Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › भेडाहरू

प्रकृति

बाइबलमा भेडाहरू

पवित्र बाइबल (ULB) का 38 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

  • हाबिल भेडा चराउने थिएउत्पत्ति 4:2
    पदहरू
    उत्पत्ति 4:2अनि तिनले तिनको भाइ हाबिललाई जन्माइन्। हाबिल गोठालो भए, तर कयिन खेती गर्ने भए।
  • हाबिलले आफ्नो बगालको पहिलो बच्चा ल्याएउत्पत्ति 4:4
    पदहरू
    उत्पत्ति 4:4हाबिलको हकमा तिनले बगालका पहिले जन्मेकाहरू र केही बोसे भागहरू ल्याए। परमप्रभुले हाबिल र तिनका भेटीलाई ग्रहण गर्नुभयो,
  • अब्राहामले झाडीमा सिङ अड्किएको एउटा भेडा भेट्टाएउत्पत्ति 22:13
    पदहरू
    उत्पत्ति 22:13।” अब्राहामले माथितिर हेरे र एउटा भेडा झाडीमा सीङ अल्‍झेर फसेको देखे। अब्राहामले गएर त्‍यस भेडालाई ल्‍याए, र तिनका छोराको सट्टामा त्‍यसैलाई होमबलि चढाए।
  • बगाललाई पानी खुवाउन गोठालाहरूले इनारको मुखबाट ढुङ्गा गुडाएउत्पत्ति 29:2–3
    पदहरू
    उत्पत्ति 29:2–3तिनले हेर्दा मैदानमा एउटा इनार देखे, र त्‍यसको नजिक भेडाका तिनवटा बगाल बसिरहेका थिए। किनकि त्‍यही इनारबाट तिनीहरूले बगाललाई पानी खुवाउँथे, र इनारको मुख ढाक्‍ने ढुङ्गा ठुलो थियो। सबै बगालहरू त्‍यहाँ जम्‍मा भएपछि गोठालाहरूले इनारको मुखबाट ढुङ्गा गुडाएर भेडाहरूलाई पानी खान दिन्‍थे। त्‍यसपछि तिनीहरूले त्यो ढुङ्गालाई इनारको मुखमा फेरि पहिलेकै ठाउँमा राखिदिन्‍थे।
  • राहेल गोठाल्नी थिइन्; याकूबले उनका बुबाका भेडालाई पानी खुवाएउत्पत्ति 29:9–10
    पदहरू
    उत्पत्ति 29:9–10याकूब तिनीहरूसँग कुरा गरिरहेकै बेला, राहेल आफ्‍ना बुबाका भेडाहरू लिएर त्‍यहाँ आइपुगिन्, किनकि तिनले भेडाहरू चराउँदै थिइन्। जब याकूबले आफ्‍ना मामा लाबानकी छोरी राहेल र लाबानका भेडाहरू देखे, याकूबले नजिक आएर इनारको मुखको ढुङ्गा गुडाए, अनि आफ्‍ना मामा लाबानका भेडाहरूलाई पानी खुवाए।
  • यित्रोका सात छोरीले बगाललाई पानी खुवाए, र मोशाले उनीहरूलाई सहायता गरेप्रस्थान 2:16–17
    पदहरू
    प्रस्थान 2:16–17अब मिद्यानका पूजाहारीका सात छोरी थिए। तिनीहरू आएर पानी भरे र तिनीहरूका पिताका भेडा-बाख्रालाई पानी खुवाउन डुँड भरे। गोठालाहरू आएर तिनीहरूलाई धपाउन खोज्दा मोशाले ती युवतीहरूको मदत गरे। त्यसपछि तिनले तिनीहरूका भेडा-बाख्राहरूलाई पनि पानी खुवाइदिए।
  • होरेब आइपुग्दा मोशा यित्रोको बगाल चराउँदै थिएप्रस्थान 3:1
    पदहरू
    प्रस्थान 3:1अब मोशा अझै पनि आफ्ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेडा-बाख्रा चराउँदै थिए। तिनले भेडा-बाख्रालाई उजाड-स्थानको परसम्म लगी परमेश्‍वरको पर्वत होरेबसम्म लगे।
  • कान्छो छोरा दाऊद बाहिर भेडा चराउँदै थिए१ शमूएल 16:11
    पदहरू
    १ शमूएल 16:11तब शमूएलले यिशैलाई भने, “के तपाईंका छोराहरू सबै जना यहाँ नै छन्?” तिनले जवाफ दिए, “अझै कान्छो बाँकी नै छ, तर उसले भेडाको गोठाला गरिरहेको छ।” शमूएलले यिशैलाई भने, “कसैलाई पठाउनुहोस् र तिनलाई झिकाउनुहोस्। तिनी यहाँ नआएसम्म, हामी बस्‍नेछैनौं।”
  • गोठालोका रूपमा याकूब: दिनमा गर्मी, रातमा तुसारो, जङ्गली पशुबाट क्षतिउत्पत्ति 31:38–40
    पदहरू
    उत्पत्ति 31:38–40बिस वर्षसम्म म तपाईंसँगै थिएँ। तपाईंका भेडीहरू र बाख्रीहरूका गर्भ कहिल्यै तुहिएन, न त मैले तपाईंका बगालबाट भेडाहरू खाएँ। जङ्गली जनावरहरूले फहराएकाहरूलाई मैले तपाईंकहाँ ल्याउन्‍नथेँ। बरु, मैले त्यसको क्षतिपूर्ति तिर्थें। दिनमा चोरी भएर होस् वा रातमा चोरी भएर होस्, तपाईंले मलाई सधैँ हराएको हरेक पशुको मोल तिराउनुभयो। मेरो हालत यस्तो थियो, कि दिउँसो गर्मीले मलाई पोल्थ्यो भने राती चिसोले ठिर्‍याउँथ्यो। मलाई निद्रा लाग्दैनथ्यो।
  • याकूबको ज्याला: थोप्ले, छिर्के र कालो रङका पशुउत्पत्ति 30:32
    पदहरू
    उत्पत्ति 30:32आज मलाई तपाईंको बगालबाट थुमाहरूका बिचमा हरेक थोप्ले, हरेक पेटारे र हरेक कालो अनि बाख्राहरूका बिचमा पनि हरेक थोप्ले र पेटारे छुट्‌ट्याउन दिनुहोस्। यी मेरा ज्याला हुनेछन्।
  • पानी खुवाउने डुँडमा उनका ताछेका हाँगा र धर्से बच्चाहरूउत्पत्ति 30:37–39
    पदहरू
    उत्पत्ति 30:37–39याकूबले ताजा लहरे-पीपल, हाडे बदाम र चिनारका रुखका भर्खरै काटिएका हाँगाहरू लिए, र तिनमा सेतो धर्का बनाउनलाई बोक्राहरू ताछे। त्यसपछि तिनले बगालहरूको सामु रहेका ती ताछिएका हाँगाहरू पानी पिउन आउने डूँडको सामु राखे। पानी पिउन आउँदा तिनीहरू गर्भवती भए। ती बगालहरू हाँगाहरूका सामुन्‍ने मिसिने भएकाले तिनीहरूले पाठापाठी पनि त्यस्तै छिर्केमिर्के, पेटारे र थोप्ले ब्याए।
  • गोठालाहरू रातमा आफ्ना बगालको रखवारी गर्दै थिएलुका 2:8
    पदहरू
    लुका 2:8त्यस इलाकाको चौरमा राती आ-आफ्ना भेडाका रखवाली गर्दै गोठालाहरू बसिरहेका थिए।
  • भेडाहरू गोठालोको आवाज चिन्छन्; उसले तिनीहरूलाई नाउँ लिएर बोलाउँछयूहन्ना 10:3–4
    पदहरू
    यूहन्ना 10:3–4ढोकाको पालेले उसको निम्ति ढोका खोलिदिन्छ। भेडाहरूले उसको सोर सुन्छन् र उसले आफ्ना भेडाहरूलाई नाउँ काढेर बोलाउँछन् र बाहिर लान्छन्। उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालेपछि, ऊ तिनीहरूको अगिअगि जान्छ र भेडाहरूले उसलाई पछ्याउँछ्न्, किनकि तिनीहरूले उसको सोर चिन्‍छन्।”

ऊन, दूध र ऊन कतर्ने

  • बगालको दूध, थुमाको बोसो र बाशानका भेडाहरूव्यवस्था 32:14
    पदहरू
    व्यवस्था 32:14तिनले गाई-गोरुको बथान र भेडा-बाख्राको बथानाबाट दूध र दही अनि मोटा-मोटा थुमा अनि बाशानका भेडाहरू र बाख्राहरूको बोसोसाथै सर्वोत्तम गहुँ खाए। तिमीहरूले फिँज उठेको दाखरस पियौ।
  • राहेलले मूर्तिहरू लिँदा लाबान भेडाको ऊन कतर्न गएका थिएउत्पत्ति 31:19
    पदहरू
    उत्पत्ति 31:19लाबान आफ्ना भेडाहरूको ऊन कत्रन जाँदा राहेलले आफ्ना पिताका घर-देवताहरू चोरिन्।
  • यहूदा तिम्नामा आफ्ना ऊन कतर्नेहरूकहाँ उक्लेउत्पत्ति 38:12–13
    पदहरू
    उत्पत्ति 38:12–13त्यसको धेरै समयपछि शूआकी छोरी यहूदाकी पत्‍नीको मृत्यु भयो। यहूदाले शोक गरिसकेपछि उनी र उनका मित्र अदुल्लामवासी हीराका साथ आफ्ना भेडा कत्रनेहरूकहाँ तिम्‍नामा गए। तामारलाई यसो भनियो, “हेर, तिम्रा ससुरा आफ्ना भेडा कत्रन तिम्‍ना जाँदै हुनुहुन्छ।”
  • नाबालसँग 3,000 भेडा र 1,000 बाख्रा थिए, तिनको ऊन कार्मेलमा कतरिन्थ्यो१ शमूएल 25:2
    पदहरू
    १ शमूएल 25:2माओनमा एक जना मानिस थिए जसको सम्‍पत्ति कार्मेलमा थियो। त्यो मानिस धेरै धनी थियो। उसको तिन हजार भेडा र एक हजार बाख्राहरू थिए। उसले कार्मेलमा भेडाको ऊन कत्रँदै थियो।
  • ऊन कतर्ने समय भनेको भोज: नाबालको र अब्शालोमको१ शमूएल 25:11, १ शमूएल 25:36, २ शमूएल 13:23–24
    पदहरू
    १ शमूएल 25:11के मैले आफ्‍ना ऊन कत्रनेहरूका निम्ति काटेका मासु, मेरो रोटी र मेरो पानी कहाँबाट आएका हुन् भनी मैले नचिनेको मानिसहरूलाई दिनुपर्छ?”
    १ शमूएल 25:36अबीगेल नाबालकहाँ फर्केर गइन्। हेर, उसले आफ्नो घरमा राजाको भोजजस्तै भोज दिइरहेको थियो। नाबालको हृदय आफैमा हर्षित थियो, किनकि उसले धेरै पिएको थियो। त्यसैले तिनले भोलिपल्‍ट बिहान नभएसम्म उसलाई केही पनि भनिनन्।
    २ शमूएल 13:23–24पुरा दुई वर्षपछि यस्‍तो भयो, अब्शालोमले एफ्राइम नजिकै रहेको बालहासोरमा भेडको ऊन कत्रिए र अब्शालोमले राजाका सबै छोरालाई निमन्त्रणा दिए। अब्शालोम राजाकहाँ गए र भने, “हे्र्नुहोस्, तपाईंको दासले भेडाको ऊन कत्रन लगेको छ। कृपया, राजा र उहाँका सेवकहरू हजुरका दासकहाँ सवारी होस्।”
  • बगालबाट कतरिएको पहिलो ऊन पुजारीहरूलाई जान्थ्योव्यवस्था 18:3–4
    पदहरू
    व्यवस्था 18:3–4गोरु वा भेडा बलिदान गर्ने मानिसहरूबाट पुजारीहरूले पाउने भाग यही होः कुम, दुईवटा गाला र आन्द्रा-भुँडी। तिमीहरूको अन्‍न, नयाँ मद्य, तेलको पहिलो फलसाथै तिमीहरूको भेडाको पहिलो ऊन तिमीहरूले पुजारीलाई दिनू।
  • अय्यूबले आफ्ना भेडाको ऊनले गरिबहरूलाई न्यानो पारेअय्यूब 31:20
    पदहरू
    अय्यूब 31:20मेरो भेडाको ऊनले आफूलाई न्यानो पार्न नपाएको हुनाले, उसको हृदयले मलाई आशिष् दिएको छैन भने,

सङ्ख्यामा बगाल

  • मोआबका राजा मेशाले 100,000 थुमा र 100,000 भेडाको ऊन तिरे२ राजाहरू 3:4
    पदहरू
    २ राजाहरू 3:4मोआबका राजा मेशाले भेडाहरू पाल्थे। तिनले इस्राएलका राजालाई एक लाख भेडाका पाठा र एक लाख भेडाका ऊन दिनुपर्थ्यो।
  • अरबीहरूले यहोशापातलाई 7,700 भेडा र 7,700 बाख्रा ल्याए२ इतिहास 17:11
    पदहरू
    २ इतिहास 17:11पलिश्‍तीमध्‍ये कसैले यहोशापातकहाँ करको रूपमा उपहारहरू र चाँदीको ल्‍याए। अरबीहरूले तिनका निम्‍ति पनि सात हजार सात सय भेडा र सात हजार सात सय बोकाहरू ल्‍याए।
  • हग्रीहरूबाट 250,000 भेडा लिइए१ इतिहास 5:21
    पदहरू
    १ इतिहास 5:21उनीहरूका गाईवस्‍तु, पचास हजार ऊँट, दुई लाख पचास हजार भेडा, दुई हजार गधा, र एक लाख जना मानिसलाई कब्‍जा गरे।
  • अय्यूबसँग 7,000 भेडा थिए, पछि 14,000अय्यूब 1:3, अय्यूब 42:12
    पदहरू
    अय्यूब 1:3तिनका सात हजारवटा भेडा, तिन हजारवटा ऊँट, पाँच सय हल गोरु अनि पाँच सयवटा गधा अनि धेरै जना नोकरहरू थिए। तिनी पूर्वमा भएका सबै मानिसहरूमध्‍ये सबभन्‍दा महान् मानिस थिए।
    अय्यूब 42:12परमप्रभुले अय्यूबको जीवनको अगिल्लो समयमा भन्दा पछिल्लो समयमा झन् धेरै आशिष् दिनुभयो। तिनका चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार गधैनी थिए।
  • केदारले टुरोससँग थुमा, भेडा र बाख्राको व्यापार गर्‍योइजकिएल 27:21
    पदहरू
    इजकिएल 27:21अरब देश र केदारका सबै मुखियाहरू तँसँग व्‍यापार गरे। तिनीहरूले थुमा, भेडा र बाख्रा उपलब्ध गराए।
  • मन्दिरको समर्पणमा सोलोमनले 120,000 भेडा चढाए१ राजाहरू 8:63
    पदहरू
    १ राजाहरू 8:63सोलोमनले परमप्रभुको निम्ति बाइस हजार गाईवस्तु र एक लाख बिस हजार भेडा-बाख्रा मेलबलिको रूपमा चढाए। यसरी राजा र इस्राएलका सारा समुदायले परमप्रभुको मन्दिर समर्पण गरे।

व्यवस्थामा

  • चोरेको भेडा काटियो वा बेचियो: चारवटा भेडा भरप्रस्थान 22:1
    पदहरू
    प्रस्थान 22:1कुनै मानिसले गोरु वा भेडा चोरेर त्यसलाई मार्‍यो वा बेच्यो भने त्यसले एउटा गोरुको सट्टा पाँचवटा गोरु र एउटा भेडाको सट्टा चारवटा भेडा देओस्।
  • जङ्गली जनावरले चिथोरेको भेडा: प्रमाणको रूपमा सिनो ल्याऊप्रस्थान 22:10, प्रस्थान 22:13
    पदहरू
    प्रस्थान 22:10कुनै मानिसले आफ्नो छिमेकीलाई गधा, गोरु, भेडा वा कुनै पशु राख्‍नलाई दिँदा त्यो मर्‍यो वा त्यसलाई चोट लाग्यो वा कसैले नदेखीकन त्यसलाई भगाइयो भने
    प्रस्थान 22:13पशुलाई टुक्राटुक्रा पारिएको छ भने अर्को मानिसले साक्षीको रूपमा त्यो पशु ल्याओस्। टुक्राटुक्रा पारिएको कारण त्यसले क्षतिपूर्ति दिनुपर्दैन।

यरूशलेममा

  • पुजारीहरूले भेडा ढोका फेरि बनाएनहेम्याह 3:1
    पदहरू
    नहेम्याह 3:1तब प्रधान पुजारी एल्यासीब आफ्ना सङ्गी पुजारीहरूसित उठे, र तिनीहरूले भेडा ढोका बनाए। तिनीहरूले यसलाई अर्पण गरी यसका ढोकाहरू बनाए। तिनीहरूले यसलाई सयको बुर्जा र हननेलको बुर्जासम्मै अर्पण गरे।
  • बेथस्दाको पोखरी भेडा ढोकानजिक थियोयूहन्ना 5:2
    पदहरू
    यूहन्ना 5:2यरूशलेमको भेडा-ढोका नजिकै एउटा तलाउ छ जसलाई हिब्रूमा बेथस्दा भनिन्छ जसको छानासहितका पाँचवटा दलान छन्।

भनाइहरू

  • भर्खर ऊन कतरेर धुवाइबाट निस्किरहेको बगालजस्ता दाँतश्रेष्ठगीत 4:2
    पदहरू
    श्रेष्ठगीत 4:2तिम्रा दाँत भरखरै कत्रेका, नुहाउने ठाउँबाट आएका भेडीहरूको बथानजस्तै छन्। हरेकको जुम्ल्याहा छ, र तिनीहरूका बिचमा कोही पनि एकलो छैन।
  • आफ्ना बगालको अवस्था राम्ररी जानहितोपदेश 27:23
    पदहरू
    हितोपदेश 27:23तेरा भेडा-बाख्राहरूको अवस्था राम्ररी थाहा गर, र तेरा गाईवस्तुहरूको बारेमा ध्यान दे।
  • थुमाहरूले तिमीलाई लुगा दिनेछन्हितोपदेश 27:26
    पदहरू
    हितोपदेश 27:26ती भेडाहरूले तेरो वस्‍त्र जुटाउने छन्, र बाख्राहरूले खेतको मूल्य जुटाउने छन्।
  • ऊन कतर्नेहरूको सामु भेडी चुप लागेझैँयशैया 53:7
    पदहरू
    यशैया 53:7उसलाई अत्याचार गरियो। तापनि उसले आफूलाई होच्याउँदा, उसले आफ्नो मुख खोलेन। जसरी मार्नलाई लगिएको थुमा र ऊन कत्रनेहरूका सामु भेडा चुपचाप बस्‍छ, त्‍यसरी उसले आफ्नो मुख खोलेन।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार