बाइबल › श्रेष्ठगीत › 7
ULB · अध्याय 7 / 8
श्रेष्ठगीत 7
1हे राजकुमारकी छोरी, जुत्ता लगाएका तिम्रा खुट्टा कति राम्रा छन्! गुरु कारीगरका हातले बनाएका जस्तै तिम्रा तिघ्राका गोलाइहरू रत्नझैँ छन्।
2तिम्रो नाभि वृत्ताकार कचौराजस्तै छ, जसमा मिसिएको दाखमद्यको कहिल्यै कमी नहोस्। तिम्रो पेट लिली फुलहरूले घेरिएको गहुँको थुप्रोजस्तै छ।
3तिम्रा दुई स्तन दुईवटा पाठाजस्ता छन्, हरिणका जुम्ल्याहा पाठाजस्ता छन्।
4तिम्रो घाँटी हस्ती-हाडको धरहराजस्तो छ। तिम्रा आँखा बाथ-रब्बीमको मूल ढोकाको छेउमा अवस्थित हेश्बोनका तलाउहरूजस्ता छन्। तिम्रो नाक दमस्कसतिर फर्केको लेबनानको धरहराजस्तो छ।
5कर्मेल डाँडाजस्तै तिम्रो शिरले तिमीमाथि छ। तिम्रो शिरमा भएको कपाल कालो बैजनी रङको छ। कपालका राशिद्वारा राजा मोहित पारिन्छन्।
6हे मेरी प्रिय, तिम्रो आनन्दमा तिमी कति सुन्दरी र मायालु छ्यौ!
7तिम्रो उचाइ खजूरको रुखजस्तै छ, र तिम्रा स्तनहरू फलका झुप्पाझैँ छन्।
8मैले भनेँ, “म त्यस खजूरको रुखमा चढ्न चाहन्छु। म त्यसका हाँगाहरू समात्ने छु।” तिम्रा स्तनहरू दाखका झुप्पाहरूजस्तै होऊन्; तिम्रो नाकको सुगन्ध स्याउको बोटझैँ होस्।
9तिम्रो मुखको तालु मेरा प्रेमीकहाँ बिस्तारै बगेर जाने, सुत्नेहरूका ओठमा बग्ने सर्वोत्तम दाखमद्यजस्तै होस्।
10म मेरा प्रेमीकी हुँ, र उहाँले मेरो मेरो तृष्णा गर्नुहुन्छ।
11हे मेरा प्रेमी, आउनुहोस्। हामी खेतबारीमा डुल्न जाऔँ; गाउँहरूतिरै रात बिताऔँ।
12हामी बिहान सबेरै उठेर दाखबारीहरूमा जाऔँ। दाखहरूमा कोपिला लागेर फक्रेका छन् कि छैनन्, र दारिमहरूमा फुल लागेका छन् कि छैनन् भनेर हेर्न जाऔँ। त्यहाँ म तपाईंलाई मेरो प्रेम दिने छु।
13दूधे-फुलहरूले आफ्नो बास्ना फैलाउँछन्। हामी उभिरहेको ढोकामा हर किसिमका उत्तम, नयाँ र पुराना फलहरू छन्, जुन मैले मेरा प्रेमीका लागि साँचिराखेकी छु।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org