खोजी गर्नुहोस् › विषयहरू › चराहरू
प्रकृति
बाइबलमा चराहरू
पवित्र बाइबल (ULB) का 38 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- पाँचौँ दिनमा समुद्री जीवहरूसँगै चराहरू बनाइएउत्पत्ति 1:20–23
पदहरू
उत्पत्ति 1:20–23परमेश्वरले भन्नुभयो, “पानी ठुलो सङ्ख्यामा जीवित प्राणीहरूले भरिऊन्, र पृथ्वीमाथि आकाशमा पक्षीहरू उडून्।” परमेश्वरले विशाल जलचरहरू, र आ-आफ्नो प्रजातिअनुसारको सबै जीवित प्राणी, चलहल गर्ने र पुरै पानीलाई भर्ने प्राणीहरू, र आ-आफ्नो प्रजातिअनुसारको पखेटा भएका सबै पक्षीहरूलाई सृष्टि गर्नुभयो। परमेश्वरले हेर्नुभयो, र त्यो असल थियो। परमेश्वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ, र समुद्रमा भरिँदै जाओ। पृथ्वीमा पक्षीहरू वृद्धि होऊन्।” साँझ पर्यो र बिहान भयो - पाँचौँ दिन।
- जलप्रलयपछि चराहरू पनि खानाको रूपमा दिइएउत्पत्ति 9:2–3
पदहरू
उत्पत्ति 9:2–3जमिनमा चलहल गर्ने हरेक जीवित प्राणी, आकाशका हरेक पक्षी, जमिनमा घस्रने हरेक जन्तु र समुद्रका सबै माछामाथि तिमीहरूको डर र त्रास रहनेछ। ती तिमीहरूका हातमा सुम्पिएका छन्। हरेक चलहल गर्ने प्राणी तिमीहरूका निम्ति भोजन हुनेछन्। मैले तिमीहरूलाई हरिया वनस्पतिहरू दिएजस्तै अब म तिमीहरूलाई सबै थोक दिन्छु।
- इस्राएलले जुनसुकै शुद्ध चरा खान सक्छव्यवस्था 14:11
पदहरू
व्यवस्था 14:11तिमीहरूले सबै शुद्ध पक्षी खान सक्छौ।
- खान नहुने: गरुड, गिद्ध, काग, शुतुरमुर्ग, उल्लु, सारस, बकुल्ला, फाप्रे चरा, चमेरोलेवीहरू 11:13–19
पदहरू
लेवीहरू 11:13–19तिमीहरूले घृणा गर्नुपर्ने र खान नहुने पक्षीहरू यी हुन्ः गरुड, गिद्ध, चील, सबै प्रकारका बेसारो, सबै प्रकारका काग, सुतुरमुर्ग र हुचील, समुद्रीचरो, र सबै प्रकारका बाज। तिमीहरूले यी पक्षीहरूलाई पनि घृणा गर्नू, सानो र ठुलो लाटोकोसेरो, जलकाग, राजहंस र धनेस, माछा खाने चील, सारस, सबै प्रकारका बकुल्ला, फाप्रेचरो र चमेरो।
- चराहरू मूलहरूको छेउमा गुँड बनाउँछन् र हाँगाहरूमा गाउँछन्भजनसंग्रह 104:12
पदहरू
भजनसंग्रह 104:12नदीका किनाराहरूमा चराहरूले आफ्ना गुँड बनाउँछन्। तिनीहरूले हाँगाहरूमा गाउँछन्।
- सारसले सल्लाका रूखमा आफ्नो वास बनाउँछभजनसंग्रह 104:17
पदहरू
भजनसंग्रह 104:17चराहरूले त्यहाँ गुँड बनाउँछन्। सारसले सल्लाका रूखहरूलाई आफ्नो घर बनाउँछ।
- वसन्तमा ढुकुरको कुर्लाइ सुनिन्छश्रेष्ठगीत 2:12
पदहरू
श्रेष्ठगीत 2:12पृथ्वीमा फुलहरू देखा परेका छन्। छिँवल्ने र चराचुरुङ्गीहरूले गीत गाउने समय आएको छ, अनि हाम्रो देशमा ढुकुरहरूको सोर सुनिएको छ।
- सारस, ढुकुर, गौँथली र भद्राइले बसाइँ सर्ने समय जान्दछन्यर्मिया 8:7
पदहरू
यर्मिया 8:7आकाशको सारस अनि ढुकुर, गौँथली र सारिका चरा पनि आफ्नो समय थाहा छ। तिनीहरू ठिक समयमा बसाइँ सर्छन्, तर मेरा मानिसहरूले परमप्रभुका आज्ञाहरू जान्दैनन्।
- शुतुरमुर्गले आफ्ना अण्डा बालुवामा न्यानो हुन भुइँमै छोड्छेअय्यूब 39:14–15
पदहरू
अय्यूब 39:14–15किनकि त्यसले भुइँमा आफ्ना फुलहरू छोड्छ, र ती त्यसले धूलोमा नै तातो हुन दिन्छ। पैतलाले तिनलाई कुल्चन सक्छ वा जङ्गली जनावरले कुल्चिन सक्छ भनी त्यसले बिर्सन्छ।
- पखेटा फिँजाउँदै शुतुरमुर्ग घोडा र त्यसको सवारमाथि हाँस्छेअय्यूब 39:18
पदहरू
अय्यूब 39:18जब त्यो तीव्र गतिमा दोडन्छ, त्यसले घोडा र त्यसमा सवार हुनेलाई गिल्ला गर्छ।
- बाजले दक्षिणतिर आफ्ना पखेटा फिँजाउँछअय्यूब 39:26
पदहरू
अय्यूब 39:26के तेरो बुद्धिद्वारा बाज माथि-माथि उड्ने हो र दक्षिणतिर त्यसले आफ्नो पखेटा फिंजाउने हो?
- भँगेरा एक पैसामा दुईवटा, वा दुई पैसामा पाँचवटा बिक्छन्मत्ती 10:29, लुका 12:6
पदहरू
मत्ती 10:29के सानो सिक्कामा दुईवटा भङ्गेरा बिक्दैनन् र? तापनि तिमीहरूका पिताको इच्छाविना तीमध्ये एउटा पनि भुइँमा खस्दैन।
लुका 12:6के पाँचवटा भङ्गेरा दुई सिक्कामा बेचिँदैनन् र? परमेश्वरको दृष्टिबाट एउटा पनि बिर्सेको हुँदैन।
- भँगेरा र गौँथली मन्दिरका वेदीनजिक गुँड बनाउँछन्भजनसंग्रह 84:3
पदहरू
भजनसंग्रह 84:3हे सर्वशक्तिमान् परमप्रभु, मेरो राजा, र मेरो परमेश्वर, भँगेराले आफ्नो गुँड, अनि गौंथलीले तपाईंको वेदीहरूको नजिकै त्यसका बचेराहरू राख्न आफ्नो गुँड भेट्टाएको छ।
- चराहरू न छर्छन्, न काट्छन्, न भकारीमा जम्मा गर्छन्मत्ती 6:26
पदहरू
मत्ती 6:26आकाशका चराहरूलाई हेर! तिनीहरूले न त छर्छन् वा कटनी गर्छन् वा भकारीमा बटुल्छन्, तरै पनि तिमीहरूका स्वर्गीय पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तीभन्दा धेरै बहुमूल्य छैनौ र?
- हुर्केको रायोको बोटका हाँगाहरूमा चराहरू गुँड बनाउँछन्मत्ती 13:32
पदहरू
मत्ती 13:32यो बिउ अरू सबै बिउभन्दा सानो हुन्छ। तर जब यो हुर्कन्छ, यो बगैँचामा भएका सबै बोटभन्दा ठुलो हुन्छ। यो एउटा रुख बन्छ, अनि आकाशका चराहरू आउँछन् र यसका हाँगाहरूमा गुँड बनाउँछन्।”
- फ्याउराका दुलाहरू छन्, र आकाशका चराहरूका गुँड छन्मत्ती 8:20
पदहरू
मत्ती 8:20येशूले तिनलाई भन्नुभयो, “स्यालहरूका दुला छन्, र आकाशका चराचुरूङ्गीहरूका गुँडहरू छन्, तर मानिसका पुत्रको त आफ्नो शिर राख्ने ठाउँ कहीँ छैन।”
- मानिसले सबै किसिमका चरालाई तालिम दिएर वशमा पारेको छयाकूब 3:7
पदहरू
याकूब 3:7किनकि सबै किसिमका जङ्गली जनावरहरू, चराचुरुङ्गीहरू, घस्रने जन्तुहरू, र समुद्रमा भएका प्राणीहरूलाई वशमा राखिएको छ र ती मानव-जातीद्वारा नै वशमा राखिएको छ।
- सोलोमनले पशु, चरा, घस्रने जन्तु र माछाबारे सिकाए१ राजाहरू 4:33
पदहरू
१ राजाहरू 4:33तिनले बोट बिरुवाहरूको विषयमा लेबनानको देवदारुदेखि लिएर भित्तामा उम्रने हिसपसम्मका बिरुवाहरूको वर्णन गरे। तिनले पशुपक्षी, घस्रने प्राणीहरू र माछाको बारेमा पनि वर्णन गरे।
कथाहरूमा
- नोआको ढुकुर भर्खर टिपेको जैतूनको पात लिएर फर्क्योउत्पत्ति 8:8–12
पदहरू
उत्पत्ति 8:8–12त्यसपछि जमिनको सतहबाट पानी घटेको छ कि छैन भनेर हेर्न तिनले एउटा ढुकुरलाई पठाए। तर ढुकुरले आफ्नो खुट्टा राख्ने ठाउँ कतै पाएन, र त्यो जहाजमा नै तिनीकहाँ फर्क्यो किनकि पानीले अझै पनि पुरै जमिनलाई ढाकिरहेको थियो। तिनले आफ्नो हात पसारेर त्यसलाई समाती जहाजभित्र ल्याए। अरू सात दिन पर्खेर तिनले फेरि जहाजबाट त्यस ढुकुरलाई पठाइदिए। साँझमा त्यो ढुकुर तिनीकहाँ फर्क्यो। हेर! त्यसको चुच्चोमा भर्खरै टिपिएको ताजा भद्राक्षको पात थियो। त्यसैले, पानी जमिनबाट घटेछ भनी नोआले थाहा पाए। अरू सात दिन पर्खेर तिनले फेरि त्यस ढुकुरलाई पठाइदिए। त्यो फेरि फर्केर तिनीकहाँ आएन।
- अब्रामका टुक्रा पारिएका पशुहरूमाथि सिकारी चराहरू झरे, र उनले तिनलाई धपाएउत्पत्ति 15:10–11
पदहरू
उत्पत्ति 15:10–11तिनले ती सबै उहाँकहाँ ल्याए र तिनीहरूलाई दुई-दुई फ्याक गरेर काटे अनि हरेक फ्याकलाई आमनेसामने गरी राखे, तर पक्षीहरूलाईचाहिँ तिनले दुई फ्याक पारेनन्। शिकारी चराहरू सिनोहरूमाथि झम्टिँदा अब्रामले तिनीहरूलाई धपाए।
- साँझमा बट्टाईहरूले छाउनी ढाकेप्रस्थान 16:13
पदहरू
प्रस्थान 16:13साँझमा बट्टाई चराहरू आएर तिनीहरूको छाउनी नै ढाकिदिए। बिहान छाउनीको वरिपरि शीत परेको थियो।
- समुद्रबाट बट्टाई उडाएर ल्याइए; कसैले पनि दस होमरभन्दा कम बटुलेनगन्ती 11:31–32
पदहरू
गन्ती 11:31–32त्यसपछि परमप्रभुबाट बतास आयो र समुद्रबाट बट्टाई चराहरू ल्यायो। तिनीहरू छाउनी नजिक वरिपरि एक दिनको बाटोभरि झरे। बट्टाई चराहरूले लगभग एक मिटर जत्ति बाक्लो हुने गरी जमिनलाई नै ढाके। मानिसहरू त्यस दिनभरि, रातभरि र अर्को दिनभरि बट्टाई चराहरू बटुल्नमा व्यस्त भए। कसैले पनि पच्चिस मुरीभन्दा कम बटुलेन। तिनीहरूले छाउनीभरि बट्टाई चराहरू फिँजाए।
- सोलोमनको टेबलका निम्ति मोटा कुखुरा; नहेम्याहको टेबलमा हरेक दिन चरा१ राजाहरू 4:23, नहेम्याह 5:18
पदहरू
१ राजाहरू 4:23पोसिएका दसवटा गाई-गोरु, खर्कमा पालेका बिसवटा गाई-गोरु, एक सयवटा भेडा-बाख्रा अनि मृग, हरिण, बराँठ र कुखुराहरू थिए।
नहेम्याह 5:18एउटा गोरु, छवटा मोटा-मोटा भेडा र कुखुराहरू हरेक दिन खानलाई जुटाइनुपर्थ्यो, र दस-दस दिनपछि चाहिँ सबै किसिमका दाखमद्य प्रचुर मात्रामा जुटाइन्थ्यो। यति हुँदाहुँदै पनि मैले राज्यपालको भोजनको भत्ताको माग गरिनँ किनकि मानिसहरूमाथि ठुलो बोझ परेको थियो।
- पत्रुसले येशूलाई इन्कार गर्दा भाले बास्योमत्ती 26:74–75
पदहरू
मत्ती 26:74–75त्यसपछि उनले सराप्न र शपथ खान लागे, “म यी मानिसलाई चिन्दिनँ,” अनि तुरुन्तै भाले बास्यो। अनि येशूले भन्नुभएको वचनलाई पत्रुसले सम्झे, “भाले बास्नुभन्दा अगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ।” त्यसपछि उनी बाहिर गए र धुरुधुरु रोए।
व्यवस्थामा
- गुँडबाट बच्चाहरू लेऊ, तर आमा चरालाई जान देऊव्यवस्था 22:6–7
पदहरू
व्यवस्था 22:6–7कुनै बाटो वा रुख वा भुइँमा बचेरो वा फुलमा माउ बसिरहेको देख्यौ भने माउलाई बचेरोसँगै नलैजानू। माउलाई जान दिएर बचेरोलाई लैजान सक्छौ। यो आज्ञालाई पालन गर ताकि तिमीहरूको भलो हुन सकोस्, र तिमीहरूको आयु लामो होस्।
- छालाको रोगबाट शुद्धीकरण: दुईवटा चरा, एउटा खुला मैदानमा छोडिन्छलेवीहरू 14:4–7
पदहरू
लेवीहरू 14:4–7त्यसपछि कोही शुद्ध हुनको निम्ति दुई जीवित, शुद्ध चराहरू, देवदारुको काठ, सिन्दुरे रङ्गको धागो, र हिसप ल्याउनू भनी पुजारीले आज्ञा गर्ने छ। पुजारीले माटोको भाँडामा भएको ताजा पानीमाथि दुई चराहरूमध्ये एउटालाई मार्नू भनी आज्ञा गर्ने छ। पुजारीले त्यसपछि जीवित चरा र देवदारुको काठ, र सिन्दुरे रङ्गको धागो र हिसप लिने छ, र यी सबैलाई ताजा पानीमाथि मारिएको चराको रगतमा चोप्ने छ। त्यसपछि पुजारीले यस पानीलाई रोगबाट शुद्धिकरण गरिनुपर्ने मानिसमाथि सात पटक छर्कने छ, र त्यसलाई शुद्ध घोषणा गर्ने छ। त्यसपछि पुजारीले जीवित चरालाई भने खुला ठाउँमा छोडिदिने छ।
- शिशु येशूका निम्ति: एक जोडी ढुकुर वा परेवाका दुईवटा बच्चालुका 2:22, लुका 2:24
पासोबारे भनाइहरू
- जुनसुकै चराले देख्ने गरी जाल फिँजाउनु कति व्यर्थ!हितोपदेश 1:17
पदहरू
हितोपदेश 1:17किनकि कुनै पनि पक्षीको दृष्टिमा जाल फ्याँक्नु बेकाम्मा हुन्छ।
- चारा नराखिएको पासोमा के चरा बस्छ र?आमोस 3:5
पदहरू
आमोस 3:5चराको निम्ति चारो नराखेसम्म के त्यो भुइँमा भएको पासोमा पर्छ र? पासोले केही कुरा समाउन नपाउँदा पनि के त्यो भुइँबाट माथि उफ्रिन्छ र?
- हामी शिकारीको पासोबाट चराझैँ उम्केका छौँभजनसंग्रह 124:7
पदहरू
भजनसंग्रह 124:7शिकारीको पासोबाट चरा फुत्केझैं हामी भएका छौं। पासो चुँडेको छ र हामी उम्केका छौं।
- पासोमा परेका चराहरूजस्तैउपदेशक 9:12
पदहरू
उपदेशक 9:12निश्चय नै त्यसको समय कहिले आउने छ भनी कसैलाई थाहा छैन। माछा घातक जालमा परेझैँ वा चराचुरुङ्गी पासोमा परेझैँ मानव-जाति खराब समयको पासोमा जेलिएका छन्, जुन पासो अकस्मात् तिनीहरूमाथि आइपर्छन्।
अरू भनाइहरू
- आफ्नो गुँडबाट भौँतारिने चराजस्तैहितोपदेश 27:8
पदहरू
हितोपदेश 27:8आफ्नो गुँडबाट भट्किएर निस्केको चरा आफ्नो बासस्थानबाट बरालिएको मानिसझैँ हुन्छ।
- चराले भरिएका खोरझैँ छलले भरिएका घरयर्मिया 5:27
पदहरू
यर्मिया 5:27चराहरूले भरिएका पिंजराजस्तै तिनीहरूका घरहरू छलले भरिएका छन्। त्यसैले तिनीहरू ठुला र धनी भएका छन्।
- छानामाथि एक्लिएको चराझैँभजनसंग्रह 102:7
पदहरू
भजनसंग्रह 102:7एक्लिएको चराझैं छानामाथि म एक्लै जागा रहन्छु।
- म गौँथली वा सारसझैँ चिरबिर गर्छु; ढुकुरझैँ विलाप गर्छुयशैया 38:14
पदहरू
यशैया 38:14गौंथलीझैं म चिरबिर गर्छु। ढुकुरझैं कुर्लिन्छु। माथितिर हेरेर मेरा आँखा थकित भएका छन्। हे परमप्रभु, म दुःखमा परेको छु। मलाई सहायता गर्नुहोस्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार