बाटो र यात्रा
बाटा र राजमार्गहरू
हिब्रू derek, mesillah · राजमार्ग · समुद्र जाने बाटो
बाइबलका देशहरूका धेरैजसो बाटा बनाइएका होइनन्, हिँड्दाहिँड्दै बनेका थिए: खुट्टा र खुरले कुल्चेर बनेका गोरेटा, ठुला ढुङ्गा पन्छाइएका र वर्षामा प्रायः हिँड्नै नसकिने। मिश्र र मेसोपोटामियाको बिचमा देशभरि ठुला मार्गहरू थिए। तटको छेउछेउ र मगिद्दोको घाँटी हुँदै त्यो बाटो जान्थ्यो, जसलाई यशैयाले सम्भवतः समुद्र जाने बाटो भनेका छन् (यशैया 9:1)। यर्दनको पूर्वमा, एदोम, मोआब र गिलाद हुँदै, राजमार्ग जान्थ्यो। मोशाले एदोमका राजासँग उसको देश पार गर्ने अनुमति मागे — “हामीले तपाईंको देशको सिमाना नकाटेसम्म दायाँ वा बायाँ लाग्ने छैनौँ” (गन्ती 20:17) — तर इन्कार गरियो।
यात्रीहरूले चिनारीका ठाउँ र ढुङ्गाका थुप्राहरू हेरेर बाटो पत्ता लगाउँथे: “आफ्ना लागि बाटो देखाउने सङ्केतहरू राख्। आफ्ना लागि खम्बाहरू खडा गर्” (यर्मिया 31:21)। अशान्त समयमा “मुल बाटोहरू त्यागिएका थिए, अनि पदयात्रीहरूले घुमाउरा बाटोहरू मात्र प्रयोग गरे” (न्यायकर्ताहरू 5:6)। फारसी राजाहरूले आफ्नो साम्राज्यभरि छिटो कुद्ने घोडाहरूमा चढेका पत्रवाहकहरू पठाउँथे (एस्तर 8:10), र हेरोडोटसले चौकीहरूसहितको उनीहरूको शाही मार्गको वर्णन गर्छन्। यशैयाले अग्लो पारिएको र सम्याइएको बाटोको चित्र प्रयोग गर्छन्: “अरबमा हाम्रा परमेश्वरको निम्ति मुल बाटो सोझो बनाओ” (यशैया 40:3)।
मुख्य पदहरू
हामीलाई तपाईंको भूमिको बाटो भएर जान दिनुहोस् भनी म बिन्ती गर्दछु। हामी खेत वा दाखबारीतिर पस्दैनौँ, न त हामी तपाईंका ईनारहरूको पानी पिउँछौँ। हामीले तपाईंको देशको सिमाना नकाटेसम्म दायाँ वा बायाँ लाग्ने छैनौँ।”जो वेदनमा थियो, उसबाट नैराश्यता दूर गरिनेछ। जबूलूनको देश र नप्तालीको देशलाई, पहिलेको समयमा उहाँले होच्याउनुभयो, तर पछिल्लो समयमा उहाँले त्यसको समुद्र जाने बाटोमा, यर्दनपारि जातिहरूका गलीलमा त्यसलाई महिमित पार्नुहुनेछ।“आफ्ना लागि बाटो देखाउने सङ्केतहरू राख्। आफ्ना लागि खम्बाहरू खडा गर्। तेरो मन तँ हिंड्नुपर्ने ठिक मार्गमा लगा। ए कन्या इस्राएल, फर्केर आइज। तेरा यी सहरहरूमा फर्केर आइज।शमगर (अनातका छोरा) को समयमा, याएलको समयमा, मुल बाटोहरू त्यागिएका थिए, अनि पदयात्रीहरूले घुमाउरा बाटोहरू मात्र प्रयोग गरे।मोर्दकैले राजा अहासूरसको नाउँमा त्यो लेखे र त्यसमा राजाको छाप-औँठीले छाप लगाए। राजको सेवामा प्रयोग गरिने छिटो कुद्ने घोडाहरूमा सवार गराएर पत्रवाहकहरूद्वारा तिनले ती चिठ्ठीहरू पठाए।एउटा आवाजले कराउँछ, “उजाड-स्थानमा परमप्रभुको बाटो तयार पार। अरबमा हाम्रा परमेश्वरको निम्ति मुल बाटो सोझो बनाओ।”यसको नाम भएका सबै पदहरू (83)
जहाँ पाठमा यसको हिब्रू, अरामी वा ग्रीक शब्द आउँछ।
गन्ती2
अनि इस्राएलका मानिसहरूले तिनलाई भने, “हामी राजमर्ग भएर मात्र जाने छौँ। यदि हामी र हाम्रा गाईवस्तुहरूले पानी पिए भने हामी यसको मूल्य तिर्ने छौँ। कुनै कुरा नगरी हामीलाई पैदल जान मात्र दिनुहोस्।”त्यसपछि परमप्रभुको दूत दाहिने र देब्रेपट्टि पर्खाल भएको दाखबारी बिचको बटोको साँघुरो ठाउँमा गएर उभिए।न्यायकर्ताहरू4
आकाशबाट ताराहरू युद्ध लडे, आकाशमा तिनीहरूका मार्गहरूबाट तिनीहरू सीसराको विरुद्धमा युद्ध लडे।तब बेन्यामीनका मानिसहरूले भने, “तिनीहरू हारेका छन् र पहिलो पल्टझैं तिनीहरू हामीबाट भाग्दैछन्।” तर इस्राएलका सिपाहीहरूले भने, “हामी पछि हटौं र तिनीहरूलाई सहरबाट टाढा सडकहरूमा लैजाऔं।”तिनीहरू युद्धबाट फर्के र उजाड-स्थानमा रिम्मोनको चट्टानतर्फ भागे। इस्राएलीहरूले बाटोहरूमा तिनीहरूका अरू पाँच हजार जना मानिसहरूलाई मारे। उनीहरूले तिनीहरूलाई गीदोमसम्मै लखेटिरहे र त्यहाँ अरू दुई हजार जनालाई मारे।यसैले तिनीहरूले भने, “तिमीहरूलाई थाहा छ, कि हरेक वर्ष शीलोमा परमप्रभुको निम्ति एउटा भोज हुन्छ (जुनचाहिं बेथेलको उत्तरमा, बेथेलबाट शकेमजाने बाटोको पूर्व, र लबोनाको दक्षिणमा पर्छ)।”१ शमूएल1
गाईहरू सोझै बेथ-शेमेशको दिशातिर गए। ती गाईहरू कराउँदै गए तर दाँया र बाँया कतैतिर नलागी, तिनीहरू लोकमार्ग हुँदै गए। पालिश्तीहरूका शासकहरू बेथ-शेमेशको सिमानासम्म नै तिनीहरूको पछि-पछि गए।२ शमूएल4
यो कुरा गातमा नभन, यसलाई अश्कलोनका गल्तीहरूमा घोषणा नगर, ताकि पलिश्तीहरूका छोरीहरू रमाउन नपाउन्, ताकि बेखतनाका छोरीहरूले उत्सव मनाउन नसकुन्।अमासा बिच बाटोमा आफ्नै रगतमा यताउता पल्टिरहे। सबै मानिस चुपचाप खडा भएको त्यो मानिसले देखेपछि त्यसले अमासालाई घिसारेर बाटोदेखि बाहिर खेतमा लग्यो। त्यसले लासमाथि कपडाले छोपिदियो किनभने उसको छेउमा आउने हरेक मानिस खडा भएको त्यसले देख्यो।अमासालाई बाटोदेखि बाहिर लगेपछि बिक्रीको छोरो शेबालाई खेद्न सबै मानिसले योआबलाई पछ्याए।मैले तिनीहरूलाई मैदानको धुलोझैं धुजा-धुजा हुने गरी कुटें, मैले तिनीहरूलाई बाटोको हिलोझैं कुल्चमिल्ची बनाएँ।१ राजाहरू1
बेन-हददले आहाबलाई भने, “मेरा पिताले तपाईंका पिताबाट लिनुभएका सहरहरू म तपाईंलाई पुनर्स्थापित गरिदिने छु, र मेरा पिताले सामरियामा गरेझैँ तपाईंले आफ्नो लागि दमस्कसमा बजारहरू स्थापित गर्न सक्नुहुन्छ।” आहाबले जवाफ दिए, “यो सम्झौतासहित म तिमीलाई छाडिदिने छु।” त्यसैले आहाबले तिनीसित सम्झौता गरी तिनलाई जान दिए।२ राजाहरू1
तर अश्शूरका राजाले तार्तान र रबसरिस अनि आफ्ना प्रधान सेनापतिलाई एउटा ठुलो सेनाको साथमा लाकीशबाट यरूशलेममा राजा हिजकियाकहाँ पठाए। तिनीहरू बाटोमा यात्रा गरे र यरूशलेम बाहिर आइपुगे। तिनीहरू धोबीको खेतमा जाने माथिल्लो पोखरीको कुलोनेरको बाटोमा आए र त्यहाँ रोकिए।१ इतिहास2
शुप्पीम र होसालाई पश्चिम ढोका र माथिल्लो बाटोको शल्केत प्रवेशद्वार पर्यो। हरेक परिवारबाट रक्षकको व्यवस्था गरियो।पश्चिमको स्तम्भमा बाटोमा चार जना र स्तम्भमा दुई जनालाई खटाइएको थियो।२ इतिहास1
चन्दनका काठबाट राजाले परमप्रभुको मन्दिर र राजमहलका सिंढी र संगीतकारहरूका निम्ति वीणा र सारङ्गीहरू पनि बनाए। यहूदा देशमा यसभन्दा अघि कहिल्यै पनि यस्ता काठहरू देखिएका थिएनन्।भजनसंग्रह2
हावाको सामु धूलोझैं मैले तिनीहरूलाई चकनाचूर पारें। गल्लीमा हिलोझैं मैले तिनीहरूलाई फालें।त्यो मानिस धन्यको हो जसको बल तपाईंमा छ, जसको हृदयमा सियोन जाने मूलबाटो छ।हितोपदेश2
त्यो जवान मानिस त्यस स्त्री बस्ने गल्ली नजिकबाट गयो, र त्यो स्त्रीको घरतर्फ लाग्यो।धर्मी मानिसहरूको लोकमार्ग खराबीबाट अलग रहन्छ। आफ्नो जीवनको रक्षा गर्नेले आफ्नो मार्गको रखवाली गर्छ।उपदेशक2
त्यो यस्तो समय हुने छ, जुन बेला सडकहरूमा ढोकाहरू बन्द गरिन्छन्, र जाँतो पिँध्नेहरू आवाज बन्द हुने छ, र चराचुरुङ्गीको चिरबिरे आवाजमा मानिसहरू उठ्छन्, र केटीहरूका गीतहरू हराएर जान्छन्।त्यो यस्तो समय हुने छ, जुन बेला मानिसहरू उचाइ र गल्लीका खतराहरूदेखि डराउँछन्, र जब बदामको फुल फक्रन्छ र जब फटेङ्ग्रो पेटको बलले घस्रँदै हिँड्छ र प्राकृतिक इच्छा असफल हुन्छ, तब मानिस आफ्नो अनन्त घरमा जान्छ, र शोक गर्नेहरू गल्लीहरूमा जान्छन्।श्रेष्ठगीत1
मैले आफैलाई भनेँ, “म उठ्ने छु, र सहरबाट जाने छु, गल्ली र चोकहरूबाट जाने छु। मेरो प्राणले प्रेम गरेको प्रेमीलाई म खोज्ने छु।” मैले उहाँको खोजी गरेँ, तर उहाँलाई भेट्टाउन सकिनँ।यशैया15
यसकारण परमप्रभुको रिस उहाँका मानिसहरूका विरुद्ध दन्किएको छ। उहाँले आफ्नो हात तिनीहरूका विरुद्धमा पसार्नुभएको छ र तिनीहरूलाई दण्ड दिनुभएको छ। पहडाहरू काँप्छन् र तिनीहरूका लाशहरू गल्लीहरूमा फोहोर झैं छन्। यी सबै कुरामा उहाँको रिस मर्दैन। बरु, उहाँको हात अझै पसारिएको छ।तब परमप्रभुले यशैयालाई भन्नुभयो, “तेरो छोरा शार्यासूबलाई साथमा लिएर आहाजलाई भेट्न धोबीको खेत जाने बाटोमा माथिल्लो पोखरीको नहरको छेउमा जा।त्यसलाई अहङ्कारी जातिको विरुद्ध र मेरो पुरा क्रोध पाउने मानिसहरूको विरुद्ध म पठाउँछु। लूटका मालहरू लिने, शिकार लिने र तिनीहरूलाई गल्लीको हिलोलाई झैं कुल्चने आज्ञा म उसलाई दिन्छु।इस्राएल मिश्रदेशबाट फर्कंदा तिनीहरूका निम्ति भएजस्तै, अश्शूरबाट फर्कने उहाँका बाँकी रहेका मानिसहरूका निम्ति मुल बाटो हुनेछ।आफ्ना गल्लीहरूमा तिनीहरू भाङ्ग्रा लगाउँछन्। तिनीहरू घरका छतहरूमाथि र चोकहरूमा हरेकले आँसु बगाउँदै विलाप गर्छन्।त्यस दिनमा मिश्रदेशदेखि अश्शूरसम्म जाने एउटा मुल बाटो हुनेछ, अनि अश्शूरीहरू मिश्रदेशमा आउनेछन् र मिश्रीहरू अश्शूरमा जानेछन्। अनि मिश्रीहरूले अश्शूरीहरूसँगै आराधना गर्नेछन्।दाखमद्यको कारणले गर्दा सडकमा चिच्याहट छ। सबै आनन्द अन्धकार भएको छ, देशको खुसी लोप भएको छ।मुल बाटोहरू उजाड पारिएका छन्। त्यहाँ कुनै यात्रीहरू छैनन्। करारहरू तोडिएका छन्, गवाहीहरूको अवहेलना भएको छ र मानव जातिलाई आदर गरिंदैन।त्यहाँ पवित्र बाटो भनिने मुल बाटो हुनेछ। अवित्रहरूले त्यसमा यात्रा गर्नेछैनन्। तर यो यसमा हिंड्नेहरूका निम्ति हुनेछ। यसमा कुनै मूर्ख जानेछैन।तब अश्शूरका राजाले प्रमुख कमाण्डरलाई लाकीशबाट यरूशलेममा हिजकिया राजाकहाँ ठुलो फौजसहित पठाए। तिनी धोबीहरूको खेततिर जाने मुल बाटोमा माथिल्लो तलाउको नहर छेउमा खडा भए।एउटा आवाजले कराउँछ, “उजाड-स्थानमा परमप्रभुको बाटो तयार पार। अरबमा हाम्रा परमेश्वरको निम्ति मुल बाटो सोझो बनाओ।”तब आफ्ना सबै पर्वतलाई सडक र मेरा मुल बाटोहरूलाई समतल बनाउने छु।”तेरा छोराहरू मूर्छ परेका छन्। जालमा परेको चित्तलझैं तिनीहरू हरेक गल्लीको कुनाहरूमा ढल्नेछन्। परमप्रभुको क्रोध अर्थात् तिमीहरूका परमेश्वरको हप्कीले तिनीहरू भरिएका छन्।तिनीहरूका पाउहरू दुष्टतातिर हतारिन्छ र तिनीहरू नोर्दोष रगत बगाउन दौडिन्छन्। तिनीहरूका विचारहरू पापका विचारहरू हुन्। हिंसा र विनाश तिनीहरूका बाटोहरू हुन्।ढोकाबाट आओ, ढोकाबाट आओ! मानिसहरूको निम्ति बाटो तयार पार! यसलाई निर्माण गर, मुल बाटो बनाओ! ढुङ्गाहरू बटुल! जातिहरूको निम्ति संकेतको झन्डा उठाओ।यर्मिया14
“यरूशलेमका सडकहरूबाट छिटो जा। त्यसका चोकहरूमा पनि खोजी गर्। त्यसपछि हेरे अनि यस कुरा बारेमा विचार गर्: न्यायपूर्वक काम गर्ने र इमानदारीपूर्वक काम गर्न खोज्ने कुनै मानिस तैंले फेला पारिस् भने, म यरूशलेमलाई क्षमा दिनेछु।यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा तिनीहरूले के गरिरहेका छन् भनी के तँ देख्दैनस्?यहूदाका सहरहरू र यरूशलेमका सडकहरूबाट हर्ष र आनन्दको आवाज, दुलहा र दुलहीको सोरलाई म अन्त्य गरिदिनेछु, किनकि यो देश उजाड हुनेछ।”परमप्रभुले मलाई भन्नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका सडकहरूका यी सबै कुराको घोषणा गर्। यसो भन्, 'यस करारका वचनहरूलाई सुन र तिनलाई कार्यावन्यन गर।किनकि तँ यहूदाले तेरा देवताहरूको सङ्ख्या वृद्धि गरेर तेरा सहरहरूको सङ्ख्या बराबर तुल्याएको छस्। तैंले यरूशलेममा त्यसका सडकहरूको सङ्ख्या जत्तिकै धेरै लज्जास्पद वेदीहरू, बाल देवताको निम्ति धुप बाल्ने वेदीहरू बनाएको छस्।त्यसपछि ती मानिसहरू जसलाई तिनीहरूले अगमवाणी बोले, तिनीहरू अनिकाल र तरवारको कारणले यरूशलेमका सडकहरूमा फ्याँकिनेछन्, किनकि त्यहाँ तिनीहरू, तिनीहरूका पत्नीहरू, छोराछोरीलाई गाड्ने कोही हुने छैनन्, किनकि म तिनीहरूका दुष्टता तिनीहरूमाथि नै खन्याउनेछु।तापनि मेरा मानिसहरूले मलाई भुलेका छन्। तिनीहरूले बेकम्मा मूर्तिहरूलाई भेटी चढाएका छन्, र आफ्ना मार्गहरूमा ठक्कर खाएका छन्। कच्ची बाटोमा हिंड्न भनेर तिनीहरूले प्राचीन बाटोलाई छाडेका छन्।“आफ्ना लागि बाटो देखाउने सङ्केतहरू राख्। आफ्ना लागि खम्बाहरू खडा गर्। तेरो मन तँ हिंड्नुपर्ने ठिक मार्गमा लगा। ए कन्या इस्राएल, फर्केर आइज। तेरा यी सहरहरूमा फर्केर आइज।परमप्रभु यसो भन्नुहुन्छ, ‘तिमीहरूले यसो भनिरहेको यस ठाउँको विषयमा, “मानिस वा पशु नभएको यो उजाड-स्थान हो,” यहूदाका सहरहरू र न त मानिस नत पशु भएर भएर उजाड भएका यरूशलेमका सडकहरूमा, त्यहाँ फेरि पनि आवाज सुनिनेछ,त्यसैले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा मेरो रिस र क्रोध खन्याइयो, र आगो लगाइयो। ती उजाड र सर्वनाश भए, जस्तो आजको दिनसम्म छ।'तिमीहरूका पुर्खाहरू अनि यहूदाका राजाहरू र तिनीहरूका पत्नीहरूले गरेका दुष्टतालाई के तिमीहरूले बिर्सेका छौ? यहूदा देशमा र यरूशलेमका सडकहरूमा तिमीहरू आफै र तिमीहरूका पत्नीहरूले गरेका दुष्ट कामलाई के तिमीहरूले बिर्सेका छौ?किनकि हामीले गर्नेछौं भनेका सबै कुरा हामी निश्चय नै गर्नेछौं, अर्थात् स्वर्गकी रानीलाई धुप बाल्नेछौं, अनि यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा हामी, हाम्रा पुर्खाहरू, हाम्रा राजाहरू र हाम्रा अगुवाहरूले गरेझैं हामी तिनको निम्ति अर्घबलिहरू खन्याउनेछौं। तब हामी भोजनले भिपूर्ण हुनेछौं, र कुनै विपत्तिविना हाम्रो उन्नति हुनेछ।“के तिमीहरू, तिमीहरूका पुर्खाहरू, तिमीहरूका राजाहरू, अगुवाहरू र देशका मानिसहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा चढाएका धुपलाई परमप्रभुले सम्झनुभएन र? किनकि परमप्रभुले यो सम्झनुहुन्छ। यो उहाँको विचारमा आउँछ।किनभने घाइते मानिसहरू कल्दीहरूको देशमा ढल्नेछन्। मारिएकाहरू त्यसका सडकहरूमा ढल्नेछन्।विलाप6
रातको हरेक पहरको सुरुमा उठेर चिच्च्या। परमप्रभुको मुहारको सामुन्ने तेरो हृदय पानीझैँ खन्या। हरेक सडकको कुनामा भोकले मुर्छा पर्ने तेरा बालबच्चाका प्राणको लागि तेरा हात उहाँतिर उठा।युवाहरू र पाकाहरू सडकहरूका धूलोमा पस्रिन्छन्। मेरा युवतीहरू र युवाहरू तरवारले ढालिएका छन्। तिनीहरूलाई दया नदेखाइकन तपाईंले तिनीहरूलाई मार्नुभएको छ।सुनको चमक हराएको छ। कसरी निखुर सुन बद्लेको छ! पवित्र पत्थरहरू हरेक सडकको कुनामा छरपष्ट छन्।मिठा-मिठा खानेकुरा खाएर भोज गर्नेहरू सडकहरूमा भोकले मर्छन्। वैजनी वस्त्र लगाएर हुर्काइएकाहरू अहिले खरानीको थुप्रोमा बस्छन्।अहिले तिनीहरू मुहार मोसोभन्दा कालो छ। तिनीहरू सडकहरूमा चिनिँदैनन्। तिनीहरूको छाला हड्डीहरूमा टाँसिएको छ। यो काठ जत्तिकै सुक्खा भएको छ।अन्धाहरूझैँ तिनीहरू सडकहरूमा यताउता हिँड्छन्। त्यस रगतद्वारा तिनीहरू यति दुषित पारिएका थिए, कि तिनीहरूका लुगा छुन कसैलाई अनुमति दिइएन।इजकिएल4
तिनीहरूले आफ्ना चाँदी गल्लीहरूमा फाल्नेछन्, र तिनीहरूको सुन त्यागिएको चिजजस्तो हुनेछ। परमप्रभुका क्रोधको दिनमा तिनीहरूका चाँदी र सुनले तिनीहरूलाई बचाउन सक्नेछैनन्। तिनीहरूको जीवन बचाइनेछैन, र तिनीहरूको भोक मेटिनेछैन, किनकि तिनीहरूको अधर्म ठेसलाग्ने ढुङ्गो बनेको छ।तिमीहरूले यस सहरमा मारेका मानिसहरूका सङ्ख्यालाई वद्धि गरेका छौ, र यसका गल्लीहरू तिनीहरूले भरेका छौ।त्यसका घोडाहरूका टापहरूले तेरा सबै सडकहरू कुल्चिनेछ। त्यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया खामाहरू जमिनमा ढल्नेछन्।तँभित्र एउटा रूढी पठाउने, र त्यसका गल्लीहरूमा रगत म बगाउनेछु। मारिनेहरू तेरो बिचमा ढल्नेछन्। जब चारैतिरबाट तेरो विरुद्धमा तरवारले आउनेछन्, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन्।योएल1
न त एउटाले अर्कालाई धक्का दिन्छन्। तिनीहरू प्रत्येक नै आ-आफ्नै बाटोमा हिंड्छन्। तिनीहरू सुरक्षाबलहरूलाई तोड्दै अघि बढ्छन्, र आफ्नो लाइनभन्दा बाहिर पुग्दैनन्।आमोस1
यसकारण, परमप्रभु, सर्वशक्तिमान् परमेश्वर यस्तो भन्नुहुन्छ, “सबै चोकहरूमा रुवाबासी हुनेछ, र तिनीहरूले सबै सडकहरूमा यस्तो भन्नेछन्, ‘धिक्कार! धिक्कार!’ तिनीहरूले किसानहरूलाई विलाप गर्न र मलामीहरूलाई शोक गर्न बोलाउनेछन्।मिका1
अनि मेरो शत्रुले त्यो देख्नेछ, र “परमप्रभु तेरो परमेश्वर कहाँ छ?” भनेर भन्नेलाई शर्मले ढाक्नेछ। मेरा आँखाले त्यसलाई हेर्नेछन्। सडकहरूका माटोझैँ त्यो कुल्चिनेछे।नहूम2
ती रथहरू सडकहरूबाट तीव्र गतिमा अगि बढ्छन्, फराकिला सडकहरूमा ती अगाडि र पछाडि दौडन्छन्। तिनीहरू राँकाझैँ देखिन्छन्, र तिनीहरू बिजुलीझैँ दौडन्छन्।तथापि नो शहर निर्वासनमा लगियो, त्यो दासत्वमा लगियो, त्यसका छोराछोरीहरू हरेक सडकहरूका मुखमा टुक्रा-टुक्रा पारिए। त्यसका शत्रुहरूले त्यसका भारदारहरूका निम्ति चिट्ठा हाले, र त्यसका सबै महान् मानिसहरू साङ्लाले बाँधिए।सपन्याह1
“मैले जाति-जातिहरूलाई नष्ट पारेको छु। तिनीहरूका किल्लाहरू ध्वस्त भएका छन्। मैले तिनीहरूका सडकहरूलाई भग्नावशेष बनाइदिएको छु, अनि तीबाट भएर कोही पनि जाँदैनन्। तिनीहरूका शहरहरु नष्ट पारिएका छन्, अनि त्यहाँ कोही मानिस बसोबास गर्दैनन्।जकरिया2
टुरोसले आफैँ एउटा गढी बनाएको छ, र त्यसले सडकहरूमा धुलोसरह चाँदी र माटोसरह निखुर सुन थुपारेको छ।युद्दको मैदानको माटोमा आफ्ना शत्रुहरूलाई कुल्चने योद्धाहरूझैँ तिनीहरू हुनेछन्। तिनीहरूले युद्ध गर्नेछन्, किनकि परमप्रभु तिनीहरूसँग हुनुहुन्छ, र तिनीहरूले युद्धका घोडा चढ्नेहरूलाई शर्ममा पार्नेछन्।मत्ती3
त्यसैले, जब तिमीहरूले कसैलाई केही दान दिन्छौ, तब मानिसहरूबाट प्रशंसा पाउनको निम्ति पाखण्डीहरूले सभाघरहरू र सडकहरूमा गरेजस्तै आफ्नैअगि तुरही नफुक। साँच्चै म तिमीहरूलाई भन्दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्।अनि जब तिमीहरू प्रार्थना गर्छौ, तब पाखण्डीहरूजस्ता नहोओ, किनकि मानिसहरूले उनीहरूलाई देखून् भनेर उनीहरू सभाघरहरू र बाटोका छेउमा उभिएर प्रार्थना गर्न मन पराउँछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्।उनले सङ्घर्ष गर्नेछैनन्, न त ठुलो स्वरले कराउनेछन्, न त कसैले गल्लीहरूमा उनको स्वर सुन्नेछ।लुका3
तर तिमीहरू जुन सहरमा प्रवेश गर्छौ र तिनीहरूले तिमीहरूलाई स्वागत गरेनन् भने, त्यस सहरका सडकहरूमा गएर यसो भन,तब तिमीहरूले भन्नेछौ, ‘हामीले तपाईंसँगै खायौँ, पियौँ र तपाईंले हाम्रा गल्लीहरूमा सिकाउनुभयो।’त्यो सेवक फर्केर आएर आफ्ना मालिकलाई ती कुराहरू सुनाइदियो, तब त्यस घरका मालिक रिसाए र सेवकलाई भने, ‘छिटो बाहिर गल्ली र सहरका खुल्ला मैदानमा जाऊ र गरिब, लुला, लङ्गडा, दृष्टिविहीनहरूलाई यहाँ ल्याऊ।’प्रेरित3
पत्रुस त्यहाँबाट भएर आउँदा तिनको छाया तिनीहरूमध्ये कोहीमाथि परोस् भनेर तिनीहरूले बिरामीहरूलाई गल्लीहरूमा बोकेर ल्याए र तिनीहरूलाई खाट र पलङहरूमा राखे।प्रभुले तिनलाई भन्नुभयो, “उठ र सोझो भनिने गल्लीमा जाऊ र त्यहाँ यहूदाको घरमा टार्ससका शाऊल नाउँ गरेका मानिसको खोजी गर। किनकि तिनी प्रार्थना गर्दैछन्।त्यसपछि पहिलो र दोस्रो पहरेदारलाई पार गरी सकेपछि, तिनीहरू सहरतिर डोर्याउने फलामे ढोकामा आइपुगे; यो तिनीहरूका निम्ति आफैँ खोलियो। तिनीहरू बाहिर गए र तलतिरको गल्लीमा गए र ठिक त्यही समयमा स्वर्गदूतले तिनलाई छाडेर गए।हिब्रू1
आफ्ना खुट्टाका लागि बाटो सिधा बनाओ। त्यसैले, जे लङ्गडो छ, त्यो नखुस्कियोस्, बरु निको होस्।प्रकाश3
तिनीहरूका मृत शरीरहरू ठुलो सहरको बाहिर गल्लितिर पस्रिरहनेछन् (जसलाई साङ्केतिक रूपमा सदोम र मिश्र भनिन्छ) जहाँ तिनीहरूका प्रभु क्रुसमा टाँगिनुभएको थियो।बाह्रवटा ढोका बाह्र मोतीका थिए। प्रत्येक ढोका मोतीबाट बनेको थियो। सहरका गल्लीहरू निखुर सुनका थिए, काँचजस्तै छर्लङ्ग देखिन्थे।यो सहरको बिचभागको बाटो भएर बगेको थियो। नदीको हरेक छेउमा जीवनको रुख थियो, बाह्रै प्रकारका फल फलाउने र यसले प्रत्येक महिना आफ्नो फल फलाउँछ। रुखका पातहरू जाति-जातिहरूका निम्ति निको पार्नलाई हुन्।यस विषयका सबै पदहरू
यो पनि हेर्नुहोस्
- मार्गहरूखोजी गर्नुहोस् · अब्राहाम, प्रस्थान, दाऊद, पावलका यात्राहरू — नक्सामा पडाव-पडाव गरी
- बाइबलका नक्सा र यात्राहरूखोजी गर्नुहोस् · यात्राहरू, तीर्थयात्रीहरूका मार्ग र पुराना नक्साहरू
स्रोतहरू: Tyndale Open Bible Dictionary © 2023 Tyndale House Publishers, CC BY-SA 4.0 — रूपान्तरित र छोटो पारिएको; मूल रचना tyndaleopenresources.com मा निःशुल्क उपलब्ध छ · Human-made Things in the Bible © United Bible Societies 2025, adapted from R. Pritz, The Works of Their Hands: Man-made Things in the Bible © 2009 UBS, CC BY-SA 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार