Bible Explorer एप लिनुहोस्

बाइबल › भजनसंग्रह › 56

ULB · अध्याय 56 / 150

भजनसंग्रह 56

1हे परमेश्‍वर, ममाथि दया गर्नुहोस्, किनकि मानिसहरूले मलाई आक्रमण गर्दैछन्। मसँग युद्ध गर्नेहरूले दिनभरि आफ्‍नो दबावमा राख्छन्।

2मेरा शत्रुहरूले मलाई दिनभरि कुल्चन्छन्। किन मेरो विरुद्धमा अहङ्कारपूर्ण किसिमले युद्ध गर्नेहरू धेरै जना छन्।

3जब म डराउँछु, तब म आफ्‍नो भरोसा तपाईंमा राख्छु।

4परमेश्‍वर, जसको वचनको प्रशंसा म गर्छु— परमेश्‍वरमा मैले आफ्‍नो भरोसा राखेको छु। म डराउनेछैन। मानिसले मलाई के गर्न सक्छ र?

5दिनभरि तिनीहरू मेरा कुराहरू बङ्ग्याउँछन्। तिनीहरूका सबै विचार खराबीको निम्ति मेरो विरद्धमा हुन्‍छन्।

6तिनीहरू आफूलाई एकसाथ भेला गर्छन्, तिनीहरू आफूलाई लुकाउँछन् र तिनीहरूले मेरा पाइलाहरू पहिल्याउँछन्, जसरी तिनीहरूले मेरो ज्‍यान लिन ढुकिबसेका छन्।

7अधर्म गरेर तिनीहरूलाई उम्कन नदिनुहोस्। हे परमेश्‍वर, तपाईंको क्रोधमा मानिसहरूलाई तल झार्नुहोस्।

8मेरा भागेर हिंडेको हिसाब तपाईंले राख्‍नुहोस् र मेरा आँसुहरू तपाईंको बोतलमा राख्‍नुहोस्। के ती तपाईंका पुस्तकमा छैनन् र?

9तब मैले तपाईंलाई पुकारा गरेको दिनमा मेरा शत्रुहरू फर्केर जानेछन्। परमेश्‍वर मेरो पक्षमा हुनुहुन्छ भनी यसैबाट म जान्‍नेछु।

10परमेश्‍वर, जसको वचनको प्रशंसा म गर्छु, परमप्रभु, जसको वचनको प्रशंसा म गर्छु,

11परमेश्‍वरमा म भरोसा गर्छु, म डराउनेछैन। कसले मलाई के गर्न सक्छ र?

12हे परमेश्‍वर, तपाईंको निम्ति आफ्‍ना भाकलहरू पुरा गर्ने कर्तव्य ममा छ। तपाईंलाई धन्यवादका म बलिहरू चढाउनेछु।

13किनकि तपाईंले मेरो जीवनलाई मृत्युबाट बचाउनुभएको छ। तपाईंले मेरा गोडाहरूलाई लड्नबाट जोगाउनुभएको छ, ताकि म जीवितहरूका अघि परमेश्‍वरको उपस्‍थितिमा हिंड्न सकूँ।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org