Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › शोकका चलन

दैनिक जीवन

बाइबलमा शोकका चलन

पवित्र बाइबल (ULB) का 55 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

  • नराम्रो खबर सुन्दा लुगा च्यात्नेउत्पत्ति 37:29, उत्पत्ति 37:34, उत्पत्ति 44:13, २ शमूएल 1:11, २ शमूएल 13:31, अय्यूब 1:20, २ राजाहरू 2:12
    पदहरू
    उत्पत्ति 37:29पछि रूबेन त्यस खाडलमा फर्केर गए, तर योसेफ भने खाडलमा थिएनन्। उनले आफ्ना लुगाहरू च्याते।
    उत्पत्ति 37:34याकूबले आफ्ना वस्‍त्र च्याते र आफ्नो कम्मरमा भाङ्‍ग्रा लगाए। तिनले आफ्ना छोराको निम्ति धेरै दिनसम्म शोक गरे।
    उत्पत्ति 44:13त्यसपछि तिनीहरूले आफ्ना लुगा च्याते। हरेकले आ-आफ्नो गधा लादेर तिनीहरू सहर फर्के।
    २ शमूएल 1:11त्यसपछि दाऊदले आफ्नो लुगा च्याते र तिनीसँग भएका सबै मानिसहरूले त्यसै गरे।
    २ शमूएल 13:31त्यसपछि राजा उठे र आफ्नो लुगा च्याते र भुईंमा पसारो परे। तिनका सबै सेवकले पनि आआफ्ना लुगा च्याते र छेउमा खडा भए।
    अय्यूब 1:20तब अय्यूब उठे, आफ्नो लुगा च्याते, कपाल खौरे, भुइँमा घोप्‍टो परे र परमेश्‍वरको आराधना गरे।
    २ राजाहरू 2:12एलीशाले यो देखे र तिनी चिच्‍च्याए, “हे मेरा पिता, हे मेरा पिता, इस्राएलका रथहरू र तिनीहरूका घोडाहरू!” तिनले एलियालाई फेरि देखेनन्, र तिनले आफ्‍ना वस्‍त्र समाते र दुई भागमा च्याते।
  • कम्मरमा भाङ्ग्राउत्पत्ति 37:34, १ राजाहरू 21:27, एस्तर 4:1
    पदहरू
    उत्पत्ति 37:34याकूबले आफ्ना वस्‍त्र च्याते र आफ्नो कम्मरमा भाङ्‍ग्रा लगाए। तिनले आफ्ना छोराको निम्ति धेरै दिनसम्म शोक गरे।
    १ राजाहरू 21:27जब आहाबले यी वचनहरू सुने तिनले आफ्ना लुगा च्याते, र आफ्नो शरीरमा भाङ्ग्रा लगाए अनि उपवास बसे। तिनी भाङ्ग्रा लगाई अत्यन्तै उदास भए।
    एस्तर 4:1जब मोर्दकैले यी सबै कुरा थाहा पाए, तब तिनले आफ्ना लुगा च्याते अनि भाङ्ग्रा र खरानी लगाए। तिनी सहरको बिचमा गए, र ठुलो सोरले कराए, र विलाप गरे।
  • शिरमा धूलो वा खरानीयहोशू 7:6, २ शमूएल 13:19, २ शमूएल 15:32, अय्यूब 2:12
    पदहरू
    यहोशू 7:6तब यहोशूले आफ्‍नो लुगा च्याते। तिनी र इस्राएलका धर्म-गुरुहरूले आ-आफ्‍नो शिरमा धूलो हाले र साँझसम्म नै परमप्रभुको सन्दुकको सामु भुइँमा घोप्टो परेर लम्पसार परिरहे।
    २ शमूएल 13:19तामारले आफ्नो टाउकोमा खरानी हालिन् र आफ्नो लुगा च्यातिन्। उनले आफ्नो हात शिरमाथि राखिन् र उनी ठुलो सोरले रुँदै हिंडेर गइन्।
    २ शमूएल 15:32यस्‍तो भयो, जब दाऊद बाटोको टाकुरामा आइपुगे जहाँ परमेश्‍वरको आराधना गरिन्थ्यो, तब अरकी हुशै आफ्नो लुगा च्यातेर शिरमा धुलो छरेर दाऊदलाई भेट्न आए,।
    अय्यूब 2:12जब तिनीहरूले टाढैबाट आँखा उठाएर हेरे, तब तिनीहरूले उनलाई चिनेनन्। तिनीहरूले आफ्‍ना सोर उचालेर कराए र रोए। हरेकले आफ्नो लुगा च्याते, धूलो हावामा फाले र आ-आफ्ना शिरमा हाले।
  • भाङ्ग्रा र खरानीमा पल्टनेएस्तर 4:3, योना 3:6
    पदहरू
    एस्तर 4:3राजाको हुकुम र आदेश पुगेको हरेक प्रान्तमा यहूदीहरूका माझमा उपवास, रुवाबासी र विलासँगै ठुलो शोक थियो। तिनीहरूमध्ये धेरै जानले भाङ्ग्रा लगाए, र खरानीमा बसे।
    योना 3:6त्यो खबर चाँडै नै निनवेका राजाकहाँ पुग्‍यो। तिनी आफ्ना सिंहासनबाट उठे, आफ्नो वस्‍त्र उतारे, आफूलाई भाङ्‍ग्रा ढाके, र खरानीमा बसे।
  • भुइँमा पल्टने२ शमूएल 12:16, २ शमूएल 13:31
    पदहरू
    २ शमूएल 12:16दाऊदले त्‍यो केटाको निम्‍ति परमप्रभुसँग बिन्ती गरे। दाऊद उपवास बसे र भित्र गए र रातभरि भुईंमा पल्टिरहे।
    २ शमूएल 13:31त्यसपछि राजा उठे र आफ्नो लुगा च्याते र भुईंमा पसारो परे। तिनका सबै सेवकले पनि आआफ्ना लुगा च्याते र छेउमा खडा भए।
  • शिर ढाकेर र खाली खुट्टा२ शमूएल 15:30
    पदहरू
    २ शमूएल 15:30तर दाऊद खाली खुट्टाले हिंडेर रुँदै जैतूनको डाँडाको उकालो चढे र तिनले आफ्नो शिर ढाकेका थिए। तिनीसँग भएका हरेक मानिसले आआफ्ना शिर ढाके र तिनीहरू रुँदै माथि उकालो चढे।
  • मुख ढाक्ने२ शमूएल 19:4, एस्तर 6:12
    पदहरू
    २ शमूएल 19:4राजाले आफ्नो शिर ढाके र ठुलो सोरमा कराए, “ए मेरो छोरा ए अब्शालोम, ए अब्शालोम, ए मेरो छोरा, ए मेरो छोरा!”
    एस्तर 6:12मोर्दकै राजाको ढोकामा फर्के। तर हामानचाहिं शिर ढाकेर शोक गर्दै हतार गरी आफ्नो घरमा गए।
  • शिर र दाह्रीको कपाल लुछ्नेएज्रा 9:3
    पदहरू
    एज्रा 9:3जब मैले यो सुनें तब मैले मेरो लुगा र खास्टो च्यातें अनि मेरो शिरको कपाल र दाह्री उखेलें र दुःखित भई बसें।
  • शिर मुण्डन गर्नेअय्यूब 1:20, इजकिएल 27:31
    पदहरू
    अय्यूब 1:20तब अय्यूब उठे, आफ्नो लुगा च्याते, कपाल खौरे, भुइँमा घोप्‍टो परे र परमेश्‍वरको आराधना गरे।
    इजकिएल 27:31तिनीहरूले तेरो लागि आफ्‍नो कपाल मुण्‍डन गर्नेछन्, र आफूमा भाङ्‌ग्रा बाँध्‍नेछन्, अनि तँलाई हेरेर तिनीहरू धुरुधुरु रुनेछन् र तिनीहरू कराउनेछन्‌।
  • गहना फुकाल्नेप्रस्थान 33:4–6
    पदहरू
    प्रस्थान 33:4–6जब मानिसहरूले यी भयभीत तुल्याउने वचनहरू सुने तिनीहरूले विलाप गरे र कसैले पनि गरगहना लगाएन। परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्, 'तिमीहरू हठी मानिसहरू हौ। म तिमीहरूका बिचमा एकै क्षण मात्र गएँ भने पनि मैले तिमीहरूलाई नष्‍ट गर्न सक्छु। त्यसैले, तिमीहरूले आ-आफ्ना गरगहना फुकाल ताकि तिमीहरूलाई के गर्ने भनी मैले निधो गर्न सकूँ'।” त्यसैले होरेब पर्वतदेखि इस्राएलीहरूले गरगहना लगाएनन्।
  • तेलले अभिषेक नगर्ने, र शोकको पोशाक२ शमूएल 14:2, दानिएल 10:3
    पदहरू
    २ शमूएल 14:2योआबले तकोमा खबर पठाए र एउटा बुद्धिमानी स्‍त्रीलाई तिनीकहाँ ल्याउन लगाए। तिनले उनलाई भने, “कृपया तिमी शोकमा परेको बहाना गर र शोकको लुगा लगाऊ। आफूलाई तेल नलगाऊ, तर मरेको मानिसको निम्ति लामो समयदेखि शोकमा परेकी स्‍त्रीजस्तो होऊ।
    दानिएल 10:3तिन हप्‍ता पुरै नबितेसम्म नै मैले कुनै मिठो खाना खाइनँ, न मासु खाएँ, न दाखमद्य पिएँ, न त मैले आफैंलाई तेलले अभिषेक गरें।
  • शोक गर्नेहरू गल्लीमा हिँड्छन्उपदेशक 12:5
    पदहरू
    उपदेशक 12:5त्यो यस्तो समय हुने छ, जुन बेला मानिसहरू उचाइ र गल्लीका खतराहरूदेखि डराउँछन्, र जब बदामको फुल फक्रन्छ र जब फटेङ्ग्रो पेटको बलले घस्रँदै हिँड्छ र प्राकृतिक इच्छा असफल हुन्छ, तब मानिस आफ्नो अनन्त घरमा जान्छ, र शोक गर्नेहरू गल्लीहरूमा जान्छन्।
  • विलाप गराउन सिपालु रुने स्त्रीहरूलाई बोलाइन्थ्योयर्मिया 9:17–18
    पदहरू
    यर्मिया 9:17–18सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “यस विषयमा विचार गरः मृत्‍यु संस्‍कारका गीत गाउनेहरूलाई बोलाओ। तिनीहरू आऊन्। विलाप गर्न सिपालु स्‍त्रीहरूलाई बोलाउन पठाओ। तिनीहरू आऊन्। तिनीहरू हतार गरून्, र हाम्रा लागि शोकको गीत गाऊन्, ताकि हाम्रा आँखाबाट आँसु बगून् र हाम्रा परेलाबाट पानी बगून्।
  • मरेकी केटीको घरमा बाँसुरी बजाउनेहरू र होहल्ला गर्ने भीडमत्ती 9:23
    पदहरू
    मत्ती 9:23जब येशू त्यस अधिकारीको घरमा आउनुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भिडले ठुलो हल्ला गरिरहेका देख्‍नुभयो।
  • परिवारलाई सान्त्वना दिन साथीहरू आउँछन्यूहन्ना 11:19, यूहन्ना 11:31
    पदहरू
    यूहन्ना 11:19धेरै यहूदीहरू मरियम र मार्थाकहाँ तिनीहरूका भाइको बारेमा तिनीहरूलाई सान्त्वना दिन आएका थिए।
    यूहन्ना 11:31त्यसैले, तिनीसँग घरमा भएका र तिनलाई सान्त्वना दिइरहेका यहूदीहरूले जब मरियम झट्टै उठेर बाहिर गइरहेकी देखे, तिनीहरूले तिनी चिहानमा रुन गइरहेकी छन् भन्‍ने सोची तिनीहरू पनि तिनको पछि लागे।

व्यवस्थामा

  • मृतकका निम्ति शरीर काट्ने वा निधार खौरने होइनलेवीहरू 19:28, व्यवस्था 14:1
    पदहरू
    लेवीहरू 19:28मरेको मानिसको निम्ति आफ्नो शरीर नकाट्‍नू वा आफ्नो शरीरमा खोपेर कुनै छाप नबनाउनू। म परमप्रभु हुँ।
    व्यवस्था 14:1तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरका मानिसहरू हौ। मृतकहरूका लागि तिमीहरूले आफ्नो शरीरमा चोट नपुर्‍याउनु न त आफ्नो शिरको अगाडिको भाग खौरनू।
  • मृत शरीर छुँदा सात दिन अशुद्ध भइन्थ्योगन्ती 19:11, गन्ती 19:16
    पदहरू
    गन्ती 19:11कुनै पनि मृत शरीर छुने व्यक्‍ति सात दिनसम्म अशुद्ध हुने छ।
    गन्ती 19:16त्यसै गरी, पालबाहिर तरवारले मारिएको, कुनै अरू मृत शरीर, मानिसको हड्‍डी वा चिहान छुने मानिस सात दिनसम्म अशुद्ध हुने छ।
  • पुजारीहरूले नजिकका परिवारका निम्ति मात्र आफूलाई अशुद्ध पार्न सक्छन्लेवीहरू 21:1–3
    पदहरू
    लेवीहरू 21:1–3परमप्रभुले मोशालाई भन्‍नुभयो, “पुजारीहरू अर्थात् हारूनका छोराहरूलाई यसो भन्, ‘आफ्ना मानिसहरूका बिचमा मर्नेहरूका निम्ति तिमीहरूमध्ये कोहीले पनि आफूलाई अशुद्ध नबनाउनू, तर त्यसका नजिकका नातेदारहरू अर्थात् त्यसकी आमा, त्यसको बुबा, छोरा, त्यसकी छोरी, त्यसको दाजु वा भाइ, वा त्यसमा आश्रित त्यसकी कन्या दिदी वा बहिनी जसको पति छैन, यी सबैका निम्ति त्यसले आफैलाई अशुद्ध बनाउन सक्‍छ।
  • प्रधान पुजारीले आफ्ना वस्त्र च्यात्न वा शवको नजिक जान हुँदैनलेवीहरू 21:10–11
    पदहरू
    लेवीहरू 21:10–11आफ्ना दाजुभाइहरूका बिचमा प्रधान पुजारी भएको मानिस जसको शिरमा अभिषेकको तेल खन्‍याइएको छ, र प्रधान पुजारीको विशेष पोशाक लगाउनको निम्ति अर्पण गरी पवित्र गरिएको छ, त्यसले आफ्नो केश खुला नछोडोस् वा आफ्ना लुगाहरू नच्यातोस्। आफ्नो बुबा वा आफ्नी आमा जो भए तापनि लाश भएको ठाउँमा त्यो नजाओस् र आफैलाई अपवित्र नबनाओस्।
  • हारून र उनका छोराहरूले नादाब र अबीहूका निम्ति शोक गर्न हुँदैनलेवीहरू 10:6
    पदहरू
    लेवीहरू 10:6त्यसपछि मोशाले हारून र तिनका छोराहरू एलाजार र ईतामारलाई यसो भने, “तिमीहरूको शिरको केश नफुकाल, र आफ्ना वस्‍त्रहरू नच्यात, अनि तिमीहरू मर्ने छैनौ, र परमप्रभु सबै समुदायसँग क्रोधित हुनुहुने छैन। तर आफ्ना नातेदारहरू अर्थात् समस्त इस्राएलको घरानालाई परमप्रभुको आगोले भष्‍म गरेकाहरूका निम्ति विलाप गर्न देओ।
  • शोकमा हुँदा दशांशको केही पनि खान हुँदैनथ्योव्यवस्था 26:14
    पदहरू
    व्यवस्था 26:14मेरो शोकको घडीमा मैले त्यो खाएको छैनँ, न म अशुद्ध हुँदा मैले त्यसलाई कतै राखेको छु, न त मृतकहरूको आदरमा मैले त्यो दिएको छु। मैले परमप्रभु मेरा परमेश्‍वरको आवाज सुनेको छु। तपाईंले मलाई दिनुभएको हरेक आज्ञा मैले पालन गरेको छु।

उदाहरणहरू

  • अब्राहाम साराका निम्ति शोक गर्छन् र रुन्छन्उत्पत्ति 23:2
    पदहरू
    उत्पत्ति 23:2सारा कनान देशको किर्यत-अर्बा अर्थात्‌ हेब्रोनमा मरिन्‌। अब्राहामले साराको निम्‍ति शोक र विलाप गरे।
  • याकूब योसेफका निम्ति सान्त्वना लिन मान्दैनन्उत्पत्ति 37:34–35
    पदहरू
    उत्पत्ति 37:34–35याकूबले आफ्ना वस्‍त्र च्याते र आफ्नो कम्मरमा भाङ्‍ग्रा लगाए। तिनले आफ्ना छोराको निम्ति धेरै दिनसम्म शोक गरे। तिनका सबै छोराछोरीहरू तिनलाई सान्त्वना दिन तिनको नजिक आए, तर तिनले त्यो इन्कार गरे। तिनले भने, “म मेरो छोराको निम्ति शोक गर्दै चिहानमा पुग्‍नेछु।” उनका बुबा उनको निम्ति रोए।
  • मिश्र याकूबका निम्ति सत्तरी दिन शोक गर्छ; योसेफ आतादमा सात दिन शोक गर्छन्उत्पत्ति 50:3, उत्पत्ति 50:10–11
    पदहरू
    उत्पत्ति 50:3यसको निम्‍ति चालिस दिन लागेको थियो, किनकि सुगन्‍धित लेप लगाउँदा लाग्‍ने पुरा समय यति नै थियो। तिनको निम्‍ति मिश्रीहरूले सत्तरी दिन शोक मनाए।
    उत्पत्ति 50:10–11जब तिनीहरू यर्दननेरको आतादको खलामा आइपुगे, तब तिनीहरूले साह्रै अफसोस गरेर रुवाबासी गरे। अनि त्‍यहाँ योसेफले सात दिनसम्‍म आफ्‍ना बुबाको निम्‍ति शोक गरे। त्‍यस देशका बासिन्‍दा कनानीहरूले आतादको खलामा गरेको शोक देखेर भने, “यो त मिश्रीहरूको निम्ति ठुलो शोकको बेला रहेछ।” यसकारण यर्दननेरको त्‍यस ठाउँको नाउँ हाबिल-मिश्रइम राखियो। त्‍यो यर्दन पारिपट्टि छ।
  • इस्राएल हारूनका निम्ति तीस दिन र मोशाका निम्ति तीस दिन शोक गर्छगन्ती 20:28–29, व्यवस्था 34:8
    पदहरू
    गन्ती 20:28–29मोशाले हारूनको पुजारीको पोशाक फुकाले र त्यो तिनका छोरा एलाजारलाई लगाइदिए। पर्वतको चुचुरोमाथि हारून मरे। अनि मोशा र एलाजार तल ओर्ले। जब हारून मरेका सारा समुदायले देखे, तब सारा जाति हारूनको निम्ति तिस दिनसम्म रोए।
    व्यवस्था 34:8मोआबको मैदानमा इस्राएलीहरूले मोशाको निम्त चालिस दिनसम्म शोक गरेपछि तिनको शोकको समय सकियो।
  • मिश्रमा ठूलो विलाप: कोही नमरेको घर छैनप्रस्थान 12:30
    पदहरू
    प्रस्थान 12:30फारो, तिनका सबै अधिकारी र सबै मिश्रीहरू रातमा उठे। मिश्रमा ठुलो रुवाबासी भएको थियो किनकि मान्छे नमेरको कुनै घर थिएन।
  • दाऊद र उनका मानिसहरू बल नरहुन्जेल रुन्छन्१ शमूएल 30:4
    पदहरू
    १ शमूएल 30:4जब दाऊद र तिनीसँग भएका मानिसहरू डाँको छोडेर तिनीहरूमा रुने शक्ति नै नभएसम्म रोए।
  • शाऊल र जोनाथनका निम्ति दाऊदको विलाप: वीरहरू कसरी ढलेका छन्!२ शमूएल 1:17–19
    पदहरू
    २ शमूएल 1:17–19त्यसपछि दाऊदले शाऊल र जोनाथनको मृत्‍युमा यो विलापको गित गाए। तिनले यहूदाका सन्तानलाई यो विलापको गित सिकाउन हुकुम दिए, जसलाई याशारको पुस्तकमा लिखिएको छः “ए इस्राएल तिम्रो महिमा मृत छ, तिम्रो उच्‍च स्थानहरूमा मारिएको छ। वीरहरू कसरी ढलेका छन्!
  • अबनेरका निम्ति दाऊदको विलाप२ शमूएल 3:33–34
    पदहरू
    २ शमूएल 3:33–34राजाले अबनेरको निम्ति विलाप गरे र गित गाए, “के अबनेरले मूर्खले झैं मर्नुपर्छ? तिम्रा हातहरू बाँधिएका थिएनन्। तिम्रा खुट्टाहरू साङ्लाले बाँधिएका थिएनन्। एक जना मानिस अन्यायीको छोराको सामु ढलेझैं, तिमी पनि ढल्यौ।” फेरि एक पल्‍ट सबै मानिस तिनको निम्‍ति रोए।
  • ए मेरो छोरा अब्शालोम! मेरो छोरा, मेरो छोरा!२ शमूएल 18:33, २ शमूएल 19:4
    पदहरू
    २ शमूएल 18:33अनि राजा गहिरो शोकमा परे र तिनी ढोकामाथिको कोठामा गए र रोए। जसै तिनी हिंडे, तिनले विलाप गरे, “ए मेरो छोरा ए अब्शालोम, ए मेरो छोरा अब्शालोम! बरु म तिम्रो सट्टामा मरेको भए हुन्थ्यो नि, ए अब्शालोम, ए मेरो छोरा, ए मेरो छोरा!”
    २ शमूएल 19:4राजाले आफ्नो शिर ढाके र ठुलो सोरमा कराए, “ए मेरो छोरा ए अब्शालोम, ए अब्शालोम, ए मेरो छोरा, ए मेरो छोरा!”
  • बतशेबा उरियाहका निम्ति शोक गर्छिन्२ शमूएल 11:26–27
    पदहरू
    २ शमूएल 11:26–27जब उरियाहको पत्‍नीले आफ्‍नो पति उरियाह मरेको खबर सुनिन्, तब आफ्नो पतिको निम्ति तिनले गहिरो शोक गरिन्। जब उनको विलाप पुरा भयो, दाऊदले उनलाई आफ्नो दरबारमा ल्याउन लिन पठाए र उनी तिनको पत्‍नी भइन् र तिनको निति एउटा छोरा जन्माइन्। तर दाऊदले गरेको कुराले परमप्रभुलाई दुःखी तुल्यायो।
  • गायक र गायिकाहरू योशियाहका निम्ति विलापका गीत गाउँछन्२ इतिहास 35:24–25
    पदहरू
    २ इतिहास 35:24–25यसैले तिनका सेवकहरूले तिनलाई रथबाट उठाए र तिनलाई अर्को रथमा चढाए। तिनीहरूले तिनलाई यरूशलेममा ल्याए, जहाँ तिनी मरे। तिनका पुर्खाहरूको चिहानहरूमा तिनलाई गाडियो। सारा यहूदा र यरूशलेमले तिनको निम्ति शोक मनाए। यर्मियाले योशियाहको निम्ति विलापका गरे। सबै पुरुष र स्‍त्री गायकले आजको दिनसम्म योशियाहको बारेमा विलाप गर्छन्। यी गीतहरू इस्राएलमा परम्पराको रूपमा रहेका छन्। हेर, तिनलाई विलापको गीतहरूमा लेखिएका छन्।
  • मोर्दकै भाङ्ग्रा लगाएर विलाप गर्छन्; राजाको ढोकामा भाङ्ग्रा लगाएर पस्न निषेध थियोएस्तर 4:1–2
    पदहरू
    एस्तर 4:1–2जब मोर्दकैले यी सबै कुरा थाहा पाए, तब तिनले आफ्ना लुगा च्याते अनि भाङ्ग्रा र खरानी लगाए। तिनी सहरको बिचमा गए, र ठुलो सोरले कराए, र विलाप गरे। तिनी राजाको ढोकासम्म मात्र गए किनकि कसैलाई पनि भाङ्ग्रा लगाएर त्यसबाट जान अनुमति थिएन।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार