Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › समुद्र

प्रकृति

बाइबलमा समुद्र

पवित्र बाइबल (ULB) का 32 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

  • जम्मा भएको पानीलाई समुद्र भनियोउत्पत्ति 1:9–10
    पदहरू
    उत्पत्ति 1:9–10परमेश्‍वरले भन्‍नुभयो, “आकाशमुनिको जम्मै पानी एक ठाउँमा जम्मा होस्, र ओभानो जमिन देखा परोस्।” तब त्यस्तै भयो। परमेश्‍वरले ओभानो जमिनलाई “पृथ्वी” भन्‍नुभयो, र जम्मा भएको पानीलाई “समुद्र” भन्‍नुभयो। उहाँले हेर्नुभयो, र त्यो असल थियो।
  • पाँचौँ दिनमा ठूला समुद्री जीवहरू बनाइएउत्पत्ति 1:21–23
    पदहरू
    उत्पत्ति 1:21–23परमेश्‍वरले विशाल जलचरहरू, र आ-आफ्नो प्रजातिअनुसारको सबै जीवित प्राणी, चलहल गर्ने र पुरै पानीलाई भर्ने प्राणीहरू, र आ-आफ्नो प्रजातिअनुसारको पखेटा भएका सबै पक्षीहरूलाई सृष्‍टि गर्नुभयो। परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो। परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ, र समुद्रमा भरिँदै जाओ। पृथ्वीमा पक्षीहरू वृद्धि होऊन्।” साँझ पर्‍यो र बिहान भयो - पाँचौँ दिन।
  • विशाल र फराकिलो समुद्र, जीवहरूले भरिएको, जहाँ जहाजहरू आउजाउ गर्छन्भजनसंग्रह 104:25–26
    पदहरू
    भजनसंग्रह 104:25–26त्यहाँ गहिरो र फराकिलो, साना र ठुला दुवै असंख्या प्राणीले भरिएको समुद्र छ। पानी जहाजहरू त्यहाँ यात्रा गर्छन् र लिव्यातन पनि त्यहाँ छ, जसलाई तपाईंले समुद्रमा खेल्नलाई बनाउनुभयो।
  • सबै नदी समुद्रमा बग्छन्, तैपनि समुद्र कहिल्यै भरिँदैनउपदेशक 1:7
    पदहरू
    उपदेशक 1:7सबै नदी समुद्रमा बगेर जान्छन्, तर समुद्र कहिल्यै भरिँदैन। जहाँ नदीहरू बहन्छन्, तिनीहरू फेरि त्यहीँ जान्छन्।
  • बालुवा त्यस्तो सिमाना हो, जसलाई छालहरूले नाघ्न सक्दैनन्यर्मिया 5:22, अय्यूब 38:8–11
    पदहरू
    यर्मिया 5:22मदेखि नडराओ, न त मेरो मुहारको सामु थरथर होओ, यो परमप्रभुको घोषणा हो। समुद्रलाई बालुवाको सिमाना राखेको छु जुन नभत्‍किने स्थायी, निरन्‍तर रहने आज्ञा हो, छाल ठोकिने र फर्किने भए तापनि त्‍यसले अझै भत्‍काउनेछैन। यसका तरङ्गहरू गर्जे तापनि तिनले यसलाई पार गर्दैनन्।
    अय्यूब 38:8–11गर्भबाट निस्केझैं समुद्र फुटेर निस्कँदा, कसले त्‍यसका ढोकाहरू बन्द गर्‍यो? कति बेला मैले त्‍यसलाई बादलको कपडाले ढाकें, अनि निस्पट्ट अन्धकारलाई त्यसको पटुका बनाएँ? त्यस बेला मैले समुद्रमा मेरो सिमाना तोकिदिएँ, र यसका गजबारहरू तथा ढोकाहरू लगाइदिएँ, अनि मैले त्यसलाई भनें, 'तँ यहाँसम्म आउन सक्छस्, तर यसभन्दा पर होइन। तेरा छालहरूको अहङ्कारको सिमा म यहाँ तोकिदिन्‍छु।'
  • छालमाथिका नाविकहरू आकाशसम्म उक्लन्छन् र गहिराइसम्म डुब्छन्भजनसंग्रह 107:23–27
    पदहरू
    भजनसंग्रह 107:23–27केहीले समुद्रमा यात्रा गर्छन् र समुद्रपारि व्यपार गर्छन्। यिनीहरूले समुद्रमा परमप्रभुका कामहरू र उहाँका चमत्कारहरू देखे। किनकि उहाँले आज्ञा दिनुभयो र समुद्रलाई नै छल्काउने आँधी चल्यो। तिनीहरू माथि आकाशसम्म पुगे। तिनीहरू तल गहिराइहरूमा गए। तिनीहरूका जीवन संकष्‍टमा बिलेर गयो। तिनीहरू मद्यको मातेकाहरूझैं धरमराए र लडखडाए, र तिनीहरूका बुद्धि हरायो।

देशका समुद्रहरू

  • महासमुद्र पश्चिमी सिमाना थियोगन्ती 34:6, यहोशू 1:4
    पदहरू
    गन्ती 34:6पश्‍चिमी सिमाना भूमध्य सागरको तट हुने छ। यो तिमीहरूको पश्‍चिमी सिमाना हुने छ।
    यहोशू 1:4त्यो मरुभूमि र लेबनानदेखि महानदी यूफ्रेटिससम्म, हित्तीहरूका सबै भूमि र घाम अस्ताउने भूमध्य सागरसम्म हुने छ।
  • सिद्दीमको बेँसी भएको ठाउँमा नुनिलो समुद्रउत्पत्ति 14:3
    पदहरू
    उत्पत्ति 14:3यी पछिल्ला पाँच जना राजाहरू सिद्दीम अर्थात् मृत सागरको बेँसीमा भेला भए।
  • इस्राएल पार गर्दा नुनिलो समुद्रतर्फको यर्दनको बहाव रोकियोयहोशू 3:16
    पदहरू
    यहोशू 3:16माथिबाट तलतिर बग्दै गरेको पानी एक थुप्रो भई रोकियो।
  • लाल समुद्रदेखि पलिश्तीहरूको समुद्रसम्मका सिमानाप्रस्थान 23:31
    पदहरू
    प्रस्थान 23:31नर्कटहरूको समुद्रदेखि पलिश्तिहरूको समुद्रसम्म र उजाड-स्थानदेखि यूफ्रेटिस नदीसम्म म तिमीहरूका सिमाना तोकिदिनेछु। त्यस देशका बासिन्दाहरूमाथि म तिमीहरूलाई विजय दिनेछु। तिमीहरूले तिमीहरूकै सामु तिनीहरूलाई धपाउनेछौ।
  • सोलोमनले लाल समुद्रको किनारमा एस्योन-गेबेरमा जहाजी बेडा बनाए१ राजाहरू 9:26
    पदहरू
    १ राजाहरू 9:26सोलोमन राजाले लाल समुद्रको किनारमा भएको एदोमको एलात नजिकै एस्योन-गेबेरमा जहाजहरू बनाए।
  • पत्रुस र अन्द्रियास गालील समुद्रमा जाल हान्छन्मत्ती 4:18
    पदहरू
    मत्ती 4:18जब उहाँ गालीलको समुद्र छेउमा हिँड्दै हुनुहुन्थ्यो, उहाँले दुई दाजुभाइ पत्रुस भनिने सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेका देख्‍नुभयो, किनकि उनीहरू मछुवाहरू थिए।

कथाहरूमा

  • पूर्वी बतासले समुद्रलाई पछाडि धकेल्यो; इस्राएल सुक्खा जमिनमा पार भयोप्रस्थान 14:21–22
    पदहरू
    प्रस्थान 14:21–22मोशाले समुद्रतिर आफ्नो हात पसारे। परमप्रभुले रातभरि सबैभन्दा शक्तिशाली पूर्वीय बतास चलाइदिनुभयो र समुद्रलाई सुक्खा भूमिमा परिणत गराइदिनुभयो। इस्राएलीहरू समुद्रको बिचबाट ओबानो भूमिबाट गए। पानीले तिनीहरूको दायाँ र बायाँ खम्बाको रूपमा काम गर्‍यो।
  • बिहान झिसमिसेमा समुद्र फर्क्यो र फारोका रथहरूलाई ढाक्योप्रस्थान 14:27–28
    पदहरू
    प्रस्थान 14:27–28त्यसैले मोशाले आफ्नो हात समुद्रमाथि पसारे र बिहान हुँदा यो आफ्नो सामान्य मार्गमा आयो। मिश्रीहरू समुद्रमा भागे, र परमप्रभुले मिश्रीहरूलाई समुद्रको बिचमा फ्याँकिदिनुभयो। पानी फर्केर आयो र इस्राएलीहरूको पिछा गर्ने फारोका रथ, घोडचढी र तिनका पुरै सेनालाई पानीले ढाकिदियो। कोही पनि बाँचेन।
  • योनाका नाविकहरूले जहाज हलुका पार्न माल समुद्रमा फालेयोना 1:4–5
    पदहरू
    योना 1:4–5तर परमप्रभुले समुद्रमा एउटा ठुलो बतास पठाउनुभयो र त्यो समुद्रमा एउटा शक्तिशाली आँधी बन्यो। जहाज चाँडै नै नष्‍ट हुन लाग्‍दैछ भन्‍ने थाहा भयो। तब नावीकहरू धेरै डराए र हरेक मानिसले आ-आफ्नै देवतालाई पुकार्‍यो। जहाजलाई हलुको बनाउनका निम्ति त्यसका मालसामान तिनीहरूले समुद्रमा फाले। तर योनाचाहिं जहाजको भित्री भागमा तल गएका थिए, र तिनी त्‍यहाँ मस्त निद्रामा सुतिरहेका थिए।
  • योनालाई फालिँदा उर्लिरहेको समुद्र शान्त भयोयोना 1:15
    पदहरू
    योना 1:15यसैले तिनीहरूले योनालाई उठाए र तिनलाई समुद्रमा फालिदिए, र समुद्र उथल-पुथल हुन छाड्‍यो।
  • एउटा ठूलो माछाले योनालाई निल्योयोना 1:17
    पदहरू
    योना 1:17यति बेला योनालाई निल्‍नको निम्ति परमप्रभुले एउटा ठुलो माछालाई तयार पार्नुभएको थियो, र तिन दिन र तिन रातसम्म योना माछाको पेटमा नै रहे।
  • छालहरू डुङ्गामा बजारिँदा येशू पछाडिपट्टि सिरानीमा सुत्नुभयोमर्कूस 4:37–39
    पदहरू
    मर्कूस 4:37–39त्यहाँ भयङ्कर आँधी चल्न थाल्यो र छालहरू डुङ्गामा पस्‍न लागे, अनि डुङ्गा पानीले भरिन लाग्यो। तर येशू डुङ्गाको पछिल्लो भागमा सिरानी लगाएर मस्‍त निदाउनुभएको थियो। तिनीहरूले भने, “गुरुज्यू, हामी मर्न लागिसक्दा पनि तपाईंलाई वास्ता छैन?” अनि उहाँ ब्युँझनुभयो र बतासलाई हप्काउनुभयो अनि समुद्रलाई भन्‍नुभयो, “शान्त हो र रोकिजा।” अनि बतास चल्न रोकियो र त्यहाँ सन्‍नाटा छायो।
  • रातको चौथो पहरमा येशू समुद्रमाथि हिँड्नुभयोमत्ती 14:25–26
    पदहरू
    मत्ती 14:25–26बिहान तिन बजेतिर येशू समुद्रमा हिँड्दै तिनीहरूका नजिक जानुभयो। जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनुभएको देखे, तिनीहरू भयभीत भए र भने, “यो त भूत हो” र तिनीहरू डरले चिच्‍च्‍याउन थाले।
  • पत्रुस डुङ्गाबाट ओर्ले र पानीमाथि हिँडेमत्ती 14:28–29
    पदहरू
    मत्ती 14:28–29पत्रुसले उहाँलाई जवाफ दिए र भने, “प्रभु, तपाईं नै हुनुहुन्छ भने, मलाई पानीमा आउनलाई आदेश दिनुहोस्।” येशूले भन्‍नुभयो, “आऊ।” त्यसैले, पत्रुस डुङ्गाबाट बाहिर आए र येशूकहाँ जान पानीमा हिँडे।
  • पहिले समातिएको माछाको मुखमा एउटा सिक्कामत्ती 17:27
    पदहरू
    मत्ती 17:27हामीले कर उठाउनेहरूलाई पाप गर्न बाध्य नगराऔँ भनेर समुद्रमा जाऊ, बल्छी हान, र जुन माछा पहिले पर्छ त्यसलाई तान। तिमीले त्यसको मुख खोलेपछि तिमीले एक सेकेल भेट्टाउनेछौ। त्यो लेऊ अनि मेरो र तिम्रो निम्ति कर उठाउनेहरूलाई देऊ।”
  • 153 ठूला माछा, र जाल च्यातिएनयूहन्ना 21:11
    पदहरू
    यूहन्ना 21:11तब सिमोन पत्रुस गए, र एक सय त्रिपन्‍नवटा ठुला-ठुला माछाले भरिएको त्यो जाल जमिनमा ल्याए। त्यहाँ यति धैरै माछाहरू थिए, तर पनि जाल च्यातिएन।
  • करिब दुई हजार सुँगुर भिरबाट समुद्रमा हाम फालेमर्कूस 5:13
    पदहरू
    मर्कूस 5:13उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अशुद्ध आत्माहरू निस्किए र सुँगुरहरूभित्र पसे, अनि तिनीहरू भिरालो पहाडतिर समुद्रभित्र हुर्रिए अनि लगभग दुई हजार सुँगुर समुद्रमा डुबे।
  • एड्रियाटिक समुद्रमा गहिराइ नाप्दा: पानी कम गहिरो हुँदै जान्छप्रेरित 27:27–28
    पदहरू
    प्रेरित 27:27–28जब चौधौँ रात आयो, हामी यताउता गर्दै भएर एड्रियाटिक समुद्रमा यात्रा गरिरहेका थियौँ, मध्यरातमा जहाज चालकहरूले कुनै जमिन नजिक पुगिरहेका छौँ भन्‍ने विचार गरे। तिनीहरूले गहिराइ नापे र गहिराइ लगभग छत्तिस मिटर भएको पत्ता लगाए, केही समय पछि फेरि उनीहरूले नाप लिए र गहिराइ सत्ताइस मिटर भएको पत्ता लगाए।

मन्दिरको खड्कुँलो

  • सोलोमनको ढालेर बनाएको खड्कुँलो: एउटा विशाल गोलो कुण्ड१ राजाहरू 7:23
    पदहरू
    १ राजाहरू 7:23हुरामले ढालेर बनाइएको धातुको विशाल खड्कुँलो बनाए जसको बिट एउटा किनारादेखि अर्को किनारासम्म दस हात थियो। यसको उचाइ पाँच हात थियो, र परिधि तिस हात थियो।
  • यो बाह्रवटा गोरुमाथि खडा थियो, हरेक दिशातिर तीनवटा फर्केका१ राजाहरू 7:25
    पदहरू
    १ राजाहरू 7:25खड्कुँलोलाई बाह्रवटा गोरुमाथि राखिएको थियो– तिनवटा उत्तरतिर फर्केका, तिनवटा पश्चिमतिर फर्केका, तिनवटा दक्षिणतिर फर्केका र तिनवटा पूर्वतिर फर्केका थिए। खड्कुँलो तीमाथि राखिएको थियो, र तिनका सबै पछिल्ला भाग भित्रपट्टि फर्केका थिए।

भनाइहरू

  • समुद्रको किनारको बालुवाजस्ता सन्तानउत्पत्ति 22:17, उत्पत्ति 32:12
    पदहरू
    उत्पत्ति 22:17म निश्‍चय नै तँलाई आशिष्‌ दिनेछु र म तेरा सन्‍तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह तुल्‍याउनेछु। तेरा सन्‍तानले आफ्‍ना शत्रुहरूका ढोकाहरू पार गर्नेछन्‌।
    उत्पत्ति 32:12तर तपाईंले भन्‍नुभयो, 'निश्‍चय नै, म तेरो उन्‍नति गराउनेछु। म तेरा सन्तानहरूलाई गन्‍नै नसकिने गरी समुद्रको बालुवासरह तुल्याउनेछु'।”
  • समुद्रको किनारको बालुवाजस्तो सोलोमनको समझ१ राजाहरू 4:29
    पदहरू
    १ राजाहरू 4:29परमेश्वरले सोलोमनलाई महान् बुद्धि र समुद्रीतटका बालुवाजस्तै फराकिलो समझशक्ति दिनुभयो।
  • आँधीले हल्लाएको समुद्र शान्त रहन सक्दैन; यसका छालहरूले हिलो उचाल्छन्यशैया 57:20
    पदहरू
    यशैया 57:20तर दुष्‍टहरू उर्लिएको समुद्रजस्तै हुन् जसले विश्राम गर्न सक्दैन र यसको पानीले हिलो र दलदल घोलिदिन्‍छ।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार