खोजी गर्नुहोस् › विषयहरू › सिकार र पासो
दैनिक जीवन
बाइबलमा सिकार र पासो
पवित्र बाइबल (ULB) का 14 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- निम्रोद, परमप्रभुको सामु शक्तिशाली सिकारीउत्पत्ति 10:9
पदहरू
उत्पत्ति 10:9तिनी परमप्रभुको सामु शक्तिशाली शिकारी बने। त्यसैले यसो भनियो, “परमप्रभुको सामु निम्रोदजस्तै शक्तिशाली सिकारी।”
- इश्माएल उजाडस्थानमा हुर्कन्छन् र कुशल धनुर्धारी बन्छन्उत्पत्ति 21:20
पदहरू
उत्पत्ति 21:20परमप्रभु त्यस बालकसँग हुनुहुन्थ्यो, र ऊ बढ्दै गयो। ऊ उजाड-स्थानमै बस्थ्यो र एउटा धनुर्धारी बन्यो।
- एसाव कुशल सिकारी, खेतका मानिस बन्छन्उत्पत्ति 25:27
पदहरू
उत्पत्ति 25:27बालकहरू बढे, र एसावचाहिँ सिपालु सिकारी र मैदानमा डुलिहिँड्ने मानिस भए, र याकूबचाहिँ पालमा बसिरहने शान्त स्वभावका मानिस भए।
- इसहाकलाई सिकारको मासु मन पर्छ र उनी एसावलाई प्रेम गर्छन्उत्पत्ति 25:28
पदहरू
उत्पत्ति 25:28इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्याएको मासु तिनले खान पाउँथे। तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन्।
- इसहाक एसावलाई ठोक्रो र धनु लिएर सिकार गर्न पठाउँछन्उत्पत्ति 27:3–5
पदहरू
उत्पत्ति 27:3–5अब तेरा हतियारहरू, अर्थात् तेरो ठोक्रो र धनु लिएर मैदानमा जा, र मेरो निम्ति सिकार गर्। मलाई मनपर्ने स्वादिष्ठ तरकारी बनाई मकहाँ ले ताकि यो खाएर मेरो मृत्युअगि म तँलाई आशिष् दिऊँ।” इसहाकले आफ्नो छोरो एसावसँग कुरा गरेको रिबेकाले सुनिन्। एसाव शिकार मारेर ल्याउन मैदानमा गए।
- एसाव सिकारबाट फर्कंदा आशिष्का निम्ति ढिलो भइसक्छउत्पत्ति 27:30–33
पदहरू
उत्पत्ति 27:30–33इसहाकले आशिष् दिइसक्ने बित्तिकै याकूब आफ्ना पिता इसहाकको उपस्थितिबाट निस्केर गएका मात्र थिए, उनका उनका दाजु एसाव शिकार खेलेर आइपुगे। उनले पनि स्वादिष्ठ तरकारी तयार गरेर आफ्ना पिताकहाँ ल्याए। उनले आफ्नो पितालाई भने, “बुबा, उठेर आफ्नो छोराले ल्याएको सिकार खानुहोस्, र मलाई आशिष् दिनुहोस्।” उनका पिता इसहाकले उनलाई सोधे, “तँ को होस्?” उनले उत्तर दिए, “म तपाईंको जेठो छोरो एसाव हुँ।” इसहाक बेसरी कामे र भने, “त्यसो भए सिकार मारेर यहाँ मकहाँ ल्याउने त्यो को थियो? तँ आउन अगि नै मैले त्यो सबै खाएर त्यसलाई आशिष् दिइसकेँ। वास्तवमा, त्योचाहिँ आशीर्वादी हुनेछ।”
व्यवस्थामा
- सिकार गरिएको पशुको रगत बगाइन्छ र माटोले छोपिन्छलेवीहरू 17:13
पदहरू
लेवीहरू 17:13इस्राएलको कुनै मानिस, वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले कुनै खान मिल्ने पशु वा पक्षीको शिकार गरी त्यसलाई मार्दछ भने, त्यो मानिसले त्यसको रगत निथारेर माटोले ढाकिदिओस्।
पासो र जालहरू
- जाल, जाली, पासो, फन्दा र जमिनमा लुकाइएको पासोअय्यूब 18:8–10
पदहरू
अय्यूब 18:8–10किनकि उसको आफ्नै खुट्टाले उसलाई जालमा फल्नेछ। ऊ खल्डोतिर भौंतारिंदै जानेछ। पासोले त्यसलाई कुर्कुच्चोमा समात्ने छ। जालले त्यसलाई पसाउनेछ। उसको लागि जमिनमा एउटा पासो लुकाइएको छ। अनि एउटा पासोले उसलाई समात्नेछ।
- जालमा परेको मृगयशैया 51:20
पदहरू
यशैया 51:20तेरा छोराहरू मूर्छ परेका छन्। जालमा परेको चित्तलझैं तिनीहरू हरेक गल्लीको कुनाहरूमा ढल्नेछन्। परमप्रभुको क्रोध अर्थात् तिमीहरूका परमेश्वरको हप्कीले तिनीहरू भरिएका छन्।
- चरा समात्नेहरू ढुकेर बस्छन् र पासो थाप्छन्यर्मिया 5:26
पदहरू
यर्मिया 5:26किनकि मेरा मानिसहरूसँगै दुष्ट मानिसहरू भेट्टाइएका छन्। कोही मानिस चरा समाउनलाई चुप बसेझैं तिनीहरू ढुकिबस्छन्। तिनीहरूले पासो थाप्छन् र मानिसहरू समात्छन्।
- बाटोमा फैलाइएका जालका डोरी र थापिएका चाराभजनसंग्रह 140:5
पदहरू
भजनसंग्रह 140:5घमण्डीहरूले मेरो निम्ति पासो थापेका छन्। तिनीहरूले जाल फिंजाएका छन्। तिनीहरूले मेरो निम्ति एउटा पासो थापेका छन्। सेला
तुलनाहरू
- दाऊद: पहाडमा तित्राको सिकार गर्नेजस्तो१ शमूएल 26:20
पदहरू
१ शमूएल 26:20यसकारण अभ, मेरो रगत परमप्रभुको उपस्थितिबाट टाढा पृथ्वीमा नबगोस्। किनभने इस्राएलका राजा शिकारीले तित्रालाई पहाडहरूमा खेदेझैं एउटा उपियाँलाई खोज्न निस्केर आएका छन्।”
- मेरा शत्रुहरूले मलाई चराझैँ सिकार गरेविलाप 3:52
पदहरू
विलाप 3:52मेरा शत्रुहरूद्वारा मलाई चरालाई झैँ सिकार गरिएको छ। विनाकारण तिनीहरूले मेरो सिकार गरे।
- शिकारीको पासोबाट छुटकाराभजनसंग्रह 91:3
पदहरू
भजनसंग्रह 91:3किनकि उहाँ तिमीलाई शिकारीको पासो र घातक रूढीबाट बचाउनुहुनेछ।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार