Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › कपडे-कीरा र कीराहरू

प्रकृति

बाइबलमा कपडे-कीरा र कीराहरू

पवित्र बाइबल (ULB) का 18 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

कपडे-कीरा

  • कपडे-कीराले लुगा खान्छयाकूब 5:2
    पदहरू
    याकूब 5:2तिमीहरूका धनहरू सडेका छन् र तिमीहरूका पोसाकहरू किराले खाएका छन्।
  • कपडे-कीरा र खियाले पृथ्वीका धनलाई नाश गर्छन्मत्ती 6:19–20
    पदहरू
    मत्ती 6:19–20पृथ्वीमा आफ्नो निम्ति धन सम्‍पत्ति नथुपार, जहाँ किरा र खियाले त्यसलाई नष्‍ट गर्छन्, र जहाँ चोरहरूले घर फोरेर चोर्छन्। बरु, आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, जहाँ न त खिया वा किराले नष्‍ट गर्दछ, न त चोरले चोरेर लैजान्छ।
  • स्वर्गमा धन, जहाँ कपडे-कीराले नाश गर्दैनलुका 12:33
    पदहरू
    लुका 12:33आफ्ना धन सम्पत्ति बेच र गरिबहरूलाई देओ। तिनलाई नखिइने थैलीभित्री राख; स्वर्गमा धन संचय गर, जहाँ चोरले चोर्न सक्दैन, र किराले हानि पुर्‍याउँदैन, न त खिया नै लाग्दछ।
  • कीराले खाएको लुगाजस्तैअय्यूब 13:28
    पदहरू
    अय्यूब 13:28यद्यपि म खेर जाने सडेगलेको कुराजस्‍तै, किराहरूले खाएको एउटा वस्‍त्रजस्‍तै छु।
  • कपडे-कीराले तिनीहरूलाई लुगालाई झैँ खानेछयशैया 50:9, यशैया 51:8
    पदहरू
    यशैया 50:9हेर्, परमप्रभु परमेश्‍वरले मलाई सहायता गर्नुहुनेछ। मलाई कसले दोषी घोषणा गर्नेछ? हेर, ती सबै लुगाझैं फाटेर जानेछन्। किराले तिनलाई खानेछ।
    यशैया 51:8किन लुगा खाएझैं कीराले तिनीहरूलाई खानेछ र ऊन खाएझैं औंसाले तिनीहरूलाई खानेछ। तर मेरो धआर्मिकता सदासर्वदा रहनेछ र मेरो उद्धार सबै पुस्ताहरूमा रहनेछ।”
  • उसले बनाएको घर कपडे-कीराको खोलजस्तो होअय्यूब 27:18
    पदहरू
    अय्यूब 27:18माकुरोले झैं, एक जना पहरेदारले बनाउने झुप्रोझैं, उसले आफ्‍नो घर बनाउँछ।
  • माटोका घरमा बस्नेहरू, कपडे-कीराझैँ थिचिन्छन्अय्यूब 4:19
    पदहरू
    अय्यूब 4:19माटोका घरहरूमा बस्‍नेहरूको बारेमा झन् यो कति साँचो हुन्छ? जसको जग धूलोमा छ, जो कीराभन्दा चाँडै कुल्चिमिल्ची पारिन्छन्।

कीराहरू

  • रातभर राखिएको मन्‍नामा औँसा पर्‍यो र गन्हाउन थाल्योप्रस्थान 16:20
    पदहरू
    प्रस्थान 16:20तर तिनीहरूले मोशाको कुरा मानेनन्। कसैले बिहानसम्म अलिकति उबारे, तर त्यसमा किरा लागेर त्यो गन्हायो। त्यसपछि मोशा तिनीहरूसित रिसाए।
  • शबाथका निम्ति राखिएको भागमा औँसा परेनप्रस्थान 16:24
    पदहरू
    प्रस्थान 16:24त्यसैले तिनीहरूले मोशाले निर्देशन दिएजस्तै यसलाई बिहानसम्म राखे।
  • बिहान झिसमिसेमा एउटा कीराले योनाको बोटमा आक्रमण गर्‍यो, र त्यो ओइलायोयोना 4:7
    पदहरू
    योना 4:7तर अर्को बिहानीको सुर्योदयमा परमप्रभुले एउटा कीरा खटाउनुभयो। त्यो बिरुवालाई त्यसले काटिदियो, र त्यो बिरुवा सुक्‍यो।
  • हेरोदलाई कीराले खायो र उनी मरेप्रेरित 12:21–23
    पदहरू
    प्रेरित 12:21–23एउटा तोकिएको दिनमा राजकीय पहिरन पहिरिएर हेरोद सिंहासनमा बसे, उनले तिनीहरूलाई भाषण दिए। मानिसहरूले यसो भन्दै चिच्‍च्‍याए “यो त ईश्‍वरको अवाज हो, मानिसको होइन।” तिनले परमेश्‍वरलाई महिमा नदिएका हुनाले तुरुन्तै प्रभुका एउटा दूतले तिनलाई प्रहार गरे, अनि किरा परेर तिनी तिनी मरे।
  • कीराले दाख खान्छन्, त्यसैले कसैले बटुल्दैनव्यवस्था 28:39
    पदहरू
    व्यवस्था 28:39तिमीहरूले दाखबारी लगाई त्यसको कटनी गर्ने छौ, तर तिमीहरूले दाखरस पिउन पाउने छैनौ, न त दाख नै जम्मा गर्न पाउने छौ किनकि किराहरूले ती खाइदिने छन्।
  • अय्यूब: मेरो शरीर कीराले ढाकिएको छअय्यूब 7:5
    पदहरू
    अय्यूब 7:5मेरो शरीर किराहरू र धूलोको डल्‍लाहरूले ढाकिएको छ। मेरो जीउका खटिरा टन्‍किन्‍छन्, र फुट्‍छन् र पिप बग्‍छन्।
  • चिहानमा कीराले सम्पन्न र दुःखी दुवैलाई ढाक्छन्अय्यूब 21:23–26
    पदहरू
    अय्यूब 21:23–26एक जना मानिस पूरा बलियो अवस्‍थामा, बिलकुल शान्ति र चैनमा मर्छ। उसको शरीर ह्रष्‍टपुष्‍ट हुन्छ, र उसको हड्‍डीहरूको मासी ताजा हुन्छ। अर्को मानिस मनको तिक्‍ततामा नै मर्छ, जसले कुनै असल कुराको अनुभव कदापि गरेको छैन। तिनीहरू समान रूपमा धूलोमा पल्टिन्छन्। तिनीहरू दुवैलाई किराहरूले ढाक्छन्।
  • कीराले तिनीहरूलाई ऊनलाई झैँ खानेछयशैया 51:8
    पदहरू
    यशैया 51:8किन लुगा खाएझैं कीराले तिनीहरूलाई खानेछ र ऊन खाएझैं औंसाले तिनीहरूलाई खानेछ। तर मेरो धआर्मिकता सदासर्वदा रहनेछ र मेरो उद्धार सबै पुस्ताहरूमा रहनेछ।”
  • औँसा तिम्रो ओछ्यान र कीरा तिम्रो ओढ्नेयशैया 14:11
    पदहरू
    यशैया 14:11तेरो तडकभडकलाई तेरो वीणाहरूको आवाजसँगै चिहनामा ल्याइएको छ। तँमुनि औंसाहरू फैलिएका छन् र तँलाई किराहरूले ढाकेको छ,'
  • एउटा भजन: म एउटा कीरा हुँ र मानिस होइनभजनसंग्रह 22:6
    पदहरू
    भजनसंग्रह 22:6म एउटा कीरा हुँ र मानिस होइन, मानिसहरूले अपमान गरेको र मानिसहरूद्वारा अवहेलित भएको छु।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार