Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › पर्वतहरू

प्रकृति

बाइबलमा पर्वतहरू

पवित्र बाइबल (ULB) का 41 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

  • अग्ला पर्वतहरू जङ्गली बाख्राका निम्ति हुन्भजनसंग्रह 104:18
    पदहरू
    भजनसंग्रह 104:18घोरलहरू उच्‍च पहाडहरूतिर बस्छन्। पहाडका टाकुराहरू खरायोहरूका शरणस्थान हुन्।
  • यरूशलेमलाई पर्वतहरूले घेरेका छन्भजनसंग्रह 125:2
    पदहरू
    भजनसंग्रह 125:2जसरी पहाडहरूले यरूशलेमलाई घरेको छ त्यसरी नै परमप्रभुले आफ्ना मानिसहरूलाई अहिले र सदार्वदा घेर्नहुन्छ।
  • यस्तो देश, जसका पहाडबाट तामा खन्न सकिन्छव्यवस्था 8:9
    पदहरू
    व्यवस्था 8:9यो त्यही देश हो जहाँ तिमीहरूलाई अन्‍नको अभाव हुने छैन र त्यहाँ कुनै थोकको कमी हुने छैन। यस देशका ढुङ्गाहरू फलामका छन् र त्यहाँका पहाडहरूबाट तिमीहरूले तामा निकाल्ने छौ।
  • खानीको कामदारले चकमक ढुङ्गामा हान्छ र पर्वतहरूलाई जरैदेखि उल्टाउँछअय्यूब 28:9
    पदहरू
    अय्यूब 28:9एक जना मानिसले आफ्नो हातले दर्शनढुङ्गा काट्‍छ। उसले पहाडहरूलाई फेदैदेखि पल्टाउँछ।
  • पर्वत खिइन्छ र भत्किन्छअय्यूब 14:18
    पदहरू
    अय्यूब 14:18तर पहाडहरू खस्‍छन् र कतै पुग्‍दैनन्, चट्टानहरू आफ्नो ठाउँबाट हटेर जान्‍छन्,
  • लेबनानका टाकुराहरू: अमाना, सेनीर, हेर्मोन, सिंह र चितुवाका ओडारश्रेष्ठगीत 4:8
    पदहरू
    श्रेष्ठगीत 4:8हे मेरी दुलही, लेबनानबाट आऊ। लेबनानबाट मसितै आऊ। अमानाको टाकुराबाट ओर्लेर आऊ; सेनीर र हेर्मोनको टाकुराबाट, सिंहहरूको ओडार र चितुवाहरूका पहाडी अखडाबाट आऊ।
  • सोलोमनका पहाडमा 80,000 ढुङ्गा काट्ने थिए१ राजाहरू 5:15
    पदहरू
    १ राजाहरू 5:15सोलोमनका सत्तरी हजरा भरिया र पहाडमा असी हजार ढुङ्गा काट्ने मानिस थिए।
  • मिद्यानको विरुद्धमा इस्राएलले पर्वत र गुफाहरूमा आश्रय बनाएन्यायकर्ताहरू 6:2
    पदहरू
    न्यायकर्ताहरू 6:2मिद्दानीको शक्तिले इस्राएललाई अत्‍याचार गर्‍यो। मिद्दानीका कारणले इस्राएलका मानिसहरूले पहाडका ओडारहरू, गुफाहरू, र किल्‍लाहरू बस्‍न लागे।
  • नाङ्गो डाँडामा उठाइएको झन्डा सङ्केत थियोयशैया 13:2, यशैया 18:3
    पदहरू
    यशैया 13:2नाङ्गो पहाडमाथि चिन्हका झण्डाहरू खडा गर, तिनका निम्‍ति उच्‍च सोरले कराओ, भारदारहरूका ढोकाहरूमा जानलाई हातले इशारा गर।
    यशैया 18:3तिमीहरू संसारका सबै बासिन्दाहरू र पृथ्वीमा बसोवास गर्ने, तिमीहरू जब डाँडाहरूमाथि चिन्ह उठाइन्‍छ, तब हेर। अनि जब तुरही बजाइन्‍छ तब सुन।
  • यहूदियामा हुनेहरू पर्वततिर भागून्मत्ती 24:16
    पदहरू
    मत्ती 24:16जो यहूदियामा छन्, तिनीहरू पहाडहरूतिर भागून्,
  • छहारी भएका रूखमुनिका डाँडाका थानहरूहोशे 4:13, व्यवस्था 12:2
    पदहरू
    होशे 4:13पर्वतका टाकुराहरूमा तिनीहरूले बलि चढाउँछन् र पहाडहरूमा, फलाँट, लहरे-पीपल र तारपीनका फेदमा धूप बाल्छन्, किनभने छाया शितल हुन्छ। यसैले तिमीहरूका छोरीहरूले यौनका अनैतिक काम गर्छन्, अनि तिमीहरूका बुहारीहरूले व्यभिचार गर्छन्।
    व्यवस्था 12:2जुन जातिहरूलाई तिमीहरूले पराजित गर्छौ तिनीहरूले अग्ला पर्वतहरू, डाँडाहरू र हरेक हरियो रुखमुनि पुजा गर्ने तिनीहरूका देवताहरूलाई निश्‍चय नै नष्‍ट पारिदिनू।

कथाहरूमा पर्वतहरू

  • जहाज आरारातका पर्वतहरूमा अडियोउत्पत्ति 8:4
    पदहरू
    उत्पत्ति 8:4सातौँ महिनाको सत्रौँ दिनमा जहाज आरारातका पर्वतहरूमा अडियो।
  • दसौँ महिनाको पहिलो दिनमा पर्वतका टुप्पाहरू देखा परेउत्पत्ति 8:5
    पदहरू
    उत्पत्ति 8:5दसौँ महिनासम्म पानी निरन्तर घटिरह्‍यो। त्यही महिनाको पहिलो दिनमा पर्वतहरूका टाकुराहरू देखा परे।
  • अब्राहामलाई मोरीयाह देशको एउटा पर्वतमा पठाइयोउत्पत्ति 22:2
    पदहरू
    उत्पत्ति 22:2त्यसपछि परमेश्‍वरले भन्‍नुभयो, “तैँले माया गर्ने तेरो छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा जा। त्यहाँको कुनै एक डाँडामा त्यसलाई होमबलि गर्‌, जुन म तँलाई बताउनेछु।”
  • मोशा बगाल लिएर परमेश्‍वरको पर्वत होरेबमा आएप्रस्थान 3:1
    पदहरू
    प्रस्थान 3:1अब मोशा अझै पनि आफ्ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेडा-बाख्रा चराउँदै थिए। तिनले भेडा-बाख्रालाई उजाड-स्थानको परसम्म लगी परमेश्‍वरको पर्वत होरेबसम्म लगे।
  • सिमानाले मानिसहरूलाई सीनै पर्वत छुनबाट रोक्योप्रस्थान 19:12
    पदहरू
    प्रस्थान 19:12तैँले मानिसहरूका लागि पर्वतको वरिपरि सिमाना लगाउनू। तिनीहरूलाई भन्‍नू, 'तिमीहरू पर्वतमा उक्लेर नजाओ वा यसको सिमानालाई नछोओ। जसले पर्वतलाई छुन्छ त्यो निश्‍चय नै मारिनेछ।'
  • सीनै भट्टीझैँ धुवाँयो र जोडसँग काँप्योप्रस्थान 19:18
    पदहरू
    प्रस्थान 19:18सीनै पर्वत पुरै धुवाँले भरिएको थियो किनकि परमप्रभु आगो र धुवाँमा यसमा ओर्लनुभएको थियो। भट्टीको धुवाँजस्तै गरी धुवाँ माथि गयो, र पुरै पर्वत बेस्सरी हल्लियो।
  • मोशा चालीस दिन र चालीस रात पर्वतमा बसेप्रस्थान 24:18
    पदहरू
    प्रस्थान 24:18मोशा बादलभित्र प्रवेश गरी पर्वतमा उक्ले। तिनी चालिस दिन चालिस रातसम्म पर्वतमा रहे।
  • हारून होर पर्वतको टुप्पोमा मरेगन्ती 20:27–28
    पदहरू
    गन्ती 20:27–28मोशाले परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे। तिनीहरू सारा समुदायको सामुबाट होर पर्वतमाथि गए। मोशाले हारूनको पुजारीको पोशाक फुकाले र त्यो तिनका छोरा एलाजारलाई लगाइदिए। पर्वतको चुचुरोमाथि हारून मरे। अनि मोशा र एलाजार तल ओर्ले।
  • पिसगाको टुप्पोमा, नेबो पर्वतबाट मोशाले देश देखेव्यवस्था 34:1
    पदहरू
    व्यवस्था 34:1मोशा मोआबको मैदानबाट यरीहो सामुन्‍ने नेबो डाँडामा पिसगाको टाकुरामा उक्ले। त्यहाँ परमप्रभुले तिनलाई गिलाददेखि दानसम्म,
  • छ कुल गीरीज्जीम पर्वतमा र छ कुल एबाल पर्वतमा उभिएव्यवस्था 27:12–13
    पदहरू
    व्यवस्था 27:12–13“तिमीहरूले यर्दन नदी पार गरेपछि मानिसहरूलाई आशिष् दिन यी कुलहरू गीरीज्‍जीम डाँडामा खडा होऊन्: शिमियोन, लेवी, यहूदा, इस्साखार, योसेफ र बेन्यामीन। श्रापको घोषणा गर्न यी कुलहरूचाहिँ एबाल डाँडामा खडा होऊन्: रूबेन, गाद, आशेर, जबूलून, दान र नप्‍ताली।
  • योतामले गीरीज्जीम पर्वतको टुप्पोबाट आफ्नो दन्त्यकथा चिच्याएर सुनाएन्यायकर्ताहरू 9:7
    पदहरू
    न्यायकर्ताहरू 9:7जब योतमलाई यो कुराको बारेमा सुनाइयो, तिनी गए र गिरीज्‍जीम डाँडाको चुचुरामा खडा भए। तिनले ठुलो सोरमा कराएर भने, “ए शकेमका अगुवाहरू हो, मेरो कुरा सुन, ताकि परमेश्‍वरले तिमीहरूलाई सुनून्।
  • बाराकले तबोर पर्वतमा दस हजार मानिस भेला गरेन्यायकर्ताहरू 4:6
    पदहरू
    न्यायकर्ताहरू 4:6तिनले नाप्‍तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइन् र तिनलाई भनिन्, “परमप्रभु, इस्राएलका परमेश्‍वरले तिमीलाई यस्तो आज्ञा गर्नुहुन्छ, ‘तबोर डाँडामा जाऊ, र नाप्‍ताली र जबूलूनबाट तिमीसँग दश हजार मानिसहरू ल्‍याऊ।
  • एउटै पर्वतका दुई छेउमा शाऊल र दाऊद१ शमूएल 23:26
    पदहरू
    १ शमूएल 23:26शाऊल पहाडको एकपट्टि हिंडे र दाऊद र तिनका मानिसहरू पहाडको अर्कोपट्टि हिंडिरहेका थिए। शाऊलबाट टाढा जानलाई दाऊद हतारिए। जसै शाऊल र तिनका मानिसहरूले दाऊद र तिनका मानिसहरूलाई समात्‍न घेरा लगाउँदै थिए,
  • शाऊल र उनका तीन छोरा गिल्बो पर्वतमा ढले१ शमूएल 31:8
    पदहरू
    १ शमूएल 31:8भोलिपल्‍ट यसो भयो, जब पलिश्‍तीहरू मृतकहरूलाई लूट्न आए तब तिनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो डाँडामा मृत फेला पारे।
  • एलियाले इस्राएल र बालका अगमवक्ताहरूलाई कार्मेल पर्वतमा भेला गरे१ राजाहरू 18:19–20
    पदहरू
    १ राजाहरू 18:19–20अब मलाई कर्मेल डाँडामा भेट गर्न सारा इस्राएलीलाई बोलाउनुहोस्। ईजेबेलको टेबुलमा बसेर खाने बालका चार सय पचास अगमवक्ता र अशेराका चार सय अगमवक्तालाई पनि ल्याउनुहोस्।” त्यसैले आहाबले सारा इस्राएलीलाई भेल हुन खबर पठाए, र तिनीहरू अगमवक्ताहरूसँगै कर्मेल डाँडामा जम्मा भए।
  • कार्मेलको टुप्पोमा एलियाले आफ्नो अनुहार घुँडाका बीचमा राखे१ राजाहरू 18:42
    पदहरू
    १ राजाहरू 18:42त्यसैले आहाब खानपान गर्न र पिउनलाई गए। तब एलिया कर्मेल डाँडाको टाकुरामा उक्ले, भुइँमा आफ्नो शिर झुकाई आफ्ना घुँडाहरूका बिचमा आफ्नो मुहार राखे।
  • सामरी स्त्री: हाम्रा पिता-पुर्खाले यसै पर्वतमा आराधना गरेयूहन्ना 4:20
    पदहरू
    यूहन्ना 4:20हाम्रा पुर्खाहरूले यही पर्वतमा आराधना गरे, तर मानिसहरूले आराधना गर्नुपर्ने स्‍थान यरूशलेम नै हो भनी तपाईंहरू भन्‍नुहुन्छ।”
  • येशू पर्वतमा उक्लनुभयो र सिकाउन बस्नुभयोमत्ती 5:1
    पदहरू
    मत्ती 5:1जब येशूले भिडलाई देख्‍नुभयो, उहाँ डाँडामाथि जानुभयो। उहाँ तल बस्‍नुभएपछि उहाँका चेलाहरू उहाँकहाँ आए।
  • येशू प्रार्थना गर्न एक्लै पर्वतमा उक्लनुभयोमत्ती 14:23, लुका 6:12
    पदहरू
    मत्ती 14:23उहाँले भिडलाई पठाइसक्‍नुपछि उहाँ आफैँ डाँडामा प्रार्थना गर्न जानुभयो। जब पूर्ण रूपमा साँझ भयो, उहाँ त्यहाँ एकलै हुनुहुथ्यो।
    लुका 6:12उहाँ डाँडामा प्रार्थना गर्न जानुभएको बेला ती दिनहरूमा यसो भएको हो। उहाँले परमेश्‍वरसँग रातभर निरन्तर प्रार्थनामा बिताउनुभयो।
  • एउटा अग्लो पर्वतमा येशूको रूप परिवर्तन भयोमत्ती 17:1–2
    पदहरू
    मत्ती 17:1–2छ दिनपछि येशूले पत्रुस, याकूब र उनका भाइ यूहन्‍नालाई उहाँसँग लैजानुभयो, र तिनीहरूलाई मात्र एउटा अग्लो पहाडमा लैजानुभयो। उनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो। उहाँको मुहार सूर्यझैँ चम्किलो भयो, र उहाँको वस्‍त्र प्रकाशझैँ उज्यालो भयो।
  • नासरत भीर भएको एउटा डाँडामा थियोलुका 4:29
    पदहरू
    लुका 4:29तिनीहरू उठे र उहाँलाई सहरको बाहिरपट्टि ठेल्दै लागे, जुन सहर तिनीहरूले पहाडमा बसालेका थिए, त्यहीँबाट तल उहाँलाई खसाल्ने प्रयत्‍न गरे।
  • येशू आफ्ना साँझहरू जैतून डाँडामा बिताउनुहुन्थ्योलुका 21:37
    पदहरू
    लुका 21:37दिउँसोको समयमा उहाँले मन्दिरमा सिकाउनुहुन्थ्यो र साँझमा उहाँ बाहिर जानुहुन्थ्यो, र डाँडामा रात बिताउनुहुन्थ्यो जसलाई जैतून भनिन्छ।
  • जैतून डाँडा: यरूशलेमबाट एक शबाथ दिनको यात्राप्रेरित 1:12
    पदहरू
    प्रेरित 1:12त्यसपछि तिनीहरू यरूशलेम नजिकै पर्ने जैतून डाँडाबाट यरूशलेमतिर फर्के, जुन एक शबाथ दिनको यात्रा जति टाढा थियो।

भनाइहरू

  • पर्वतहरूका बीचमा तबोरझैँ र समुद्रछेउ कार्मेलझैँयर्मिया 46:18
    पदहरू
    यर्मिया 46:18जस्‍तो म जीवित छु, सर्वशक्तिमान् परमप्रभु महाराजा घोषणा गर्नुहुन्‍छ— कोही एक जना तबोर पर्वतझैं र समुद्र किनारको कर्मेल पर्वतझैं आउनेछ।
  • यो पर्वतलाई सर्न भन्न सक्ने विश्वासमत्ती 17:20, मत्ती 21:21
    पदहरू
    मत्ती 17:20येशूले उनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको कमजोर विश्‍वासको कारण। किनकि साँच्‍चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूसँग रायोको दाना जत्तिकै मात्र विश्‍वास छ भने पनि, यो पहाडलाई तिमीहरूले ‘यहाँबाट हटेर त्यहाँ जा’ भन्यौ भने पनि त्यो जानेछ र तिमीहरूका निम्ति कुनै पनि कुरा असम्भव हुनेछैन।
    मत्ती 21:21येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूमा विश्‍वास छ र शङ्का गरेनौ भने यस अन्जीरको बोटलाई जे गरिएको थियो त्यो मात्र होइन, तर तिमीहरूले यस पहाडलाई, ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने पनि त्यसै हुनेछ।
  • पर्वतहरूतिर म आफ्ना आँखा उचाल्नेछुभजनसंग्रह 121:1
    पदहरू
    भजनसंग्रह 121:1पर्वतहरूतिर म आफ्‍ना आँखाहरू उचाल्नेछु। मेरो सहायता कहाँबाट आउनेछ?

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार