ULB · अध्याय 24 / 36
गन्ती 24
1परमप्रभुले इस्राएललाई आशिष् दिन नै रुचाउनुहुन्छ भन्ने जब बालामले देखे, तिनी अरू बेलाझैँ टुनामुना गर्नलाई गएनन्। बरु, तिनले मरुभूमितिर हेरे।
2तिनले आँखा खोलेर इस्राएल कुल-कुल गरी आ-आफ्नो छाउनीमा देखे र परमेश्वरका आत्मा तिनीमाथि आयो।
3तिनले यो अगमवाणी पाए र भने, “बओरका छोरा बालाम बोल्न लाग्दै छ, जुन मानिसका आँखा खुला छन्, त्यसका वाणी।
4तिनले परमप्रभुको वचन सुन्छ र बोल्छ। त्यसले सर्वशक्तिमान्बाट दर्शन प्राप्त गर्छ, जसको सामु त्यसले आँखा खुला राखेर दण्डवत् गर्छ।
5हे याकूब, तिम्रा पालहरू र तिमी बस्ने ठाउँ कति सुन्दर छन्!
6तिनीहरू उपत्यकाझैँ, नदी किनारको बगैँचाझैँ, परमप्रभुले रोप्नुभएको एलवाहरूजस्तै र पानी छेउका देवदारुजस्तै फैलिएका छन्।
7तिनीहरूका गाग्राहरूबाट पानी बग्छ र तिनीहरूका बिउहरू सुसिंचित छन्। तिनीहरूका राजा अगागभन्दा उच्च छन् र तिनीहरूका राज्यलाई आदर गरिने छ।
8परमेश्वरले तिनलाई मिश्रबाट जङ्गली साँढेको जस्तै सामर्थ्यमा ल्याउनुहुन्छ। तिनले त्यसको विरुद्ध लड्ने जातिहरूलाई निल्छन्। तिनले तिनीहरूका हड्डीहरूलाई टुक्रा-टुक्रा पार्ने छन्। तिनले तिनीहरूलाई आफ्ना वाणहरूले हान्छन्।
9तिनले सिंह, सिंहनीझै ढुक्छन्। तिनलाई उठाउने कसको आँट छ र? तिनलाई आशिष् दिने सबै आशिषित्् होऊन्; तिनलाई सराप दिने सबै श्रापित होऊन्।”
10बालाकको क्रोध बालामप्रति उर्लियो र तिनले आफ्ना हात ठटाए। बालाकले बालामलाई भने, “मैले मेरा शत्रुहरूलाई सराप दिन तपाईंलाई बोलाएँ, तर तपाईंले तिनीहरूलाई तिन पटकसम्म आशिष् दिनुभयो।
11त्यसैले अहिले नै गइहाल्नुहोस्। मैले तपाईंलाई भव्य इनाम दिन्छु भनेको थिएँ, तर परमप्रभुले तपाईंलाई इनाम पाउनबाट वञ्चित गर्नुभएको छ।”
12त्यसपछि बालामले बालाकलाई जवाफ दिए, “तपाईंले मकहाँ पठाउनुभएका सन्देशवाहकहरूलाई भने,
13'बालाकलाई चाँदी र सुनले भरिएको तिनको दरबार नै दिए पनि, म परमप्रभुको बाहिर मैले चाहेको असल वा खराब कुनै पनि कुरा गर्न सक्दिनँ। म परमप्रभुले मलाई भन्नुहुने कुरा मात्र बताउन सक्छु।' के मैले तिनीहरूलाई यो कुरा भनेको थिइनँ र?
14त्यसैले अब म मेरा मानिसहरूकहाँ फर्केर जाने छु। तर यी मानिसहरूले तपाईंका मानिसहरूलाई आगामी दिनहरूमा के गर्ने छन् पहिले तपाईंलाई चेताउनी दिन दिनुहोस्।”
15बालामले अगमवाणी गर्न थाले, “बओरका छोरा बालाम भन्छ, त्यो मानिस जसको आँखा खुला छन्, त्यसको वाणी।
16यो परमेश्वरको वचन सुन्नेको व्यक्तिको अगमवाणी हो, जससँग सर्वोच्चको ज्ञान छ, जससँग सर्वशक्तिमान्बाट आएको दर्शन छ, जसले उहाँको सामु खुला आँखाले दण्डवत् गर्छ।
17म उहाँलाई देख्छु, तर उहाँ अहिले यहाँ हुनुहुन्न। म उहाँलाई हेर्छु, तर उहाँ नजिक हुनुहुन्न। याकूबबाट एउटा तारा निस्की आउने छ र इस्राएलबाट राजदण्डको उदय हुने छ। तिनले मोआबका अगुवाहरूलाई चकनाचुर पार्ने छन् र शेथका सबै सन्तानलाई नष्ट पार्नेछन्।
18त्यसपछि एदोम इस्राएलको सम्पत्ति बन्ने छ र सेइर इस्राएलको अधीनमा हुने छ इस्राएलका शत्रुहरू जसलाई इस्राएलले बलले जित्नेछ।
19याकूबबाट एउटा राजा आउने छ जसले शासन गर्ने छ र तिनले तिनीहरूका सहरहरूका बाँचेकाहरूलाई नष्ट पार्ने छन्।”
20त्यसपछि बालामले अमालेकतिर हेरे र अगमवाणी गर्न थाले, “अमालेक एक पटक जातिहरूमध्ये सबैभन्दा ठुलो थियो, तर त्यसको अन्त विनाश हुने छ।”
21अनि बालामले केनीहरूतिर हेरे र अगमवाणी गर्न थाले, “तिमीहरू बस्ने ठाउँ बलियो छ र तिमीहरूका गुँड चट्टान हुने छ।
22तथापि अश्शूरले तिमीहरूलाई कैद गरेर लाँदा तिमीहरू आगोले नष्ट हुने छौ।
23बालामले तिनको अन्तिम अगमवाणी भने, “धिक्कार! परमेश्वरले यसो गर्नुहुँदा कोचाँहि बाँच्छ?
24कित्तीमको समुद्री तटबाट जहाजहरू आउने छन्; तिनीहरूले अश्शूरलाई आक्रमण गर्नेछन् र एबेरमाथि विजय हासिल गर्ने छन्, तर तिनीहरू अन्त पनि विनाशमा नै हुने छन्।
25त्यसपछि बालाम उठे र हिँडे। तिनी आफ्नै घरतिर फर्के र बालाक पनि गए।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org