारण मैले ती तिस टुक्रा चाँदी लिएर परमप्रभुको भवनमा भण्डारमा जम्मा गरेँ।
व्यवस्थामा
- नोकरलाई हान्ने गोरु: तीस शेकेल चाँदीप्रस्थान 21:32
पदहरू
प्रस्थान 21:32गोरुले कमारा वा कमारीलाई हान्यो भने त्यसको मालिकले चाँदीको तिस सिक्का देओस् र गोरुलाई चाहिँ ढुङ्गाले हानेर मारियोस्।
- गन्तीमा परेका सबैले आधा शेकेल तिर्छन्प्रस्थान 30:13–16
पदहरू
प्रस्थान 30:13–16जनगणनामा गन्ती भएको हरेकले पवित्रस्थानको शेकेलको नापअनुसार चाँदीको आधा शेकेल तिरोस् (एक शेकेल बराबर बिस गेरा हुन्छ)। यो आधा शेकेल परमप्रभुको निम्ति भेटी हुनेछ। बिस वर्षभन्दा माथिको गन्ती हुने हरेकले मलाई यो भेटी दिनुपर्छ। मानिसहरूले आ-आफ्ना जीवनको प्रायश्चित्तको लागि मलाई यो भेटी दिँदा धनीहरूले आधा शेकेलभन्दा बढी नदेऊन् न त गरिबहरूले कम देऊन्। तैँले इस्राएलीहरूबाट यो प्रायश्चित्तको पैसा लिएर यसलाई भेट हुने पालको कामको लागि छुट्ट्याउनुपर्छ। यो इस्राएलीहरूका जीवनको निम्ति प्रायश्चित्त गर्न मेरो सामु तिनीहरूको सम्झना होस्।”
- गरिब देशवासीलाई ब्याजमा चाँदी सापट नदेऊलेवीहरू 25:37
पदहरू
लेवीहरू 25:37तिमीहरूले त्यसलाई ब्याजमा ऋण नदिनू, न त नाफा कमाउनको निम्ति आफ्नो भोजन त्यसलाई बेच्नू।
- दशांश पैसामा साटिन्छ र चाडमा खर्च गरिन्छव्यवस्था 14:25–26
पदहरू
व्यवस्था 14:25–26तिमीहरूले त्यसलाई बेचेर पैसा आफ्नो हातमा लिन सक्छौ अनि परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा जान सक्छौ। त्यहाँ तिमीहरूले इच्छा लागेअनुसार खर्च गर्न सक्छौः गोरुको लागि वा भेडाको लागि वा दाखमद्यको लागि वा कडा दाखमद्यको लागि वा तिमीहरूको इच्छाअनुसार अन्य जुनसुकै थोकको लागि। त्यहाँ तिमीहरूले परमप्रभु तिमीहरूका सामु खाने छौ अनि तिमीहरू र तिमीहरूको घराना रमाउने छौ।
सुसमाचार र प्रेरितहरूको पुस्तकमा
- दाखबारीमा एक दिनको कामको एक दिनारमत्ती 20:2
पदहरू
मत्ती 20:2ती कामदारहरूसँग दिनको एक दिनारमा काम गराउन उनी सहमत भएपछि उनले तिनीहरूलाई दाखबारीमा पठाए।
- करको सिक्कामा कैसरको छापमत्ती 22:19–21
पदहरू
मत्ती 22:19–21कर तिर्ने सिक्का मलाई देखाओ।” त्यसपछि तिनीहरूले उहाँकहाँ एक दिनार ल्याए। येशूले तिनीहरूलाई भन्नुभयो, “यी कसका नाम र छाप हुन्?” तिनीहरूले उहाँलाई भने, “कैसरको।” त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए, जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्वरका हुन्, ती परमेश्वरलाई देओ।”
- माछाको मुखमा सिक्कामत्ती 17:27
पदहरू
मत्ती 17:27हामीले कर उठाउनेहरूलाई पाप गर्न बाध्य नगराऔँ भनेर समुद्रमा जाऊ, बल्छी हान, र जुन माछा पहिले पर्छ त्यसलाई तान। तिमीले त्यसको मुख खोलेपछि तिमीले एक सेकेल भेट्टाउनेछौ। त्यो लेऊ अनि मेरो र तिम्रो निम्ति कर उठाउनेहरूलाई देऊ।”
- एउटा नोकर मालिकको पैसा जमिनमा गाड्छमत्ती 25:18, मत्ती 25:27, लुका 19:23
पदहरू
मत्ती 25:18तर एउटा मात्र सिक्का पाएको नोकर गयो र उसले एउटा खाल्डो खन्यो, र आफ्नो मालिकको पैसा त्यहाँ लुकायो।
मत्ती 25:27त्यसकारण, तैँले मेरो पैसा साहुकहाँ दिनुपर्ने थियो, र म आउँदा मैले आफ्नो पैसा ब्याजसहित पाउने थिएँ।
लुका 19:23त्यसो भए, तैँले मेरो सिक्का किन बैङ्कमा राखिनस्, ताकि फर्की आउँदा ब्याजसहित मैले यो रकम पाउने थिएँ?’
- एउटी स्त्री दसमध्ये एउटा चाँदीको सिक्काका निम्ति घर बढार्छेलुका 15:8–9
पदहरू
लुका 15:8–9अथवा कुन स्त्री होला जससँग दसवटा चाँदीका सिक्काहरूमध्ये एउटा हराएमा, बत्ती बालेर, घर बढारेर र सिक्का नभेट्टाइन्जेल दिलोज्यानसाथ खोज्दिनन् र? जब तिनले भेट्टाउँछिन्, तब तिनले अफ्ना सबै साथीहरू र छिमेकीहरूलाई यसो भनी बोलाउँछिन्, ‘मसँग रमाओ, किनभने मैले हराएको सिक्का भेट्टाएकी छु।’
- येशूले पैसा साट्नेहरूका टेबल उल्टाउनुहुन्छमत्ती 21:12, यूहन्ना 2:14–15
पदहरू
मत्ती 21:12त्यसपछि येशू मन्दिरभित्र प्रवेश गर्नुभयो। उहाँले मन्दिरभित्र खरिद गर्ने र बेच्ने सबैलाई बाहिर निकालिदिनुभयो, र पैसा साट्नेहरूका टेबुलहरू अनि परेवा बेच्नेहरूका आसनहरू पल्टाइदिनुभयो।
यूहन्ना 2:14–15उहाँले त्यहाँ गोरुहरू, भेडाहरू र परेवाहरू बेच्नेहरूलाई भेट्टाउनुभयो, र पैसा साट्नेहरू पनि त्यहाँ बसिरहेका थिए। त्यसकारण, उहाँले डोरीको कोर्रा बनाएर भेडाहरू र गोरुहरूसहित तिनीहरू सबैलाई मन्दिरबाट बाहिर खेद्नुभयो। उहाँले पैसा साट्नेहरूको पैसा छरपष्ट पारिदिनुभयो र तिनीहरूका टेबलहरू पल्टाइदिनुभयो।
- चेलाहरूलाई पटुकामा पैसा नलिई पठाइन्छमत्ती 10:9, मर्कूस 6:8
पदहरू
मत्ती 10:9तिमीहरूका थैलीमा कुनै पनि सुन, चाँदी वा पित्तल नबोक।
मर्कूस 6:8र उहाँले यात्रामा एउटा लट्ठीबाहेक न रोटी न झोला र कम्मरमा पैसा नै बोक्न दिनुभयो।
- एउटी गरिब विधवाका तामाका दुई साना सिक्कामर्कूस 12:41–42
पदहरू
मर्कूस 12:41–42त्यसपछि येशू मन्दिर परिसरको भेटी चढाउने बाकसको सामुन्ने बस्नुभयो। मानिसहरूले भेटी हालिरहँदा उहाँले हेरिरहनुभएको थियो। धेरै धनी मानिसले ठुलो रकम हाले। त्यसपछि त्यहाँ एक जना गरिब विधवा आइन् र दुई सिक्का हालिन्।
- यहूदाले तीस चाँदीका टुक्रा फिर्ता गर्छ; एउटा खेत किनिन्छमत्ती 27:3–7
पदहरू
मत्ती 27:3–7त्यसपछि जब उहाँलाई धोका दिने यहूदाले येशूलाई दण्डाज्ञा भएको देख्यो, त्यसलाई पछुतो लाग्यो र मुख्य पुजारीहरू र एल्डरहरूलाई ती चाँदीका तिसवटा सिक्का फर्काइदियो, र भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु”। तर तिनीहरूले भने, “हामीलाई त्यसको के सरोकार? तिमी आफैँ जान।” अनि त्यसले ती चाँदीका सिक्काहरू मन्दिरमा फ्याँकेर त्यहाँबाट बाहिर गयो र झुण्डिएर मर्यो। ती मुख्य पुजारीहरूले चाँदीका सिक्काहरू लिए र भने, “यसलाई ढुकुटीमा राख्न न्यायसङ्गत हुँदैन, किनकि यो रगतको मोल हो।” तिनीहरूले आपसमा यसबारे छलफल गरे र त्यस पैसाले परदेशीहरूलाई दफन गर्न कुमालेको जमिन किने।
- सिपाहीहरूलाई ठूलो रकम दिइन्छमत्ती 28:12
पदहरू
मत्ती 28:12जब पुजारीहरूले एल्डरहरूलाई भेटे र ती सबै घटनाको बारेमा तिनीहरूसँग छलफल गरे, तिनीहरूले सिपाहीहरूलाई धेरै पैसा दिए,
- पत्रुस: मसँग सुन वा चाँदी छैनप्रेरित 3:6
पदहरू
प्रेरित 3:6तर पत्रुसले भने “मसँग सुन र चाँदी छैन, तर जे मसँग छ त्यो मैले तिमीलाई दिनेछु। नासरतका येशू ख्रीष्टको नाउँमा हिँड।”
- जादूगर सिमोन प्रेरितहरूलाई पैसा दिने प्रस्ताव गर्छप्रेरित 8:18–20
पदहरू
प्रेरित 8:18–20प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाईंदोरहेछ भनी जब सिमोनले देख्यो त्यसले तिनीहरूलाई रूपैयाँ-पैसा दिन लाग्यो। त्यसले भन्यो, “मलाई पनि यो शक्ति दिनुहोस् ताकि मैले जो कसैमाथि हात राख्दा उसले पवित्र आत्मा पाउन सकोस्।” तर पत्रुसले भने, “तेरो रूपैयाँ-पैसा तैँसित नष्ट होस् किनकि तैँले परमेश्वरको वरदानलाई रूपैयाँ-पैसाले प्राप्त गर्न सकिँदोरहेछ भनी ठानिस्।
भनाइहरू
- पैसा सबै कुराको जवाफ होउपदेशक 10:19
पदहरू
उपदेशक 10:19मानिसहरूले हाँसोको लागि खाना तयार गर्छन्; दाखमद्यले जीवनमा आनन्द ल्याउँछ, र रुपियाँ-पैसाले दैनिक खाँचोलाई पुरा गर्छ।
- पैसा प्रेम गर्ने कहिल्यै पैसाले तृप्त हुँदैनउपदेशक 5:10
पदहरू
उपदेशक 5:10चाँदीलाई प्रेम गर्ने चाँदीबाट सन्तुष्ट हुने छैन, र धन-सम्पत्तिलाई प्रेम गर्नेले सधैँ यसको बढी चाह गर्छ। यो पनि बाफ हो।
- पैसाजस्तै बुद्धि पनि आश्रय होउपदेशक 7:12
पदहरू
उपदेशक 7:12किनकि रुपियाँ-पैसाले सुरक्षा दिएजस्तै बुद्धिले पनि सुरक्षा दिन्छ, तर ज्ञानको फाइदा यही हो, कि बुद्धि भएको मानिसलाई यसले जीवन दिन्छ।
- पैसाको प्रेम सबै किसिमका दुष्टताको जरा हो१ तिमोथी 6:10
पदहरू
१ तिमोथी 6:10रूपैयाँ पैसाको मोह नै सबै किसिमको खराबीहरूको जड हो। यसको चाह गर्ने केही मानिसबाट टाढा भडकाइएका छन् र धेरै पीडाले आफैलाइ घोचेको छन्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार