Bible Explorer एप लिनुहोस्

बाइबल › भजनसंग्रह › 149

ULB · अध्याय 149 / 150

भजनसंग्रह 149

1परमप्रभुको प्रशंसा गर। परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ। विश्‍वासयोग्य जनहरूका सभामा उहाँको प्रशंसाको गीत गाओ।

2इस्राएल तिनीहरूलाई बाउनुहुनेमा आनन्‍दित होस्। सियोनका मानिसहरू आफ्‍ना राजामा आनन्‍दित होऊन्।

3तिनीहरूले नाँच्दै उहाँको नाउँको प्रशंसा गरून्। खैंजडी र वीणा बजाउँदै तिनीहरूले उहाँको प्रशंसाको गीत गाऊन्।

4किनकि परमप्रभु आफ्‍ना मानिसहरूसँग प्रशन्‍न हुनुहुन्छ। उहाँले नम्रहरूलाई उद्धारले महिमित पार्नुहुन्छ।

5विजयमा धर्मीहरू आनन्‍दि होऊन्। तिनीहरू आ-आफ्ना ओछ्यानमा आनन्दका गीत गाऊन्।

6तिनीहरूका मुखहरूमा परमेश्‍वरको प्रशंसा र तिनीहरूका हातमा दुई धारे तरवार होस्,

7जातिहरूमा बदला लिन र मानिसहरूमा दण्डका कामहरू गर्न।

8तिनीहरूले आफ्‍ना राजाहरूलाई साङ्लाहरूले र आफ्‍ना शासक वर्गलाई फलामे सिक्रीले बाँध्‍नेछन्।

9लेखिएका न्‍यायका फैसला तिनीहरूले गर्नेछन्। उहाँका सबै विश्‍वासयोग्य जनका निम्ति यो एउटा आदर हुनेछ। परमप्रभुको प्रशंसा गर।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org