ULB · अध्याय 63 / 150
भजनसंग्रह 63
1हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। उत्सुकतासाथ म तपाईंको खोजी गर्छु। पानी नभएको सुख्खा र बाँझो जमिनमा, मेरो प्राणले तपाईंको तृणा गर्छ र मेरो शरीरले तपाईंलाई खोज्छ।
2त्यसैले तपाईंको शक्ति र महिमा देख्नलाई तपाईंलाई मैले पवित्रस्थानमा हेरेको छु।
3किनभने तपाईंको करारको विश्वस्तता जीवनभन्दा उत्तम छ। मेरा ओठहरूले तपाईंको प्रशंसा गर्नेछ।
4त्यसैले म जीवित रहँदा म तपाईंलाई धन्यको भन्नेछु। तपाईंकै नाउँमा म आफ्ना हातहरू उचाल्नेछु।
5हाडको गुदी र चिल्लो खाना मैले खाएको जस्तै हुनेछ। आनन्दित ओठहरूले मेरो मुखले तपाईंको प्रशंसा गर्नेछ।
6जब आफ्नो ओछ्यानमा तपाईंको बारेमा म विचार गर्छु र रातको समयमा तपाईंमा ध्यान गर्छु।
7किनकि तपाईं मेरो सहायता हुनुभएको छ र म तपाईंको पखेटाहरूको छायामा आनन्दित हुनेछु।
8तपाईंसँग म टाँसिन्छु। तपाईंको दाहिने हातले मलाई सहारा दिन्छ।
9तर मलाई नष्ट गर्न खोज्नेहरू पृथ्वीको सबैभन्दा तल्लो भागहरूमा जानेछन्,
10तरवार चलाउनेहरूका हातहरूमा तिनीहरूलाई दिइनेछ, र तिनीहरू स्यालहरूका आहारा हुनेछन्।
11तर राजाचाहिं परमेश्वरमा आनन्दित हुनेछन्। उहाँद्वारा शपथ खाने हरेकले उहाँमा गौरव गर्नेछन्, तर झुट बोल्नेहरूका मुख बन्द गरिनेछ।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org