Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › कर

दैनिक जीवन

बाइबलमा कर

पवित्र बाइबल (ULB) का 35 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

  • जनगणनामा गनिएका सबैले आधा शेकेल तिर्थेप्रस्थान 30:11–16, प्रस्थान 38:26
    पदहरू
    प्रस्थान 30:11–16तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो, “तैँले इस्राएलीहरूको जनगणना लिँदा हरेक व्यक्तिले परमप्रभुको निम्ति आफ्नो जीवनको मोल तिरोस्। तैँले तिनीहरूको गणना गरिसकेपछि यसो गर्नू ताकि जनगणना गर्दा तिनीहरूका बिचमा कुनै विपत्ति नआओस्। जनगणनामा गन्ती भएको हरेकले पवित्रस्थानको शेकेलको नापअनुसार चाँदीको आधा शेकेल तिरोस् (एक शेकेल बराबर बिस गेरा हुन्छ)। यो आधा शेकेल परमप्रभुको निम्ति भेटी हुनेछ। बिस वर्षभन्दा माथिको गन्ती हुने हरेकले मलाई यो भेटी दिनुपर्छ। मानिसहरूले आ-आफ्ना जीवनको प्रायश्‍चित्तको लागि मलाई यो भेटी दिँदा धनीहरूले आधा शेकेलभन्दा बढी नदेऊन् न त गरिबहरूले कम देऊन्। तैँले इस्राएलीहरूबाट यो प्रायश्‍चित्तको पैसा लिएर यसलाई भेट हुने पालको कामको लागि छुट्ट्याउनुपर्छ। यो इस्राएलीहरूका जीवनको निम्ति प्रायश्‍चित्त गर्न मेरो सामु तिनीहरूको सम्झना होस्।”
    प्रस्थान 38:26यो भनेको पवित्र वासस्थानको शेकेलअनुसार एक जना मान्छे बराबर एक बेका अर्थात् आधा शेकेल थियो। जनगणनामा गनिएका बिस वर्षभन्दा माथिका मानिसहरूको जम्मा सङ्ख्या ६,०३,५५० थियो र यसैको आधारमा हरेक व्यक्तिको तथ्याङ्क निकालिएको थियो।
  • परमेश्‍वरको भवनका निम्ति हरेक वर्ष एक तिहाइ शेकेलनहेम्याह 10:32
    पदहरू
    नहेम्याह 10:32हाम्रा परमेश्‍वरको मन्दिरको सेवाको लागि हरेक वर्ष शेकेलको एक तिहाइ दिनुपर्ने आज्ञालाई हामीले स्वीकार गर्‍यौँ।
  • योसेफ: मिश्रको फसलको पाँचौँ भाग फारोलाई जान्छउत्पत्ति 41:34, उत्पत्ति 47:24
    पदहरू
    उत्पत्ति 41:34फारोले देशमाथि अधिकारीहरू नियुक्त गर्नुभएको होस् र तिनीहरूले सहकालका सात वर्षमा मिश्रका अनाजहरूको पाँचौँ हिस्सा उठाऊन्।
    उत्पत्ति 47:24तर फसलको बेलामा उब्‍जनीको पाँचौँ हिस्‍सा तिमीहरूले फारोलाई दिनुपर्छ। चार हिस्‍साचाहिँ खेतीलाई बिउको निम्‍ति र तिमीहरू, तिमीहरूका परिवार र तिमीहरूका बालबच्‍चाको खानाको निम्‍ति तिमीहरूको आफ्‍नै हुनेछ।”
  • मिश्री पुजारीहरूको जमिन मात्र फारोको होइनउत्पत्ति 47:26
    पदहरू
    उत्पत्ति 47:26यसैले मिश्र देशमा योसेफले उब्‍जनीको पाँचौँ हिस्‍सा फारोको हुन्‍छ भन्‍ने कुरा समेटिएको जग्‍गाजमिनको विषयमा एउटा ऐन बनाए, जुन आजसम्‍म प्रचलित छ। पुजारीहरूका जग्‍गाजमिन मात्र फारोको भएन।
  • एक फारसी राजाले पुजारी र मन्दिरका सेवकहरूलाई करबाट छुट दिन्छन्एज्रा 7:24
    पदहरू
    एज्रा 7:24पुजारीहरू, लेवीहरू, गायकहरू, द्वारपालहरू वा मन्दिरको सेवामा नियुक्त गरिएका मानिसहरू र परमेश्‍वरको मन्दिरका सेवकहरूमा तिमीहरूले कुनै महसुल वा कर नलगाउनु भनेर हामीले तिनीहरूलाई जानकारी गराउँदैछौं।
  • गोल्यतलाई मार्नेको परिवार करबाट मुक्त हुनेछ१ शमूएल 17:25
    पदहरू
    १ शमूएल 17:25इस्राएलका मानिसहरूले भने, “के माथि आएको यो मानिसलाई तपाईंले देख्‍नुभएको छ? ऊ इस्राएललाई चुनौती दिन आएको छ। उसलाई मार्नेलाई राजाले धेरै सम्पत्ति दिनेछन्, तिनले तिनलाई आफ्नो छोरी विवाह गर्न दिनेछन् र इस्राएलमा तिनको बुबाको घरानालाई करबाट मुक्‍त गर्नेछन्।”
  • एस्तरको भोजका निम्ति करमा छुटएस्तर 2:18
    पदहरू
    एस्तर 2:18राजाले आफ्ना सबै अधिकारी र सेवकहरूलाई एउटा ठुलो, “एस्तरको भोज” भोज दिए र तिनले प्रान्तहरूलाई कर छुट दिए। तिनले राजकीय उदारतासहित उपहारहरू पनि दिए।
  • अहासूरसले टाढाका किनारसम्म कर लगाउँछन्एस्तर 10:1
    पदहरू
    एस्तर 10:1तब राजा अहासूरसले आफ्नो साम्राज्य र समुद्री छेउका देशहरूमा कर लगाए।

राजाहरू र कर

  • सोलोमनका बाह्र प्रशासकहरूले पालैपालो एक-एक महिना दरबारलाई खानेकुरा पुर्‍याउँछन्१ राजाहरू 4:7
    पदहरू
    १ राजाहरू 4:7सारा इस्राएलमा सोलोमनका बाह्र जना जिल्ला-जिल्लाका जिल्लापाल थिए जसले राजा तथा राज घरानालाई भोजन जुटाउने काम गर्थे। हरेक मानिसले वर्षमा एक-एक महिनाको भोजन जुटाउनुपर्थ्यो।
  • सोलोमनको एक दिनको खाद्यान्न१ राजाहरू 4:22–23
    पदहरू
    १ राजाहरू 4:22–23सोलोमनको एक दिनको खाना पचहत्तर मुरी मसिनो पिठो, एक सय पचास मुरी अन्न, पोसिएका दसवटा गाई-गोरु, खर्कमा पालेका बिसवटा गाई-गोरु, एक सयवटा भेडा-बाख्रा अनि मृग, हरिण, बराँठ र कुखुराहरू थिए।
  • सोलोमनका भवनहरूका निम्ति जबरजस्ती श्रम१ राजाहरू 9:15
    पदहरू
    १ राजाहरू 9:15सोलोमन राजाले परमप्रभुको मन्दिर, आफ्नो निजी दरबार, टेवा दिने गाराहरू, यरूशलेमको पर्खाल, हासोर, मगिद्दो र गेजेर बनाउनलाई बेगार काममा लगाएका मजदुरहरूको विवरण यही हो।
  • अदोराम जबरजस्ती श्रमका जिम्मेवार थिए२ शमूएल 20:24, १ राजाहरू 4:6
    पदहरू
    २ शमूएल 20:24अदोनीरामचाहिं ज्‍यालाबिना काम गर्नेहरूका अधिकृत थिए र अहीलूदका छोरा यहोशापात लेखापाल थिए।
    १ राजाहरू 4:6अहीशार राजमहलका जिम्मावाल थिए। अब्दाका छोरा अदोनिराम बेगार काम गर्नेहरूका जिम्मावाल थिए।
  • इस्राएल रहबामलाई भारी जुवा हलुका पार्न बिन्ती गर्छ१ राजाहरू 12:4
    पदहरू
    १ राजाहरू 12:4“तपाईंका पिताले हाम्रो जुवा गरुङ्गो बनाइदिनुभयो। अब तपाईंका पिताले हामीमाथि राखिदिनुभएको भारी र जुवा हलुङ्गो बनाइदिनुहोस्, अनि हामी तपाईंको सेवा गर्ने छौँ।
  • इस्राएलले अदोरामलाई ढुङ्गाले हानेर मार्छ; रहबाम भाग्छन्१ राजाहरू 12:18
    पदहरू
    १ राजाहरू 12:18तब रहबाम राजाले बेगार काममा लगाउने मानिसहरूका जिम्मावाल अदोनीरामलाई पठाए, तर सारा इस्राएलले तिनलाई ढुङ्गाले हानेर मारे। रहबाम राजा आफ्नो रथमा चढेर झट्टै यरूशलेममा भागे।
  • मनहेमले पूललाई एक हजार तोडा चाँदी दिन्छन्२ राजाहरू 15:19–20
    पदहरू
    २ राजाहरू 15:19–20तब अश्शूरका राजा पूल इस्राएलको विरुद्धमा आए, र इस्राएल राज्यलाई आफ्‍नो हात सुदृढ पार्नलाई पुलले आफूलाई सहयोग गरोस् भनेर मनहेमले पूललाई एक हजार तोडा चाँदी दिए। अश्शूरका राजालाई मनहेमले तिर्नुपर्ने पैसा तिनले इस्राएलबाट जबरदस्ती उठाउन हरेक धनी मानिसले पचास शेकेल चाँदी तिनलाई तिर्नुपर्ने आवश्‍यक्‍ता भयो। त्‍यसैले अश्शूरका राजा फर्केर गए र त्यस देशमा बसेनन्।
  • फारो नेकोलाई तिर्न यहोयाकीमले देशमा कर लगाउँछन्२ राजाहरू 23:35
    पदहरू
    २ राजाहरू 23:35यहोयाकीमले फारोलाई चाँदी र सुन कर तिरे। फारोको माग पुरा गर्न यहोयाकीमले देशमा कर लगाए, र देशका प्रत्‍येक मानिसले आफ्‍नो क्षमताअनुसार तिनलाई करको रूपमा चाँदी र सुन जबरदस्ती तिर्नुपर्ने भयो।
  • शत्रुहरूले राजालाई सचेत गराउँछन्: यरूशलेमले कर तिर्न छोड्नेछएज्रा 4:13, एज्रा 4:20
    पदहरू
    एज्रा 4:13यो सहर निर्मण भयो रउक्‍त पर्खाल सम्पन्‍न भयो भने, तिनीहरूले कुनै महसुल र कर तिर्नेछैनन्, तर तिनीहरूले राजाहरूलाई हानि पुर्‍याउनेछन् भन्‍ने कुरो राजाका हजुरीमा जाहेर होस्।
    एज्रा 4:20शक्तिशाली राजाहरूले यरूशलेममा राज्‍य गरेका रहेछन्, र यूफ्रेटिस नदीपारिको प्रान्तका हरेक कुरामा अधिकार जमाएका रहेछन्। तिनीहरूलाई करहरू र महसुलहरू तिरिएका रहेछन्।
  • मानिसहरू आफ्ना खेतको राजकर तिर्न पैसा सापट लिन्छन्नहेम्याह 5:4
    पदहरू
    नहेम्याह 5:4केहीले यसो पनि भने, “राजालाई हाम्रा खेतहरू र हाम्रा दाखबारीहरूको कर तिर्न हामीले पैसा सापट लिएका छौँ।
  • गरिबहरूबाट अन्‍नको कर लिइन्छआमोस 5:11
    पदहरू
    आमोस 5:11किनभने तिमीहरूले गरिबहरूलाई कुल्चिन्‍छौ र ऊबाट गहुँको भाग लिन्‍छौ— तिमीहरूले कँदेका ढुङ्गाले घरहरू बनाएको भए तापनि, तिमीहरू त्यसमा बस्‍नेछैनौ। तिमीहरूसँग लहलहाउँदा दाखबारीहरू छन्, तर तिमीहरूले त्यसको दाखमद्य पाउनेछैनौ।

सुसमाचारहरूमा

  • कैसर अगस्टसले सारा साम्राज्यको जनगणनाको आदेश दिन्छन्लुका 2:1–3
    पदहरू
    लुका 2:1–3ती दिनहरूमा रोमी साम्राज्यभित्र बस्‍ने सबै जनाको जनगणना गर्नू भनी कैसर अगस्टसले उर्दी जारी गरे। कुरेनियस सिरियाका हाकिम हुँदाको यो पहिलो जनगणना थियो। त्यसैले, सबै जना आ-आफ्ना गाउँमा जनगणनाका लागि नाउँ दर्ता गर्न गए।
  • मन्दिरको कर: माछाको मुखमा सिक्कामत्ती 17:24–27
    पदहरू
    मत्ती 17:24–27जब उहाँहरू कफर्नहुममा आउनुभएको थियो, आधा सेकेल कर उठाउने मानिसहरू पत्रुसकहाँ आए र भने, “के तिमीहरूका शिक्षकले आधा सेकेल कर तिर्दैनन्?” उनले भने, “तिर्छन्।” तर जब पत्रुस घरभित्र गए, येशू पहिले उनीसँग बोल्नुभयो र भन्‍नुभयो, “सिमोन, तिम्रो विचार के छ? पृथ्वीका राजाहरूले कोबाट कर वा महसुल पाउँछन्? तिनीहरूका प्रजाबाट कि परदेशीहरूबाट?” जब पत्रुसले “परदेशीहरूबाट” भनेर भने, येशूले उनलाई भन्‍नुभयो, “त्यसो भए, प्रजाहरूचाहिँ कर तिर्नबाट मुक्त हुन्छन्। हामीले कर उठाउनेहरूलाई पाप गर्न बाध्य नगराऔँ भनेर समुद्रमा जाऊ, बल्छी हान, र जुन माछा पहिले पर्छ त्यसलाई तान। तिमीले त्यसको मुख खोलेपछि तिमीले एक सेकेल भेट्टाउनेछौ। त्यो लेऊ अनि मेरो र तिम्रो निम्ति कर उठाउनेहरूलाई देऊ।”
  • कैसरलाई कर तिर्नु उचित हो कि होइन?मत्ती 22:17–21
    पदहरू
    मत्ती 22:17–21त्यसैले, हामीलाई भन्‍नुहोस्, कि तपाईं के भन्‍नुहुन्छ? कैसरलाई कर तिर्नु उचित हो कि होइन?” तर येशूले तिनीहरूको दुष्‍टता थाहा पाउनुभयो, र भन्‍नुभयो, “पाखण्डी हो, “तिमीहरू मलाई किन जाँच्दछौ? कर तिर्ने सिक्‍का मलाई देखाओ।” त्यसपछि तिनीहरूले उहाँकहाँ एक दिनार ल्याए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “यी कसका नाम र छाप हुन्?” तिनीहरूले उहाँलाई भने, “कैसरको।” त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसो भए, जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्‍वरका हुन्, ती परमेश्‍वरलाई देओ।”
  • यूहन्‍ना कर उठाउनेहरूलाई: तोकिएभन्दा बढी नउठाओलुका 3:12–13
    पदहरू
    लुका 3:12–13त्यसपछि केही कर उठाउनेहरू पनि उनीकहाँ बप्‍तिस्मा लिन आए र भने, “गुरु, हामीले के गर्ने नि?” उनले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूले उठाउनुपर्ने भन्दा बढी पैसा नउठाउनू।”
  • लेवीलाई कर उठाउने चौकीबाट बोलाइन्छमर्कूस 2:14, लुका 5:27
    पदहरू
    मर्कूस 2:14उहाँ जाँदै गर्नुहुँदा उहाँले अल्फयसका छोरा लेवी कर उठाउने ठाउँमा बसिरहेको देख्‍नुभयो र उहाँले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।” तिनी उठे, र उहाँको पछि लागे।
    लुका 5:27यसपछि येशू त्यहाँबाट जानुभयो र लेवी नाउँ गरेको कर उठाउने व्यक्‍तिलाई कर उठाउने ठाउँमा बसिरहेको देख्‍नुभयो। उहाँले उसलाई भन्‍नुभयो, “मलाई पछ्याऊ।”
  • येशू कर उठाउनेहरूसँग खाना खानुहुन्छ, र फरिसीहरू आपत्ति गर्छन्मत्ती 9:10–11, मत्ती 11:19
    पदहरू
    मत्ती 9:10–11जब येशू खाना खान घरमा बस्‍नुभयो, हेर, धेरै कर उठाउने र पापी मानिसहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाए। जब फरिसीहरूले यो देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्छन्?”
    मत्ती 11:19मानिसका पुत्र खाँदै र पिउँदै आए र तिनीहरू भन्छन्, ‘हेर, ऊ एउटा घिचुवा मान्छे हो अनि पियक्‍कड, कर उठाउनेहरू र पापीहरूको मित्र हो!’ तर बुद्धिचाहिँ तिनको कामहरूले सिद्ध हुन्छ।”
  • दृष्टान्त: मन्दिरमा एक फरिसी र एक कर उठाउनेलुका 18:10–13
    पदहरू
    लुका 18:10–13“दुई जना मानिस मन्दिरमा प्रार्थना गर्न गए– एक जना फरिसी र अर्को कर उठाउने। फरिसीले उभिएर यसो भनेर आफ्नै बारेमा प्रार्थना गर्‍यो, ‘हे परमेश्‍वर, म तपाईंलाई धन्यवाद दिन्छु कि म अरू चोरहरूजस्तो छैनँ, अधर्मीहरूजस्तो छैनँ, व्यभिचारीजस्तो पनि छैनँ, यही कर उठाउनेजस्तो पनि छैनँ। म हरेक हप्‍ता दुई पटक उपवास बस्दछु। म आफूले पाएका सबै थोकको दशांश दिन्छु।’ तर कर उठाउने मानिसले टाढैबाट उभिएर, स्वर्गतिर पनि नहेरीकन आफ्नो छाती पिट्दै यसो भन्यो, ‘हे परमेश्‍वर म पापीमाथि कृपालु हुनुहोस्।’
  • प्रमुख कर उठाउने जखायस चार गुणा फिर्ता गर्नेछन्लुका 19:2, लुका 19:8
    पदहरू
    लुका 19:2हेर, त्यहाँ जखायस नाउँ गरेका एक जना मानिस थिए। उनी कर उठनेहरूका मुख्य र धनी मानिस थिए।
    लुका 19:8जखायस खडा भएर भने, “हेर्नुहोस् प्रभु, मसँग भएका जे-जति छन् त्यसको आधा म गरिबहरूलाई दिनेछु र यदि मैले कसैलाई ठगेर कसैबाट केही कुरा लिएको छु भने त्यसको चार गुणा फिर्ता दिनेछु।”
  • पावल: जसलाई कर तिर्नुपर्छ, उसलाई कर तिररोमी 13:6–7
    पदहरू
    रोमी 13:6–7तसर्थ, तिमी कर पनि तिर्छौ। अधिकारीहरू यिनै कुराहरूको निरन्तर रूपमा हेरचाह गर्ने परमेश्‍वरका सेवकहरू हुन्। तिर्नु पर्नेलाई तिर; कर तिर्नुपर्नेलाई कर र महसुल दिनुपर्नेलाई महसुल देऊ; डर मान्‍नुपर्नेको डर मान; जसको इज्‍जत गर्नुपर्ने हो, उसको इज्‍जत गर।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार