खोजी गर्नुहोस् › विषयहरू › सर्पहरू
प्रकृति
बाइबलमा सर्पहरू
पवित्र बाइबल (ULB) का 28 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- उत्पत्ति: सर्प मैदानका सबै पशुभन्दा धूर्त थियोउत्पत्ति 3:1
पदहरू
उत्पत्ति 3:1परमप्रभु परमेश्वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्पचाहिँ बढी धूर्त थियो। त्यसले स्त्रीलाई भन्यो, “के परमेश्वरले साँच्चै नै तिमीहरूलाई बगैँचाको कुनै रुखको फल नखानू भनी भन्नुभएको छ?”
- उत्पत्ति: सर्प पेटले घस्रनेछ र धूलो खानेछउत्पत्ति 3:14
पदहरू
उत्पत्ति 3:14परमप्रभु परमेश्वरले सर्पलाई भन्नुभयो, “तैँले यसो गरेको हुनाले सबै पाल्तु पशुहरू र जङ्गली जनावरहरूमा केवल तँ श्रापित हुनेछस्। तँ तेरो पेटद्वारा हिँड्नेछस्, र तेरो जीवनभरि नै तैँले माटो खानेछस्।
- चट्टानमाथि सर्पको बाटो — अति अचम्मका चार कुरामध्ये एकहितोपदेश 30:18–19
पदहरू
हितोपदेश 30:18–19तिनवटा कुरा छन्, जुन मेरा लागि ज्यादै उदेकका छन्, चारवटा छन्, जसलाई म बुझ्न सक्दिनँ: आकाशमा चिलको चाल, चट्टानमा सर्पको चाल, समुद्रको बिचमा जहाजको चाल र तरुणीसित पुरुषको चाल।
- भित्ताका सर्पहरू: भित्ता फुटाउने वा त्यसमा अडेस लाग्नेलाई डस्न सक्छउपदेशक 10:8, आमोस 5:19
पदहरू
उपदेशक 10:8खाडल खन्ने कोही पनि त्यसभित्र खस्न सक्छ, र कसैले पर्खाल भत्काउँदा सर्पले त्यसलाई डस्न सक्छ।
आमोस 5:19जसरी कोही मानिस एउटा सिंहबाट भाग्छ र एउटा भालुले उसलाई भेटाउँछ, अर्थात् ऊ कुनै घरभित्र जान्छ र आफ्नो हात भित्तामा राख्छ अनि एउटा सर्पले उसलाई डस्छ।
- सर्प-मोहनीहरू: मोहनी लगाउनुअघि नै सर्पले डस्यो भने केही फाइदा छैनउपदेशक 10:11
पदहरू
उपदेशक 10:11लट्ठ्याइनअगि नै सर्पले डस्यो भने सपेरालाई केही फाइदा हुँदैन।
- मोहनी लगाउनेको धुनमा कान बन्द गर्ने गोमनभजनसंग्रह 58:4–5
पदहरू
भजनसंग्रह 58:4–5तिनीहरूका विष सर्पको विषजस्तै छ। तिनीहरू बहिरा गोमनजस्तै छन् जसले यसका कानहरू बन्द गर्छ, त्यसले सपेराको आवाज सुन्दैन, तिनीहरू जत्ति नै निपुण भए पनि पर्वाह छैन।
- मोहनी लाग्न नसक्ने विषालु सर्पहरूयर्मिया 8:17
पदहरू
यर्मिया 8:17किनकि हेर, म तिमीहरूका बिचमा सर्पहरू, तिमीहरूका टुनामुनाले वशमा पार्न नसक्ने विषालु सर्पहरू पठाउँदैछु। तिनीहरूले तिमीहरूलाई डस्नेछन्, यो परमप्रभुको घोषणा हो।
- बाटोछेउको विषालु सर्पले घोडाको कुर्कुच्चो डस्छ, र सवार पछाडि खस्छउत्पत्ति 49:17
पदहरू
उत्पत्ति 49:17दान बाटोको छेउमा भएको एउटा सर्प, अर्थात् घोडाको कुर्कुच्चा डस्ने विषालु सर्प हुनेछ र त्यसको घोडचढी पछिल्तिर लोट्छ।
- उजाडस्थानमा विषालु सर्प र बिच्छीहरू थिएव्यवस्था 8:15
पदहरू
व्यवस्था 8:15उहाँलाई नबिर्स जसले तिमीहरूलाई विषालु सर्प र बिच्छीहरू भएको पानी नपाइने विशाल र डरलाग्दो उजाड-स्थानबाट ल्याउनुभयो, जसले तिमीहरूका निम्ति चट्टानबाट पानी निकाल्नुभयो।
- नेगेव: सिंह, साप र उड्ने सर्पको देशयशैया 30:6
पदहरू
यशैया 30:6नेगेवको घमण्डको बारेमा एउटा घोषणाः कष्ट र खतराको देशबाट भएर सिंहनी र सिंह, साप र उड्ने सर्प निस्कनेछन्, आफूलाई सहायता गर्न नसक्ने मानिसहरूकहाँ लैजानलाई तिनीहरूले गधाहरूलाई आफ्ना सम्पत्ति र ऊँटहरूलाई आफ्ना बहुमूल्य भण्डारहरू बोकाउँछन्।
- विषालु सर्पको अण्डा फुटाऊ, र विषालु सर्प निस्कन्छयशैया 59:5
पदहरू
यशैया 59:5तिनीहरूले विषालु सर्पको अण्डा ओथर्छन् र माकुराको जालो बुन्छन्। तिनीहरूका अण्डा जसले खान्छ त्यो मर्छ र एउटा अण्डा फुटाइयो भने, त्यसबाट विषलु सर्प निस्कन्छ।
कथाहरूमा
- मोशाको लौरो सर्प बन्यो; उनी त्यसबाट भागे, अनि पुच्छरमा समातेप्रस्थान 4:3–4
पदहरू
प्रस्थान 4:3–4परमप्रभुले भन्नुभयो, “त्यसलाई भुइँमा फाल्।” मोशाले त्यसलाई भुइँमा फाले र त्यो सर्प भयो। मोशा दौडेर भागे। परमप्रभुले मोशालाई भन्नुभयो, “तेरो हात पसारेर त्यसको पुच्छर समात्।” त्यसैले तिनले आफ्नो हात पसारेर त्यस सर्पलाई समाते। त्यो फेरि तिनको हातमा लट्ठी भयो।
- हारूनको लौरो सर्प बन्यो र जादूगरहरूका लौरोहरू निल्योप्रस्थान 7:10–12
पदहरू
प्रस्थान 7:10–12तब मोशा र हारून फारोकहाँ गए, र परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनीहरूले गरे। हारूनले फारो र तिनका अधिकारीहरूका सामु आफ्नो लट्ठी फ्याँके र त्यो सर्प भयो। तब फारोले आफ्ना बुद्धिमानी मानिस र टुनामुना गर्नेहरूलाई डाके। तिनीहरूका जादुद्वारा तिनीहरूले पनि उही कुरो गरे। हरेक मानिसले आ-आफ्नो लट्ठी फ्याँके र ती लट्ठीहरू सर्प बने। तर हारूनको लट्ठीले तिनीहरूका सर्पहरूलाई निलिदियो।
- उजाडस्थानमा विषालु सर्पहरूले इस्राएलीहरूलाई डसे, र धेरै मरेगन्ती 21:6
पदहरू
गन्ती 21:6परमप्रभुले मानिसहरू माझ विषालु सर्पहरू पठाइदिनुभयो। सर्पहरूले मानिसहरूलाई डसे, र धेरै मानिसहरू मरे।
- मोशाले डन्डामा काँसाको सर्प बनाए; डसिएकाहरूले त्यसलाई हेर्दा बाँचेगन्ती 21:8–9
पदहरू
गन्ती 21:8–9परमप्रभुले मोशालाई भन्नुभयो, “एउटा सर्प बना र यसलाई खामामा झुण्ड्या। सर्पले डसेकाहरू ज-जसले यसलाई हेर्छन् तिनीहरू सबै बाँच्ने छन्।” यसैले मोशाले काँसाको एउटा सर्प बनाए र त्यसलाई खामामा झुण्ड्याए। जब सर्पले कसैलाई डस्थ्यो, त्यसले काँसाको सर्पमा हरेमा त्यो बाँच्थ्यो।
- त्यसमा धूप बालिएकाले हिजकियाले त्यो काँसाको सर्प टुक्राटुक्रा पारे२ राजाहरू 18:4
पदहरू
२ राजाहरू 18:4तिनले उच्च ठाउँहरू हटाए, ढुङ्गाका खम्बाहरू नष्ट पारे र अशेरा स्ताम्भहरू टुक्राटुक्रा पारिदिए। तिनले मोशाद्वारा निर्मित काँसाको सर्पलाई टुक्राटुक्रा पारे किनकि ती दिनमा इस्राएलका मानिसहरूले यसमा धूप बालिरहेका थिए। यसलाई, “नहूश्तान” भनिन्थ्यो।
- माल्टामा आगोको रापले निस्केको एउटा विषालु सर्प पावलको हातमा टाँसियोप्रेरित 28:3–4
पदहरू
प्रेरित 28:3–4तर जब पावलले एक बिटा दाउरा जम्मा गरे, र त्यसलाई आगोमा हाले, तापले गर्दा एउटा विषालु सर्प निस्केर उनको हातमा बेरियो। जब त्यहाँको स्थानीय मानिसहरूले उनको हातमा त्यो प्राणी झुण्डीरहेको देखे, तब तिनीहरूले एक आपसमा यसो भने, “यो मानिस पक्का पनि हत्यारा हो, जो समुद्रबाट उम्केको थियो, तापनि इन्साफले उसलाई जिउन दिएन।
- पावलले त्यसलाई झट्काए; टापुवासीहरूले उनी सुन्निएलान् भनेर पर्खेप्रेरित 28:5–6
पदहरू
प्रेरित 28:5–6तब उनले त्यो प्राणीलाई आगोमा झट्कारी दिए र कुनै हानी भोगेनन्। तिनीहरूले उनलाई हनहनी ज्वरो आउँछ होला भनेर हेरिरहेका थिए, वा तिनी अचानक मर्छन् होला भन्ने ठानेका थिए। तर तिनीहरूले उनलाई लामो समयसम्म हेरिसकेपछि, उनलाई कुनै पनि असामान्य कुरा नभएको देखे, र तिनीहरूले आफ्नो विचारलाई परिवर्तन गरेर उनी त ईश्वर रहेछन् भने।
- येशू चेलाहरूलाई सर्प र बिच्छीहरूलाई कुल्चने अधिकार दिनुहुन्छलुका 10:17, लुका 10:19
पदहरू
लुका 10:17सत्तरी जना आनन्दित हुँदै फर्के र भने, “प्रभु, तपाईंको नाउँमा भूतहरू पनि हाम्रो वशमा आउँछन्।”
लुका 10:19हेर, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सबै शक्तिमाथि कुल्चने अधिकार दिएको छु र कुनै कुराले तिमीहरूलाई हानि पुर्याउनेछैन।
भनाइहरू
- सर्पझैँ चतुर र ढुकुरझैँ निर्दोष होओमत्ती 10:16
पदहरू
मत्ती 10:16हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बिचमा भेडाझैँ पठाउँदै छु। यसकारण, सर्पझैँ चनाखो र ढुकुरझैँ सोझो होओ।
- छोराले माछा माग्दा कुन बुबाले सर्प दिन्छ?मत्ती 7:10, लुका 11:11
पदहरू
मत्ती 7:10वा, उसले माछा माग्दा उसलाई सर्प देला?
लुका 11:11तिमीहरूमध्ये को यस्तो बाबु होला जसले आफ्नो छोराले रोटी माग्दा ढुङ्गा देला अथवा माछा माग्दा सर्प देला र?
- दाखमद्य सर्पझैँ डस्छ र विषालु सर्पझैँ टोक्छहितोपदेश 23:31–32
पदहरू
हितोपदेश 23:31–32मद्य रातो हुँदा, कचौरामा त्यसको फिँज उठ्दा र त्यो सहजै उँधो जाँदा त्यसलाई नहेर्। अन्त्यमा त्यसले सर्पले झैँ डस्छ, र गोमनले झैँ विष हालिदिन्छ।
- तिनीहरू सर्पझैँ आफ्ना जिब्रा उध्याउँछन्भजनसंग्रह 140:3
पदहरू
भजनसंग्रह 140:3सर्पहरूले झैं तिनीहरूका जिब्राहरूले घाउ बनाउँछन्। तिनीहरूका ओठहरूमा सर्पको विष हुन्छ। सेला
- तिनीहरू सर्पझैँ धूलो चाट्नेछन्मिका 7:17
पदहरू
मिका 7:17तिनीहरूले सर्पले झैँ धुलो चाट्नेछन्, माटोमा घस्रने प्राणीझैँ तिनीहरूले गर्नेछन्। तिनीहरू आफ्ना गुफाहरूबाट डरसाथ निस्कनेछन्। परमप्रभु, हाम्रा परमेश्वर, तपाईंकहाँ तिनीहरू डरसाथ आउनेछन्, र तिनीहरू तपाईंको कारण भयभीत हुनेछन्।
- मिश्र भागिरहेको सर्पझैँ फुँफकार्नेछयर्मिया 46:22
पदहरू
यर्मिया 46:22सर्पले झैं मिश्रदेशले आवाज निकाल्नेछ र घिस्रेर भाग्नेछ, किनकि त्यसका शत्रुहरू त्यसको विरुद्धमा अगि बढ्दैछन्। दाउरा काट्नेहरूले बन्चरो लिएर हिंडेझैं तिनीहरू त्यसतर्फ जाँदैछन्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार