खोजी गर्नुहोस् › विषयहरू › बिहानको शीत
प्रकृति
बाइबलमा बिहानको शीत
पवित्र बाइबल (ULB) का 22 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- रातमा छाउनीमा शीत पर्यो, र त्यसैसँग मन्ना पनिगन्ती 11:9
पदहरू
गन्ती 11:9छाउनीमा राती शीत पर्दा मन्न पनि झर्थ्यो।
- बिहानको शीत हटेपछि भुइँमा पातला पत्रहरू थिएप्रस्थान 16:13–14
पदहरू
प्रस्थान 16:13–14साँझमा बट्टाई चराहरू आएर तिनीहरूको छाउनी नै ढाकिदिए। बिहान छाउनीको वरिपरि शीत परेको थियो। शीत सुकेपछि जमिनमा देखा परेको तुसारोझैँ स-साना डल्लाहरू उजाड-स्थानको सतहमा थिए।
- हरेक रात हाँगाहरूमा शीत बस्छअय्यूब 29:19
पदहरू
अय्यूब 29:19मेरा जराहरू पानीमा फैलिएका छन्, र मेरा हाँगाहरूमा रातभरि शीत पर्छ।
- बादलहरूबाट शीत चुहियोहितोपदेश 3:20
पदहरू
हितोपदेश 3:20उहाँको ज्ञानद्वारा गहिरा-गहिरा सागरहरू फुटेर निस्के, र बादलले तलतिर शीत झारे।
- शीतका थोपाहरू कसले जन्माएको हो?अय्यूब 38:28
पदहरू
अय्यूब 38:28के झरीको कुनै बुबा छ, अर्थात् शीतको थोपालाई जन्माउने को हो?
- रातमा प्रेमी: मेरो शिर शीतले भिजेको छश्रेष्ठगीत 5:2
पदहरू
श्रेष्ठगीत 5:2म सुतेँ, तर मेरो हृदय जागै थियो। मेरा प्रेमीले ढकढक्याइरहेको आवाज आउँदै छ, “हे मेरी बहिनी, मेरी प्रिय, मेरी शुद्ध ढुकुर्नी, ढोका खोल, किनकि मेरो शिर शीतले र मेरो कपाल रातको चिसोले भिजेको छ।”
- नबूकदनेसर आकाशको शीतले भिजेदानिएल 4:33
पदहरू
दानिएल 4:33नबूकदनेसरको विरुद्धमा भएको यो आदेश तुरुन्तै पुरा भयो। तिनी मानिसहरूबाट निकालिए। तिनले गोरुले झैँ घाँस खाए, र तिनको शरीर आकाशको शीतले भिज्यो। तिनको केस चीलका प्वाँखहरूझैँ लामो भयो, र तिनको नङहरू चराका नङ्ग्राझैं भयो।
- सियोनका पर्वतहरूमा झर्ने हेर्मोनको शीतभजनसंग्रह 133:3
पदहरू
भजनसंग्रह 133:3यो हेर्मोन डाँडाको शीतजस्तो हो जुन सियोन पर्वतमाथि झर्छ। किनकि परमप्रभुले त्यहाँ आशिष्— सदासर्वदाको जीवनलाई आज्ञा दिनुभयो।
कथाहरूमा
- गिदोनले ऊनबाट एक कचौरा पानी निचोरेन्यायकर्ताहरू 6:37–38
पदहरू
न्यायकर्ताहरू 6:37–38हेर्नुहोस्, म खलामा भेडाको ऊन राख्दैछु। यस ऊनमा मात्र शीत पर्यो, र जमिनचाहिं पुरै सुक्खा रह्यो भने, तब तपाईंले भन्नुभएझैं इस्राएललाई बचाउनलाई तपाईंले मलाई प्रयोग गर्नुहुनेछ भनी म जान्नेछु।” यस्तो भयो – भोलिपल्ट बिहानै गिदोन उठे, उनले ऊन निचोरे, र ऊनबाट शीत निचरेर एक बटुको पानी भरे।
- अर्को रात ऊन सुक्खा थियो र भुइँभरि शीत थियोन्यायकर्ताहरू 6:39–40
पदहरू
न्यायकर्ताहरू 6:39–40त्यसपछि गिदोनले परमप्रभुलाई भने, “कृपया मसँग नरिसाउनुहोस्, म फेरि एकपल्ट बोल्नेछु। मलाई फेरि एकपल्ट ऊनको प्रयोग गरेर जाँच गर्न दिनुहोस्। योपल्ट त्यो ऊनलाई सुक्खा छोडिदिनुहोस्, र त्यसको वरिपरिको जमिनमा सबैतिर शीत रहोस्।” तिनले त्यस रात जे होस् भनी मागेका थिए, परमेश्वरले त्यस्तै गर्नुभयो। त्यो ऊन सुक्खा थियो, र त्यसको वरिपरिको जमिनमा चारैतिर शीत थियो।
- एलिया आहाबलाई: यी वर्षहरूमा न शीत पर्नेछ न वर्षा१ राजाहरू 17:1
पदहरू
१ राजाहरू 17:1गिलादको तिश्बेका तिश्बी एलियाले आहाबलाई भने, “इस्राएलका परमेश्वर परमप्रभु जसको सामु म खडा छु, उहाँको नाउँमा म भन्दछु कि मैले नभनेसम्म पानी पर्ने छैन वा शीत पर्ने छैन।”
- दाऊदको विलाप: हे गिल्बोका पर्वतहरू, तिमीहरूमाथि न शीत परोस् न वर्षा२ शमूएल 1:21
पदहरू
२ शमूएल 1:21ए गोल्बि डाँडा, तँमाथि कुनै शीत वा झरी नपरोस्, न त भेटीको निम्ति अन्न दिने मैदान नै होस्, किनकि त्यहाँ वीरहरूका ढाल अशुद्ध पारिएको छ। अब उप्रान्त शाऊलका ढालहरूमा तेल लगाइने छैन।
- हाग्गै: आकाशले आफ्नो शीत र पृथ्वीले आफ्नो उब्जनी रोक्योहाग्गै 1:10
पदहरू
हाग्गै 1:10यसैकारण आकाशले आफ्नो शीत रोकिदिनेछ, र पृथ्वीले आफ्नो उब्जनी दिनेछैन।
आशिष्हरू
- इसहाकको आशिष्: आकाशको शीत र पृथ्वीको उर्वरताउत्पत्ति 27:28
पदहरू
उत्पत्ति 27:28परमेश्वरले तँलाई आकाशको शीत र पृथ्वीको प्रचुरता अनि धेरै दाखमद्य र अन्न देऊन्।
- एसाव आकाशको शीतदेखि टाढा बस्नेथिएउत्पत्ति 27:39
पदहरू
उत्पत्ति 27:39उनका पिता इसहाकले जवाफ दिएर भने, “हेर्, तँ बस्ने जमिन पृथ्वीको प्रशस्तताबाट बाहिरै हुनेछ, आकाशको शीतबाट बाहिर।
- मोशा: योसेफको देश आकाशको बहुमूल्य शीतले आशिषित होस्व्यवस्था 33:13
पदहरू
व्यवस्था 33:13योसेफको विषयमा मोशाले भनेः माथि आकाशबाट झर्ने अनमोल शीत र तल गहिराइको पानीले तिनको देश परमप्रभुद्वारा आशिषित् होस्।
- अन्न र नयाँ दाखमद्यको देश, जहाँ आकाशबाट शीत चुहिन्छव्यवस्था 33:28
पदहरू
व्यवस्था 33:28इस्राएल सुरक्षामा बस्यो। अन्न र नयाँ मद्यको देशमा याकूबको सन्तान सुरक्षित थियो। वास्तवमा तिनको आकाशले तिनमाथि शीत झारून्।
भनाइहरू
- बिहानै हराउने शीतजस्तैहोशे 6:4, होशे 13:3
- राजाको कृपा घाँसमाथिको शीतजस्तो होहितोपदेश 19:12
पदहरू
हितोपदेश 19:12राजाको क्रोध जवान सिंहको गर्जनजस्तै हुन्छ, तर तिनको निगाह घाँसमाथिको शीतजस्तै हुन्छ।
- भुइँमा शीत परेझैँ हामी उसमाथि खस्नेछौँ२ शमूएल 17:12
पदहरू
२ शमूएल 17:12त्यसपछि हामीले उनलाई जहाँ भेट्टाए पनि उनमाथि जाइलाग्ने छौं र जमिनमा शीत परेझैं हामीले उनलाई छोप्ने छौं। हामीले उनका मानिसहरू वा उनी स्वयम् एउटालाई पनि जीवित छोड्ने छेनौं।
- कटनीको गर्मीमा शीतको बादलजस्तैयशैया 18:4
पदहरू
यशैया 18:4परमप्रभुले मलाई यसो भन्नुभयो, “चर्को घामको उखुम तापजस्तै, कटानीको तापमा कुहिरोजस्तै म आफ्नो घरबाट शान्त भएर हेर्नेछु।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार