Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › खेतीपाती

दैनिक जीवन

बाइबलमा खेतीपाती

पवित्र बाइबल (ULB) का 37 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

  • मानिसलाई खेती गर्न र हेरचाह गर्न अदनमा राखिन्छउत्पत्ति 2:15
    पदहरू
    उत्पत्ति 2:15परमप्रभु परमेश्‍वरले मानिसलाई अदनको बगैँचामा लगी त्यहाँ खेतीपाती गर्न र त्यसको हेरचाह गर्न राख्‍नुभयो।
  • कयिन खेती गर्ने हुन्छ; हाबिल भेडा चराउँछउत्पत्ति 4:2
    पदहरू
    उत्पत्ति 4:2अनि तिनले तिनको भाइ हाबिललाई जन्माइन्। हाबिल गोठालो भए, तर कयिन खेती गर्ने भए।
  • माटोका मानिस नोआ दाखबारी लगाउँछन्उत्पत्ति 9:20
    पदहरू
    उत्पत्ति 9:20नोआ किसान हुन लागे, र तिनले दाखबारी लगाए।
  • इसहाक बीउ छर्छन् र त्यस वर्ष सय गुणा काट्छन्उत्पत्ति 26:12
    पदहरू
    उत्पत्ति 26:12इसहाकले त्यस देशमा बालीनाली लगाए, र त्‍यही साल सय गुणा कटनी गरे। किनभने परमेश्‍वरले तिनलाई आशिष्‌ दिनुभयो।
  • रूथ कटनी गर्नेहरूको पछिपछि सिला बटुल्छिन्: करिब एक एफा जौरूथ 2:2–3, रूथ 2:17
    पदहरू
    रूथ 2:2–3मोआबी महिला रूथले नाओमीलाई भनिन्, “खेतहरूका अन्‍नका बालाहरूमाझ रहेका शिला-बाला खोज्न मलाई जान दिनुहोस्। मैले जसको दृष्‍टिमा कृपा पाउँछु, म तिनलाई नै पछ्याउनेछु।” त्यसैले नाओमीले तिनलाई भनिन्, “जाऊ, मेरी छोरी।” रूथ गइन् र तिनीहरूले कटनी गरेपछि रहेका अन्‍नहरूको शिला-बाला खोजिन्। तिनी एलिमेलेकका कुलका बोअजको खेतका खण्डमा आइपुगिन्।
    रूथ 2:17त्यसैले तिनले खेतमा साँझसम्म शिला-बाला बटुलिन्। तिनले बटुलेकी अन्‍नका बालाहरू कुटिन् र अन्‍न झण्डै पाँच पाथी जति भयो।
  • बोअज राति खलामा जौ निफन्छन्रूथ 3:2
    पदहरू
    रूथ 3:2तिमीले जसका महिला कामदारहरूसित काम गरेकी छ्यौ उही बोअज हाम्रो कुटुम्ब होइनन् र? हेर, तिनले आज राती खलामा जौ बत्ताउनेछन्।
  • मिद्यानबाट लुकाउन गिदोन दाखको कोलमा गहुँ चुट्छन्न्यायकर्ताहरू 6:11
    पदहरू
    न्यायकर्ताहरू 6:11यति बेला परमप्रभुका दूत आए र अबीएजेरी योआशको, ओप्रा भन्‍ने ठाउँको फलाँटको रूखमुनि बसे, जति बेला मिद्दानीहरूबाट लुकाउनलाई योआशका छोरा गिदोनचाहिं दाखको कोल भइँमा गहूँ चुटेर छुट्याउँदै थिए।
  • बेथ-शेमेशका मानिसहरू बेँसीमा गहुँ काटिरहेका छन्१ शमूएल 6:13
    पदहरू
    १ शमूएल 6:13यति बेला बेथ-शेमेशका मानिसहरूले बेसीमा गाहुँको कटानी गरिरहेका थिए। तिनीहरूले आफ्‍ना आँखा उठाए र सन्दुकलाई हेरे र तिनीहरू आनन्‍दित भए।
  • इस्राएलीहरू हलोको फाली र हँसिया उध्याउन पलिश्तीहरूकहाँ जान्छन्१ शमूएल 13:19–21
    पदहरू
    १ शमूएल 13:19–21इस्राएलभरि कुनै फलामको काम गर्ने मानिसहरू भेट्टाउन सकिंदैनथ्यौ, किनभने पलिश्तीहरूले भने, “नत्रता हिब्रूहरूले आफ्‍ना निम्‍ति भालाहरू र तरवारहरू बनाउँछन्।” तर इस्राएलका सबै मानिसहरू आ-आफ्‍ना फाली, कोदालो, बन्चरो र हँसिया अर्जाप्‍न तल पलिश्‍तीहरूकहाँ जाने गर्थे। फाली र कोदालो अर्जाप्‍नको निम्ति दुई तिहाइ शेकेल अनि बन्चरो अर्जाप्‍नको र फाली अडाउने करुवा सोझ्याउन एक तीहाइ शेकेल ज्याला थियो।
  • एलीशा बाह्र हल गोरु जोतेर खेत जोतिरहेका छन्१ राजाहरू 19:19
    पदहरू
    १ राजाहरू 19:19त्यसैले एलिया त्यहाँबाट प्रस्थान गरे, र तिनले शाफातका छोरा एलीशालाई फेला पारे। तिनले बाह्र हल गोरुले खेत जोतिरहेका थिए। त्यस बेला तिनले बाह्रौँ हललाई जोतिरहेका थिए। एलिया एलीशाकहाँ आए, र तिनलाई आफ्नो खास्टो ओढाइदिए।
  • खेत, दाखबारी, जैतूनका रूख र गाईवस्तुमाथि दाऊदका अधिकारीहरू१ इतिहास 27:26–31
    पदहरू
    १ इतिहास 27:26–31देशमा जमिन जोत्दै खेती-किसानी गर्नेहरू कलूबको छोरा एस्रीको जिम्‍मामा थिए। दाखबारीहरू रामती शिमीको जिम्‍मामा थिए, अनि दाख र दाखमद्य व्‍यापारीको जिम्‍मा शेपेमी जब्‍दीको दिइयो। तराईमा भएका भद्राक्ष र अञ्‍जीरको हेरचाह गर्ने गेदेरी बाल-हानान थिए, र तेल राख्‍ने भण्‍डार योआशको जिम्‍मामा थियो। शारोनमा चर्ने गाईबस्‍तु शारोनी शित्रैको जिम्‍मामा थिए, र बेसीमा चर्ने गाईबस्‍तु अदलैका छोरा शाफातको जिम्‍मामा थिए। ऊँटहरू इश्‍माएली ओबीलको जिम्‍मामा थिए, र गधाहरू मेरोनोती येहदयाहको जिम्‍मामा थिए। भेडाबाख्रा हग्री याजीजको जिम्‍मामा थिए। हग्री याजीज भेडाबाख्राका निरीक्षक थिए। यी अधिकारीहरू दाऊद राजाका सम्‍पत्तिका निरीक्षक थिए।
  • माटोलाई प्रेम गर्ने उज्जियाहसँग किसान र दाखबारीका माली छन्२ इतिहास 26:10
    पदहरू
    २ इतिहास 26:10तिनले उजाड-स्‍थानमा अरू रक्षक धरहराहरू बनाए, र पहाड र बेसी दुवैमा तिनका गाईबस्‍तुका धेरै बथान भएको कारणले तिनले धेरै वटा कूवाहरू खने। पहाडी इलाकामा र फलवन्त खेतहरूमा तिनका खेती गर्ने किसानहरू र दाखबारी हेर्नेहरू पनि थिए, किनकि तिनले खेतीपाती मन पराउँथे।
  • सोलोमन दाखबारी र फलफूलका बगैँचा लगाउँछन् र पोखरी बनाउँछन्उपदेशक 2:4–6
    पदहरू
    उपदेशक 2:4–6मैले ठुला-ठुला कुराहरू सम्पन्‍न गरेँ। मैले आफ्नो लागि घरहरू बनाएँ र दाखबारीहरू लगाएँ। मैले आफ्नो लागि बगैँचाहरू उद्यानहरू बनाएँ। मैले तिनमा हर किसिमका फलफुल लगाएँ। जङ्गलमा सिँचाइ गर्न मैले पानीका तलाउहरू बनाएँ अनि रुखहरू लहलह बढे।
  • जोत्ने, लहरमा बीउ छर्ने, र हरेक बालीलाई आफ्नै तरिकाले चुट्नेयशैया 28:24–28
    पदहरू
    यशैया 28:24–28छर्नलाई दिनभरि जोत्‍ने किसानले के जमिन जोत्‍ने काम मात्र गर्छ र? के उसले बाँजो फुटाउने र डल्लो फुटाउँछ मात्र गर्छ र? जब त्यसले जमिन तयार पार्छ, के त्यसले सूँप छर्ने र जीराको बीउ फैलाउने, गहुँलाई ड्‍याङमा रोप्‍ने र जौलाई ठिक ठाउँमा र कठियालाई यसको छेउहरूमा रोप्दैन? त्यसको परमेश्‍वरले त्यसलाई सिकाउनुहुन्छ। उहाँले त्यसलाई बुद्धिमनीसाथ सिकाउनुहुन्छ। अनि सूँपलाई हथौडाले झारिंदैन, न जीरालाई झार्न गाडा नै गुडाइन्छ। तर सूँपलाई लट्ठीले कुटिन्छ र जीरालाई लुहुरोले कुटिन्छ। रोटी बनाउन अन्‍नलाई पिसिन्छ, तर अति मिहिन पारिंदैन, र त्‍यसको गाडाका पाङ्ग्राहरू र त्यसका घोडाहरूले यसलाई छरे तापनि त्यसका घोडाहरूले यसलाई चूरचूर पार्दैनन्।
  • किसान शरद् र वसन्तको वर्षाको प्रतीक्षा गर्छयाकूब 5:7
    पदहरू
    याकूब 5:7त्यसकारण, भाइहरू हो, प्रभुको आगमनसम्म धैर्य धारण गर। किसानले जमिनबाट मूल्यवान् फसल पाउनलाई प्रतीक्षा गरेको हेर। त्यसले अगिल्लो र पछिल्लो वर्षा नपाएसम्म उसले त्यो धैर्यसँग प्रतीक्षा गरिरहन्छ।
  • खेतबाट हिँड्दै चेलाहरू अन्‍नका बाला टिप्छन्मत्ती 12:1
    पदहरू
    मत्ती 12:1त्यति बेला शबाथको दिनमा येशू अन्‍नका खेतहरू हुँदै जानुभयो। उहाँका चेलाहरू भोकाए र तिनीहरूले अन्‍न टिप्दै खान लागे।
  • बाटोमा, चट्टानमा, काँडाको बीचमा, असल माटोमा बीउ (दृष्टान्त)मत्ती 13:3–8
    पदहरू
    मत्ती 13:3–8तब येशूले दृष्‍टान्तहरूमा उनीहरूलाई धेरै कुरा भन्‍नुभयो। उहाँले यसो भन्‍नुभयो, “हेर, एक जना बिउ छर्ने मान्छे बिउ छर्न निस्क्यो। जसै उनले छरे, केही बिउहरू बाटोको छेउमा परे, अनि चराहरू आएर ती बिउलाई निलिदिए। अरू बिउहरूचाहिँ ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन। ती तुरुन्तै उम्रे, किनकि त्यहाँ माटो गहिरो थिएन। तर जब चर्को घाम लाग्यो, ती डढे किनकि तिनका जरा थिएनन्, अनि ती सुकिहाले। अरू बिउहरू काँडाघारी माझमा परे। ती काँडाका बोटहरू बढेर आए र तिनलाई निसासिदिए। अरू बिउहरू असल माटोमा परे र केहीले सय गुणा, केहीले साठी गुणा र केहीले तिस गुणा अन्‍न उब्जाए।
  • दिनको एक दिनारमा दाखबारीका निम्ति कामदार भाडामा (दृष्टान्त)मत्ती 20:1–2
    पदहरू
    मत्ती 20:1–2किनकि परमेश्‍वरको राज्य एक जना जमिन मालिकजस्तै हो, जो दाखबारीको लागि खेतालाहरूलाई ज्यालादारीमा लगाउन एका बिहानै बाहिर गए। ती कामदारहरूसँग दिनको एक दिनारमा काम गराउन उनी सहमत भएपछि उनले तिनीहरूलाई दाखबारीमा पठाए।

व्यवस्थामा

  • छ वर्ष बीउ छर; सातौँ वर्षमा जमिनले आराम पाउँछप्रस्थान 23:10–11, लेवीहरू 25:3–5
    पदहरू
    प्रस्थान 23:10–11छ वर्षसम्म तिमीहरूले आ-आफ्ना जमिनमा बिउ रोपी फसल जम्मा गर। तर सातौँ वर्षमा चाहिँ हलो नजोती त्यसलाई बाँझै छाडिदेओ ताकि तिमीहरूका बिचमा भएका गरिब मानिसहरूले खान सकून्। तिनीहरूले छाडेका जङ्गली जनावरहरूले खानेछन्। तिमीहरूका दाखबारी र भद्राक्षबारीलाई पनि त्यसै गर।
    लेवीहरू 25:3–5तिमीहरूले छ वर्षसम्म आफ्नो भूमिमा बाली लगाउनू, र छ वर्षसम्म आफ्नो दाखबारी छिँवल्‍नू र फसल बटुल्‍नू। तर सातौँ वर्षमा परमप्रभुको निम्ति भूमिले पनि पवित्र शबाथ मानोस्। आफ्नो भूमिमा बाली नलगाउनू वा आफ्नो दाखबारी नछिँवल्‍नू। आफै उम्रेको फसल वा नछिँवलेको बोटबाट दाखको कटनी नगर्नू। योचाहिँ भूमिको निम्ति एक वर्षका लागि पवित्र विश्राम होस्।
  • जोताइ र कटनीको बेलामा पनि सातौँ दिन आराम गरप्रस्थान 34:21
    पदहरू
    प्रस्थान 34:21तिमीहरूले छ दिनसम्म काम गर्न सक्छौ, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नू। हलो जोत्‍ने र कटनी गर्ने समयमा पनि विश्राम गर्नू।
  • खेतका किनारा र झरेका दाख गरिबका निम्ति छोडलेवीहरू 19:9–10
    पदहरू
    लेवीहरू 19:9–10तिमीहरूले आफ्ना जमिनको कटनी गर्दा पूर्ण रूपमा आफ्ना जमिनको कुना-कुनाहरूमा कटनी नगर्नू, न त आफ्ना फसल सबै बटुल्‍नू। आफ्नो दाखबारीबाट सबै दाख तिमीहरूले नबटुल्‍नू, न त आफ्ना दाखबारीमा खसेका दाख बटुल्‍नू। तिमीहरूले ती गरिब र परदेशीहरूका निम्ति छोडिदिनू। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।
  • बिर्सिएको बिटा परदेशी, टुहुरा र विधवाका निम्ति छोडिन्छव्यवस्था 24:19–21
    पदहरू
    व्यवस्था 24:19–21तिमीहरूले आफ्नो खेतमा फसलको कटनी गर्दा अन्‍नको एक बिटा बिर्सेका छौ भने त्यसलाई लिन फर्केर नजाओ। यो परदेशी, अनाथ वा विधवाको लागि होस् ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काममा आशिष् दिनुभएको होस्। तिमीहरूले भद्राक्षको रुखलाई हल्लाउँदा तिमीहरू फेरि हाँगाहरूमा नजाओ। यो परदेशी, अनाथ वा विधवाको लागि होस्। तिमीहरूले आफ्नो दाखबारीबाट दाख बटुल्दा तिमीहरूले फेरि सोहोरसाहर नगर्नू। छाडिएको चाहिँ परदेशी, अनाथ र विधावाको लागि हुने छ।
  • दुई किसिमका बीउ होइन; गोरु र गधा एउटै जुवामा होइनलेवीहरू 19:19, व्यवस्था 22:9–10
    पदहरू
    लेवीहरू 19:19तिमीहरूले मेरा आज्ञाहरू मान्‍नू। आफ्‍ना पशुहरूलाई अर्कै प्रजातिका पशुसँग मिलन नगराओ। आफ्नो खेतमा दुई प्रकारका बिउहरू नछर। दुई प्रकारको सामग्री मिसिएको कपडा नलगाओ।
    व्यवस्था 22:9–10तिमीहरूले दाखबारीमा दुई किसिमका बिउ नलागाउनू। नत्रता तिमीहरूले त्यसो गर्‍यौ भने तिमीहरूले लगाएको बिउ मात्र नभई दाखबारीसमेत अपवित्र हुने छ। गोरु र गधा सँगसँगै नारेर नजोत्‍नू।
  • नयाँ रोपेको रूखको फल तीन वर्षसम्म खाइँदैनलेवीहरू 19:23–25
    पदहरू
    लेवीहरू 19:23–25तिमीहरूले जमिनमा हर प्रकारका रुखहरूलाई फलको निम्ति लगाएपछि तिनीहरूले उत्पादन गरेका फललाई खानको निम्ति मनाही गरिएको मान्‍नू। ती फल तेरो निम्ति खानलाई तिन वर्षसम्म मनाही हुने छ। त्यो नखानू। तर चौथो वर्षमा सबै फल परमप्रभुको निम्ति प्रशंसाको बलिदानझैँ पवित्र हुने छ। पाँचौँ वर्षमा रुखहरूले अझै बढी उत्पादन गरून् भनेर पर्खिसकेपछि तिमीहरू फल खान सक्‍छौ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।
  • छाडा पशु वा खेतको आगोको क्षतिपूर्तिप्रस्थान 22:5–6
    पदहरू
    प्रस्थान 22:5–6कुनै मानिसले खेत वा दाखबारीमा आफ्ना गाईवस्तु चराउँदा त्यसले बाँधेन र पशु अर्को मानिसको खेतमा चर्न पुग्यो भने त्यसले आफ्नो सबैभन्दा असल खेत वा दाखबारीबाट नोक्सानी तिर्नुपर्छ। आगलागी भई काँडामा फैलन पुगी त्यसले अन्‍नको बिटा वा मकैको बिटा वा खेतलाई भस्म पार्‍यो भने आगो लगाउनेले क्षतिपूर्ति तिरिदिनुपर्छ।
  • छिमेकीको दाखबारीमा अघाउन्जेल खाऊ, तर टोकरी नभरव्यवस्था 23:24–25
    पदहरू
    व्यवस्था 23:24–25तिमीहरू आफ्नो छिमेकीको दाखबारीमा जाँदा इच्छा लागेअनुसार चाहेजति दाख खान सक्छौ, तर आफ्नो टोकरीमा भने नहाल। तिमीहरू आफ्नो छिमेकीको अन्‍न पाकेको खेतमा जाँदा तिमीहरूले आफ्ना हातले अन्‍नका बाला टिप्‍न सक्छौ, तर पाकेको बालीमा हँसिया नलगाओ।
  • दाँई गरिरहेको गोरुको मुख नबाँधव्यवस्था 25:4
    पदहरू
    व्यवस्था 25:4दाइँ गर्दा गोरुलाई महला नलागाओ।
  • आफ्नो नयाँ दाखबारीको फल नखाएको मानिस युद्धबाट घर जान्छव्यवस्था 20:6
    पदहरू
    व्यवस्था 20:6के दाखबारी लगाएर यसको फल खान नपाउने यहाँ कोही छ? त्यो घरमा जाओस् र युद्धमा मर्नु नपरोस् अनि अर्कोले त्यसलाई उपभोग गर्न नपाओस्।

भनाइहरू

  • आफ्नो जमिनमा काम गर्नेसँग प्रशस्त खानेकुरा हुनेछहितोपदेश 12:11
    पदहरू
    हितोपदेश 12:11आफ्नो खेतबारी खनजोत गर्नेले प्रशस्त अन्‍न उब्जाउने छ, तर बेकामको कामको पछि कुद्‍नेचाहिँ बेसमझको हुन्छ।
  • काँडाले ढाकिएको, ढुङ्गाको पर्खाल भत्केको अल्छीको खेतहितोपदेश 24:30–31
    पदहरू
    हितोपदेश 24:30–31म अल्छे मानिसको खेतनेरबाट गएँ, बेसमझ मानिसको दाखबारीबाट भएर गएँ। जताततै काँढाहरू उम्रेका थिए; जमिन झारैझारले ढाकिएको थियो, र यसको ढुङ्गाको पर्खाल तोडिएको थियो।
  • बिहान बीउ छर; साँझमा पनि हात नरोकउपदेशक 11:6
    पदहरू
    उपदेशक 11:6बिहान तेरो बिउ रोप्। साँझसम्म आवश्यकताअनुसार तेरो हातले काम गर्, किनकि बिहान वा साँझ, त्यो वा यो कुनचाहिँ बिउ उम्रन्छ वा दुवै राम्रा हुन्छन् भनी तँलाई थाहा छैन।
  • आफ्ना भेडाबाख्रा र गाईवस्तुको अवस्था जानहितोपदेश 27:23–27
    पदहरू
    हितोपदेश 27:23–27तेरा भेडा-बाख्राहरूको अवस्था राम्ररी थाहा गर, र तेरा गाईवस्तुहरूको बारेमा ध्यान दे। किनकि धन-सम्पत्ति सदाको लागि होइन। के मुकुट सबै पुस्ताभरि रहन्छ र? पराल कहिले हटाइन्छ र नयाँ पालुवा कहिले पलाउँछ अनि डाँडापाखाबाट घाँस कहिले बटुलिन्छ भनी तँलाई थाहा हुनुपर्छ। ती भेडाहरूले तेरो वस्‍त्र जुटाउने छन्, र बाख्राहरूले खेतको मूल्य जुटाउने छन्। तँ र तेरो घरानाको भोजनको लागि बाख्रीको दूध उपलब्ध हुने छ र त्यो तेरा नोकर्नीहरूलाई पोषण हुने छ।
  • थोरै छर्नेले थोरै काट्नेछ२ कोरिन्थी 9:6
    पदहरू
    २ कोरिन्थी 9:6यसको अर्थ होः थोरैसँग छर्नेले थोरै बटुल्छ; आशिष्‌ पाउने उद्देश्यले छर्नेले आशिष्‌कै कटनी गर्छ।
  • मिहिनेती किसानले बालीको पहिलो भाग पाउनुपर्छ२ तिमोथी 2:6
    पदहरू
    २ तिमोथी 2:6परिश्रम गर्ने किसानले नै आफ्नो बालीको पहिले भाग प्राप्‍त गर्नुपर्छ।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार