Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › घरहरू

दैनिक जीवन

बाइबलमा घरहरू

पवित्र बाइबल (ULB) का 38 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

  • देवदारुका धरन र सल्लाका दलिनसहित ढुङ्गाका घरआमोस 5:11, श्रेष्ठगीत 1:17
    पदहरू
    आमोस 5:11किनभने तिमीहरूले गरिबहरूलाई कुल्चिन्‍छौ र ऊबाट गहुँको भाग लिन्‍छौ— तिमीहरूले कँदेका ढुङ्गाले घरहरू बनाएको भए तापनि, तिमीहरू त्यसमा बस्‍नेछैनौ। तिमीहरूसँग लहलहाउँदा दाखबारीहरू छन्, तर तिमीहरूले त्यसको दाखमद्य पाउनेछैनौ।
    श्रेष्ठगीत 1:17हाम्रो घरका दलिनहरू देवदारूका छन्। छाना सल्लाका छन्।
  • भित्ता गारोले लिपिन्थेलेवीहरू 14:42, दानिएल 5:5
    पदहरू
    लेवीहरू 14:42तिनीहरूले अरू ढुङ्गाहरू लिएर ती झिकिएका ढुङ्गाहरूका स्थानमा राखून् र घरका पर्खालहरू पोत्‍नको निम्ति नयाँ माटो प्रयोग गरून्।
    दानिएल 5:5त्यही समय पानसको अगाडि एउटा मानिसको हातका औंलाहरू देखा परे र राजाको दरवारका लिपिएका भित्तामा लेख्‍न थाले। त्यो हातले लेख्दै गर्दा, राजाले त्‍यसको केही भाग देख्‍न सक्थे।
  • दस र आठ हात लामा ठूला, महँगा ढुङ्गाका जग१ राजाहरू 7:9–10
    पदहरू
    १ राजाहरू 7:9–10यी भवनहरू ठिक तरिकाले मापन गरी करौँतीले काटी चारैतिर चिल्लो बनाइएका महङ्गा पत्थरहरूबाट सिङ्गारिएका थिए। यी ढुङ्गाहरू जगदेखि छतसम्म र विशाल चोकको बाहिरपट्टि पनि प्रयोग गरिएका थिए। जगमा आठ र दस हातका लामा-लामा महङ्गा ढुङ्गाहरू हालिएका थिए।
  • सोलोमनलाई आफ्नो दरबार बनाउन तेह्र वर्ष लाग्छ१ राजाहरू 7:1
    पदहरू
    १ राजाहरू 7:1आफ्नो राजदरबार बनाउन सोलोमनलाई तेह्र वर्ष लाग्यो।
  • दाऊद देवदारुको घरमा बस्छन्२ शमूएल 7:2
    पदहरू
    २ शमूएल 7:2राजाले नतान अगमवक्‍तालाई भने, “हे्र्नुहोस्, म देवदारुको महलमा बसिरहेको छु, तर परमेश्‍वरको सन्दुकचाहिं पालको माझमा रहिरहेको छ।”
  • काठका तख्ता जडिएका घरहाग्गै 1:4
    पदहरू
    हाग्गै 1:4“यो मन्दिर ध्वस्त हुँदा के यो तिमीहरू आफ्ना सुन्दर घरहरूमा बस्‍ने समय हो?
  • राहाबको घर सहरको पर्खालमै बनेको छयहोशू 2:15
    पदहरू
    यहोशू 2:15त्यसैले तिनले डोरीको सहायताले तिनीहरूलाई झ्यालबाट तल झारे। तिनी बसोवास गर्ने घर सहरको पर्खालभित्र नै बनाइएको थियो।
  • मण्डलीहरू विश्वासीहरूका घरमा भेला हुन्थेप्रेरित 12:12, रोमी 16:5, कलस्सी 4:15, फिलेमोन 1:2
    पदहरू
    प्रेरित 12:12उनले यो महसुस गरेपछि, उनी मर्कूस उपनाउँ गरेका यूहन्‍नाकी आमाको घरमा आए; त्यहाँ धेरै विश्‍वासीहरू भेला भएर प्रार्थना गरिरहेका थिए।
    रोमी 16:5तिनीहरूका घरमा भएको मण्डलीलाई अभिवादन देओ। मेरा प्रिय इपेनितसलाई अभिवादन देओ, जो ख्रीष्‍टमा एसियाको पहिलो फल हुन्।
    कलस्सी 4:15लाउडिकियामा भएका भाइहरू, र नुम्फास, र तिनको घरमा भएको मण्डलीलाई पनि अभिवादन गर।
    फिलेमोन 1:2अनि हाम्री बहिनी अप्फिया र हाम्रा सङ्गी-सिपाही अर्खिप्पस र तिम्रो घरमा भएको मण्डलीलाई,

छानाहरू

  • राहाब जासुसहरूलाई छानामा फिँजाइएको सनको डाँठमुनि लुकाउँछिन्यहोशू 2:6
    पदहरू
    यहोशू 2:6तर तिनले तिनीहरूलाई कौसीमा लगेकी थिइन् र तिनले कौसीमाथि थुपारेकी सनको डाँठहरूमुनि लुकाएकी थिइन्।
  • शमूएल छानामा शाऊलसँग कुरा गर्छन्, र शाऊल त्यहीँ सुत्छन्१ शमूएल 9:25–26
    पदहरू
    १ शमूएल 9:25–26जब तिनीहरू उच्‍च स्थानबाट सहरमा आएका थिए, शमूएलले शाऊलसँग छतमाथि कुरा गरे। त्यसपछि शामूएलले शाऊललाई बिहान छतमाथि बोलाए र भने, “उठ्नुहोस्, यसरी म तपाईंलाई आफ्‍नो बाटो पठाउनेछु।” त्यसैले शाऊल उठे, अनि तिनी र शामूएल दुवै जना गल्लीतिर गए।
  • साँझमा दाऊद दरबारको छानामा टहलिन्छन्२ शमूएल 11:2
    पदहरू
    २ शमूएल 11:2त्यसैले एक साँझ यस्‍तो भयो, दाऊद आफ्नो ओछ्‍यानबाट उठे र आफ्‍नो दरबारको छतमा हिंडिरहे। त्यहाँबाट तिनले एक जना स्‍त्रीलाई देखे जो नुहाइरहेकी थिइन्, र ती महिला हेर्दा साह्रै सुन्दरी थिइन्।
  • चाडका निम्ति छाना र आँगनमा छाप्रा बनाइन्छन्नहेम्याह 8:16
    पदहरू
    नहेम्याह 8:16तब मानिसहरू बाहिर गए, र हाँगाहरू ल्याए अनि हरेकले आ-आफ्नो निम्ति घरको छाना र चोकमा, परमेश्‍वरका भवनका चोकहरूमा, पानी ढोकाको सामुन्‍नेको चोकमा र एफ्राएमका ढोकाको चोकमा छाप्राहरू बनाए।
  • पलिश्ती मन्दिरको छानामा करिब तीन हजार मानिसन्यायकर्ताहरू 16:27
    पदहरू
    न्यायकर्ताहरू 16:27त्यो मन्‍दिर पुरुष र स्‍त्रीहरूले भरिएको थियो। पलिश्तीहरूका सबै शासकहरू त्यहीं नै थिए। छतमा करिब तिन हजार पुरुष र स्‍त्रीहरू थिए। शिमशोनले तिनीहरूलाई मनोरन्‍जन दिंदा हेरिरहेका थिए।
  • साथीहरू छानो उघारेर पक्षाघाती मानिसलाई झिँगटीबाट तल झार्छन्मर्कूस 2:4, लुका 5:19
    पदहरू
    मर्कूस 2:4भिडले गर्दा तिनीहरू उहाँको नजिक जान सकेनन्। तिनीहरूले उहाँ हुनुभएको ठिक माथि छानो हटाए, र तिनीहरूले यसमा प्वाल पारे, अनि तिनीहरूले त्यस पक्षाघाती सुतेको ओछ्यानलाई तल झारे।
    लुका 5:19तर भिडको कारणले गर्दा तिनीहरूले उसलाई येशूकहाँ लैजान सकेनन्। त्यसैले, तिनीहरू घरको छानामाथि चढे र छाना खोलेर तिनीहरूले त्यो मानिसलाई येशू भएको ठाउँको अगाडि ओछ्यानसहित झारिदिए।
  • भित्री कोठामा कानेखुसी गरिएका कुरा छानाबाट घोषणा गरिन्छन्लुका 12:3
    पदहरू
    लुका 12:3यसकारण, तिमीले जे कुराहरू अन्धकारमा भनेका छौ, त्यो ज्योतिमा सुनिनेछ र जे कुरा तिमीले भित्री कोठामा कानमा भनेका छौ, त्यो घरको धुरीबाट घोषणा गरिनेछ।

कोठा, ढोका र झ्याल

  • राजा एग्लोन आफ्नो शीतल माथिल्लो कोठामा एक्लै बस्छन्न्यायकर्ताहरू 3:20
    पदहरू
    न्यायकर्ताहरू 3:20एहूद तिनीकहाँ आए। राजाचाहिं माथिल्लो शीतल कक्षमा एक्लै बसिरहेका थिए। एहूदले भने, “मसँग तपाईंको निम्ति परमेश्‍वरको एउटा सन्देश छ।” राजा आफ्नो ठाउँबाट उठे।
  • एलिया विधवाको घरको माथिल्लो कोठामा बस्छन्१ राजाहरू 17:19
    पदहरू
    १ राजाहरू 17:19तब एलियाले उनलाई जवाफ दिए, “तपाईंको छोरो मलाई दिनुहोस्।” तिनले उनका पाखुराबाट शरीरलाई लिई आफू बसेको कोठामा लगे, र आफ्नै ओछ्यानमा सुताए।
  • निस्तार-चाडका निम्ति सजाइएको र तयार ठूलो माथिल्लो कोठामर्कूस 14:14–15
    पदहरू
    मर्कूस 14:14–15जुन घरभित्र ऊ पस्छ, उसलाई पछ्याओ र त्यस घरको मालिकलाई भन, “गुरुज्यू भन्‍नुहुन्छ, मेरो पाहुना कोठा कहाँ छ जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाडको भोज खानेछु?” उनले तिमीहरूलाई एउटा तयार भएको ठुलो माथिल्लो तलाको कोठा देखाउनेछन्। त्यहाँ नै हाम्रो निम्ति तयारी गर्नू।”
  • योसेफ रुन एकान्त कोठामा जान्छन्उत्पत्ति 43:30
    पदहरू
    उत्पत्ति 43:30योसेफ कोठाबाट बाहिर जान हतारिए किनकि तिनी आफ्ना भाइको बारेमा स्‍नेहले भरिएका थिए। तिनले रुने ठाउँ खोजे। तिनी आफ्नो कोठाभित्र पसी रोए।
  • अहज्याह आफ्नो माथिल्लो कोठाको जालीबाट खस्छन्२ राजाहरू 1:2
    पदहरू
    २ राजाहरू 1:2तब अहज्याह सामरियामा माथिल्लो कोठाको झ्यालबाट तल खसे र घाइते भए। यसैले तिनले सन्देशवाहकहरू पठाए र तिनीहरूलाई भने, “जाओ र यस चोटबाट म निको हुन्छु कि हुन्‍न एक्रोनको देवता बाल-जिबबलाई सोध।”
  • सीसराकी आमा झ्यालको जालीबाट हेर्छिन्न्यायकर्ताहरू 5:28
    पदहरू
    न्यायकर्ताहरू 5:28सीसराकी आमाले झ्यालबाट हेरिन् र पीडामा चिच्याएर तिनले भनिन्, ‘उसको रथ आउनलाई किन यति ढिलो भयो? उसका रथहरू तान्‍ने घोडाहरूका खुट्टा बजेको आवाज किन आएन?’
  • युटिकस झ्यालमा निदाउँछन् र तेस्रो तलाबाट खस्छन्प्रेरित 20:9
    पदहरू
    प्रेरित 20:9युटिकस नाउँको एक जना जवान मानिस झ्यालमा बसिरहेको थियो, र त्यो गहिरोमा निद्रमा पर्यो। पावलले अझै बोल्दै जाँदा निद्रामा परेको त्यो जवान मानिस तेस्रो तल्लाबाट झर्यो र तिनीहरूले त्यसलाईलाई मृत अवस्थामा उठाए।

व्यवस्थामा

  • नयाँ घरको छानाको वरिपरि बार चाहिन्छव्यवस्था 22:8
    पदहरू
    व्यवस्था 22:8तिमीहरूले नयाँ घर बनाउँदा छतको चारैतिर बार लगाउनू ताकि त्यहाँबाट कोही लड्यो भने त्यसको दोष तिमीहरूको घरलाई नलागोस्।
  • व्यवस्थाका वचन ढोकाका चौकोस र मूल ढोकामा लेखिन्छन्व्यवस्था 6:9
    पदहरू
    व्यवस्था 6:9तिमीहरूले तिमीहरूका घरका चौकोस र ढोकाहरूमा ती लेख्‍नू।
  • घरमा ढुसी: ढुङ्गा फेरिन्छन्, भित्ता खुर्केर फेरि लिपिन्छलेवीहरू 14:40–45
    पदहरू
    लेवीहरू 14:40–45यदि फैलिएको छ भने, पुजारीले ढुसी देखा परेका ढुङ्गाहरूलाई झिकेर सहरभन्दा बाहिर कुनै एउटा अशुद्ध स्थानमा फ्याँक्‍न आज्ञा गर्ने छ। घरका सबै भित्री पर्खालहरू खुर्कनुपर्ने छ, र खुर्किएर निकालिएको फोहोर वस्‍तुलाई सहरबाट बाहिर लगेर कुनै अशुद्ध स्थानमा फ्याँक्‍नुपर्छ। तिनीहरूले अरू ढुङ्गाहरू लिएर ती झिकिएका ढुङ्गाहरूका स्थानमा राखून् र घरका पर्खालहरू पोत्‍नको निम्ति नयाँ माटो प्रयोग गरून्। ढुङ्गाहरू निकालिएको र पर्खाल खुर्किएर पोतिएको घरमा फेरि ढुसी देखा पर्‍यो र त्यो फैलियो भने, पुजारी आएर घरमा ढुसी फैलिएको छ वा छैन भनेर जाँच गर्ने छ। यदि त्यो फैलिएको छ भने, त्यो हानि गर्ने ढुसी हो र त्यो घर अशुद्ध हुन्छ। त्यो घर भत्‍काइयोस्। त्यस घरका ढुङ्गाहरू, काठहरू र पोतिएको माटो सबै सहरभन्दा बाहिर कुनै अशुद्ध स्थानमा लगियोस्।
  • पर्खाल भएको सहरमा बेचेको घर एक वर्षभित्र फिर्ता किन्न सकिन्थ्योलेवीहरू 25:29–30
    पदहरू
    लेवीहरू 25:29–30यदि कुनै मानिसले पर्खाल लगाएको सहरभित्र घर बेच्‍छ भने, त्यसले त्यो बेचेको एक वर्षभित्र त्यो फेरि किन्‍न सक्‍ने छ। एक वर्षसम्म त्योसँग छुटकाराको अधिकार हुने छ। यदि एक वर्षसम्म त्यसले त्यो घर फुकाउन सकेन भने, पर्खाल लगाएको सहरभित्रको घर, खरिद गर्ने मानिस र त्यसका वंशको स्थायी सम्पत्ति हुने छ। त्यो पुनर्स्थापनाको वर्षमा फिर्ता गर्नुपर्दैन।
  • पर्खाल नभएका गाउँका घर जुबलीमा धनीलाई फर्कन्छन्लेवीहरू 25:31
    पदहरू
    लेवीहरू 25:31तर गाउँका घरहरू जसका वरिपरि कुनै पर्खाल छैन, त्यसलाई जग्‍गासरह मानिने छ। ती फुकाउन सकिने छ, र पुनर्स्थापनाको वर्षमा ती फिर्ता गर्नुपर्ने छ।
  • नयाँ घर बनाएर समर्पण नगरेको मानिसलाई युद्धबाट घर पठाइन्छव्यवस्था 20:5
    पदहरू
    व्यवस्था 20:5अधिकारीहरूले मानिसहरूलाई यसो भनून्, 'के घर निर्माण गरेर त्यसलाई अर्पण गर्न नपाएको यहाँ कोही छ? त्यो आफ्नो घरमा फर्केर जाओस् ताकि त्यो युद्धमा मर्नु नपरोस् र अर्कोले त्यसको घर अर्पण नगरोस्।

भनाइहरू

  • बुद्धिमान्‌ले आफ्नो घर चट्टानमाथि बनाउँछ (दृष्टान्त)मत्ती 7:24–27, लुका 6:48
    पदहरू
    मत्ती 7:24–27त्यसकारण, हरेक जसले मेरा वचन सुन्छ र ती पालन गर्छ, त्यो बुद्धिमान् मानिसजस्तै हुनेछ जसले आफ्नो घर चट्टानमाथि बनायो। पानी पर्‍यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो, तर त्यो घर ढलेन, किनकि त्यो घर चट्टानमाथि बनाइएको थियो। तर हरेक जसले मेरा वचन सुन्छ र पालन गर्दैन, त्यो मूर्ख मानिसजस्तै हो जसले आफ्नो घर बालुवामाथि बनायो। पानी पर्‍यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो। र त्यो ढल्यो र पूर्ण रूपमा नष्‍ट भयो।”
    लुका 6:48ऊ एक जना घर बनाउने मानिसजस्तो हो, जसले जमिन गहिरो गरी खन्यो र घरको जग बलियो चट्टानमाथि बसाल्यो। जब जलप्रवाह भयो, तब बाढी उर्ली आएर त्यस घरलाई प्रहार गर्‍यो, तर त्यसलाई हल्लाउन सकेन, किनभने त्यो राम्ररी बनाइएको थियो।
  • बुद्धिले घर बनिन्छहितोपदेश 24:3
    पदहरू
    हितोपदेश 24:3बुद्धिद्वारा घर निर्माण गरिन्छ, र समझशक्तिद्वारा यसलाई स्थापित गरिन्छ।
  • हरेक बुद्धिमती स्त्रीले आफ्नो घर बनाउँछेहितोपदेश 14:1
    पदहरू
    हितोपदेश 14:1बुद्धिमान् स्‍त्रीले आफ्नो घर बनाउँछे, तर मूर्ख स्‍त्रीले आफ्नै हातले त्यो भत्काउँछे।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार