Bible Explorer एप लिनुहोस्

बाइबल › भजनसंग्रह › 46

ULB · अध्याय 46 / 150

भजनसंग्रह 46

1परमेश्‍वर हाम्रो शरणस्थान र बल, दुःखको समयमा तुरुन्‍तै पाउन सकिने मदत हुनुहुन्छ।

2यसकारण, पृथ्वी बद्‍लिए पनि, पर्वतहरू हल्‍लाएर समुद्रको पिंधमा खसाइए पनि, हामी डराउँनेछैनौं।

3त्‍यसको पानीहरू गर्जेर उल्लिए पनि र त्यसको गर्जनले पर्वतहरू कामे पनि। सेला

4एउटा नदी छ जसका प्रावाहहरूले परमेश्‍वरको सहर अर्थात्, सर्वोच्‍चले वास गर्नुहुने एउटा पवित्र ठाउँलाई हर्षित तुल्याउँछ।

5परमेश्‍वर त्यसको बिचमा हुनुहुन्छ। त्‍यो डग्‍नेछैन। परमेश्‍वरले त्‍यसलाई सहायता गर्नुहुनेछ र उहाँले बिहानको झिसमिसेमा त्‍यसो गर्नुहुनेछ।

6जातिहरू क्रुद्ध भए र राज्यहरू हल्‍लिए। उहाँले आफ्नो सोर उचाल्‍नुभयो र पृथ्वी पग्‍लियो।

7सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। याकूबका परमेश्‍वर हाम्रो शरण हुनुहुन्छ। सेला

8आओ, परमप्रभुको कामहरू, उहाँले पृथ्वीमा ल्याउनुभएको विनाशलाई हेर।

9उहाँले युद्धहरूलाई पृथ्वीको अन्तसम्म बन्‍द गराउनुहुन्छ। उहाँले धनुहरू भाँच्‍नुहुन्‍छ र भालाहरू काट्नुहुन्‍छ। उहाँले ढालहरूलाई जलाउनुहुन्‍छ।

10शान्‍त होओ र म नै परमेश्‍वर हुँ भनी जान। जातिहरूका माझमा म उचालिनेछु। पृथ्वीमा म उचालिनेछु।

11सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। याकूबका परमेश्‍वर हाम्रो शरण हुनुहुन्छ। सेला

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org