ULB · अध्याय 121 / 150
भजनसंग्रह 121
1पर्वतहरूतिर म आफ्ना आँखाहरू उचाल्नेछु। मेरो सहायता कहाँबाट आउनेछ?
2मेरो सहायता परमप्रभुबाट आउँछ, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो।
3उहाँले तिम्रो खुट्टा चिप्लन दिनुहुनेछैन। तिमीलाई सुरक्षा दिनुहुने, उहाँ उँघ्नुहुनेछैन।
4हेर, इस्राएलको रक्षक न त उँघ्नुहुन्छ न त सुत्नुहुन्छ।
5परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ। परमप्रभु तिम्रो दाहिने हातपट्टिको छहारी हुनुहुन्छ।
6दिनमा तिमीलाई सूर्यले हानि गर्नेछैन, न त रातमा चन्द्रमाले कुनै हानि गर्नेछ।
7पमरप्रभुले तिमीलाई सबै हानिबाट सुरक्षा दिनुहुनेछ र उहाँले तिम्रो जीवनलाई सुरक्षा दिनुहुनेछ।
8तिमीले गर्ने सबै कुरामा परमप्रभुले तिमीलाई अहिले र सदासर्वदा रक्षा गर्नुहुनेछ।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org