खोजी गर्नुहोस् › विषयहरू › लिली र घाँस
प्रकृति
बाइबलमा लिली र घाँस
पवित्र बाइबल (ULB) का 35 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
लिलीहरू
- मन्दिरको दलानका स्तम्भका माथिल्ला भाग लिलीको आकारमा थिए१ राजाहरू 7:19, १ राजाहरू 7:22
पदहरू
१ राजाहरू 7:19दलानभित्रका स्तम्भका स्तम्भ-शिरहरू लिली फुलको आकारका चार हात उचाइका थिए।
१ राजाहरू 7:22स्तम्भ-शिरहरूलाई लिली फुलको आकारमा सजाइयो। यसरी स्तम्भहरूको काम सम्पन्न भयो।
- काँसाको खड्कुँलोको किनारा लिलीको फूलजस्तो थियो१ राजाहरू 7:26, २ इतिहास 4:5
पदहरू
१ राजाहरू 7:26खड्कुँलोको चौडाइ चार अङ्गुल थियो, र यसको बिटचाहिँ कचौराको बिटजस्तो फक्रेको लिली फुलजस्तो थियो। यसमा लगभग चवालिस हजार लिटर पानी अटाउँथ्यो।
२ इतिहास 4:5त्यसको मोटाइ चार अङ्गुल थियो, र त्यसको बिट कचौराको बिटजस्तो फक्रेको लिली फूलजस्तै थियो। त्यो खड्कुँलोमा छयसट्ठी हजार लिटर पानी अटाउँथ्यो।
- लिलीहरू कसरी बढ्छन्, विचार गर: तिनीहरू न परिश्रम गर्छन् न कात्छन्मत्ती 6:28, लुका 12:27
पदहरू
मत्ती 6:28अनि तिमीहरू किन लगाउने लुगाको लागि चिन्ता गर्छौ? मैदानका लिली फुलहरूलाई हेर, ती कसरी उम्रन्छन्। तिनीहरूले न त काम गर्छन्, न कपडा नै बुन्छन्।
लुका 12:27मैदानका लिली फुलहरूलाई विचार गर, तिनीहरू कसरी बढ्छन्? न त तिनीहरूले परिश्रम गर्छन्, न त मेहनत नै गर्छन, म तिमीहरूलाई भन्दछु, सोलोमन पनि आफ्ना सबै महिमामा यिनीहरूझैँ आभूषित थिएनन्।
- सोलोमन पनि आफ्नो सारा वैभवमा तिनीहरूमध्ये एउटाजस्तो सजिएनन्मत्ती 6:29
पदहरू
मत्ती 6:29र पनि म तिमीहरूलाई भन्छु, सोलोमन पनि आफ्नो सम्पूर्ण गौरवमा यिनीहरूले जस्तै गरी आभुषित थिएनन्।
- एउटा गोठालो लिलीहरूका बीचमा आफ्नो बगाल चराउँछश्रेष्ठगीत 2:16, श्रेष्ठगीत 6:3
पदहरू
श्रेष्ठगीत 2:16मेरा प्रेमी मेरै हुनुहुन्छ, र म उहाँकी हुँ। उहाँ प्रसन्न हुँदै लिली फुलहरूका बिचमा घुमेर हिँड्नुहुन्छ।
श्रेष्ठगीत 6:3म मेरा प्रेमीको हुँ, र मेरा प्रेमी मेरै हुनुहुन्छ। उहाँ प्रसन्न हुँदै लिली फुलहरूका बिचमा चाहर्नुहुन्छ।
- प्रेमी लिली टिप्न आफ्नो बगैँचामा ओर्लन्छश्रेष्ठगीत 6:2
पदहरू
श्रेष्ठगीत 6:2मेरा प्रेमी आफ्नो बगैँचामा, सुगन्धित मसलाहरूले भरिएको ओछ्यानमा जानुभएको छ; बगैँचामा चाहार्न र लिली फुलहरू बटुल्न जानुभएको छ।
- बेँसीको लिली ... काँडाहरूका बीचको लिलीजस्तोश्रेष्ठगीत 2:1–2
पदहरू
श्रेष्ठगीत 2:1–2म शारोनको घाँसे मैदानमा उम्रने फुल र बेँसीको लिली हुँ। काँढाहरूका बिचमा फुलेको लिली फुलझैँ मेरी प्रिय युवतीहरूका बिचमा छिन्।
- उसका ओठ लिलीजस्ता छन्, जसबाट मूर्र चुहिन्छश्रेष्ठगीत 5:13
पदहरू
श्रेष्ठगीत 5:13उहाँका गालाहरू सुगन्धित मसालाहरूको ड्याङजस्ता छन्, जसले बास्ना फिँजाउँछन्।
- लिलीहरूका बीचमा चर्ने जुम्ल्याहा मृगका बच्चाश्रेष्ठगीत 4:5
पदहरू
श्रेष्ठगीत 4:5तिम्रा दुई स्तन दुईवटा पाठाजस्ता छन्, लिलीहरूको बिचमा चर्ने हरिणका जुम्ल्याहा पाठाजस्ता छन्।
घाँस
- पशुका निम्ति र डाँडाहरूमा घाँस उम्रन्छभजनसंग्रह 104:14, भजनसंग्रह 147:8, व्यवस्था 11:15
पदहरू
भजनसंग्रह 104:14उहाँले गाईवस्तुको निम्ति घाँस र मानिसलाई खेती गर्न बिरुवाहरू उमार्नुहुन्छ, ताकि मनिसले पृथ्वीबाट खानेकुरा उत्पादन गरोस्।
भजनसंग्रह 147:8उहाँले आकाशलाई बादलले ढाक्नुहुन्छ र पृथ्वीको निम्ति झरी तयार पार्नुहुन्छ। पहडाहरूमाथि घाँस उमार्नुहुन्छ।
व्यवस्था 11:15म तिमीहरूका गाईवस्तुहरूका लागि खर्कमा घाँस दिने छु, र तिमीहरू खाएर तृप्त हुने छौ।
- भर्खर काटिएको घाँसमा वर्षाभजनसंग्रह 72:6
पदहरू
भजनसंग्रह 72:6काटेको घाँसमा झरीपरेझैं र पृथ्वीलाई भिजाउने झरीझैं उनी तल आऊन्।
- छानामाथिको घाँस बढ्न नपाउँदै ओइलाउँछभजनसंग्रह 129:6–7, २ राजाहरू 19:26
पदहरू
भजनसंग्रह 129:6–7तिनीहरू घरमाथिका घाँसहरूजस्ता होऊन् जुन बढ्नअगि नै ओइलाउँछ, जसले कटनी गर्नेको हात भर्न सक्दैन वा अन्नको बिटा बाँध्नेको छाती ढाक्न सक्दैन।
२ राजाहरू 19:26तिनका थोरै बल भएका बासिन्दाहरू, थाकेका र लाजमा परेका छन्। तिनीहरू मैदानका बिरुवाहरू हुन्, हरिया घाँस छानामाथिका वा मैदान घाँस हुन् जुन उम्रनअगि नै सुक्छन्।
- मैदानको घाँस: आज छ, भोलि भट्टीमा फालिन्छमत्ती 6:30, लुका 12:28
पदहरू
मत्ती 6:30यदि परमेश्वरले आज हुने र भोलि भट्टीमा फ्याँकिने मैदानका घाँसहरूलाई समेत पहिराउनुहुन्छ भने, तिमीहरूलाई त झन् कति बढी पहिराउनुहुनेछ, ए अल्प-विश्वासीहरू हो?
लुका 12:28यदि परमेश्वरले जमिनका घाँसलाई सुशोभित पार्नुहुन्छ जुन आज अस्तित्वमा छ, तर भोली आगोमा फालिनेछ भने, हे अल्प विश्वासी हो, त्यो भन्दाबढी तिमीहरूलाई कति धेरै सशोभित गर्नुहुनेछ।
- सुकेको घाँस हटाइँदा नयाँ पालुवा देखा पर्छहितोपदेश 27:25
पदहरू
हितोपदेश 27:25पराल कहिले हटाइन्छ र नयाँ पालुवा कहिले पलाउँछ अनि डाँडापाखाबाट घाँस कहिले बटुलिन्छ भनी तँलाई थाहा हुनुपर्छ।
- चर्को घामले बोट ओइलाउँछ, र त्यसको फूल झर्छयाकूब 1:11
पदहरू
याकूब 1:11किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्छ। फुल झर्छ, र त्यसको सौन्दर्य नष्ट हुन्छ। त्यसै गरी, धनी मानिस आफ्नो यात्राको बिचमा नै बिलाएर जानेछ।
- खडेरीमा आहाबले घोडाहरूका निम्ति हरेक मूल र बेँसीमा घाँस खोजे१ राजाहरू 18:5
पदहरू
१ राजाहरू 18:5आहाबले ओबदियालाई भने, “देशको चारैतिर भएका खोलानाला र त्यसका मुहानहरूमा जाऊ। सायद हामीले घाँस पाउनेछौँ अनि घोडा र खच्चरहरूलाई जीवितै राख्न सक्छौँ। यसरी हामीले सबै पशु गुमाउने छैनौँ।
- निम्रीमको पानी सुक्यो र घाँस ओइलायोयशैया 15:6
पदहरू
यशैया 15:6निम्रीमको पानीहरू सुख्खा भएका छन्। घाँस ओइलिएका छन्। हरियाली सुकेका छन्। त्यहाँ कुनै हरियो घाँस छैन।
- बहेमोथ गोरुझैँ घाँस खान्छअय्यूब 40:15
पदहरू
अय्यूब 40:15अब मैले तँलाई बनाउँदा बनाएको बहेमोथलाई विचार गर्। एउटा गोरुले झैं त्यसले घाँस खान्छ।
- नबूकदनेसरले गोरुझैँ घाँस खाएदानिएल 4:33
पदहरू
दानिएल 4:33नबूकदनेसरको विरुद्धमा भएको यो आदेश तुरुन्तै पुरा भयो। तिनी मानिसहरूबाट निकालिए। तिनले गोरुले झैँ घाँस खाए, र तिनको शरीर आकाशको शीतले भिज्यो। तिनको केस चीलका प्वाँखहरूझैँ लामो भयो, र तिनको नङहरू चराका नङ्ग्राझैं भयो।
- के जङ्गली गधा ताजा घाँसमाथि कराउँछ र?अय्यूब 6:5
पदहरू
अय्यूब 6:5के वनको गधाले घाँस पाउँदा यो निराशमा कराउँछ र? वा के गोरुले कुँडो पाउँदा यो डुक्रन्छ र?
- पाँच हजार मानिस हरियो घाँसमा बसेयूहन्ना 6:10, मर्कूस 6:39
पदहरू
यूहन्ना 6:10येशूले भन्नुभयो, “मानिसहरूलाई बस्न लगाऊ।” (त्यस ठाउँमा धेरै घाँस थियो।) त्यसैले झण्डै पाँच हजार जति सङ्ख्यामा मानिसहरू बसे।
मर्कूस 6:39उहाँले सबै मानिसलाई हरियो घाँसमाथि समूह-समूहमा मिलेर बस्ने आज्ञा गर्नुभयो।
भनाइहरू
- सबै मानिस घाँसजस्तै हुन् ... घाँस ओइलाउँछ र फूल झर्छयशैया 40:6–8, १ पत्रुस 1:24
पदहरू
यशैया 40:6–8एउटा आवाजले भन्छ, “करा।” अर्कोले जवाफ दिन्छ, “मैले के भनेर कराउने?” सबै प्राणी घाँस हो र तिनीहरूका विश्वस्तताका करार सबै खेतबारीका फुलजस्तै हो। यसमाथि परमप्रभुको सास पर्दा घाँस ओइलाउँछ र फुल सुक्छ। निश्चय नै मानवहरू घाँसै हुन्। घाँस ओइलाउँछ, फुल सुक्छ, तर हाम्रा परमेश्वरको वचन सदासर्वदा रहन्छ।”
१ पत्रुस 1:24किनकि “सबै देह घाँसजस्तै हुन् र तिनका सबै महिमा घाँसका फुलजस्तै हुन्। घाँस सुक्छ र फुल ओइलाउँछ।”
- नयाँ घाँस बिहान पलाउँछ र साँझसम्म ओइलाउँछभजनसंग्रह 90:5–6
पदहरू
भजनसंग्रह 90:5–6तपाईंले तिनीहरूलाई बाढीले झैं बढार्नुहुन्छ र तिनीहरू निदाउँछन्। बिहानमा तिनीहरू उम्रने घाँसहरूजस्तै हुन्छन्। बिहानमा त्यो फक्रिन्छ र बढ्छ। साँझमा त्यो ओइलाउँछ र सुक्छ।
- मानिसका दिन घाँसजस्ता हुन्; बतास चल्छ र त्यो लोप हुन्छभजनसंग्रह 103:15–16
पदहरू
भजनसंग्रह 103:15–16मानिसको बारेमा, त्यसका दिनहरू घाँसजस्ता छन्। मैदानको फूलझैं त्यो मौलाउँछ। त्यसमाथि हावा चल्छ र त्यो लोप हुन्छ, र त्यो कहाँ उम्रेको थियो भनी कसैले भन्न पनि सक्दैन।
- नयाँ घाँसमा मन्द वर्षाझैँ, शीतझैँ बस्ने वचनव्यवस्था 32:2
पदहरू
व्यवस्था 32:2मेरो शिक्षा झरीको थोपाझैँ खसोस्, मेरो बोली शीतझैँ झरोस्, कलिलो घाँसमाथि सिमसिमे पानीझैँ, र बिरुवाहरूमाथि झरीझैँ बर्सोस्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार