Bible Explorer एप लिनुहोस्

बाइबल › भजनसंग्रह › 113

ULB · अध्याय 113 / 150

भजनसंग्रह 113

1परमप्रभुको प्रशंसा गर। हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर। परमप्रभुको नाउँको प्रशंसा गर।

2परमप्रभुको नाउँ अहिले र सदासर्वदा धन्यको होस्।

3सूर्य उदायदेखि त्‍यो नअस्‍ताएसम्म नै, परमप्रभुको नाउँको प्रशंसा हुनुपर्छ।

4परमप्रभु सबै जातिभन्दा उच्‍च हुनुहुन्‍छ र उहाँको महिमा आकाशसम्‍म पुग्‍छ।

5परमप्रभु हाम्रा परमेश्‍वरझैं को छ र, जसको आफ्‍नो आसन उच्‍चमा छ,

6जसले तल आकाश र पृथ्वीमा हे्र्नुहुन्छ?

7उहाँले गरीबलाई फोहोरबाट उठाउनुहुन्‍छ र दरिद्रलाई खरानीको थुप्रोबाट उचाल्‍नुहुन्‍छ,

8ताकि उहाँले त्यसलाई शासकहरूसित, त्यसका मानिसहरूका शासकहरूसित बसाल्‍नुहुन्छ।

9उहाँले घरकी बाँझी स्‍त्रीलाई घर दिनुहुन्छ। उहाँले त्यसलाई छोराछोरीकी आनन्‍दित आमा बनाउनुहुन्छ। परमप्रभुको प्रशंसा गर।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org