खोजी गर्नुहोस् › विषयहरू › घोडाहरू
प्रकृति
बाइबलमा घोडाहरू
पवित्र बाइबल (ULB) का 37 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- अय्यूब: घोडा बेँसीमा टाप बजाउँछ, आफ्नो बलमा रमाउँछ र युद्धमा झम्टिन्छअय्यूब 39:19–21
पदहरू
अय्यूब 39:19–21घोडालाई त्यसको शक्ति तैंले दिएको हो? त्यसको गर्दनमा जगरले पहिराएको तैंले हो? त्यसलाई तैंले कहिल्यै सलहले झैं उफ्रन लगाएको छस्? त्यसको चर्को हिनहिनाइ डरलाग्दो हुन्छ। त्यसले शक्तिमा टाप बजाउँछ, र आफ्नो ताकतमा आनन्द मनाउँछ। हतियारको सामना गर्न त्यो जाइलाग्छ।
- ऊ डरमाथि हाँस्छ र तरवारदेखि पछि हट्दैनअय्यूब 39:22–23
पदहरू
अय्यूब 39:22–23त्यसले डरको खिल्ली उडाउँछ, र हतोत्साही हुँदैन। तरवार देखेर त्यो फर्केर भाग्दैन। काँडको ठोक्रो त्यसको छेउमा धर्ररर बज्छ, अनि त्यहाँ भाला र तरवार चम्कन्छ।
- नरसिङ्गाको आवाजमा ऊ स्थिर रहन सक्दैन; उसले युद्धको गन्ध पाउँछअय्यूब 39:24–25
पदहरू
अय्यूब 39:24–25क्रोध र रिसले त्यसले जमिनलाई निलिदिन्छ। तुरहीको आवाजले गर्दा त्यो एक ठाउँमा खडा हुन सक्दैन। जब तुरही बजेको सुनिन्छ, तब त्यसले भन्छ, 'आहा!' कमान्डरहरूका गर्जने आवाज र होहल्लाले, त्यसले टाढैबाट युद्धको गन्ध थाहा पाउँछ।
- युद्धका घोडाहरूको फुँफकार र हिनहिनाहट टाढैबाट सुनिन्थ्योयर्मिया 8:16
पदहरू
यर्मिया 8:16दानबाट त्यसका घोडाहरूको घ्वार-घ्वार आवाज सुनिन्छ। त्यसका शक्तिशाली घोडाहरूको हिनहिनाइको आवाजमा पुरै पृथ्वी हल्लिन्छ। किनकि तिनीहरू आउनेछन् र यो देश र यसको सम्पत्ति, सहर र यसमा बस्नेहरूलाई स्वाहा पार्नेछन्।
- मुखमा लगाम भएकाले सवारले सिङ्गो पशुलाई डोर्याउन सक्छयाकूब 3:3
पदहरू
याकूब 3:3आज्ञा पालन गराउनको निम्ति अब यदि हामीले घोडाको मुखमा लगाम लगायौँ भने, हामीले त्यसको सारा शरीरलाई नै नियन्त्रण गर्न सक्छौँ।
- घोडा र खच्चरलाई लगाम र बागडोरले नियन्त्रण गर्नुपर्छभजनसंग्रह 32:9
पदहरू
भजनसंग्रह 32:9घोडा वा खच्चरजस्तो नहो, जसको कुनै समझ हुँदैन। जहाँ तैंले इच्छा गर्छस् त्यहाँ तिनीहरूलाई लान तिनीहरूलाई अधीन गर्न लगाम र मुखारीले मात्र सकिन्छ।
- रथका घोडाहरूका निम्ति जौ र पराल ल्याइन्थ्यो१ राजाहरू 4:28
पदहरू
१ राजाहरू 4:28रथका घोडाहरू र अन्य घोडाहरूका लागि पनि तिनीहरूले तोकिएका आ-आफ्नै जौ र पराल ल्याउने गर्थे।
- गाडाका पाङ्ग्रा र घोडाहरूले अन्नमाथि गुडेर पनि त्यसलाई पिँध्दैनथेयशैया 28:28
पदहरू
यशैया 28:28रोटी बनाउन अन्नलाई पिसिन्छ, तर अति मिहिन पारिंदैन, र त्यसको गाडाका पाङ्ग्राहरू र त्यसका घोडाहरूले यसलाई छरे तापनि त्यसका घोडाहरूले यसलाई चूरचूर पार्दैनन्।
युद्धमा
- फारोका घोडा र रथहरूले इस्राएललाई समुद्रसम्म खेदेप्रस्थान 14:9, प्रस्थान 15:19
पदहरू
प्रस्थान 14:9तर मिश्रीहरूले आफ्ना सबै घोडा, रथ, घोडचढी र सेना लिएर तिनीहरूको पिछा गरे। तिनीहरूले इस्राएलीहरूलाई बाल-सेफोनको अगाडि पी-हहीरोतनेर पाल टाँगेर बसिरहेको भेट्टाए।
प्रस्थान 15:19किनकि फारोका घोडाहरू तिनीहरूका रथहरू र घोडचढीहरूसँगै समुद्रमा पुगे। परमप्रभुले तिनीहरूमाथि फेरि समुद्रको पानी फर्काएर ल्याउनुभयो। तर इस्राएलीहरू समुद्रको बिचमा ओबानो भूमिबाट हिँडेर गए।
- यहोशूले शत्रुका घोडाहरूको नसा काटे र रथहरू जलाएयहोशू 11:6, यहोशू 11:9
पदहरू
यहोशू 11:6परमप्रभुले यहोशूलाई भन्नुभयो, “उनीहरूको उपस्थितिमा नडरा किनभने म भोली यसै समयमा उनीहरू सबैलाई इस्राएलको हातमा मृत मानिसहरूको रूपमा दिँदै छु। तैँले उनीहरूका घोडाहरूको ढोड नसा काटिदिनू र उनीहरूका रथहरू जलाइदिनू।”
यहोशू 11:9यहोशूले उनीहरूलाई परमप्रभुले भन्नुभएमुताबिक गरे। तिनले घोडाहरूका ढोड नसाहरू काटे र रथहरू जलाए।
- दाऊदले एक सयबाहेक सबै रथका घोडाहरूको नसा काटे२ शमूएल 8:4
पदहरू
२ शमूएल 8:4दाऊदले तिनीबाट १,७०० रथहरू र बिस हजार पैदल सिपाही कब्जा गरे। दाऊदले सबै रथ तान्ने घोडाहरूको ढोडनसा काटिदिए, तर आफूलाई एक सय रथहरू मात्र राखे।
- राजा यहोशापात आहाबलाई: मेरा घोडा तपाईंकै घोडा हुन्१ राजाहरू 22:4
पदहरू
१ राजाहरू 22:4त्यसैले तिनले यहोशापातलाई भने, “के तपाईं युद्ध गर्नलाई मसितै रामोत-गिलादमा जानुहुन्छ?” यहोशापातले इस्राएलका राजालाई जवाफ दिए, “म तपाईंजस्तै हुँ, मेरा मानिस तपाईंका मानिसजस्तै हुन् र मेरा घोडाहरू तपाईंका घोडाहरू जस्तै हुन्।”
- अश्शूरी गिज्याइ: दुई हजार घोडा, यदि तिमी तिनमा सवार राख्न सक्छौ भने२ राजाहरू 18:23
पदहरू
२ राजाहरू 18:23त्यसकारण अब मेरा मालिक अश्शूरका राजाबाट म तपाईंलाई राम्रो प्रस्ताव राख्न चाहन्छु। तपाईंले घोडचढीहरू पाउनुभयो भने, म तपाईंलाई दुई हजार घोडाहरू दिनेछु।
- सामरियामा भेदियाहरूले अरामीहरूलाई पछ्याउन घोडासहित दुईवटा रथ लिए२ राजाहरू 7:13–14
पदहरू
२ राजाहरू 7:13–14राजाका एक जना सेवकले जवाफ दिए र भने, “केही मानिसहरूले सहरमा छाडिएका पाँचवटा घोडा लिएर जाऊन्। तिनीहरू इस्राएलका बाँकी जनसङ्ख्याजस्तै छन् अर्थात् अधिकांश मरिसकेका छन्। हामी तिनीहरूलाई पठाऊँ र हेरौँ।” त्यसैले तिनीहरूले घोडाहरूसँगै दुईवटा रथ लिए र राजाले तिनीहरूलाई यसो भनेर अरामीहरूको सेनाको पछि पठाए, “जाओ र हेर।”
- घोडाहरू जोत; घोडा चढ; टोप लगाएर आ-आफ्नो ठाउँमा खडा होओ!यर्मिया 46:4
पदहरू
यर्मिया 46:4घोडाहरूमा जीन-लगाम कस। घोडाहरूमा सवार होओ, र टोप लगाएर आफ्नो ठाउँमा खडा होओ। भालाहरू टल्काओ, र आ-आफ्नो कवच लगाओ।
- दौडिरहेका घोडाका टापहरू र रथहरूको गडगडाहटयर्मिया 47:3
पदहरू
यर्मिया 47:3बलिया घोडाहरूको टापले फड्केको आवाजमा, तिनीहरूका रथका वेग र तिनीहरूका पाङ्ग्राका हल्लामा, बुबाहरूको आफ्नै कमजोरीको कारणले तिनीहरूले आफ्नै छोराछोरीलाई सहायता गर्नेछैनन्।
राजा र व्यापार
- व्यवस्था: राजाले धेरै घोडा जम्मा गर्नु हुँदैनव्यवस्था 17:16
पदहरू
व्यवस्था 17:16तर ती राजाले आफ्नो लागि घोडाहरूको वृद्धि नगरून् न त घोडाहरूको वृद्धिको लागि मानिसहरूलाई मिश्रमा फर्कन लगाऊन् किनकि 'तिमीहरू त्यसरी फेरि कहिल्यै नजाओ' भनी परमप्रभुले तिमीहरूलाई भन्नुभएको छ।
- सोलोमनका रथका घोडाहरूका निम्ति तबेला, र उनका घोडचढीहरू१ राजाहरू 4:26, २ इतिहास 9:25
पदहरू
१ राजाहरू 4:26सोलोमनका रथहरूका लागि घोडाहरूका चालिस हजारवटा तबेला, र बाह्र हजार घोडचढी थिए।
२ इतिहास 9:25सोलोमनसँग आफ्ना घोडा र रथहरूका निम्ति चार हजार तबेला थिए। अनि तिनका बाह्र हजार घोडचडी थिए, जसलाई तिनले रथहरू राख्ने सहरहरूमा र अरूलाई चाहिं आफूसित यरूशलेममा राखे।
- मिश्रबाट एउटा घोडाको मोल 150 शेकेल चाँदी, एउटा रथको 600१ राजाहरू 10:28–29
पदहरू
१ राजाहरू 10:28–29सोलोमनका घोडाहरू मिश्र र क्यूएबाट पैठारी गरिन्थे, अनि राजाका व्यापारीहरूले तिनलाई क्यूएबाट किन्ने गर्थे। मिश्रबाट चाँदीका छ सय सिक्कामा एउटा रथ र चाँदीको डेढ सय सिक्कामा एउटा घोडा किनिन्थ्यो। त्यसपछि यीमध्ये धेरैजसो हित्ती र अरामीहरूका राजाहरूलाई बेचिन्थे।
- सोलोमनका घोडाहरू मिश्र, क्यूए र अरू देशबाट आउँथे१ राजाहरू 10:28, २ इतिहास 9:28
पदहरू
१ राजाहरू 10:28सोलोमनका घोडाहरू मिश्र र क्यूएबाट पैठारी गरिन्थे, अनि राजाका व्यापारीहरूले तिनलाई क्यूएबाट किन्ने गर्थे।
२ इतिहास 9:28तिनीहरूले सोलोमनका निम्ति मिश्रदेश र अरू सबै देशबाट घोडाहरू ल्याए।
- बेथ-तोगर्माले टुरोससँग घोडा, युद्धका घोडा र खच्चरको व्यापार गर्योइजकिएल 27:14
पदहरू
इजकिएल 27:14बेथ-तोगर्माका मानिसहरूले तेरो व्यापारको सामानको रूपमा घोडाहरू, सुमारेका घोडाहरू र खच्चरहरू दिए।
- बेबिलोनबाट फर्केकाहरूसँग 736 घोडा र 245 खच्चर थिएएज्रा 2:66
पदहरू
एज्रा 2:66तिनीहरूका घोडाहरू ७३६। खच्चरहरू २४५।
- यहूदाका कोही मिश्रका घोडा र रथमा भरोसा गर्न मिश्र गएयशैया 31:1
पदहरू
यशैया 31:1सहायताको निम्ति मिश्रदेशमा जाने, घोडाहरूमा भर पर्ने र रथहरूमा (किनकि ती धेरै छन्) र घोडचढीहरूमा (किनकि ती असंख्य छ्न्) भरोसा गर्नेहरूलाई धिक्कार! तर तिनीहरूले इस्राएलका परमपवित्रको वास्ता गर्दैनन्, न तिनीहरूले परमप्रभुको खोजी नै गर्छन्।
- यहूदाका राजाहरूले सूर्यलाई अर्पण गरेका घोडाहरू योशियाहले हटाए२ राजाहरू 23:11
पदहरू
२ राजाहरू 23:11यहूदाका राजाहरूले सूर्यको सम्मानमा बनाएका घोडाहरू तिनले हटाए। ती नातान-मेलेक नाउँका अधिकारीको कोठा नजिक परमप्रभुको मन्दिरको प्रवेशद्वारको क्षेत्रमा राखिएका थिए। योशियाहले सूर्यको सम्मानमा बनाइएका रथहरूलाई जलाए।
- मोर्दकैलाई राजाकै घोडामा चढाएर सहरभरि घुमाइयोएस्तर 6:8–11
पदहरू
एस्तर 6:8–11राजाकीय पोशाक, राजाले पहिरिनुभएको वस्त्र अनि राजाले सवार गर्नुभएको शिरमा राजकीय चिन्ह लगाइएको घोडा ल्याइयोस्। तब त्यो पोशाक र घोडा राजाका सबैभन्दा माननीय अधिकारीहरूमध्ये एक जनालाई दिइयोस्। राजाले सम्मान गर्न खोज्नुभएको मानिसलाई तिनीहरूले त्यो पोशाक पहिराऊन्, र तिनलाई घोडामा सवार गराएर सहरका सडकहरू घुमाऊन्। तिनीहरूले तिनको सामु घोषणा गरून्, 'राजाले सम्मान गर्ने इच्छा गर्नुभएको मानिसलाई यसै गरिन्छ'।” तब राजाले हामानलाई भने, “छिटो गर, तिमीले भनेझैँ पोशाक र घोडा लिएर आऊ, अनि राजाको ढाकामा बस्ने यहूदी मोर्दकैलाई यसै गर। तिमीले भनेका एउटै कुरा गर्न पनि नचुक।” तब हामानले पोशाक र घोडा ल्याए। तिनले मोर्दकैलाई उक्त पोशाक लगाइदिए, र तिनलाई घोडामा सवार गराएर सहरका सडकहरूमा घुमाए। तिनको सामु तिनले घोषणा गरे, “राजाले सम्मान गर्न इच्छा गर्नुभएको मानिसलाई यसै गरिन्छ।”
- आगोका घोडासहितको आगोको रथले एलियालाई एलीशाबाट छुट्यायो२ राजाहरू 2:11
पदहरू
२ राजाहरू 2:11तिनीहरू कुराकानी गर्दै अगाडि बढ्दा थिए, हेर, एउटा अग्निमय रथ र घोडाहरू देखा परे, जसले यी दुई जना मानिसलाई एक-अर्काबाट अलग गरिदियो, अनि एलिया हावाको भूमरीद्वारा स्वर्गमा लगिए।
भनाइहरू
- उसका घोडाहरू गरुडभन्दा छिटा छन्यर्मिया 4:13
पदहरू
यर्मिया 4:13हेर, बादलले झैं उहाँले आक्रमण गर्दै हुनुहुन्छ, र उहाँका रथहरू आँधीजस्ता छन्। उहाँका घोडाहरू गरुडहरूभन्दा छिटो कुद्छन्। हामीलाई धिक्कार छ, किनकि हामी सर्वनाश हुनेछौं।
- तिनीहरूका घोडा चितुवाभन्दा छिटा, रातका ब्वाँसाभन्दा उग्र छन्हबकूक 1:8
पदहरू
हबकूक 1:8तिनीहरूका घोडाहरू चितुवाभन्दा तेज, र साँझका ब्वाँसाहरूभन्दा द्रुत छन्। यसैकारण तिनीहरूका घोडाहरूले जमिनमा कुल्चन्छन्, र तिनीहरूका घोडचढीहरू टाढा-टाढाबाट आउँछन्, र तिनीहरू शिकारलाई खानको निम्ति आतुर भएको गरुडझैँ उड्छन्।
- युद्धको दिनका निम्ति घोडा तयार पारिन्छहितोपदेश 21:31
पदहरू
हितोपदेश 21:31घोडा युद्धको लागि तयार पारिन्छ, तर विजयचाहिँ परमप्रभुकै हो।
- एउटा भजन: घोडाको ठूलो बलले पनि बचाउन सक्दैनभजनसंग्रह 33:17
पदहरू
भजनसंग्रह 33:17घोडाचाहिं विजयको निम्ति झुटो आसा हो। त्यसको महान् बल भए पनि त्यसले बचाउन सक्दैन।
- घोडाका निम्ति कोर्रा, गधाका निम्ति लगामहितोपदेश 26:3
पदहरू
हितोपदेश 26:3कोर्रा घोडाको लागि हो; लगाम गधाको लागि हो र लट्ठी मूर्खहरूको पिठिउँको लागि हो।
- के घोडाहरू भीरमा दौडन्छन् र?आमोस 6:12
पदहरू
आमोस 6:12के घोडाहरू ठाडो चट्टानहरूमा दौडन्छन् र? के कसैले त्यहाँ गोरू जोत्छ? तापनि तिमीहरूले न्यायलाई विष अनि धार्मिकताको फललाई तिक्ततामा परिणत गरेका छौ।
- पैदल मानिसहरूसँग दौडेर थाक्यौ भने घोडासँग कसरी होड गर्छौ?यर्मिया 12:5
पदहरू
यर्मिया 12:5परमप्रभुले भन्नुभयो, “वास्तवमा, तँ यर्मिया पैदल हिंड्ने सिपाहीहरूसित दगुरेको भए, र तिनीहरूले तँलाई थकाएका भए, तैंले कसरी घोडाहरूको विरुद्धमा प्रतिस्पर्धा गर्न सक्छन्? तँ सुरक्षित पाखामा खसेको छस् भने, यर्दननेरका झाडीहरूमा तैंले के गर्नेछस्?
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार