Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › कागहरू

प्रकृति

बाइबलमा कागहरू

पवित्र बाइबल (ULB) का 9 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

  • इस्राएलले खान नहुने चराहरूमध्ये कागहरू पनि हुन्लेवीहरू 11:15, व्यवस्था 14:14
    पदहरू
    लेवीहरू 11:15सबै प्रकारका काग,
    व्यवस्था 14:14तिमीहरूले कुनै पनि किसिमको काग,
  • नोआले एउटा काग पठाए; पानी नसुकुन्जेल त्यो यता-उता उडिरह्योउत्पत्ति 8:7
    पदहरू
    उत्पत्ति 8:7तिनले एउटा कागलाई उडाइदिए र जमिनको पानी नसुकुञ्‍जेलसम्म त्यो यताउता उडिरह्‍यो।
  • केरीत खोलाछेउ कागहरूले एलियालाई बिहान-बेलुका रोटी र मासु ल्याए१ राजाहरू 17:4–6
    पदहरू
    १ राजाहरू 17:4–6तैँले त्यही खोलाबाट पानी पिउने छस्, र मैले तँलाई खुवाउन कागहरूलाइ आज्ञा गरेको छु।” एलिया गए, र परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनले गरे। तिनी यर्दनको पूर्वमा पर्ने केरीत खोलानेर बस्न गए। कागहरूले तिनलाई बिहान र बेलुका रोटी र मासु ल्याए, अनि तिनले खोलाबाट पानी पिए।
  • कागका बच्चाहरू खाना नपाएर कराउँछन्अय्यूब 38:41, भजनसंग्रह 147:9
    पदहरू
    अय्यूब 38:41कागका बचेराहरूले परमेश्‍वरमा पुकारा गर्दा, र खानेकुराको अभावले भाउन्‍न हुँदा, कसले तिनलाई आहार जुटाइदिन्छ?
    भजनसंग्रह 147:9उहाँले पशुहरूलाई र कागहरूका बचेराहरूले पुकारा गर्दा तिनीहरूलाई भोजन दिनुहुन्छ।
  • कागहरू न छर्छन् न काट्छन्, न तिनीहरूका भण्डार वा ढुकुटी हुन्छलुका 12:24
    पदहरू
    लुका 12:24कागहरूलाई विचार गर, तिनीहरूले न त छर्छन् न त बटुल्दछन्। उनीहरूका भण्डारणहरू छैनन् अथवा भकारी पनि छैन, तर परमेश्‍वरले उनीहरूलाई खुवाउनुहुन्छ। तिमी चराहरूभन्दा धेरै मूल्यवान् छौ।

भनाइहरू

  • कपाल घुम्रिएको र कागजस्तो कालोश्रेष्ठगीत 5:11
    पदहरू
    श्रेष्ठगीत 5:11उहाँको शिर निखुर सुनको छ। उहाँको कपाल घुम्रिएको र कागजस्तै कालो छ।
  • एउटा उखान: बेँसीका कागहरूले गिल्ला गर्ने आँखा ठुँगेर निकाल्नेछन्हितोपदेश 30:17
    पदहरू
    हितोपदेश 30:17बुबालाई खिल्ली उडाउने र आमाको आज्ञालाई खिसी गर्ने आँखालाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्ने छन्, र त्यसलाई गिद्धहरूले खाने छन्।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार