खोजी गर्नुहोस् › विषयहरू › गरुडहरू
प्रकृति
बाइबलमा गरुडहरू
पवित्र बाइबल (ULB) का 20 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- इस्राएलले खान नहुने चराहरूमध्ये गरुड पनि होलेवीहरू 11:13, व्यवस्था 14:12
पदहरू
लेवीहरू 11:13तिमीहरूले घृणा गर्नुपर्ने र खान नहुने पक्षीहरू यी हुन्ः गरुड, गिद्ध,
व्यवस्था 14:12तर तिमीहरूले यी पक्षीहरूचाहिँ नखानूः गरुड, गिद्ध, कालो गिद्ध,
- गरुडले भीरको अग्लो ठाउँमा, चट्टानको टुप्पोमा गुँड बनाउँछअय्यूब 39:27–28
पदहरू
अय्यूब 39:27–28के तेरो आज्ञामा गिद्ध माथि-माथि उड्ने हो र अग्ला ठाउँहरूमा आफ्ना गुँडहरू बनाउने हो? त्यो पहरामा बस्छ र पहराकै टाकुरामा त्यसले आफ्नो घर बनाउँछ जुन किल्लाझैं हुन्छ।
- त्यहाँबाट यसले खाना खोज्छ; यसका आँखाले टाढैबाट देख्छन्अय्यूब 39:29
पदहरू
अय्यूब 39:29त्यहाँबाट त्यसले सिकारहरूको खोजी गर्छ। त्यसका आँखाले धेरै टाढाबाट तिनलाई देख्छन्।
- यसका बच्चाहरू रगत चुस्छन्; जहाँ मारिएकाहरू हुन्छन्, त्यहाँ यो हुन्छअय्यूब 39:30
पदहरू
अय्यूब 39:30त्यसका बचेराहरूले पनि रगत पिउँछन्। जहाँ लाश हुन्छ, त्यहाँ त्यो हुन्छ।”
- गरुडले आफ्नो गुँड हल्लाउँछ र आफ्ना बच्चामाथि मँडारिन्छव्यवस्था 32:11
पदहरू
व्यवस्था 32:11आफ्नो गुँडलाई रक्षा गर्ने र आफ्ना बचेराहरूमाथि पखेटा फटफटाउने गरुडले झैँ परमप्रभुले आफ्ना पखेटा फैलाई तिनीहरूलाई थाम्नुभयो र तिनीहरूलाई आफ्ना प्वाँखमा बोक्नुभयो।
- गरुड आफ्नो सिकारमाथि झम्टिन्छअय्यूब 9:26, यर्मिया 49:22
पदहरू
अय्यूब 9:26ती निगालोको डुङ्गाजस्तै चाँडो बगेर छन्, र आफ्नो सिकारलाई वेगसित झम्टने चीलझैं छन्।
यर्मिया 49:22हेर्, कसैले बोज्रालाई गरुडझैं आक्रमण गर्नेछ, तलतिर बेग हानी यसमाथि आफ्ना पखेटा फैलाउनेछ। तब त्यस दिनमा एदोमका सिपाहीहरूका हृदयहरू प्रसव-वेदनामा भएकी स्त्रीको हृदयजस्तै हुनेछन्।”
- आकाशमा गरुडको बाटो — अति अचम्मका चार कुरामध्ये एकहितोपदेश 30:18–19
पदहरू
हितोपदेश 30:18–19तिनवटा कुरा छन्, जुन मेरा लागि ज्यादै उदेकका छन्, चारवटा छन्, जसलाई म बुझ्न सक्दिनँ: आकाशमा चिलको चाल, चट्टानमा सर्पको चाल, समुद्रको बिचमा जहाजको चाल र तरुणीसित पुरुषको चाल।
भनाइहरू
- गरुडभन्दा छिटा: शाऊल र जोनाथन, खेद्नेहरू, घोडाहरू२ शमूएल 1:23, विलाप 4:19, यर्मिया 4:13
पदहरू
२ शमूएल 1:23शाऊल र जोनाथन जीवनमा प्रेमिलो र कृपालु थिए र आफ्नो मृत्युमा तिनीहरू छुटेनन्। तिनीहरू गिद्धभन्दा द्रूत र सिंहभन्दा बलिया थिए।
विलाप 4:19हामीले खेद्नेहरू आकाशका चीलहरूभन्दा पनि छिटा थिए। तिनीहरूले हामीलाई पहाडहरूसम्मे खेदे, र उजाड-स्थानमा हामीलाई ढुकिबसे।
यर्मिया 4:13हेर, बादलले झैं उहाँले आक्रमण गर्दै हुनुहुन्छ, र उहाँका रथहरू आँधीजस्ता छन्। उहाँका घोडाहरू गरुडहरूभन्दा छिटो कुद्छन्। हामीलाई धिक्कार छ, किनकि हामी सर्वनाश हुनेछौं।
- सीनैमा: मैले तिमीहरूलाई गरुडका पखेटामा बोकेँप्रस्थान 19:4
पदहरू
प्रस्थान 19:4मैले मिश्रीहरूलाई के गरेँ, र मैले कसरी तिमीहरूलाई गरुडको पखेटामा बोकेर मकहाँ ल्याएँ भनी तिमीहरूले देखेका छौ।
- गरुडझैँ झम्टिने टाढाको एउटा जातिव्यवस्था 28:49
पदहरू
व्यवस्था 28:49परमप्रभुले धेरै टाढाबाट अर्थात् पृथ्वीको छेउबाट आफ्नो सिकारको लागि झम्टने गरुडझैँ तिमीहरूको विरुद्धमा एउटा जातिलाई ल्याउनुहुने छ जसको भाषा तिमीहरू बुझ्दैनौ।
- शोकमा: आफूलाई गरुडझैँ तालु बनाओमिका 1:16
पदहरू
मिका 1:16तिमीहरू हर्षित हुने आफ्ना छोराछोरीहरूका निम्ति आफ्नो केश खौर। आफैँलाई गिद्धझैँ तालुखुइले बनाओ, किनभने तिमीहरूका छोराछोरीहरू तिमीहरूबाट टाढा निर्वासनमा जानेछन्।
- धनले आफ्ना निम्ति पखेटा बनाउँछ र गरुडझैँ आकाशतिर उड्छहितोपदेश 23:5
पदहरू
हितोपदेश 23:5के यसमाथि तेरो आँखाको ज्योति चम्कन दिन्छस्? यो बितेर जाने छ, किनकि गरुडका झैँ यसका पखेटाहरू पलाउने छन् र यो आकाशमा उडेर जाने छ।
- तिम्रो जवानी गरुडको झैँ नवीकरण हुन्छभजनसंग्रह 103:5
पदहरू
भजनसंग्रह 103:5उहाँले तिम्रो जीवनलाई असक थोकहरूले सन्तुष्ट पार्नुहुन्छ, ताकि तिम्रो जवानी चीलको झैं नयाँ हुन्छ।
- तिनीहरू गरुडझैँ पखेटा फिँजाएर माथि उड्नेछन्यशैया 40:31
पदहरू
यशैया 40:31तर परमप्रभुमा आशा गर्नेहरूले आफ्नो बललाई नयाँ बनाउनेछन्। तिनीहरू चिलहरू झैं पखेटाहरूले माथि-माथि उड्नेछन्। तिनीहरू दौडनेछन् र हैरान हुनेछैनन्। तिनीहरू हिंड्नेछन् र मूर्छा पर्नेछैनन्।
- तिमीले गरुडले झैँ आफ्नो गुँड अग्लो बनाए पनियर्मिया 49:16, ओबदिया 1:4
पदहरू
यर्मिया 49:16तेरो त्रासको विषयमा, ए चट्टानका ठाउँहरूमा बस्ने बासिन्दाहरू हो, तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ, गरुडले झैं तैंले आफ्नो गुँड अग्लो ठाउँमा बनाउन भनेर अग्ला डाँडाका टाकुराहरू ओगटेर बस्नेहरू हो, म त्यहाँबाट तँलाई तल झार्नेछु, यो परमप्रभुको घोषणा हो।
ओबदिया 1:4तिमीहरू गरूडझैं उचाइमा उडे पनि र तिमीहरूको गुँड ताराहरूका बिचमा भए पनि, तिमीहरूलाई त्यहाँबाट म तल ल्याउनेछु, परमप्रभु भन्नुहुन्छ।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार