खोजी गर्नुहोस् › विषयहरू › बाख्राहरू
प्रकृति
बाइबलमा बाख्राहरू
पवित्र बाइबल (ULB) का 34 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- इस्राएलले खान सक्ने पशुहरूमध्ये बाख्रा पनि हुन्व्यवस्था 14:4
पदहरू
व्यवस्था 14:4तिमीहरूले खान हुने प्राणीहरू यिनै हुन्: गोरु, भेडा र बोका,
- रिबेकाले दुईवटा पाठाबाट इसहाकको मनपर्ने परिकार बनाइन्उत्पत्ति 27:9
पदहरू
उत्पत्ति 27:9बथानमा गएर दुईवटा असल पाठा लिएर आइज, र म तेरा बुबालाई मनपर्ने स्वादिष्ठ तरकारी बनाउनेछु।
- एसावको जस्तो छामिन याकूबको हात र घाँटीमा बाख्राको छालाउत्पत्ति 27:16
पदहरू
उत्पत्ति 27:16बाख्राका पाठाका छालाहरू तिनले याकूबका हात र घाँटीका रौँ नभएका भागमा लगाइदिइन्,
- योसेफका दाजुहरूले उनको लबेदा पाठाको रगतमा चोपेउत्पत्ति 37:31
पदहरू
उत्पत्ति 37:31तिनीहरूले एउटा बोका मारे अनि त्यसपछि योसेफको वस्त्र लिएर त्यसलाई रगतमा चोपे।
- यहूदाले आफ्नो बगालबाट ज्यालाको रूपमा एउटा पाठो दिने वचन दिएउत्पत्ति 38:17, उत्पत्ति 38:20
पदहरू
उत्पत्ति 38:17उनले भने, “म तिम्रो निम्ति बगालबाट एउटा पाठो दिनेछु।” तिनले भनिन्, “के तपाईंले त्यो मकहाँ नपठाउन्जेल केही बन्धक राख्नुहुनेछ?”
उत्पत्ति 38:20यहूदाले ती स्त्रीका हातबाट बन्धकमा रहेका सामान प्राप्त गर्न आफ्ना मित्र अदुल्लामवासीसँग एउटा पाठो पठाए, तर उनले तिनलाई भेट्टाएनन्।
- एसावलाई याकूबको उपहारमा 200 बाख्री र 20 बोका थिएउत्पत्ति 32:14
पदहरू
उत्पत्ति 32:14दुई सयवटा बाख्री, बिसवटा बोका,
- गिदोनले एउटा पाठो तयार पारे: मासु टोकरीमा, झोल भाँडामान्यायकर्ताहरू 6:19
पदहरू
न्यायकर्ताहरू 6:19गिदोन गए र एउटा पाठो तयार गरे र पाँच पाथी पिठोबाट अखमिरी रोटी बनाए। उनले मासुलाई एउटा टोकरीमा राखे, र झोलचाहिं एउटा भाँडोमा राखे, अनि ती फलाँटको रूखमुनि उहाँकहाँ ल्याए र ती टक्र्याए।
- मानोहले चट्टानमाथि एउटा पाठो चढाएन्यायकर्ताहरू 13:19
पदहरू
न्यायकर्ताहरू 13:19यसैले मानोहले अन्नबलिसित एउटा पाठो लिए र ती परमप्रभुलाई एउटा चट्टानमा चढाए। मानोह र तिनकी पत्नीले हेरिरहँदा उहाँले केही आश्चर्य काम गर्नुभयो।
- यिशैले दाऊदसँग शाऊलका निम्ति रोटी, दाखमद्यको मसक र एउटा पाठो पठाए१ शमूएल 16:20
पदहरू
१ शमूएल 16:20यिशैले रोटी, दाखमद्यको भाँडो, एउटा पाठोलाई गधामा बोकाए र आफ्नो छोरा दाऊदसँगै ती शाऊलकहाँ पठाए।
- कार्मेलका नाबालसँग एक हजार बाख्रा थिए१ शमूएल 25:2
पदहरू
१ शमूएल 25:2माओनमा एक जना मानिस थिए जसको सम्पत्ति कार्मेलमा थियो। त्यो मानिस धेरै धनी थियो। उसको तिन हजार भेडा र एक हजार बाख्राहरू थिए। उसले कार्मेलमा भेडाको ऊन कत्रँदै थियो।
- जेठो दाजु: तपाईंले मलाई एउटा पाठोसम्म कहिल्यै दिनुभएनलुका 15:29
पदहरू
लुका 15:29तर जेठा छोराले जवाफ दिएर उनका बुबालाई भने, ‘हेर्नुहोस्, यति धेरै वर्ष मैले तपाईंको सेवकझैँ काम गरेँ, मैले कहिल्यै तपाईंको एउटा नियम पनि तोडिनँ, तर तपाईंले मलाई कहिल्यै मेरा साथीहरूसँग आनन्द मनाउन एउटा पाठो पनि दिनुभएन,
- घरपरिवारलाई खुवाउन प्रशस्त बाख्राको दूधहितोपदेश 27:27
पदहरू
हितोपदेश 27:27तँ र तेरो घरानाको भोजनको लागि बाख्रीको दूध उपलब्ध हुने छ र त्यो तेरा नोकर्नीहरूलाई पोषण हुने छ।
- बाख्राहरूले खेतको मोल ल्याउँछन्हितोपदेश 27:26
पदहरू
हितोपदेश 27:26ती भेडाहरूले तेरो वस्त्र जुटाउने छन्, र बाख्राहरूले खेतको मूल्य जुटाउने छन्।
बाख्राको रौँ
- बाख्राको रौँका एघारवटा पर्दाले पवित्र पालमाथिको पाल बन्योप्रस्थान 26:7, प्रस्थान 36:14
पदहरू
प्रस्थान 26:7पवित्र वासस्थानमाथि राखिने पालको निम्ति बाख्राका भुत्लाका पर्दाहरू बनाउनू। एघारवटा यस्ता पर्दा बनाउनू।
प्रस्थान 36:14पवित्र वासस्थान ढाक्ने पालको निम्ति बजलेलले बाख्राका भुत्लाका पर्दाहरू बनाए। तिनले यस्ता खालका पर्दाहरू एघारवटा बनाए।
- सिपालु स्त्रीहरूले बाख्राको रौँ कातेप्रस्थान 35:26
पदहरू
प्रस्थान 35:26जो-जो स्त्रीका ह्रदय प्रेरणाले भरिए र जससित सिप थियो, तिनीहरूले बाख्राका भुत्ला काते।
- मीकलले दाऊदको ओछ्यानमा सुताएको मूर्तिमा बाख्राको रौँ राखिन्१ शमूएल 19:13
पदहरू
१ शमूएल 19:13मीकलले घरानाको मूर्ती लिइन् र त्यसलाई ओछ्यानमा राखिन्। तिनले यसको शिरमा बाख्राको रौं राखिन् र त्यसलाई लुगाले छोपिन्।
- मिद्यानसँगको युद्धपछि बाख्राको रौँबाट बनेको सबै कुरा शुद्ध पारियोगन्ती 31:20
पदहरू
गन्ती 31:20तिमीहरूले हरेक पोशाक र पशुका छाला, बाख्राको रौँ र काठले बनेका सबै मालसामानलाई शुद्ध पार्नुपर्छ।”
व्यवस्थामा
- निस्तार-चाडको थुमा भेडा वा बाख्राबाट लिन सकिन्थ्योप्रस्थान 12:5
पदहरू
प्रस्थान 12:5त्यसैले सबैलाई खुवाउन तिनीहरूले पर्याप्त मासु तयार गर्नुपर्छ। तिमीहरूको थुमा वा पाठो खोटरहित हुनुपर्छ र यो एक वर्षको हुनुपर्छ। तिमीहरूले भेडा वा बाख्राहरूबाट त्यो लिनू।
- योशियाहले निस्तार-चाडका निम्ति 30,000 थुमा र पाठा दिए२ इतिहास 35:7
पदहरू
२ इतिहास 35:7योशियाहले निस्तार-चाड बलिदानमा सबै मानिसहरूको निम्ति तिस हजार भेडा र पाठा दिए। तिनले तीन हजार साँढे पनि दिए। यी सबै राजाका सम्पतिबाट दिइएका दिए।
- नवजात पाठो सात दिन आफ्नी आमासँगै रहन्छलेवीहरू 22:27
पदहरू
लेवीहरू 22:27“बाछा वा भेडा वा बाख्रा जन्मिँदा त्यो त्यसको माउसँग सात दिन रहोस्। आठौँ दिनबाट परमप्रभुको निम्ति होमबलि अर्पण गर्नलाई त्यो स्वीकारिने छ।
- पाठोलाई उसकै आमाको दूधमा नपकाउनूप्रस्थान 23:19
पदहरू
प्रस्थान 23:19तिमीहरूले मेरो घर अर्थात् परमप्रभु तिमीहरूका परमेश्वरको घरमा अगौटे फलहरूमध्ये सबैभन्दा असलचाहिँ ल्याउनू। बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ।
- प्रायश्चित्तको दिन: दुईवटा बोकाका निम्ति चिट्ठा; एउटा उजाडस्थानमा छोडिन्छलेवीहरू 16:8–10, लेवीहरू 16:21–22
पदहरू
लेवीहरू 16:8–10अनि हारूनले ती दुई बोकाका निम्ति चिट्ठा हालोस्, एउटा चिट्ठाचाहिँ परमप्रभुको निम्ति अर्पण गर्नलाई, र अर्कोचाहिँ छोडिने बोकाको निम्ति। चिट्ठामा परमप्रभुको भागमा परेको बोकालाई हारूनले पापबलिको निम्ति अर्पण गरोस्। तर छोडिनको निम्ति चिट्ठा परेको बोकालाईचाहिँ उजाड-स्थानमा छोडेर प्रायश्चित्त गर्नको निम्ति परमप्रभुको अगि जीवितै ल्याइयोस्।
लेवीहरू 16:21–22हारूनले आफ्ना दुवै हात त्यस जिउँदो बोकाको शिरमा राखोस् र त्यसमाथि इस्राएलका मानिसहरूका सबै दुष्टता, तिनीहरूका सबै विद्रोह, र सबै पापलाई मानिलिओस्। त्यसपछि त्यसले त्यस बोकाको शिरमाथि त्यो पाप राखोस् र त्यस बोकालाई उजाड-स्थानतर्फ डोर्याउन तयार भएको मानिसको जिम्मामा दिओस्। त्यस बोकाले मानिसहरूका सबै दुष्टतालाई आफूमाथि बोकी एउटा एकान्त ठाउँमा जाओस्। उता उजाड-स्थानमा त्यस मानिसले त्यो बोकालाई छोडिदिओस्।
जङ्गली बाख्रा
- अग्ला पर्वतहरू जङ्गली बाख्राका निम्ति हुन्भजनसंग्रह 104:18
पदहरू
भजनसंग्रह 104:18घोरलहरू उच्च पहाडहरूतिर बस्छन्। पहाडका टाकुराहरू खरायोहरूका शरणस्थान हुन्।
- शाऊलले घोरलको चट्टाननजिक दाऊदलाई खोजे१ शमूएल 24:2
पदहरू
१ शमूएल 24:2त्यसपछि शाऊलले सबै इस्राएलबाट तिन हजार मानिसहरू छानेर लिए र दाऊद अनि तिनका मानिसहरूलाई खोज्न घोरलको चट्टानमा गए।
- के तिमीलाई थाहा छ, पहाडी बाख्राले कहिले बच्चा जन्माउँछन्?अय्यूब 39:1
पदहरू
अय्यूब 39:1चट्टानहरूका घोरल कहिले बियाउँछ भनी तँ जान्दछस्? हरिणीले बच्चा जन्माउँदै गर्दा के तैंले हेर्न सक्छस्?
- जङ्गली बाख्रा र झारल खान सकिन्छव्यवस्था 14:5
पदहरू
व्यवस्था 14:5मृग, हरिण, बराँठ, जङ्गली बोका, चित्तल र पहाडी भेडा।
भनाइहरू
- गिलाद पहाडबाट झरिरहेका बाख्राहरूको बगालजस्तो कपालश्रेष्ठगीत 4:1, श्रेष्ठगीत 6:5
पदहरू
श्रेष्ठगीत 4:1हे मेरी प्रिय, तिमी सुन्दरी छ्यौ। तिमी सुन्दरी छ्यौ। घुम्टोभित्र लुकेका तिम्रा आँखा ढुकुरजस्ता छन्। तिम्रो कपाल गिलाद पहाडबाट झरिरहेका बाख्राहरूको बगालजस्तो छ।
श्रेष्ठगीत 6:5तिम्रा आँखा मबाट तर्काऊ, किनकि तिनले मलाई व्याकुल तुल्याउँछन्। तिम्रो कपाल गिलाद पहाडबाट झरिरहेका बाख्राहरूको बगालजस्तो छ।
- बोका, शानदार चालमा हिँड्नेहरूमध्ये एकहितोपदेश 30:29–31
पदहरू
हितोपदेश 30:29–31तिनवटा कुरा छन्, जो आफ्नो हिँडाइमा रवाफिला छन् र चारवटा छन् जुन शानसँग हिँड्छन्: सिंह पशुहरूमध्ये सबैभन्दा शक्तिशाली हुन्छ, जो कुनै प्राणीदेखि तर्कंदैन। शानसँग हिँड्ने कुखुराको भाले, बोका र आफ्नो छेउमा सिपाहीहरू राखेर हिँड्ने राजा।
- जसरी गोठालोले भेडाहरूलाई बाख्राहरूबाट छुट्याउँछमत्ती 25:32
पदहरू
मत्ती 25:32उनको सामुन्ने सारा जाति भेला गराइनेछन्, र जसरी गोठालाले आफ्ना भेडाहरूलाई बाख्राहरूबाट छुट्ट्याउँछ, त्यसरी नै उनले एउटा मानिसलाई अर्कोबाट छुट्ट्याउनेछन्।
- शिमशोनले सिंहलाई पाठो चिरेझैँ चिरेन्यायकर्ताहरू 14:6
पदहरू
न्यायकर्ताहरू 14:6परमप्रभुका आत्मा अचानक तिनीमाथि आउनुभयो, र तिनले एउटा सानो पाठोलाई झैं तुरुन्तै त्यो सिंहलाई च्यातिदिए, र तिनको हातमा तिनीसित कुनै कुरा पनि थिएन। तर आफूले जे गरेका थिए, त्यो तिनले आफ्ना बुबा वा आमालाई भनेनन्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार