Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › मृग र हरिणहरू

प्रकृति

बाइबलमा मृग र हरिणहरू

पवित्र बाइबल (ULB) का 19 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

  • मृग र हरिण शुद्ध र अशुद्ध दुवैले खान सक्छन्व्यवस्था 12:15, व्यवस्था 14:5
    पदहरू
    व्यवस्था 12:15तथापि, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌लाई स्वीकार गरी तिमीहरूलाई इच्छा लागेअनुसार तिमीहरूका सहरहरूभित्र तिमीहरूले पशु मारेर खान सक्छौ। हरिण र मृगजस्ता प्राणीका मासुहरू शुद्ध र अशुद्ध दुवै थरीका मानिसहरूले खान सक्छन्।
    व्यवस्था 14:5मृग, हरिण, बराँठ, जङ्गली बोका, चित्तल र पहाडी भेडा।
  • सोलोमनको टेबलका निम्ति मृग, हरिण र कस्तूरी मृग जुटाइन्थे१ राजाहरू 4:22–23
    पदहरू
    १ राजाहरू 4:22–23सोलोमनको एक दिनको खाना पचहत्तर मुरी मसिनो पिठो, एक सय पचास मुरी अन्न, पोसिएका दसवटा गाई-गोरु, खर्कमा पालेका बिसवटा गाई-गोरु, एक सयवटा भेडा-बाख्रा अनि मृग, हरिण, बराँठ र कुखुराहरू थिए।
  • अय्यूब: हरिणी बच्चा जन्माउन टुक्रुक्क बस्छे; बच्चाहरू खुला मैदानमा हुर्कन्छन्अय्यूब 39:1–4
    पदहरू
    अय्यूब 39:1–4चट्टानहरूका घोरल कहिले बियाउँछ भनी तँ जान्‍दछस्? हरिणीले बच्‍चा जन्माउँदै गर्दा के तैंले हेर्न सक्छस्? तिनीहरूले पेटमा पाठा बोक्दा के तैंले तिनीहरूको महिना गन्‍न सक्छस्? तिनीहरूले बच्‍चा जन्माउने समय तँलाई थाहा छ? तिनीहरू निहुरिन्छन्, र आफ्ना पाठा पाउँछन्, अनि यसरी तिनीहरूको आफ्नो प्रसव-वेदना सकिन्छ। तिनीहरूका पाठा बलिया हुन्छन्, र खुला खेतहरूमा हुर्कन्छन्। तिनीहरू बाहिर निस्कन्छन्, र फेरि फर्केर आउँदैनन्।
  • खडेरीमा घाँस नभएकाले हरिणी आफ्नो नवजात बच्चा छोड्छेयर्मिया 14:5
    पदहरू
    यर्मिया 14:5घाँस नभएकोले मुडुली मृगले पनि आफ्ना बच्‍चाहरूलाई मैदानमा छोड्‍छ र तिनलाई त्‍यगिदिन्‍छ।
  • जसरी हरिण खोलाको पानीका निम्ति तड्पन्छभजनसंग्रह 42:1
    पदहरू
    भजनसंग्रह 42:1जसरी हरिणले खोलाको पानीको तृष्णा गर्छ, त्यसरी नै, हे परमेश्‍वर, म तपाईंको तृष्णा गर्छु।
  • चरन नपाएका मृगहरूमा सिकारीबाट भाग्ने बल हुँदैनविलाप 1:6
    पदहरू
    विलाप 1:6सौन्दर्यले सियोनकी छोरीलाई छोडेको छ। त्यसका राजकुमारहरू खर्क पाउन नसक्‍ने मृगहरूजस्तै भएका छन्, र तिनीहरू दुर्बल भएर तिनीहरूलाई खेद्‍नेको अगिअगि भाग्छन्।
  • हरिण सिकारीको हातबाट आफूलाई छुटाउँछहितोपदेश 6:5
    पदहरू
    हितोपदेश 6:5सिकारीको हातबाट हरिण उम्केझैँ र व्यधाको हातबाट चरा उम्केझैँ आफैलाई बचा।

भनाइहरू

  • असाहेल जङ्गली हरिणझैँ छिटो दौडने थिए२ शमूएल 2:18
    पदहरू
    २ शमूएल 2:18सरूयाहका छोराहरू योआब, अबीशै र असाहेल थिए। असाहेल हरिण जत्तिकै छिटो दौडन सक्‍ने व्यक्‍ति थिए।
  • गादी योद्धाहरू पहाडका हरिणझैँ छिटा थिए१ इतिहास 12:8
    पदहरू
    १ इतिहास 12:8कोही गादीहरू पनि उजाड-स्‍थानको किल्लामा दाऊदसँग सहभागी भए। तिनीहरू युद्धका निम्ति तालिमप्राप्‍त योद्धाहरू थिए, जसले ढाल र भाला चलाउन सक्थे, जसका अनुहारहरू सिंहका अनुहारहरूजस्‍तै डरलाग्दा थिए। तिनीहरू पहाडहरूमा हरिणझैं तेजिला थिए।
  • उहाँ अग्ला ठाउँमा मेरा खुट्टालाई हरिणका जस्ता बनाउनुहुन्छ२ शमूएल 22:34, भजनसंग्रह 18:33, हबकूक 3:19
    पदहरू
    २ शमूएल 22:34उहाँले मेरा गोडाहरूलाई हरिणको जस्तै द्रुत बनाउनुहुन्छ र मलाई उच्‍च स्थानहरूमा राख्‍नुहुन्छ।
    भजनसंग्रह 18:33उहाँले मेरा खुट्टाहरूलाई हरिणको जस्तै तेज बनाउनुहुन्छ र मलाई उच्‍च ठाउँहरूमा राख्‍नुहुन्छ।
    हबकूक 3:19परमप्रभु परमेश्‍वर मेरो शक्ति हुनुहुन्छ र उहाँले मेरा खुट्टालाई हरिणका झैँ बनाउनुहुन्छ। उहाँले मलाई उच्‍च स्थानहरू अगि जान दिनुहुन्छ। सङ्गीत निर्देशकको निम्ति, मेरा तार- वाद्दहरुमा बजाइने राग।
  • प्रेमिली हरिणी, सुन्दर मृगहितोपदेश 5:19
    पदहरू
    हितोपदेश 5:19किनकि त्यो मायालु मृग र अनुग्रहमय हरिणझैँ छे। त्यसका स्तनहरूले तँलाई सधैँभरि सन्तुष्‍ट पारून्। त्यसको प्रेमद्वारा तँ निरन्तर रूपमा मोहित तुल्याइएको होस्।
  • प्रेमी, पहाडका हरिण वा जवान मृगजस्तैश्रेष्ठगीत 2:9, श्रेष्ठगीत 2:17, श्रेष्ठगीत 8:14
    पदहरू
    श्रेष्ठगीत 2:9मेरा प्रेमी हरिण वा जवान मृगजस्तै हुनुहुन्छ। हेर, उहाँ हाम्रो पर्खालको पछाडिपट्टि उभिरहनुभएको छ। उहाँले झ्यालभित्र नियालेर हेर्दै हुनुहुन्छ र आँखी-झ्यालभित्र चियाएर हेर्दै हुनुहुन्छ।
    श्रेष्ठगीत 2:17हे मेरा प्रेमी, प्रभातको मन्द हावा चल्नुअगि र छाया भाग्‍नुअगि नै जानुहोस्, गइहाल्नुहोस्। भिराला पहाडहरूमा हरिण वा जवान मृगझैँ हुनुहोस्।
    श्रेष्ठगीत 8:14हे मेरा प्रेमी, हतार गर्नुहोस्, र सुगन्धित मसलाले भरिएका पर्वतहरूमा बस्‍ने हरिण वा जवान मृगजस्तै हुनुहोस्।
  • मैदानका हरिण र हरिणीहरूको नाउँमा म तिमीहरूलाई शपथ खुवाउँछुश्रेष्ठगीत 2:7
    पदहरू
    श्रेष्ठगीत 2:7हे यरूशलेमका छोरीहरू हो, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा म तिमीहरूसित वाचा बाँध्छु, कि आफूले नचाहेसम्म प्रेमलाई नबिउँझाओ वा नजगाओ।
  • नप्ताली फुकाइएकी मुडुली-मृग होउत्पत्ति 49:21
    पदहरू
    उत्पत्ति 49:21नप्‍ताली सुन्दर पाठापाठी पाउने फुकाइएकी मुडुली-मृग हो।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार